Sunday, August 23News That Matters

समाचार

‘म अघि बढ्छु’ कार्यक्रमको प्रदेश भेला बैशाखमा हुने

‘म अघि बढ्छु’ कार्यक्रमको प्रदेश भेला बैशाखमा हुने

समाचार
उदयपुर, फागुन २४ गते । किशोर किशोरीहरुलाई लक्षित गरी १ नम्बर प्रदेश सरकारले सञ्चालन गरेको ‘म अघि बढ्छु’ अभियानलाई ग्रामिण भेगसम्म पु¥याउने उद्देश्यले प्रदेश स्तरीय सम्मेलन हुने भएको छ । सगरमाथा टिन्स क्लव १ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा आगामी बैशाख ३ गतेदेखि १६ गतेसम्म कार्यक्रम हुने भएको हो । सम्मेलनमा १४ जिल्लालाई पाँच वटा समुहमा विभाजन गरि प्रत्येक समुहलाई दुई दिनसम्म प्रशिक्षण दिने गरी तयारी गरिएको अभियानका प्रदेश संयोजक रवि खनालले बताए । सुनसरीको चतराधाममा हुने कार्यक्रममा प्रत्येक विद्यालयबाट एक किशोरी, शिक्षक नायकसहित तीन जना, जिल्लाका मुख्य र सहायक प्रशिक्षक, जिल्ला स्तरीय अनुगमन समिति र स्थानीय तह स्तरीय कार्यक्रम कायान्वयन समितिबाट १÷१ जना गरी १४ जिल्लाका ६ हजार ५६ सहभागिता हुने संयोजक खनालले बताए । कार्यक्रममा विपद् व्यवस्थापन सम...
महिलाहरुलाई २ महिने एड्भान्स व्युटिसियन तालिम

महिलाहरुलाई २ महिने एड्भान्स व्युटिसियन तालिम

समाचार
गाईघाट/फागुन, २४ त्रियुगा नगरपालिका वडा नं १३ ले वडाका महिलाहरुलाई २ दिने एड्भान्स व्युटिसियन तालिम दिइएको छ । महिलाहरुको क्षमता  सिपको बृद्धि विकास सँगै आत्मनिर्भरमुखी बनाउन वडाले महिलाहरु सम्बन्धि बिभिन्न उपयोगी मुलक कार्यक्रमहरु संञ्चालन गर्दै आईरहेको अवस्थामा ब्युटिसियन तालिमलाई पनि अगाडी बढाएको हो । तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष पशुपति चौधरीले महिलाहरु जब आर्थिक रुपमा सक्षम हुदैन त्यस अवस्था सम्म परिवार, समाज र राष्ट्र सफल नहुने कुरा बुझाउनु भएको छ । जस्ले गर्दा पनि वडाले महिलाहरुको सफल भविष्य सँगै समाज राष्ट्र र परिवारलाई समृद्ध बनाउन महिलाहरुको निम्ति बिभिन्न कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । उहाँले सिकेको सिपलाई सहभागीहरुले पूर्ण पालना र सदुपयोग गर्ने कुरामा ढुक्क रहेको बताउँदै सफल व्यवसायी बन्न शुभकामना गर्नुभएको छ । सहभागीहरुलाई पहिले नै बेसिक तालिम गराईसकेको र अझै...
काेराेनाका ६५ हजार बढि बिरामी उपचारपछि निकाे

काेराेनाका ६५ हजार बढि बिरामी उपचारपछि निकाे

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन २४ । काेराेना भाईरसका ५६ हजारभन्दा बढि मानिस उपचारपछि निकाे भएका छन् । नेपालकाे एक लाेकप्रिय सञ्चार माध्यम उज्यालाे नेटवकले हाल विश्वमै फैलदै गएकाे काेरला भाईरसका ५६ हजार बढि बिरामी उपचारपछि निकाे भएकाे खबर प्रकाशन गरेकाे छ । हालसम्म १ लाख १ हजार ९ सय ५४ जनालाई कोरोना संक्रमण भएकोमा ५६ हजार १ सय २३ जना उपचारपछि निकाे भएकाे र घर समेत फर्किएका छन् । काेरला भाइरसले ३ हजार ४ सय ६६ जनाको ज्यान गएको जनाइएकाे छ भने ४२ हजार ३ सय ६५ जना अझै पनि सङ्क्रमित छन् । उनीहरुमध्ये ३५ हजार ९ सय ६४ जना सामान्य अवस्थामा रहेका र ६ हजार ४ सय १ जनाको अवस्था गम्भिर रहेको जनाइएकाे छ । अहिलेसम्म ९७ देशसहित जापानको योकोहामा रहेको डायमण्ड प्रिन्सेस क्रुजमा कोरोना संक्रमित भेटिएका छन् ।         काेरनाकाे सम्भावित संक्रमणबाट  सतर्कता अपनाउनु पर्ने र सतर्कता अपनाउन नेपाल सरकारले अाव्हान...
उदयपुरमा पनि काेराेना संक्रमितलाइ परिक्षण गर्ने ठाउँ बनाइने

