मोरङ, चैत्र ७ गते ।
मोरङ पथरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पथरी शनिश्चरे–६ शान्ति चोक निबासी ३९ बर्षीय मनबहादुर विकको करेन्ट लागेर मृत्यु भएको हो ।
आफ्नै भान्साघरमा बिजुली बत्ती मर्मत गर्ने क्रममा अचानक करेन्ट लगेर हिजो बेलुका सवाँ ८ बजे विकको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
पूर्णपुष्टि, चैत ७ गते ।
त्रिभुवन विश्वविद्यालय (त्रिवी) अन्तर्गत हुन लागेको सवै परीक्षा स्थगित गरिएको छ । आगामी वैशाख ३ गतेसम्म हुने भनिएका सबै परीक्षा स्थगित गरेको हो ।
कोरोना भाइरस (कोभिड–१९) को सक्रमण फैलन नदिन त्रिवि अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्दै शुक्रबारदेखि आउँदो वैशाख ३ गतेसम्मका लागि तय भएका सबै परीक्षा अर्को सूचना नआएसम्मको लागि स्थगित गर्ने निर्णय गरेको हो ।
कोरोनाको सक्रमणलाई ध्यानमा राख्दै सरकारले बिहीबारदेखि सुरु हुने भनिएको माध्यमिक शिक्षा परीक्षा स्थगित गरेको थियो । सरकारले त्रिभुवन विश्वविद्यालय र प्राविधिक तथा व्यवसायिक शिक्षा परिषद् (सीटीईभीटी) का परीक्षासमेत स्थगित गरेको छ ।
त्रिविको सुचना तल हेनुस् ।...
पूर्णपुष्टि, चैत ७ गते ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) संक्रमणबाट बच्नका लागी शैक्षिक संस्था बन्द र परीक्षा स्थगित भएपछि काठमाण्डौ छाड्नेको सख्या बढेको छ ।
पछिल्लो २४ घण्टामा काठमाण्डौका विभिन्न नाकाबाट एक लाख आठ हजार चार सय ५८ जना बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
यो सख्या गत बुधबारको भन्दा १३ हजार दुई सय ११ ले बढी हो । दशै, तिहार र २०७२ सालको भूकम्पपछि काठमाण्डौ छाड्नेको संख्या अहिले बढेको हो ।
सरकारले एक महिनाका लागी रुट इजाजत बिना नै गाडी चलाउन पाइने व्यवस्था गरेको छ । आउँदो वैशाख ३ गतेसम्मका लागि बाटो इजाजत खुला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।...
पूर्णपुष्टि, चैत ७ गते ।
आज विहान ७ः२० बजे चिनको तिब्बत केन्द्र विन्दु बनाएर ६.२ रेक्टर स्केलको भुकम्प गएको छ । तिब्बत केन्द्र विन्दु बनाएर शुक्रबार बिहान गएको भुकम्पको धक्का काठमाण्डौ आसपासका जिल्लाहरुबाट महशुस गरिएको थियो ।
भुकम्पका क्षतीका विवरण भने अहिले नाईसकेको जनाईएको छ ।
पूर्णपुष्टि, चैत ७ गते ।
कोरोना भईरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । एक सय ७९ देश र एउटा पानी जहाजमा फैलिएको कोरोनाका कारण अहिलेसम्म १० हजार ४१ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
दुई लाख ४५ हजार ३३ जना सक्रमित भएका मृध्ये ८८ हजार एक सय ५१ जना उपचारपछि निको भएर घर फर्केका छन् भने बाँकीले उपचार गराईरहेको छ ।
पछिल्लो समयमा कोरोनाको उत्पती स्थल चिनमा भन्दा इटलीमा मृत्यु हुनेको संख्या बढेको छ । अहिलेसम्म चीनमा तीन हजार दुई सय ४५ जनाको मृत्यु भएको छ भने इटलीमा तीन हजार चार सय पाँच जनाको मृत्यु र्भइसकेको जर्नाइएको छ ।
पछिल्लो २४ घण्टामा इटलीमा चार सय २७ जनाको मृत्यु भएको छ भने पाँच हजार तीन सय २२ जना नयाँ सक्रमित फेला परेका छन् । ईटालीमा ४१ हजार ३५ जना सक्रमित भएका मध्ये चार हजार चार सय ४० जना उपचारपछि निको भएर घर फर्केका छन् ।
इट...
