Friday, August 28News That Matters

समाचार

भुल्केका ७ जना र १ भारतियसहित ८ जना कोरोना संक्रमित उपचारपछि निको भए

भुल्केका ७ जना र १ भारतियसहित ८ जना कोरोना संक्रमित उपचारपछि निको भए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २६ गते ।  विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचारारत उदयुरको भुल्केका ७ जना र एक जना भारतीयसहित थप ८ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । उनीहरुलाई आज विहान अस्पतालले डिस्चार्ज गरेको छ । डिस्चार्ज भएका मध्ये एक महिलासहित पाँच जना पुरुष नेपाली नागरिक रहेको जनाईएको छ । उनीहरुको लगातार दुई पटक कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । उनीहरुलाई गत बैशाख ८ गते कोरोना संक्रमण देखा परेको थियो । संक्रमण मुक्त भएकाहरुबाट थप जोखिम हुने भएकाले १४ दिन उनीहरुलाई क्वारेन्टाइनमा राखिने छ । डिस्चार्ज भएकाहरुलाई विराटनगर– १५ मा स्थापना गरिएको रानी मर्कज क्वारेन्टाईनमा राखिएको जनाईएको छ ।...
अध्यानका अनुसार आखाँ पनि कोरोना सर्ने एक प्रमुख माध्यम

अध्यानका अनुसार आखाँ पनि कोरोना सर्ने एक प्रमुख माध्यम

समाचार
पूर्णपुष्टि/बैशाख, २६ अध्यानहरुका अनुसार आँखाबाट पनि कोरोना भाइरस सर्न सक्ने कुरा पक्ता लागेको छ । कोरोना भाइरस संक्रमनको एक प्रमुख माध्याम आखाँ पनि रहेको अनुसन्धानहरुले पत्ता लगाएको हो । हङकङ विश्वविद्यालयको स्कूल अफ पब्लिक हेल्थका डा. माइकल चान ची–वाईले नेतृत्व गरेको टोलीले कोरोनाभाइरसले शरीरको दुई प्रवेश विन्दुबाट संक्रमण गर्न सक्छ भन्ने प्रमाण प्रस्तुत गरेको छ । टोली यस प्रमाणको प्रमाण पेस गर्ने पहिलो शोधकर्तामध्ये एक हो । उनीहरुको खोजलाई द लान्सेट रेस्पिरेटरी मेडिसिनको नयाँ अंकमा प्रकाशित गरिएको छ । प्रयोगशालामा गरिएको परीक्षणमा कोभिड–१९ गराउने कोरोनाभाइरसको स्ट्रेन सार्स–कोभ–२ (क्ब्च्क्(ऋयख(द्द) को ‘भाइरस लेभल’ हाम्रो माथिल्लो श्वासनली र कन्जङ्कटिभा (हाम्रो आँखाको सतह) मा सार्सभन्दा बढी रहेको पाइएको हो । डा. चानले भने ‘हामीले मानिसको श्वालीनली र आँखाको कोषिकाहरुलाई लिएर प...
सालोले ढुङ्गा प्रहार गरी भेनाजुको मृत्यु

सालोले ढुङ्गा प्रहार गरी भेनाजुको मृत्यु

समाचार
खोटाङ, बैशाख २६ गते ।  खोटाङको केपिलासगढीमा सालोले भेनालाई ढुङ्गाले हानेर हत्या गरेको छ । केपिलासगढी गाउँपालिका–२ निबासी ४७ बर्षीय प्रितिलाल राईलाई आफ्नै सालो २७ बर्षीय मिलन राईले ढुङगाले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको हो । आफ्नै घर तर्फ जाँदै गरेको अबस्थामा हिजो  साँझ करिब पौने ७ बजे मिलनले एक्कासी ढुङगाले टाउकोमा प्रहार गर्दा प्रितिलालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । भिनाजुको हत्या गरी फरार रहेका राईलाई ईलाका प्रहरी कार्यालय बाक्सिलाबाट खटेका प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनामा संग्लग्न रहेका मिलनको भाई २० बर्षीय जिवन राईलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिप्रकाले जनाएको छ ।...
भुल्केकासमेत ८ जना कोरोना संक्रमित प्रदेश १ बाट डिस्चार्ज हुदै

