Monday, August 24News That Matters

समाचार

सिलाई व्यवसायी संघ उदयपुर शाखालाई केन्द्रको सम्मान

सिलाई व्यवसायी संघ उदयपुर शाखालाई केन्द्रको सम्मान

समाचार
उदयपुर/चैत्र, ४ नेपाल कपडा तथा सिलाई व्यवसायी संघ उदयपुर शाखालाई केन्द्रले सम्मान गरेको छ । १ नं प्रदेश भरीका जिल्लाहरुको प्रतिनिधित्व रुपमा उदयपुर  शाखालाई केन्द्रले सम्मान गरेको हो । माहासंघको प्रथम स्थापना दिवसको अवसर पारेर काठमाण्डौमा उदयपुर सहित देशैभरीका ७ ओटै प्रदेशका ७ ओटा जिल्लाहरुलाई सम्मान गरेको छ । ७ प्रदेशमा ५६ ओटा जिल्लाहरु मध्ये संस्थालाई महासंघ दर्ता गराउन प्रक्रियागत तरिकाले योगदान पुराउने ७ ओटा प्रदेशको ७ जिल्लाहरुलाई सम्मान गरिएको थियो । जिल्ला अध्यक्षहरुको प्रतिनिधित्वमा सम्मान गरिएको थियो । उदयपुर जिल्लाबाट नेपाल कपडा तथा सिलाई व्यवसायी संघ उदयपुर शाखाकी अध्यक्ष ज्ञानु प्रधानले प्रतिनिधित्व गर्नुभएको थियो । प्रधानले संस्था माहासंघ दर्ता गराउन विधिगत प्रक्रियामा संस्थालाई योगदाान गर्नुभएको भन्दै उदयपुर जिल्लालाई १ नं प्रदेशको प्रतिनिधित्वको रुपमा अघि सार्न सफल हुन...
रुघाखोकी र कोरोना भाइरसको लक्षणमा फरक

रुघाखोकी र कोरोना भाइरसको लक्षणमा फरक

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत्र ५ गते । चिसोले छाड्दै गर्मी प्रवेश गर्दै गर्दा मौसम परिवर्तनको क्रममा मौसमी फ्लु को जोखिम बढ्ने गर्दछ । रुघा खोकी र कोरोनाका लक्षणहरु मिल्दोजिल्दो भएकाले सामान्य रुघाखोकी लाग्दा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण लाग्यो भन्ने त्रास हुने गरेको छ । कोरोनाको लक्षण  – रुघाखोकी लाग्दा पनि उच्च ज्वरो आउने – निमोनियामा जस्तो स्वाँ–स्वाँ बढ्ने – श्वास लिँदा धेरै बल लगाउनुपर्ने – छातीमा गाह्रो हुने कति बेला अस्पताल जाने  – सामान्य रुघाखोकी लाग्दैमा अस्पताल जानुपर्दैन – ज्वरो १०१, १०२ डिग्रीभन्दा बढी आएमा – ज्वरो निरन्तर आएमा – श्वास फेर्दा छाती धेरै दुखेमा वा श्वास फेर्न गाह्रो भएमा – ज्यान धेरै कमजोर र लत्रक्क परेको जस्तो महशुस भएमा – मधुमेह, मिर्गाैला रोगीजस्ता दीर्घ रोगीले अस्पताल गएर परामर्श लिने प्रतिरोधात्मक क्षमता बढाउन  – फ...
१ सय ६४ देशमा कोरोना भाइरस पैmलियो

१ सय ६४ देशमा कोरोना भाइरस पैmलियो

समाचार, संसार
पूर्णपुष्टि, चैत ५ गते । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) एक सय ६५ देशमा फैलिएको छ । चिनमा भाईरसको संक्रमण नियन्त्रण हुदै गर्दा बाहिरी देशहरुमा तिब्र रुपले फैलिरहेको हो । पछिल्लो २४ घण्टा भित्र चीनमा कसैलाई पनि भाईरसको सक्रमित देखा परेको छैन भने मृत्यु हुनेको संख्या पनि नबढेको संचारमाध्यमहरुले जनाएको छ । भाईरसको कारण चीनमा अहिलेसम्म तीन हजार दुई सय २६ जनाको मृत्यु भएको छ । भाईरसको संक्रमण देखिएका ८० हजार आठ सय १ मध्ये ६ हजार सात सय २४ जना उपचारपछि घर फर्किएका छन् । उपचार गराइरहेका आठ हजार ९ सय ३१ जनामध्ये तीन हजार दुई सय २६ जनाको अवस्था गम्भीर रहेको जनाईएको छ । पछिल्लो २४ घण्टामा चिनबाहिर आठ सय तीन जनाको मृत्यु भईसकेको छ भने १५ हजार सात सय ४० जना नयाँ सक्रमित फेला परेको छ ।...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत ५ गते ।  आज सुनको भाउ बढेको छ । बुधबार सुन तोलाको एक हजार रुपैयाँले बढेको हो । सुन बढेर तोलाको ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो एकैदिन सुन तोलामा दुई हजार रुपैयाँ घटेर सुन तोलाको ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ घटबढ भएको छैन । चाँदी तोलाको सात सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  ...
आगलागीबाट ३ घर जलेर नष्ट

