स्थानीय तह कार्य मुल्याङकनमा लिम्चुङबुङ तेस्रो स्थानमा उक्लियो
पूर्णपुष्टि, ४ चैत्र ।
स्थानीय तह स्वमूल्यांकन प्रणाली (लिजा) मा उदयपुरको लिम्चुङबुङ गाउँपालिका उदयपुरको ८ पालिका मध्ये जिल्लाको तेस्रो स्थानमा उक्लिएको छ । ‘स्थानीयतह सँस्थागत क्षमता स्वमूल्याङ्कनको आधारमा लिम्चुङबुङले पहिलेको तुलनामा राम्रो अंक पाए सँगै यो बर्ष कार्य क्षमतामा प्रगति गरेको हो ।
गत आर्थिकवर्ष ०८०–८१ मा ६९.५ प्रतिशत ल्याएको लिमचुङबुङले चालुवर्ष ८९.५ प्रतिशत पुु¥याएर अन्यको दाँजोमा सर्वाधिक प्रगति गरेको छ । गतवर्ष कम अङ्क पाएको यस पालिकाले जनताको कुरा र सुझाव मनन गर्दै शुसासनमा प्राथामिकता दिएको थियो । पछिल्लो बर्ष पालिकाले प्रगतिमय काम गर्दै अंक बढाएको हो । सङ्घीय सरकारले दिने वित्तीय समानीकरण शीर्षकको बजेट निर्धारणमा प्रमुख सूचक मानिने लिजामा कम प्रतिशत ल्याउदा गाउँपालिकालाई घाटा हुने गरेको छ ।
‘विगत वर्षहरुको लिजामा लिमचुङबुङ निकै पछि परेकै हो, तर अघिल्लो वर्षको नत...









