त्रियुगा नगरपालिकाले ऐलानी जग्गा नाप्न सुरु गर्यो
पूर्णपुष्टि, पुस १५ गते ।
उदयपुरको त्रियुगा नगरपालिकाले आधुनिक मेसिनबाट ऐलानी जग्गाको नापजाँच थालेको छ । पालिका क्षेत्रको ऐलानी जग्गा विवरण संकलन कार्यका लागि मङ्गलबारदेखि नाँपजाँच सुरुवात गरेको हो । नाँपचाँच गरी विवरण संकलनपछि चासभोग गर्नेलाई जग्गाको स्वमित्व दिने प्रक्रिया थाल्ने जनाएको छ ।
पालिकाले औपचारिक कार्यक्रमको आयोजना गरी वडा नं. ६ देखि सो कार्यको सुरुवाती गरेको हो । नगरवासीको प्रमुख समस्या, आवश्यकता र चाहना अनुरुप यस्तो कार्य थालनी गरिएको मेयर बलदेव चौधरीले बताउनुभयो । वहाँका अनुसार वडा नं. ६ देखि थालिएको कार्यलाई १६ वटै वडामा विस्तार गरिनेछ । कामको प्रभावकारिता र पारदर्शिताका लागि ऐलानी जग्गाको विवरण संकलन तथा व्यवस्थापन निर्देशक समितिनै बनाइएको छ ।
पालिका क्षेत्रमा करिब ६० प्रतिशत जग्गा ऐलानी, प्रति रहेको जनाउदै ऐलानी जग्गाको विवरण संकलनको उद्देश्यले चासभोगका आधारमा...









