Monday, August 24News That Matters

समाचार

बेलसाेत क्वारेन्टाइन, प्रदेश भरकै राम्राे

बेलसाेत क्वारेन्टाइन, प्रदेश भरकै राम्राे

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २४ । उदयपुरमा रहेको सबैभन्दा ठूलो र व्यवस्थित क्वारेन्टाइको आज अनुगमन भएको छ । कटारी नगरपालिकाको त्रिवेणी बेलसोत स्थित दुईसय बेडको क्वारेन्टाइनको अनुगमन भएको हो ।  प्रदेशभरमै सबैभन्दा राम्राे व्यवस्थापन रहेकाे पाइएकाे अनुगमन टेालीकाे प्रतिक्रिया छ । नेपाली सेनाको व्यवस्थापनमा रहेको उक्त १ नं. प्रदेश क्वारेन्टाइनको प्रदेश सरकारको तर्फबाट आएको अनुगमन टोली र जिल्लाको तर्फबाट प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरु सम्मिलित टोलीले अनुगमन गरेको हो । उक्त क्वारेन्टाइनमा हाल २६ जना रहेका छन् । ३४ वटा ब्लक भवनलाई पाँच क्लस्टरमा विभाजित गरी दुईसय वटा बेड राखिएका छन् । महिलाहरुका लागि छुट्टै एउटा क्लस्टरमा ४५ बेड बनाइएका छन् । नेपाली सेनाको १८ नं. वाहिणी अन्तर्गत बोक्सेस्थित रणसार्दुल गण अन्तर्गतको बेलसोत सुरक्षा गुल्ममा क्वारेन्टाइन बनाइएको हो । सेनाले आफु बसेको ठाउँसमेत खा...
कोरोना संक्रमण बाट युएइमा एक नेपालीको मृत्यु

कोरोना संक्रमण बाट युएइमा एक नेपालीको मृत्यु

समाचार
पूर्णपुष्टि/चैत्र, २४ कोरोना संक्रमण बाट यएइमा एक नेपालीको मृत्यु भएको छ । संयुक्त अरब इमिरेट्स (युएई)मा रुपन्देही देबदह– ६ की बिनु पराजुलीको कोरोना भाइरसको कारण गत शुक्रवार मृत्यु भएको अन्तराष्ट्रिय संञ्चार माध्यमहरुले जनाएको छ । ४० बर्षिया बिनु बिगत ९ बर्ष देखि युएइमा कार्यरत थिइन् । दुबईस्थित अल रफ्फा प्रहरी चौकीले उनको मृत्यु कोरोना संक्रमणबाट भएको जनाएको थियो । सोमबार आएको स्वास्थ्य रिपोर्टले यस्तो पुष्टि गरेपछि श्रीमान डोलराज पराजुलीलाई सो रिपोर्ट उपलब्ध गराएको थियो । बिनु केहिदिन अघि मात्र अस्पतालमा जाँच गर्न गइकी थिइन । तर औषधी लिएर घरमै आराम गरिन् । उनको मृत्यु काम गर्ने घरमै भएको थियो । उनलाई मृत्यु पछि तत्काल हस्पिटल लग्दा हस्पिटलले यस्तो रिपोर्ट देखाएको हो । उनलाई उतै दाहसंस्कार गर्ने आफन्त हेमराज भण्डारीले बताएको छ । कोरोना त्रासका कारण शव नेपाल ल्याउन असम्भव रहेको...
आज बाट तरकारी किनबेचमा सामाजिक दुरी कायम

आज बाट तरकारी किनबेचमा सामाजिक दुरी कायम

समाचार
गाईघाट/चैत्र, २४ गाईघाटमा तरकारी किनबेचको लागि सामाजिक दुरी लागु गरिएको छ । त्रियुगा नगरपालिका वडा नं १३ हवाइफिल्डमा रहेको तरकारी बजारलाई भिँडभाँड र समाजिक दुरी कायमको मापदण्ड अनुरुप सोमवार देखी किनबेच गर्न थालिएको हो । कम्तिमा ३ फिटको फरकमा तरकारी किनबेच गर्नको लागि यो मापदण्ड लागु गरिएको हो । तरकारी पनि दैनिक जिवनको अतिआवश्यक भित्र पर्ने भन्दै प्रशासन, सुरक्षा, वडाका जनप्रतिनिध, टोल विकास संस्था र सगरमाथा कृषि उपज समितिले यसलाई व्यवस्थित पार्न हिजो बसेको बैठकले दुरी नियम लागु गरेको हो । सटरहरुमा बस्नेहरुमा पहिले नै दुरी कायम रहेको र अन्य अव्यवस्थित रुपमा बस्नेहरुको लागि खाली ठाउँमा यसको व्यवस्था गरी आज बाट किनबेच सुरुगरिएको सगरमाथा कृषि उपज समितिका सचिव शिब बहादुर खड्काले जानकारी दिनुभयो । उहाँले तरकारी बजार अत्यादिक भिँड हुने स्थान रहेको बताउँदै सामाजिक दुरीको आवश्यक रहेको ब...
लकडाउन बैशाख ३ सम्म लम्बाउने

