बिरामी बुहारी बचाउन सडकमा हात फैलाउँदै सासु, सहयोगका लागि गरिन् अपिल
पूर्णपुष्टि, २ माघ ।
आर्थिक संकट टार्न र साहुको ऋण तिर्नकै लागि सन्तोष परियारले आफ्नो सानो झुपडी समेत बेचे । त्रियुगा नगरपालिका वडा नं १३ मा रहेको आफ्नो जायजेथा बेचेर गाईघाट बजार सरेका उनि उदयपुर बोर्डिङ नजिक डेरामा बस्दै आएका थिए । आफु सँग भएका सबै कुरा बेचेर साहुको ऋण र पुरानो अवस्थाबाट पन्छिँदै पून : सुरुवाती संघर्षमा होमिएका सन्तोषलाई बिचमा श्रीमतीको बिमारले फेरी उहि अवस्थामा पुरायो ।
४३ बर्षिया श्रीमती सुस्मिता राई (परियार) को स्तन क्यान्सर भएको हस्पिटलले जनाएपछि सन्तोषको परियार यतिवेल बिल्लीबाँठ भएको छ । गाडी चलाएरै दुई बच्चा सहित श्रीमती पाल्दै आएका सन्तोषले बिरामी श्रीमतीकै कारण हुँदाखाँदाको काम पनि छाडे । सन्तोषले काम छाडेपछि श्रीमतीको उपचार त परको कुरा दुई बच्चा र श्रीमतीलाई खुवाउन र डेरा भाडा तिर्न पनि धौधौ परेको छ । सन्तोषले आफ्नो दुख सुनाउँदै भने,“ 'साउको गाडी चलाएर कमाएक...