आगलागीबाट ३ घर जलेर नष्ट

समाचार
झापा,चैत्र ५ गते । झापा कमलमा आगलागीबाट तीन घर जलेर नष्ट भएको छ । कमल गाउँपालिका–५ निबासी धनबहादुर बिकको घरमा बिजुली सर्ट भई आगलागी हुदा छिमेकीको दुई घर जलेर नष्ट भएको हो । धनबहादुरको घरबाट लागेको आगो फैलिएर छिमेकी सन्तोष बिक र सुजन विकको घरमा आगलागी हुदा ४ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दमकल र स्थानीयको सहयोगमा तीन वटै घरको आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
किराना पसल जल्दा ४ लाखको क्षती

किराना पसल जल्दा ४ लाखको क्षती

समाचार
मोरङ, चैत्र ५ गते । मोरङको बुढीगंगामा किराना पसलमा आगलागी हुदा चार लाख बराबरको क्षती भएको छ । बुढीगंगा–१ पुष्पलाल चोक निबासी भवनाथ धमलाको घरमा रहेको  किराना पसल जलेर नष्ट हुदा उक्त रकम बराबरको क्षती भएको हो । किराना पसलमा विजुलीको लाईन सट भई आगलागी हुदा पसलमा भएका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
आगलागीबाट साढे १७ लाख बराबरको क्षती

आगलागीबाट साढे १७ लाख बराबरको क्षती

समाचार
खोटाङ, चैत्र ५ गते । खोटाङ हलेसी हात्तिटारमा आगलागीबाट तीन घर जलेर नष्ट हुदा करिब साढे १७ लाख बराबरको क्षती भएको छ । स्थानीय लोकेन्द्र माझिको घरमा अचानक लागेको आगो छिमेकी सिता माझी र झनबहादुर थापाको घर जलेर नष्ट हुदा १७ लाख ३५ हजार बराबरको क्षती भएको प्रहरीले जनाएको छ । घर, सनुका गरगहना, धनमाल, अन्नपात जलेर नष्ट हुदा उक्त रकम बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।...
कोरोना भाईरस रोक्न सरोकारवालासँग परामर्श

कोरोना भाईरस रोक्न सरोकारवालासँग परामर्श

समाचार, स्वास्थ्य
उदयपुर, चैत ४ गते । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) रोक्नको लागी सरोकारवालाहरुको विचमा परामर्श कार्यशाला गरेको छ । जिल्ला विपद व्यवस्थापन समितिले उदयपुरको आयोजनामा नेपाल रेडक्रश सोसाईटी उदयपुर शाखाको सहयोगमा मंगलबार सरोकारवालाहरुसँग परामर्श कार्यशाला गरेको हो । कोरोना भाईरसको संक्रमणबाट बच्नका लागि जिल्लामा उच्च सतकर्ताका साथ एसईई परीक्षामा समेत उच्च सर्तकता अपनाउने प्रमुख जिल्ला अधिकारी ध्रुब बहादुर खड्काले बताए । कोरोना भाईरसको निहुमा कुनै पनि अति आवश्यक सामाग्रीको कृतिम अभाव सृजना (कालोबजारी) गरे प्रशासन कार्वाही गर्ने उनले बताए । कार्यक्रममा कोरोना भाईरस संक्रमणको सतकर्ताका लागि रेडक्रसले गरेको पहल र कार्यको जानकारी नेपाल रेडक्रस सोसाईटी उदयपुरका सभापती विनोदकुमार बस्नेतले प्रस्तुत गरेको थियो ।  स्थानिय स्तरसम्म पुगेर थप जनचेतना फैलाउनु पर्ने उनले बताए ...
ट्याक्टरले किचेर लिङ्देनको मृत्यु

ट्याक्टरले किचेर लिङ्देनको मृत्यु

समाचार
झापा, चैत्र ४ गते । झापाको हल्दिबारीमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । हल्दिबारी–१ निबासी १६ बर्षीय बिनोद लिङ्देनको ट्याक्टरले किचेर मृत्यु भएको हो । बिर्तामोड–१० शिवालय साईरन चोक स्थित भित्री सडक खण्डमा गोलधापबाट बिर्तामोड तर्फ आउदै गरेको प्र–१–०१–००१ त ८२९९ नम्बरको ईटा बोकेको ट्याक्टरमा सवार रहेका कामदार लिङ्देन दिउँसो पौने ३ बजे एक्कासी लड्दा सोही ट्याक्टरले किचेर घाइते भएको प्रहरीले नजाएको छ । ट्याक्टरले किचेर घाईते भएका लिङ्देनको बि.एण्ड सि. अस्पताल बिर्तामोडमा उपचारको क्रममा दिउँसो पौने ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । ट्याक्टर र चालक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
आजको विदेशी मुद्रा विनिमय दर

आजको विदेशी मुद्रा विनिमय दर

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत ४ गते ।  आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलर१ कोे खरिददर १ सय १८ रुपैयाँ ५४ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ १४ पैसा तोकेको छ । हिजो डलर १ कोे खरिददर १ सय १७ रुपैयाँ ७१ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ३१ पैसा रहेको थियो । साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७४ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७२ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४९ पैसा रहेको थियो । ओमानी रियाल १ को खरिददर ३ सय ८ रुपैयाँ ४१ पैसा तोकेको छ । हिजो खरिददर ३ सय ८ रुपैयाँ ३७ पैसा तोकेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४४ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ ५ पैसा र बिक...