Friday, August 28News That Matters

समाचार

रेडक्रसद्वारा कैदीबन्दीलाई झुल, सावन, मास्क प्रदान

रेडक्रसद्वारा कैदीबन्दीलाई झुल, सावन, मास्क प्रदान

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख २६ । जिल्ला कारागार उदयपुरमा रहेका कैदीवन्दीका लागि रेडक्रस सोसाइटी उदयपुरले शुक्रबार झुल, साबुन, बाल्टी र मास्क प्रदान गरेको छ । विश्व रेडक्रस दिवसको अवसरमा २ सय झुल, २ सय साबुन, २ सय मास्क र २० वटा बाल्टी प्रदान गरेको हो । रेडक्रस उदयपुरका प्रमुख विनोद बस्नेतले त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीलाई कारागारको निम्ति सामान हस्तान्तरण गरेपछि मेयर चौधरीले कारागार प्रमुख कुमार खड्कालाई हस्तान्तरण गर्नुभयो । देशले कारोना संक्रमणको उच्च जोखिमको सामना गरिरहेको अवस्थामा कारागारका कैदीबन्दीहरुलाई केही सहजताका लागि सामान प्रदान गरिएको रेडक्रस उदयपुर प्रमुख बस्नेतले बताउनुभयो । कैदीबन्दीका लागि सामान प्रदान गरेकोमा मेयर चौधरीले रेडक्रसलाई धन्यवाद ज्ञापन गर्नुभयो । कारागार प्रमुख खड्काले सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभयो । कारागार प्रमुख खड्का अनुसार हाल कारागारमा १...
कपिलवस्तुमा थप २ जनामा कोरोना सक्रमिण पुष्टि

कपिलवस्तुमा थप २ जनामा कोरोना सक्रमिण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २६ गते । कपिलवस्तुमा थप दुई जनामा कोरोना संक्रमित पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १६ र २२ वर्षका पुरुषमा कोरोना भाइरस संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या एक सय एक पुगेको छ ।...
१२ लाख ९९ हजार भन्दा बढी उपचारपछि निको भए

१२ लाख ९९ हजार भन्दा बढी उपचारपछि निको भए

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २५ गते ।  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित भएकामध्ये १२ लाख ९९ सय हजार भन्दा बढी उपचारपछि निको भएका छन् । विश्वको दुई सय १२ वटा देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा ३८ लाख १८ हजार सात सय ९१ ज्ना संक्रमितमध्ये १२ लाख ९९ हजार पाँच सय तीन जना उपचारपछि निको भएका हुन् ।  संक्रमित मध्ये अहिलसम्म दुई लाख ६४ हजार आठ सय जनाको मृत्यु भईसकेको छ । अमेरिकामा मात्रै १२ लाख ६३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । उक्त संख्यामध्ये दुई लाख १२ हजार नौ सयभन्दा धेरै उपचारपछि निको भएका छन् भने ७४ हजार सात सयभन्दा बढीको मृत्यु भएकोे छ । स्पेनमा एक लाख ५९ हजार तीन सयभन्दा बढी, ईटालीमा ९३ हजार दुई सयभन्दा बढी, फ्रान्समा ५३ हजार नौ सयभन्दा बढी, जर्मनीमा एक लाख ३७ हजार ६ सयभन्दा बढी, टर्कीमा ७८ हजार दुई सयभन्दा बढी, ब्राजिलमा ५१...
कोरोना संक्रमित ३८ लाखभन्दा बढी

