कोईला विवादले तिन महिना देखि थलिएको उदयपुर सिमेन्ट उद्योग
पूर्णपुष्टि, १० मंसिर ।
स्थानीयहरुका अनुसार चरम भ्रष्टचारले थलिएको उदयपुर सिमेन्ट उद्योगको अवस्था अन्तिम चरणमा पुगेको छ । उद्योगका निमित्त माहा प्रवन्धक महेश प्रसाद साहले हाल पैसा अभावका कारण उद्योग संञ्चालनमा समस्या भएको जनाए । यतिवेला कैलाजन्य कच्चा पदार्थ अभावले उद्योग चलाउन असहज भएको साहको भनाई छ । उद्योगलाई आर्थिक संकट भएको कुरा कर्मचारी, व्यवस्थापन समिति, स्थानीय तथा मजदुर सबैलाई थाहा छ । तर यो अवस्थामा कसरी उद्योग पुग्यो भन्ने बिषय यतिवेला उठिरहेको छ । उद्योगलाई राम्रो सँग संञ्चालन गर्न सम्बन्धित जिम्मेवार पक्षहरु असक्षम भएको र चरम भ्रष्टचार दलाल मौलाएकै कारण उद्योग अहिले यो अवस्थामा पुगेको स्थानीय तथा बुद्धिजिवीहरु बताउँछन् ।
उद्योगमा रहेका करिब २३० जना कर्मचारी तथा मजदुरहरुको हालत दयनीय छ । माहाप्रवन्धक साहका अनुसार ५ महिनादेखी कर्मचारीलाई तलव दिन सकेको छैन । उद्योग संञ्चालनबा...









