Thursday, May 7News That Matters

समाचार

आज दशैँ, अग्रजबाट टिका र आशिष थापिदै

आज दशैँ, अग्रजबाट टिका र आशिष थापिदै

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज २६ । आज आफुभन्दा अग्रजबाट टिका जमरा लगाएर विजया दशमी पर्व मनाईदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटलाई तोकेको छ। समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमका अनुसार टीका र जमरा देवीको प्रसाद भएकोले जुनसुकै समयमा लगाउन सकिन्छ । उनले बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरेपछि दिनभर नै टीका लगाउन सकिने बताए । यस पर्वमा घरघरमा आमा बुवा तथा अग्रजबाट टिका थापेर मिठो परिकार, नाचगानमा रमाउने गरिएको छ । घरका साथै आफन्त, नरनाताकोमा समेत टिका थाप्न घुम्ने चलन छ । माइती, मावली, ससुरालीमा विशेष पाहुनाको रुपमा आउजाउ गर्ने नेपाली चलन हो । पाहुना जाँदा कोशेली बोक्ने चलन छ । पहुनालाई घरको विशेष परिकार मासु, सेलरोटी, खाना, फलफुल आदि खुवाउने गरिन्छ । यो पर्व विशेष भेटघाटको पर्वको रुपमा पनि हुन्छ । बर्षौ पछिको भेटघाट हुन्छ यतिबेला । टाढ...
मर्मतपछि खोटाङ र उदयपुर जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

मर्मतपछि खोटाङ र उदयपुर जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २५ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका र उदयपुरको रौतामाई गाउँपालिका जोड्ने झोलुङ्गे पुल मर्मतपछि बिहीबारदेखि सञ्चालनमा आएको छ ।गत असोज १२ गते सुनकोसी नदीमा आएको भीषण बाढीले क्षतिग्रस्त बनाएको पुल दिप्रुङ चुइचुम्मा गाउँपालिकाले एक लाख ४५ हजार रूपैयाँको लागतमा मर्मत गरेको हो । दिप्रुङ चुइचुम्मा–४ बतासेको भडारेघाट र रौतामाई–३ लाई जोड्ने झोलुङ्गे पुल मर्मत भएपछि दुई गाउँपालिकाबीच पैदल यात्रु तथा सामान आवतजावत सहज भएको छ । गाउँपालिका अध्यक्ष लोकेन्द्र राईका अनुसार बाढीले फोक्सिङटारको पुल लगायत अन्य झोलुङ्गे पुल पनि बगाएको थियो । फोक्सिङटारको पुल अझै बन्न नसके पनि यो झोलुङ्गे पुल मर्मत गरिएकाले तराईसँगको सम्पर्क पुनः स्थापित भएको राईले बताए ।  ...
पहिरोले उदयपुरको कटारी–घुर्मी सडक अवरुद्ध

पहिरोले उदयपुरको कटारी–घुर्मी सडक अवरुद्ध

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज २५ । उदयपुरको कटारी–घुर्मी सडकखण्डमा सुख्खा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको छ । सिद्धीचरण राजमार्गअन्तर्गत कटारी नगरपालिका–१४ भदौरेमा खसेको पहिरोले करिब सय मिटर सडक पुरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईंले बताए । सडक खुलाउन ओखलढुङ्गाको सडक कार्यालयले बिहानैदेखि डोजर लगाएको छ । एउटा डोजर अपर्याप्त भएकाले कटारीबाट थप एउटा डोजर पहिरो स्थलमा पुगेर काम सुरु गरिरहेको डिएसपी चापागाईले बताए । डिएसपी चापागाईंका अनुसार एकतर्फी सडक खुलाउन करिब ४ घण्टा लाग्ने अनुमान गरिएको छ । पहिरोको कारण दशैंको समयमा कोशी प्रदेशका पूर्वी सहरबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जाने यात्रुहरू अलपत्र परेका छन् । कटारी–घुर्मी सडक पहाडी जिल्लाहरूलाई तराईसँग जोड्ने महत्त्वपूर्ण मार्ग हो । ओखलढुङ्गाको हर्कपुरस्थित सडक कार्यालयसँग समन्वय गरी सडक खुलाउने ...
सशस्त्र प्रहरीद्वारा बाेक्सेमा पिङ्ग निर्माण