लकडाउन बैशाख ३ सम्म लम्बाउने

समाचार
पूर्णपुष्टि,चैत्र,२४ सरकारले लकडाउनको अवधि थप गर्ने निर्णय गरेको छ । आज सोमवार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । नेपालमा पनि कोरोनाको उच्च जोखिम बढ्दै गएपछि सरकारले लकडाउनको अवधि थप गरेको जनाइएको छ । नेपालमा पहिलो पटक दोस्रो चरणको कोरोना प्रवेश गरेको कारण यसलाई रोक्न थप लकडाउनको आवश्यकता रहेको भन्दै अवधि थपेको बैठकमा उपस्थित एक मन्त्रिले जानकारी गराए । उच्च सतर्कताको निम्ति भनेर तत्काल एक हप्ताको लागि नेपाललाई लकडाउन गरेको हो। पछि थप चुनौती आएको भन्दै चैत्र २५ गते सम्म सारिएको लकडाउन फेरी बैशाख ३ सम्म सार्ने निर्णय भएको हो । संक्रमणको संख्या र दोस्रो चरणको कोरोना प्रवेश सँगै फेरी लकडाउन थप गरेको हो । नेपालमै एकाएक व्यक्ति व्यक्तिमा सरेको कोरोनाले सरकारनै चिन्तित छ । ६ जना संक्रमण पछि एकै दिनमा ३ जनामा देखिएपछि लकडाउन लाई थप गरिने निर्णय भएको हो । नेपालमा एकै द...
भारतकाे एक घटनाले डाक्टर, नर्सहरू भरसिलाे प्राेटेक्सनमा रहन जरूरी देखियाे

भारतकाे एक घटनाले डाक्टर, नर्सहरू भरसिलाे प्राेटेक्सनमा रहन जरूरी देखियाे

समाचार
पूर्णपुष्टि,चैत्र,२४ भारत मुम्वइको एक अस्पतालमा कोरोना संक्रमणको कारण २६ जना नर्स सहित ३ जना डाक्टर बिरामी परेकाे सञ्चारमाध्यमहरूले जनाएका छन् । यसरी स्वास्थ्यर्मीहरुमानै कोरोना संक्रमण भएपछि बृहतमुम्बई म्युनिसिपल कर्पोरेसनले यति धेरै स्वास्थ्यकर्मीमा कसरी कोरोना फैलिए भनेर अनुसन्धान गर्न समिति बनाएको छ । समितिले तत्काल यसको अनुसन्धान गरी रहस्य पक्ता लगाउने जनाएको छ । अस्पतालमा यदि ठुलो संख्यामा स्वास्थ्यकर्मीहरुनै संक्रमण परेपछि त्यहाँबाट कसैलाई पनि भित्र जान र छिर्न रोक लागाएको छ । यस घटनाले स्वास्थ्यकर्मीहरूलाइ भरपर्दाे सुरक्षा अपनाउन जरूरी देखिएकाे छ । स्वास्थ्यकर्मीहरूलाइ काेराेनाकाे संक्रमण नसर्ने किसिमकाे व्यक्तिगत सुरक्षा साधनहरू जरूरी छ नै, यसले अझ सतर्कतासाथ व्यवस्था गर्नुपर्ने देखिएकाे छ । साथै स्वास्थ्यकर्मीहरूले पनि लापरवाही, हेलचेक्राइ गर्न नहुने देखिएकाे छ ।...
भारतको मुम्वइ बन्यो कोरोनाको केन्द्र बिन्दु

भारतको मुम्वइ बन्यो कोरोनाको केन्द्र बिन्दु

समाचार
पूर्णपुष्टि/चैत्र,२४ विश्वभरनै फैलिरहेको माहामारीको रुपमा कोरोना भाईरसले अहिले पछिल्लो समय नेपालको छिमेकी देश भारत पनि तताइरहेको छ । भारतमा अहिले संक्रमणको संख्या र मृत्युको संख्या दिनानु ह्वातै बढेर गाको छ । कोरोना विश्वभरीनै एकउटा शहरमा बढी प्रभाव देखिने हुन्छ र अन्य ठाउँमा पनि फैलिने कार्यभएको छ । चिनको हुवान, इटालीको लोम्बार्डी शहर भने जस्तै भारतमा पनि कोरोनाले मुख्य केन्द्रविन्दु मुम्वाइलाई बनाएको छ । द हिन्दुस्तान टाइम्सका अनुसार देशमा कूल संक्रमितको संख्या ३ हजार ४९३ पुगेको छ भने मुम्बईमा मात्र ४ सय ३३ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । आइतबार मुम्बईमा संक्रमणका १०३ नयाँ मामिला देखिएको छ भने शहरमा ३० जनाले ज्यान गुमाइसकेका छन् । भारतमा महाराष्ट्रमा सर्वा्धिक ७९३ जना संक्रमित रहेका छन् भने ४५ जनाले ज्यान गुमाएका छन् । महाराष्ट्रपछि मध्यप्रदेश र तेलंगानामा १२–१२ जना...
गाइघाट बैंकहरूलाइ खुल्ने र बन्द हुने बार स्पष्टरूपले सुचना टाँस्न प्रशासनकाे निर्देशन

