कुवेती दिनार र ओमानी रियालको भाउ घट्यो
कात्तिक ४ गते ।
आज कुवेती दिनार र ओमानी रियालको भाउ घटेको छ भने बहराइन दिनारको भाउ केही पैसा बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबार १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ १३ पैसा तोकेको छ ।
साउदी रियाल एकको खरिद दर ३० रुपैयाँ २७ पैसा र बिक्री दर ३० रुपैयाँ ४३ पैसा रहेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ । त्यस्तै ओमानी रियाल १ को खरिददर २ सय ९४ रुपैयाँ ८७ पैसा रहेको छ । हिजो खरिददर २ सय ९५ रुपैयाँ ८० पैसा रहेको थियो ।
यूएई दिर्हाम १ को खरिद दर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा छ भने रिंगिट १ को खरिद दर २७ रुपैयाँ १२ पैसा बिक्रीदर २७ रुपैयाँ २६ पैसा तोकेको छ । त्यस्तै वन १ सयको खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६८ पैसा पुगेको छ ।
कुवेती दिनार १ को खरिददर ३ सय ७३ रुपै...