उदयपुरमा पनि काेराेना संक्रमितलाइ परिक्षण गर्ने ठाउँ बनाइने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन २३ । १ हजार जना क्षमता रहने क्वारेन्टाइन बनाउने स्थानको नाममा उदयपुरको नाम पनि आएको छ । कोरोना भाइरस संक्रमणको आशंका गरिएकाको उपचारका लागि प्रदेश नं. १ सरकारले उदयपुर र मोरङमा बनाउने जनाएको छ । कोरोना संक्रमितको शंका लागेकालाई उचित स्वास्थ्य परीक्षणसहित स्वास्थ्य सेवा प्रदान गर्न क्वारेन्टाइन स्थल निर्माण गर्न लागेको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले बताए । दुई जिल्लाको कुन ठाउँमा क्वारेन्टाइन स्थल राख्ने भन्ने निधो गर्न भने बाँकी रहेका जनाइएको छ । मोरङ र उदयपुर जिल्लामा क्वारेन्टाइन स्थल निर्माण गर्ने सरकारले निर्णय गरेपछि आवश्यक तयारीमा सरकार जुटेको जनाएको छ । मन्त्री कार्कीले शुक्रबार प्रदेशसभा बैठकमा तयारीमा जुटेको जानकारी दिएका हुन् । प्रदेशका मुख्य सचिवको संयोजकत्वमा टाक्स फोर्स गठन गरिएको पनि जानकारी दिइएको छ । कोर...
हातिपाईले चुमे वडाध्यक्ष कपको उपाधी

हातिपाईले चुमे वडाध्यक्ष कपको उपाधी

खेलकुद, समाचार
सिताराम राई उदयपुर, फागुन २३ गते । रौतामाई गाउँपालिका–५ मा भएको वडाध्यक्ष कप भलिबल प्रतियोगीताको उपाधी हातिपाईले टिमले चुमेको छ । वडाको आयोजनामा भएको प्रतियोगीतामा कालीमाटी टिमलाई सोझो सेटमा हराउदै हातिपाईले उपाधी चुमेको हो । शुक्रबार भएको फाईनल खेलमा हातिपाईलेले कालिमाटी टिमलाई पहिलो सेटमा २५–१८, दोस्रो सेटमा २५–१९ र तेस्रो सेटमा २५–११ को अन्तरले पछि पार्दै कपको उपाधी चुमेको आयोजक टिमले जनाएको छ । हातिपाईले टिमले उपाधी चुमेको छ । उपविजेता कालीमाटी टिम र सान्तोना आँपटार टिम भएको आयोजकले जनाएको छ । विजेता, उपविजेता र सान्तोना टिम नगद १७, १३ र ८ हजार रुपैयाँ र म्याडल, कप, प्रमाणपत्रले पुरस्कृति भएका थिए । प्रतयोगीताको उत्कृष्ठ खेलाडीको रुपमा हातिपाईले टिमका पेसल मगर घोषीत भएका छन् । उनलाई ट्रफि, प्रमाणपत्रका साथ नगद एक हजारले पुरस्कृत गरिएको छ । प्रतियोगीतामा वडाका विभिन्न टो...
गाईघाट सिविल हस्पिटल पिडितले गरे कडा कारवाही र पूर्ण उपचारकाे माग

गाईघाट सिविल हस्पिटल पिडितले गरे कडा कारवाही र पूर्ण उपचारकाे माग

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन २३ । उदयपुरको गाईघाटस्थित गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टरको गम्भिर लापरवाहीपूर्ण उपचारले पिडित बनेका विरामीले न्यायको जोडदार माग गरेका छन् । पिडित खोटाङको दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका ३ बाम्राङका ४२ वर्षिय पूर्णबहादुर खत्रीले स्पताल र डाक्टरले आप्mनो स्वास्थ्यमाथि गम्भिर खेलवाड गरेकाले आफ्नो उपचारसहित क्षतीपूर्ती र दोषीलाई कारवाहीको माग राखेको हो । शुक्रबार विहान पत्रकार सम्मेलन गर्नुभएको पिडित खत्रीले अस्पताल सञ्चालक तथा प्रहरीमासमेत हाइगुहार माग्दासम्म वेवास्ता भएपछि पत्रकार सम्मेलन गर्न बाध्य भएको  खत्रीले बताएका छन् । “मलाई न्यायको लागि मिडिया जगतबाट सहयोग गरिदिनुपर्यो ।” खत्रीले भन्नुभयो “म सरासर ठूलो अन्यायमा परेको छु ।” खत्रीले देब्रे कुममा राखिएको स्टिल अप्रेशन गरी निकाल्नु पर्नेमा हस्पिटलका डाक्टर संजयकुमार साहले स्टिल त्यहि छाडेर हड्डी ...
३ महिने सिलाईकटाई तथा ४५ दिने कुसन तालिम सम्पन्न

