६२ साल एसएलसी ब्याजीद्वारा पत्रकारलाई सुरक्षा सामाग्री
पूर्णपुष्टि, बैशाख २४ गते ।
कोरोना भाइरसको जोखिम मोलेर निरन्तर समाचार स्रम्पेषण गर्ने उदयपुरका पत्रकारलाई २०६२ एसएलसी व्याज बिद्यार्थीले सुरक्षासामग्री उपलब्ध गराएका छन् ।
नमुना स्कुल गाईघाटका २०६२ सालका एसएलसी व्याजी बिद्यार्थीले पत्रकारलाई सुरक्षा सामग्री, जिल्ला अस्पताल र जिल्ला प्रहरी कार्यालय अगाडी प्रविधियुक्त ट्याङ्की सहितको सुरक्षित धारा उपलब्ध गराएका हुन् ।
राज्यका कुनै पनि संम्यन्त्रबाट पत्रकारलाई सुरक्षा सामग्री सहयोग नभएको अवश्थामा विद्यार्थीले पत्रकारलाई स्प्रे सेनिटाईजर, एन नाईन्टीन माक्स, ग्लब्स उपलब्ध गराएका हुन् । त्यसअवसरमा उनीहरुले जोखिम ठाउँमा जोखिम मोलेर जनतालाई निरन्तर समाचार प्रवाह गर्दा आफ्नो स्वास्थ्यमासमेत ख्याल गर्न आग्रह गरे ।
टिमलिडर ज्ञानेन्द्र मगरले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीलाई प्रोत्साहन भत्ता, विमा जस्ता कार्यक्रमको घोषणा गरेपनि ज...