कोरोना संक्रमित ३८ लाखभन्दा बढी

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २५ गते ।  कोरोना भाइरस (कोभिड–१९)बाट विश्वमा अहिलेसम्म ३८ लाख भन्दा बढी संक्रमित भएका छन् । दुई सय १२ वटा देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा संक्रमित हुनेको सख्या ३८ लाख १८ हजार सात सय ९१ पुगेको हो । संक्रमित मध्ये अहिलसम्म दुई लाख ६४ हजार आठ सय जनाको मृत्यु भईसकेको छ । त्यस्तै संक्रमितमध्ये १२ लाख ९९ हजार पाँच सय तीन जना उपचारपछि निको भएका छन् । अमेरिकामा मात्रै १२ लाख ६३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । उक्त संख्यामध्ये ७४ हजार सात सयभन्दा बढीको मृत्यु भएकोे छ । अहिलेसम्म दुई लाख १२ हजार नौ सयभन्दा धेरै उपचारपछि निको भएका छन् । स्पनेमा दुई लाख ५३ हजार ६ सय भन्दा बढी, ईटालीमा दुई लाख १४ हजार चार सय भन्दा बढी, बेलायतमा दुई लाख एक हजार भन्दा बढी, फ्रान्समा एक लाख ७४ हजार एक सय भन्दा बढी, भारतमा ५० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्...
म्याग्दीमा थप २ जनामा डेंगी संक्रमिण

म्याग्दीमा थप २ जनामा डेंगी संक्रमिण

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २५ गते ।  म्याग्दीमा थप दुई जनामा डेँगी संक्रमित फेला परेका छन् । हिमाली जिल्ला म्याग्दीमा दुई जनामा डेंगीको सङ्क्रमण पोजिटिभ पाइएको हो । उच्च ज्वरो आउनु, शरीरमा जाडो हुनु र जोर्नीहरु दुख्न थालेपछि ल्याब परीक्षण गर्दा उनीहरुमा डेंगी रोगको संक्रमण पोजिटिभ देखिएको बेनी अस्पतालले जनाएको छ । तनहुँ घर भएका हाल बेनी नगरपालिका–७ मंगलाघाट बस्ने २८ वर्षीय पुरुष र मंगला गाउँपालिका–१ कुहुँका २५ वर्षीय पुरुषमा डेंगी पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । अहिले उनीहरुको उपचार भैरहेको छ भने स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । म्याग्दीमा थप दुई जनामा डेंगी संक्रमण देखा परेपछि डेँगी संक्रमितको संख्या ७ पुगेको छ ।...
४ महिनाको कर छुट दिने नगरको निर्णय

४ महिनाको कर छुट दिने नगरको निर्णय

समाचार
पूर्णपुष्टि, बैशाख २४ गते । त्रियुगा नगरपालिकाले उद्योग, व्यावसाय, चालक, घरबहालसहित विभिन्न करमा छुट दिने निर्णय गरेको छ । नगर क्षेत्र भित्र व्यावार व्यावसाय गर्नेहरुको लागी राहत पुगोस् भन्ने हेतुले करमा छुट गर्ने निर्णय गरेको हो । चैत्र, बैशाख, जेठ र असारसम्मको घरबहाल कर, नगरले लिने व्यावसाय करमा छुट दिने भएको छ । रिक्सा, अटो पार्कीङ शुल्क आर्थीक वर्ष २०७६–७७ देखि २०७७–७८ सम्मको छुट दिने निर्णय गरेको नगरले जनाएको छ । त्यस्तै साना मझौला घरेलु उद्योग दर्ता, नविकरणमा ५० प्रतिशत छुट दिने नगरले निर्णय गरेको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताए । नगर भित्रका घर धनीलाई लकडाउन भरिको घर भाडा नलिन मेयर चौधरीले अनुरोध गरेको छ । उक्त निर्णयले सवैलाई थोरै भएपनि राहत मिल्ने अपेक्षा लिएको जनाईएको छ ।...
सामाजिक दुरी कायमगरी तरकारी बजार खोल्ने निर्णय

सामाजिक दुरी कायमगरी तरकारी बजार खोल्ने निर्णय

समाचार
गाईघाट/बैशाख, २४ गाईघाटको सगरमाथा तरकारी बजार सामाजीक दुरी कायम राखि पर्सि शुक्रबारबाट खोलीने जनाएको छ । स्थानीय सरकार, व्यापारी, सगरमाथा तरकारी बजार समिति, उद्योग बाणिज्य संघ, प्रशासंन, सुरक्षाकर्मी लगाएतको छलफलमा यस्तो निर्णय गरेको हो । अत्यावश्यक रुपमा रहेको तरकारी बजारलाई व्यवस्थीतका साथ संञ्चालन गर्ने निर्णय सँगै यसको व्यवस्थापन भोली गरिने र पर्सिबाट बजारमा तरकारी किनबेच सुरु गरीने त्रियुगा नगरपालिकाले जनाएको छ । कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि बन्द गरिएको तरकारी बजार व्यवस्थित गरी संञ्चालनमा ल्याइने नगरले जनाएको छ । भिँडभाँड र सामाजिक दुरीको पालना नभएपछि सम्बन्धित निकायबाट बजार संञ्चालनमा रोक लगाइएको थियो ।  ...
ग्रामिण क्षेत्रको जनजिवन अझै नाजुक छ : अध्यक्ष खड्का