गाइघाट बैंकहरूलाइ खुल्ने र बन्द हुने बार स्पष्टरूपले सुचना टाँस्न प्रशासनकाे निर्देशन

समाचार
पूर्णपुष्टि, चैत २३ । जिल्ला प्रशासन कार्यालय उदयपुरले गाइघाटका बैंकहरुलाई खोल्ने र बन्द रहने समय स्पष्टसंग सूचना टाँस गर्न निर्देश गरेको छ । बैंकहरुको अनुगमनपछि प्रशासनले यस्तो निर्देशन दिएको हो । लकडाउनको बेला समय मिलाएर सर्बसाधारणलाई सेवा दिने भनेका बैंकहरुले आफुखुसी खोल्ने र नखोल्ने गरेको गुनासो आएपछि आज अनुगमन गरेको थियो । बैंकहरुले दिनमा दुइघण्टा सेवा दिने भन्दै खोले पनि आवश्यक सेवा नदिने गरेको गुनासो सर्बसाधारणको थियो । प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीको नेतृत्वमा सुरक्षा प्रमुखहरुको अनुगमनटोलीले गुनासो आएजस्तै बैंकहरुले मनोमानीरुपले खोल्ने वा नखोल्ने गरेको पाएको थियो । खोले पनि कर्मचारी नबस्ने, कर्मचारी भएपनि भोली आउन भन्दै टार्ने गरेको पाएको थियो । जसले सर्बसाधारणले सेवाको सट्टा दुःख पाइरहेको थिए । भोलीदेखि कतिबजे, कति समयसम्म खुल्ने, के कस्ता सेवा लिनदिनसक्ने भन्ने ...
उदयपुरमा ढिस्कोले पुरिएर १ जनाको मृत्यु

उदयपुरमा ढिस्कोले पुरिएर १ जनाको मृत्यु

समाचार
उदयपुर/चैत्र, २३ उदयपुरमा ढिस्कोले पुरिएर १ जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालि १३ पर्ताको ३० बर्षिया जानकी देवि चौधरी माटो खन्ने क्रममा ढिस्को खसेर पुरिएको थियो । खैजनपुरको जंगलमा माटो खन्न गएकी चौधरीको माटोले पुरिएपछि उपचारको क्रममा विराटनगरको न्युरो हस्पिटलमा मृत्यु भएको हो । उनिको साढे १ बजे तिर हस्पिटलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  ...
सवारी सिफारिस प्रशासनकाे कडाइ

सवारी सिफारिस प्रशासनकाे कडाइ

समाचार
पूर्णपुष्टि, चैत २३ । स्थानीय सरकारले स्थानीय प्रशासनबाट सवारी पास लिनका लागि दिएको सिफारिस पत्रको दुरुपयोग बढेको भन्दै त्यसप्रति प्रशासनले ध्यानाकर्षण गरेको छ । त्यावश्यक कामका लागि सवारी पासको व्यवस्था जिल्ला प्रशासनले गर्दै आएको छ । सवारी पासका लागि स्थानीय सरकारको सिफारिस माग्ने गरिएकोमा सिफारिस पत्रनै बोकेर हिड्ने गरेको पाइएको प्रशासनले जनाएको छ । आइतबार प्रेस विज्ञप्ती जारी गर्दै त्यस्ता सिफारिस पत्रप्रति प्रशासन जवाफदेखि नहुने जनाएको छ । सरकारको वडा कार्यालयसमेतले सिफारिस गर्न थालेको छ । यसले सिफारिसको दुरुपयोग र सवारी साधनको चाँप बढेको गुनासो बढेपछि प्रशासनले कडाइ गरेको प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले बताउनुभयो । सिफारिस मात्र बोकेर सवारी चलाइ हिडेकाहरुलाई सुरक्षाकर्मीले रोक्न थालेको छ ।...
लिम्चुङबुङको चार जनाको स्वाब परिक्षणको लागि धरान पाठाइयो

लिम्चुङबुङको चार जनाको स्वाब परिक्षणको लागि धरान पाठाइयो

समाचार
उदयपुर/चैत्र,२३ बिरामी आशंकमा लिम्चुङबुङ गाउँपालिकाका ४ जनाको स्वाब धरान पठाइएको जनस्वास्थ्य कार्यलय उदयपुरले जनाएको छ । स्वाब नमुना संकलनका प्राविधिक स्वास्थ्यकर्मी टोली आफैले संकलन गरी तत्काल धरान पठाइएको हो ।  स्बाव नमुना संकलित गरी परिक्षणको लागि बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको जनस्वास्थ्य प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो ।  ...