सशस्त्र प्रहरीद्वारा बाेक्सेमा पिङ्ग निर्माण

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, असाेज २४ । सशस्त्र प्रहरी बल नेपाल नं.५ गण हेडक्वाटर त्रियुगा (उदयपुर)ले सर्बसाधारणसमेतका लागि पिङ्ग बनाएकाे छ । त्रियुगा नगरपालिका-९ बाेक्से स्थित हे.क्वा.<span;>को मुख्यगेट अगाडी रहेको खालि जग्गामा पिङ्ग बनाएकाे हाे । बडा दशै तथा शुभ दिपावली २०८१ अवसरमा सशस्त्र प्रहरी कर्मचारी र सर्वसाधरणलाई लक्षित गरी लिङ्गे पिङ्ग बनाएकाे सशस्त्र प्रहरी उपरिक्षक सराेज बस्नेतले बताउनुभयाे । पिङ्गकाे आज बिधिवत उद्‍घाटन भयाे । पिङ्ग दशैं, तिहारमा खेल्ने चलन छ । यहि चलनलाई जगाउन पिङ्ग बनाईएकाे जनाईएकाे छ ।...
पत्रकारमाथि हातपात गर्ने रौता खानेपानीका सञ्चालक चौधरीले माफी मागे

पत्रकारमाथि हातपात गर्ने रौता खानेपानीका सञ्चालक चौधरीले माफी मागे

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज २४ । रौता स्पिङ वाटर प्रा.लि. (रौता खानेपानी) का सञ्चालक पर्शुराम चौधरीले पत्रकारहरु समक्ष माफी मागेका छन् । उनले पत्रकार माथि गरेको भौतिक आक्रमण र क्यामेरा तोडफोड आबेगमा गरिएको गल्ती भन्दै आगामी दिनमा गल्ती नदोहोर्याउने गरी माफि मागेका हुन् । कम्पनीको सिलप्याक खानेपानी जारभित्र कुखुराको प्वाँख भेटिएको विषयमा रिपोर्टिङ गर्न गएका पत्रकारद्वय बिक्रम राई र सुनिल राईमाथि हिजो आक्रमण गरी क्यामेरा तोडफोड गरेका थिए । घटना लगत्तै बेपत्ता भएका चौधरी, पत्रकारले प्रहरीमा उजुरी दिएपछि उपस्थित भएर माफी मागेका हुन् । उनले पत्रकारको क्षती भएको क्यामेरा लगायतको सामानको क्षतिपूर्ती तिरेका छन् । नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाईली, स्वतन्त्र पत्रकार सेनानी हरिकुमार राई, प्रेस सेन्टर नेपाल प्रदेश सचिव गजेन्द्र राई, पत्रकार...
उदयपुर सिमेन्ट सहित ५० उद्योगलाई विद्युत बक्यौता तिर्न प्राधिकरणको अल्टिमेटम

उदयपुर सिमेन्ट सहित ५० उद्योगलाई विद्युत बक्यौता तिर्न प्राधिकरणको अल्टिमेटम

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २४ । नेपाल विद्युत प्राधिकरणले उदयपुर सिमेन्ट उद्योग लगायत ५० वटा ठूला उद्योगहरूलाई डेडिकेटेड र ट्रंकलाइन उपभोग बापतको बक्यौता रकम कार्तिक ८ गतेभित्र तिर्न निर्देशन दिएको छ । प्राधिकरणले बिहीबार गोरखापत्रमा सार्वजनिक सूचना जारी गर्दै यो जानकारी दिएको हो । उदयपुर सिमेन्ट उद्योगले मात्रै ४४ करोड ७४ हजार ५३३ रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ । विद्युत प्राधिकरणका अनुसार २०७२ माघदेखि २०७५ बैशाखसम्म उद्योगहरूले डेडिकेटेड तथा ट्रंकलाइन मार्फत उपभोग गरेको विद्युतको शुल्क तिर्न बाँकी छ । यसअघि बक्यौता रकम नबुझाएपछि प्राधिकरणले ती उद्योगहरूको विद्युत आपूर्ति समेत काटेको थियो । पटक-पटक तिर्न आग्रह गर्दा समेत उद्योगहरूले बेवास्ता गर्दै आएका छन् । अब कानून बमोजिम कारबाही गरी रकम असुल उपर गरिने भन्दै प्राधिकरणले सार्वजनिक सूचना जारी गरेको छ ।...
किरा भएकाे अर्काे खानेपानीकाे बाेतल फेला

किरा भएकाे अर्काे खानेपानीकाे बाेतल फेला

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असाेज २४ ।  सिलप्याक खानेपानी बोतलमा किरा भएको अर्को भिडियो हामीलाई प्राप्त भएको छ । रौता स्प्रिङ वाटर प्रा.लि. मोतिगडाले उत्पादन गरेको खानेपानीभित्र किरा भएको अर्को बोतल फेला परेको हो । एक उपभोक्ताले केही समय अघि फेला परेको यो बोतलको भिडियो हामीलाई उपलब्ध गराएको हो । उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड प्रष्ट हुने भिडियो पूर्णपुष्टिले सार्बजनिक गरेको छ । भिडियो : https://www.youtube.com/shorts/h874ra9B_h4...
त्रिनपा १४ का बाढी पिडितहरुलाई राहत बितरण