ग्रामिण क्षेत्रको जनजिवन अझै नाजुक छ : अध्यक्ष खड्का

समाचार
रौतामाई/बैशाख, २४ रौतामाइ गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुर खड्काले ग्रामिण क्षेत्र अझै नाजुक तथा प्रभावित अवस्थामा रहेको बताउनु भएको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणको अवस्था सामान्य नबनेपछि बाराम्बार थपिएको लकडाउनको कारण ग्रामिण क्षेत्रको जनताहरु झनै मार्कामा परेको उहाँले बताउनुभयो । यहाँ अधिकांश मानिसहरु कृषि र ज्याला मजदुर गरी खानेहरु मात्र रहेका छन् उहाँले भन्नुभयो । लकडाउनको कारण बजार पसलहरु समेत नखुले पछि आफु सँग भएको स्रोत साधनलाई समेत बजारमा किन बेच गर्न नपाउँदा आम्दानिको स्रोत सुन्य रहेको उहाँले बताउनुभयो । गाउँमा रोजगारको बिकल्पको रुपमा रहेको कृषि तथा पसुपालन अहिले समस्यामा छ । भएको खसी बाख्राहरु समेत बेचेर पैसा जोहो गर्न नसक्दा ग्रामिण क्षेत्रको जनताहरु खान समस्या रहेको खड्काले बताउनुभयो । उहाँले गाउँमा खाद्यन्न एक ठुलो समस्या रहेको बताउनुभयो । पालिकाले एक ...
थप १७ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ९९ पुग्यो

थप १७ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ९९ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २४ गते ।  पर्साको विरगञ्जमा थप १७ जना कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणको रिर्पोट पोजेटिभ आएको हो । संक्रमतिहरु २ महिनाको शिशुदेखि ६६ वर्षका उमेर समुहका ७ जना महिला र १० जना पुरुष रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा ७१ जना पुरुष र २८ जना महिला गरी संक्रमितको संख्या ९९ जना पुगेको छ भने २२ जना निको भईसको छ । १ न. प्रदेशमा ३१ जना, २ न. प्रदेशमा ३० जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, ५ न. प्रदेशमा २४ जना र सुदुरपश्चिम प्रदेशमा ५ जना कोरोना संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाईएको छ ।...
वुहानमा विद्यालय खुल्न थाल्यो

वुहानमा विद्यालय खुल्न थाल्यो

समाचार, संसार
पुर्णपुष्टि, बैशाख २४ गते ।  चीनको वुहान शहरको विद्यालयहरु खुल्न थालेको छ । गत डिसेम्बर महिना देखि हुबेई प्रान्तको वुहान शहरमा विद्यालयहरु बन्द रहेको विद्यालय खुल्न थालेको हो । गएको डिमेम्बर महिनामा वुहानमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको थियो । त्यसयता परीक्षाको तयारी गर्नेहरु मात्र विद्यालय जाने गरेका थिए । वुहान क्षेत्रमा  विद्यार्थीको संख्या ५७ हजार रहेको सञ्चारमाध्यहरुले जनाएको छ । हुबेई प्रान्तमा ३२ दिनदेखि नयाँ संक्रमण नदेखिएको सञ्चारमाध्यमहरुले जनाएको छ । चीनमा बिस्तारै लकडाउनको प्रतिबन्ध हटाउँदै गइरहेको छ  भने जनजीवन सामान्य हुँदै गइरहेको जनाईएको छ । चीनमा अहिलेसम्म ८२ हजार आठ सय ८३ जनामा कोरोना संक्रमित देखिएको छ भने चार हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।...