भुल्केकासमेत ८ जना कोरोना संक्रमित प्रदेश १ बाट डिस्चार्ज हुदै

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख २६ । १ नं. प्रदेशमा हाल २५ जनाको कोरोना संक्रमित भइरहेकोमा आज ८ जना डिस्चार्ज हुने भएका छन् । विराटनगरस्थित कोरोना विशेष उपचार केन्द्रमा उपचार गर्राईरहेका मध्ये आठ जना डिस्चार्ज हुने भएका हुन् । उनीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गर्न लागिएको जनाइएको छ । लगातार तीन पटक गरिएको स्वाब परिक्षणमा रिपोर्ट नेगेटिभ आएको हो । डिस्चार्ज हुनेमा भारतीय एक जना, विराटनगरका दुई जना र उदयपुरको भुल्केका ५ जना रहेका छन् । उनीहरुलाई बैशाख ८, ९ र १० गते संक्रमण पाईएपछि उपचारका लागि कोरोना विशेष उपचार केन्द्रमा ल्याइएको थियो । बुधवार मात्र ६ जनालाई विराटनगरस्थित कोरोना विशेष उपचार केन्द्रबाट डिस्चार्ज गरिएको थियो । उनीहरुलाई विराटनगरस्थित रानी मरकजमा क्वारेन्टिनमा राखिएको छ । कोशी अस्पतालमा भोजपुरको हतुवागढीको १ र झापाको बाह्रदशी र दमकको दुई जना गरी अहिले कूल २...
छोराद्वारा सौतेनी आमा र बुवाको हत्या

छोराद्वारा सौतेनी आमा र बुवाको हत्या

समाचार
तेह्रथुम, बैशाख २६ गते । तेह्रथुममा आफ्नै छोराले आमाबुवाको हत्या गरेको छ । फेदाप गाउँपालिका–५ ईसिबु बस्ने २० वर्षीय कन्न लिम्बुले आमा बुवाको हत्या गरेको प्रहरीले जनाएको हो । कन्चनले विहिबार साँझ करिब साँढे ६ बजे ४२ वर्षीय रुपबहादुर लिम्बु र सौतेनी आमा ३५ वर्षीया रुपेनी लिम्बुलाई बन्चरोले टाउको र ढाडमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । बन्चरो प्रहारबाट दुबै जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । बन्चरो प्रहार गर्ने कन्चनलाई पक्राउ गरी घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिप्रकाले जनाएको छ ।...
मुर्कुचीमा यसरी मनोपरामर्श सेवा सुरु

मुर्कुचीमा यसरी मनोपरामर्श सेवा सुरु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख २६ । उदयपुरको रौतामाई गाउँपालिकाको क्यावरेन्टाइनहरुमा मनो परामर्श सेवा सुरु भएको छ । पालिकाले मनोपरामर्शदाताको व्यवस्था गरी नियमितरुपमा मनोपरामर्श सेवाको व्यवस्था गरिएको रौतामाई गाउँपलिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले बताउनुभयो । पालिकाको मुर्कुची, भुटार र आँपटार गरी तीनस्थानमा सरकारले तोकेका मापदण्ड अनुरुप क्वारेन्टाइन निर्माण छन् । जसमध्ये पालिकाको वडा न.ंं ७ मुर्कुचीको जनता माध्यामिक विद्यालयस्थित क्वारेन्टाइनमा हाल ३४ जना मानिस बसेका छन् । उनीहरुलाई मापदण्ड अनुसारकै दुई छाक खाना, दुईपटक नास्ता, नियमित स्वास्थ्य चेकजाँचसहित क्वारेन्टाइनमा बस्दा मनोबैज्ञानिकरुपमा समस्या नआवोस् भन्ने हेतुले मनोपरामर्श सेवा दिइदैछ । रौतामाईमा परामर्श सेवाका लागि ओरेक नेपाल, राजाबासले सहयोग गरेको छ । क्वारेन्टाइनमा बसेकाहरुलाई परामर्शको रुपमा क्वारेन्टाइनलाई सकारात्मकर...
आजदेखि विकास निर्माणको काम खुल्ने