३ महिने सिलाईकटाई तथा ४५ दिने कुसन तालिम सम्पन्न

समाचार
गाईघाट/फागुन, २३ गाईघाट स्थित जगत भवनमा भईरहेको ३ महिने सिलाईकटाई तथा ४५ दिने कुसन तालिम शुक्रबार सम्पन्न गरिएको छ । घरेलु तथा साना उद्योग कार्यलय उदयपुरको आयोजना र नेपाल सिलाई तथा कपडा व्यवसायी संघको समन्वयमा मंसिर ११ गते बाट तालिम सुरु गरिएको थियो । तालिममा कुसन र कपडाको आइटमहरु उत्पादन गरिएको छ । “उद्योग र पूर्वधार समृद्धिको आधार भन्दै” व्यवसायीक रुपमै यस पेसालाई अगाडी बढाउन आयोजना गरिएको तालिममा २५ जना महिलाहरुले सहभागी जनाएका थिए । १० जना कुसन तर्फ र १५ जना कपडा सिलाई तर्फ सहभागी थिए । घरेलु तथा साना उद्योग कार्यलयका प्रमुख पाक्रम खाले यस तालिमलाई सदुपयोग गर्दै पेशा तर्प व्यवसायीकरण बन्न अनुरोध गर्नुभएको छ । उहाँले ३ महिने सिपलाई जिवनभरी प्रयोग र आत्मनिर्भरको हिसावले प्रयोग गर्न अनुरोध गर्नुभयो । उहाँले यस्तो तालिमहरुको लागि आफुहरुले पनि सहयोग गर्ने बताउनुभयो । सहभागीहरुका...
गाईघाटकाे सिभिल अस्पतालले स्टिल निकाल्ने भन्दै हड्डि काटिदियाे, पिडितकाे भयाे रुवाबासि

गाईघाटकाे सिभिल अस्पतालले स्टिल निकाल्ने भन्दै हड्डि काटिदियाे, पिडितकाे भयाे रुवाबासि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन २३ ।  उदयपुरकाे गाइघाट स्थित सिभिल हस्पिटलले जबरजस्ति अप्रेशन गर्न लगाई बिरामिकाे कुम जाेड्न राखिएकाे स्टिल निकालिदिनुकाे सट्टा हड्डि काटिदिएपछि पिडित न्ययकाे खाेजिमा भाेैतारिनु परेकाेछ । अस्पतालका डा. सञ्जयकुमार साहले अप्रेशन गरेका हुन् । खाेटाङकाे दिक्तेल मझुवागढी नगरपालिका ३ बाम्राङका ४२ बर्षिय पूर्णबहादुर खत्रीकाे पीडा हाे याे । गत बर्ष लडेर देब्रे कुम खुस्किएपछि नेपाल अर्थाेपेडिक अस्पताल काठमाडाैमा स्टिल लगाएका थिए । साेही स्टिल र कुमकाे अबस्था हेर्न एक्सरेका लागि सिभिल अस्पताल पुगेका थिए । कुमकाे अबस्था ठिक भएकाे देखिएपछि स्टिल निकाल्ने सन्दर्भमा काठमाडाै नै जान खाेजेका बिरामिलाई यतै जबर्जस्ति अप्रेशन गराएका थिए । सुरुमा ५५ हजार अप्रेशन खर्च लाग्ने भनेकाे सिभिल सञ्चालकले माेलमाेलाई गर्दै २५ हजारमै जबर्जस्ति अप्रेशन गराएकाे पिडितकाे भनाई छ । अाज पत्रकार स...
सुन तोलाको साढे ८२ हजार पुग्यो

सुन तोलाको साढे ८२ हजार पुग्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन २३ गते । आज सुनको भाउ बढेर नयँ कृतिमान कायम गरेको छ । शुक्रबार सुन तालोको १८ सय रुपैया बढेर ८२ हजार पाँच सय पुगेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । चाँदी तोलामा १० रुपैया बढेर तोलाको आड सय ९० रुपैयामा कारोबार भईरहेको महासंघले जनाएको छ ।
आज विदेशी मुद्राको विनिमय दर

आज विदेशी मुद्राको विनिमय दर

आर्थिक, समाचार
पूर्णपुष्ट, फागुन २३ गते ।  आज केहि विदेशी मुद्राको भाउ घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार अमेरिकी डलर १ कोे खरिददर १ सय १७ रुपैयाँ १ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ६१ पैसा तोकेको छ । हिजो डलर एककोे खरिददर १ सय १६ रुपैयाँ ८६ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ४६ पैसा रहेको थियो । साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३४ पैसा रहेको थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३० पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ १० पैसा र बिक्रीदर ३२ रुपैयाँ २६ पैसा तोकेको थियो । ओमानी रियाल १ को खरिददर ३ सय २ रुपैयाँ ४६ पैसा तोकेको छ । हिजो खरिददर ३ सय ४ रुपैयाँ २७ पैसा तोकिएको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३२ रुपै...