उदयपुरको त्रियुगामा लगातार तेस्रो दिन दुर्घटना, एक महिलाको मृत्यु
पूर्णपुष्टि २५ फागुन
उदयपुरको त्रियुगामा लगातार तेस्रो दिन भएको दुर्घटनामा परि पैदल यात्री महिलाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका वडा नम्बर ८ राजाबास मदन भण्डारी सडक खण्ड स्थित आइतबार २ बजे मोटरसाईकलले ठक्कर दिदा सोही स्थानकी ६५ वर्षीया टिकामाया कार्कीको मृत्यु भएको हो ।
प्र १-०५-००१ प ८३५९ न. को मोटरसाइकलले बाटो काटिरहेकी कार्कीलाई ठक्कर दिएको थियो ।मोटरसाइकलको ठक्करबाट घाइते भएकी कार्कीलाई जिल्ला अस्पताल उदयपुर लगिएकोमा थप उपचारको लागि न्युरो हस्पिटल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालक रौतामाई गाउँपालिका ७ मुर्कुचे बस्ने गजेन्द्र दाहाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको छ। दाहाल सकुशल रहेको र पिछाडी सवार उदयपुरगढी ७ नेपालटार घर भई त्रियुगा नगरपालिका ११ निलो पुलमा भाँडामा बस्ने मीना तामाङ सामान्य घाइते भएको जिल्ला प्रह...