आजदेखि विकास निर्माणको काम खुल्ने

समाचार
पूर्णपुष्टि, बैशाख २६ गते ।  कलडाउन थप गरेपनि विकास निर्माणका कामहरु खुला गर्ने निर्णय गरेको छ । यातायात, बजार र शिक्षण संस्थाबाहेक धेरै उद्योग धन्दा र कलकारखाना खोल्ने सरकारले निर्णय गरेको हो । लकडाउनका अवधिमा औषधि, स्वास्थ्य सामाग्रीजस्ता अतिआवश्यक वस्तुको उत्पादन तथा बिक्रीवितरण, खाद्य, कृषिजन्य, पशुजन्य उत्पादन तथा बिक्रीवितरण, औद्योगिक वस्तुको उत्पादन तथा बिक्रीवितरण गर्न दिने भएको छ । विकास आयोजना सञ्चालनका लागि आवश्यक पर्ने ढुङ्गा, गिटी र बालुवालगायत निर्माण सामाग्रीको ढुवानी गर्न पाइने भएको छ । सम्बन्धित निकायसँग समन्वयन र मुल्याङ्कन गरी स्वास्थ्य सुरक्षाको पालना गर्दै सामाजिक दुरी कायाम गरी सरकारले संचालन गर्न अनुमति दिने निर्णय गरेको हो । सरकारले सञ्चालन गर्न अनुमति दिएका क्षेत्रहरु  तल हेर्नुस् :–  ...
रेलले किचेर भारतमा १६ काे मृत्यु

रेलले किचेर भारतमा १६ काे मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, वैशाख २६ । भारतमा रेलले किचेर मजदुरहरुको मृत्यु भएको छ । महाराष्ट्रमा रेलले किच्दा १६ मजदुरको मृत्यु भएको हो । पाँच जना गम्भिर घाइते भएका छन । महाराष्ट्रको औरंगाबाद कर्माड स्टेशनको लिग नजिकै बसिरहेको अवस्थामा उनीहरुलाई आज विहान रेलले किचेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । रेलले किचेका सबै मजदुर औरंगाबादको एक स्टील उद्योगमा कार्यरत हुन् । मजदुरहरुले भुसावलतर्फ जाने रेल कुरिरहेका थिए । रेलमन्त्री पियुष गोयलले घटनाको वारेमा अनुन्धान भैरहेको बताएका छन । दुर्घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।  ...
भरतीयले नेपाली सुरक्षाकर्मी कुटिएपछि हवाइ फायर

भरतीयले नेपाली सुरक्षाकर्मी कुटिएपछि हवाइ फायर

समाचार
पूर्णपुष्टि, वैशाख २६ । नेपाली सीमानाकामा खटिएका सुरक्षाकर्मीले आवतजावतमा रोकेपछि भारतीयले सुरक्षाकर्मीलाई नै कुटपिट गरेका छन् । वीरगन्जको अलौंस्थित सीमानाकामा सशस्त्र प्रहरीलाई भारतीयले कुटपिट गरेका हुन् । सीमापारि गाउँ हरैयाबाट आएका २०–२५ जना भारतीयले अलौंको सिवानटोल नाकामा खटिएका सशस्त्र प्रहरी जवान बालप्रसाद भारतलाई कुटपिट गरेका हुन् । जवानले आवत जावतमा रोक लगाए पछि कुटपिट गरेका हुन् । कुटपिट गर्न थालेपछि उनीसंगै डयुटीमा रहेका अर्का सशस्त्र प्रहरी जवानले हवाइ फायर गरेका थिए । हवाइफायर गरिएपछि भने भारतीयहरु भागेका थिए । भारतीयले लछारपछार गर्दै सशस्त्र प्रहरी जवानको पोशाक समेत च्यातिदिएका छन् । भारतको हरैया गाउँ तिरबाट नेपाल प्रवेश गर्न खोज्नेलाई सशस्त्र प्रहरीले रोकेपछि उनीहरु आक्रमणमा उत्र्रेका थिए । घटनापछि सीमाक्षेत्रमा सुरक्षा सतकर्ता बढाइएको छ । सशस्त्र प्रहरी उपरीक्षक दिप...
ईनारमा डुबेर लम्सालको मृत्यु

ईनारमा डुबेर लम्सालको मृत्यु

समाचार
मोरङ, बैशाख २६ गते । मोरङको मिक्लाजुङमा ईनारमा डुबेर सानुमाया लम्सालको मृत्यु भएको छ । मिक्लाजुङ गाउँपालिका–७ बेलगौडे निबासी ६० बर्षीया लम्सालको डुबेर मृत्यु भएको हो । आफ्नै घर अगाडी रहेको पानीको ईनारमा हिजो दिउँसो साँढे १ बजे डुबेर मृत अबस्थामा फेला पारेको प्रहरीले जनाएको छ । घटनाको जनाकरी पाउना साथ तत्काल ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटेका प्रहरी टोलीले शव परिक्षणको लागि मंगलवारे अस्पताल पठाएको ईप्रकाले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको ईप्रकाले जनाएको छ ।...