त्रिनपा १४ का बाढी पिडितहरुलाई राहत बितरण

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २४ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं। १४ साउनेको बाढी पिडितलाई राहत वितरण गरिएको छ । गत असार १२ गते पन्चकोशीमा आएको भिषण बाढीले आसपासका बस्तिहरु मुक्सार, बलौटे, बाजगरा, घिर्लिङ, सिम्ले, ढुङ्ग्रे सम्म मानविय क्षेति बाहेकको घर सहित ठुलो धन बालिको क्षती भएको थियो । बुधबार नगर प्रमुख, उपप्रमुख, नेपाल रेडक्रस सोसाइटी र ह्याबिटाट नेपालका प्रतिनिधिहरुको उपस्थितिमा पीडित परिवारलाई राहत सामग्री वितरण गरिएको हो । विपद् व्यवस्थापन समिति, राहत संकलन समिति, विभिन्न संघसंस्था, टोल विकास समिति र सामुदायिक वन उपभोक्ता समूहको सक्रियतामा राहत संकलन गरिएको थियो । राहत वितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष बाढी पीडितहरुलाई दशैं पर्वको अवसरमा सकेसम्म सहज वातावरण सिर्जना गर्न प्रयास गरिएको बताए । यस वर्षको दशैं विपद्का कारण प्रभावित भए पनि सुखद् रुपमा मनाउन सबैलाई आग्रह गरिएको छ ।...
उदयपुरमा पत्रकारमाथि आक्रमण गरी क्यामेरा तोडफोड

उदयपुरमा पत्रकारमाथि आक्रमण गरी क्यामेरा तोडफोड

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार, स्वास्थ्य
उदयपुर, असोज २३ । बजारमा लगिएको खानेपानीको सिलप्याक जारभित्र कुखुराको प्वाँख भेटिएपछि उपभोक्ताको स्वास्थ्यमाथिको सम्बेदनशिलतालाई ख्याल गर्दै आज रिपोर्टिङमा गएका उदयपुरका दुई पत्रकारमाथि आक्रमण तथा क्यामेरा तोडफोड भएको छ । पत्रकार बिक्रम राई र सुनिल राईमाथि रौता स्पिङ वाटर प्रा.लि.का सञ्चालक पर्शुराम चौधरी लगायतले आक्रमण गरी क्यामेरा खोसेर फुटाइदिएका हुन् । पत्रकार राईद्वय पूर्णपुष्टि मिडिया र एभिन्युज टेलिभिजनको उदयपुर सम्बाददाता हुन् । कोष तथा लेखा नियन्त्रण कार्यालय उदयपुरको चमेनागृहमा लगिएको जारभित्रको पानीमा कुखुराको प्वाँख भेटिएको थियो । उक्त जार स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ । सो बारे सोधपुछ गर्न र कम्पनीको भिडियो खिच्न गएका पत्रकारद्वयमाथि सञ्चालक चौधरीले नखिच्न धम्कीमात्र दिएनन् क्यामेर खोसेर फुटाइ दिए । मोवाईल कब्जामा लिए र हेल्मेटले आक्रमण गरेको पत्रकार बिक्रमले बताए ।...
पत्रकारमाथी दुव्र्यवहार र क्यामेरा तोडफोड गर्ने माथी कार्वाहीको माग

पत्रकारमाथी दुव्र्यवहार र क्यामेरा तोडफोड गर्ने माथी कार्वाहीको माग

Breaking News 2, समाचार
पूर्णपुष्टि, २३ असोज । पत्रकार महासंघ उदयपुरले पत्रकार माथी दुव्र्यवहार गर्ने रौता पानी फ्याक्ट्रीका संञ्चालक पर्शुराम चौधरी र संलग्न श्रीमती र छोरामाथी तत्काल कार्वाही गर्न माग गरेको छ । बुधबार साँझ पानी फ्याक्ट्रीले बिक्रि गर्दै आएको शिल्ड प्याक जार भित्र कुखुराको प्वाँख फेला परेपछि त्यस सम्बन्धी समचार संकल गर्न भिडियो खिच्न फ्याक्ट्री पुगेका पूर्णपुष्टि मिडियाको सम्वाददाता बिक्रम राई र सुनिल राईलाई लछार पछार गर्दै क्यामेरा तोडफोड गरेका थिए । सोही घटनालाई उचित अनुसन्धान सहित कार्वाहीको माग गर्दै बिज्ञाप्ती जारी गरेको छ । समचार संकलन गर्न गएका पत्रकारमाथी भएको दुव्र्यवहार प्रति घोर भर्तसना गर्दछौँ । दोषीलाई कडा कार्वाही र तोडफोड भएको सामाग्रीको उचित क्षतीपूर्ति नभएका कडा आन्दोलनमा उत्रिने छौँ, बिज्ञाप्तीमा भनिएको छ ।...