पूर्णपुष्टि, चैत ६ गते ।
प्रतिनिधिसभाको बैठक एक हप्ताका लागी सरेको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिले चैत १३ गतेसम्मका लागि बैठक स्थगित गर्ने निर्णय गरेको हो ।
शुक्रबारका लागि बोलाइएको बैठक १३ गतेसम्मका लागि स्थगित गरिएको थियो । प्रनितिधिसभाको बैठक ६ दिनका लागि स्थगित भए पनि राष्ट्रियसभाको बैठक भने भोलि शुक्रबार १ बजे बोलाइएको छ ।...
पाँचथर, चैत्र ६ गते ।
पाँचथरको फिदिममा पिकअप दुर्घटना हुदा चालकको मृत्यु भएको छ । फिदिम नगरपालिका–११ तृतियामा पिकअप दुर्घटना हुदा चालक बलबहादुर राईको मृत्यु भएको हो भने ६ जना घाईते भएका छन् ।
फिदिम फालोट सडक खण्डमा फिदिमबाट नागिन तर्फ जाँदै गरेको मे १ ज ३०६८ नम्बरको पिकअप आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका चालक फिदिम–१३ निबासी ३५ बर्षीय राईको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
दुर्घटनामा घाईते भएका अन्य ६ जनाको जिल्ला अस्पताल तथा नागिन स्वास्थ्य चौकीमा उपचार भईरहेको प्रहरीले छ ।...
सुनसरी, चैत्र ६ गते ।
सुनसरीमा एक जना जेष्ठ नागरिकको जलेर मृत्यु भएको छ । धरान–१६ की ९० बर्षीया आशादेवी रानाको विहान साढे ४ बजे जलेर मृत्यु भएको हो ।
आफ्नै घरको पुजा कोठामा धुपबाती बाल्ने क्रममा कपडामा अचानक आगो सल्किएर रानाको शरिरका बिभिन्न भागहरु जलेर घाईते भएको प्रहरीले जनाएको छ । घाईते रानाको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा बिहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
मोरङ, चैत्र ६ गते ।
मोरङको सुनवर्सीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । सुनवर्सी नगरपालिका–८ मिलन चोकबाट लागुऔषध सहित काजीमान विक र शिवनारायण चमार पक्राउ परेका हुन् ।
भारतीय बजारबाट नेपालतर्फ आउँदै गरेको मे ४ प ७७३७ नम्बरको मोटरसाईकललाई दिउँसो १ बजे चेकजाँच गर्दा सोही मोटरसाईकलमा सवार पथरी शनिश्चरे नगरपालिका–६ का २८ बर्षिय विकर २८ वर्षीय चमारलाई लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट कोरेक्स १ बोतल, नाईट्राभेट ४९ ट्याब्लेट र स्पोभन १६ ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।...
उदयपुर, चैत्र ६ गते ।
रौतामाई गाउँपालिका–५ धोद्रेका अग्नि पिडित भूपराज राईलाई उदयपुर सेवा समाज दक्षिण कोरिया र स्थानीयले आर्थीक सहयोग गरेको छ । सेवा समाज दक्षिण कोरिया र स्थानीयबासीले संकलन गरेको करिब ६० हजार रुपैयाँ सहयोग गरेको हो ।
उदयपुर सेवा समाज सस्थामार्फत दक्षिण कोरियामा भएका उदयपुरबासीहरुले संकलन गरेर पठाएको ३० हजार रुपैयाँ र स्थानीय टोल सुधार सस्था लगायतका विभिन्न संस्था र ब्यक्तिगत रुपमा संकलन भएको रकम एकमुष्ट रुपमा वडाध्यक्ष पाण्डव राई र वडा सदस्यहरु धनकुमार राई, सिताराम खत्रिले सामुहिक रुपमा हस्तान्तण गरेको स्थानीय युवा समाजसेवी सर्वधन राईले बताए । पशुपति मावि ज्यामिरे डाँडागाउँका शिक्षाकहरुले व्यक्तिगत रुपमा नगद २८ सय संकलन गरेर पिडित राईलाई हस्तान्तरण गरेको उनले बताए ।
सवै कुरा जलेर नष्ट भएपछि वडाले दिएको त्रिपाल मुनि रात कटाउँदै आएको राईलाई स्थानीयले नगद, खाद्यन्न ल...