Wednesday, August 19News That Matters

समाचार

सर्पको टोकाईबाट १ जनाको मृत्यु

सर्पको टोकाईबाट १ जनाको मृत्यु

समाचार
सुनसरी, भदौ १८ गते ।  सुनसरीमा विषालु सर्पले डसेर एक जनाको मृत्यु भएको छ । हरिनगर गाउँपालिका–१ निबासी ५५ वर्षीय सहिदान खातुनको मृत्यु भएको हो । गतराती सवा ९ बजे घर छेउमै सर्पले डसेर घाईते भएकी खातुनको उपारको लागी गोल्डेन अस्पताल विराटनगर लगिएपनि अस्पताल पु¥याउना साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
सर्पले डसेर १ जनाको मृत्यु

सर्पले डसेर १ जनाको मृत्यु

समाचार
सुनसरी, भदौ १८ गते । सुनसरीको कोशीमा विषालु सर्पको टोकाईबाट एक जनाको मृत्यु भएका छन् । कोशी गाउँपालिका–७ हरिपुर निबासी ३० वर्षीय सरितादेवी यादावको मृत्यु भएको हो । मंगलबार दिउँसो २ बजे घर नजिकै खेतमा घाँस काटिरहेको अवस्थामा खुट्टामा सर्पले डसेपछी उपचारको लागि जिल्ला अस्पाल ईनरुवा लगिएपनि उपचारको क्रममा बेलुकी साढे ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।...
ठेकदारको मुक्काले मजदुरको मृत्यु

ठेकदारको मुक्काले मजदुरको मृत्यु

समाचार
भदौ १८ गते ।  काठमाण्डौमा ठेकेदारको कुटपिटबाट एक श्रमीकको मृत्य भएको छ ।  बूढानीलकण्ठ नगरपालिका–१० कपनमा गतराति ठेकेदारको कुटाईबाट मृत्यु भएको हो । निर्माण कम्पनी सञ्चालन गर्दै आएका प्रेम राईले लेनदेनको विषयमा विवाद हुदा श्रमिक सञ्जय राईलाई कुटपिट गरी ज्यान लिएको प्रहरीले जनाएको छ । मृतक राई केही समयदेखि प्रेमकै निर्माण कम्पनीमा काम गर्दै आएको प्रहरीले जनाएको छ । ठेकेदारको कुटपिटबाट खोटाङ स्थायी ठेगाना भएका राईको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा ठेकेदार प्रेम राईसहति अजय राई र सागर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राईको शव पोस्टमार्टमा लागि टिचिङ अस्पताल पठाईएको छ भने पक्राउ परेकाहरुलाई प्रहरी वृत्त बौद्धमा राखेर अनुसन्धान अगाडी बडढाएको प्रहरीले जनाएको छ ।...
पेस्तोल र १७ राउन्ड गोलीसहित एक जना पक्राउ

पेस्तोल र १७ राउन्ड गोलीसहित एक जना पक्राउ

समाचार
भदौ १८ गते ।   प्रहरीले गोली हानेर वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिक–(१६ इनर्वा स्थानीय ठेगाना बताउने २६ वर्षीय सन्तोष दासलाई पक्राउ गरेको हो । पक्राउ परेको दासको साथबाट एक थान पेस्तोल र १७ राउन्ड गोलीसमेत बरामद गरेको प्रहरीले जनाएको छ । गतराति वीरगञ्ज महानगरपालिका–१३ राधेमाईमा नियमित चेकिङ गर्ने क्रममा प्रहरीलाई नै पेस्तोल देखाउँदै भागेपछि उनलाई गोली हानेर पक्राउ गरिएको प्रहरीले जनाएको छ । भागेका दासको दाहिने घुँडामा एक राउन्ड गोली लागेको छ भने उनको नारायणी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दास पहिला पनि अपराधिक क्रियाकलापमा संलग्न रहेको खुलेको छ भने एक मुद्दामा करिब १० वर्ष जेल सजायँ भोगेकोसमेत खुलेको प्रहरीले जनाएको छ ।...
बढी अपराध हुने जिल्ला काठमाण्डौ

बढी अपराध हुने जिल्ला काठमाण्डौ

समाचार
भदौ १७ गते ।   सवै भन्दा बढी अपराध हुने जिल्ला काठमाण्डौ भएको एक तथ्याङकले देखाएको छ । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले गरेको अध्ययनले बढी अपराध हुने जिल्ला काठमाण्डौ देखाएको हो । गत आर्थिक वर्ष ०७५/७६ मा गरिएको एक अध्ययनले काठमाडौंमा ८ हजार ५ सय ५९ मुद्दा दर्ता भएका देखाएको छ । काठमाण्डौपछि पूर्वको मोरङ दोस्रो बढी अपराध हुने जिल्लामा पर्ने देखिएको छ । एक हजार ८ सय ८८ वटा मुद्दा दर्ता भएको तथ्याङ्कले देखिएको छ । मोरङपछि रूपन्देही, सुनसरी, झापा, कास्की, कैलाली, चितवन, धनुषा र बाँके हरेको छ । रूपन्देहीमा एक हजार ८ सय ३५ वटा मुद्दा, सुनसरीमा एक हजार ७ सय ८३ वटा मुद्दा दर्ता भएको तथ्याङ्कले देखाएको छ । त्यस्तै झापामा १ हजार ४ सय ३३ वटा, कास्कीमा एक हजार २ सय ७७ वटा, कैलाली एक हजार २ सय ३५ वटा, चितवनमा एक हजार एक सय ७८ वटा, धनुषा एक हजार एक सय ८७ वटा र बाँकेमा एक हजार ए...
टी–२० सिरिज खेलमा न्युजिल्यान्डको जित

टी–२० सिरिज खेलमा न्युजिल्यान्डको जित

खेलकुद, समाचार
भदौ १८ गते ।   टी–२० क्रिकेट सिरिज खेलमा श्रीलंकाविरुद्धको एक खेल अगाडी नै न्युजिल्यान्डले जित हात पारेको छ । गतराती पल्लाकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोली श्रीलंकालाई न्युजिल्यान्डले चार विकेटले पछि पार्दै जित हात पारेको हो । टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा न्युजिल्यान्डले एक खेल अघि नै सिरिज जितेको छ । १६२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको न्युजिल्यान्डले १९.४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेटायो । न्युजिल्यान्डका लागि दुई खेलाडीले अर्धशतक बनाएका थिए । कोलिन डि ग्रान्डहमले ५९ रन बनाउँदा टोम ब्रुसले ५३ रन बनाएको थियो भने बलिङतर्फ अकिला दनन्जयले तीन विकेट लिएका थिए । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १६१ रन बनाएको थियो । श्रीलंकाका लागि निरोशान डिकवेल्लाले ३९ र अभिस्का फर्नान्डोले ३७ रन बनाएका थिए । यस अगा...
भुक्तानी नदिएसम्म काम गर्न नदिने चेतावनी

भुक्तानी नदिएसम्म काम गर्न नदिने चेतावनी

आर्थिक, समाचार
भदौ १८ गते ।  मेलम्ची खानेपानी आयोजना छाडेर भागेका निर्माण कम्पनी सीएमसीबाट भुक्तानी नपाएसम्म सिनो हाइड्रोलाई काम गर्न नदिने मेलम्ची खानेपानी आयोजना पीडित सङ्घर्ष समितिले जनाएको छ । सीएमसीबाट भुक्तानी नपाएसम्म नयाँ कम्पनी सिनो हाइड्रोलाई काम गर्न नदिने भन्दै स्थानीय मजदुर, सहायक निर्माण कम्पनी र सप्लायर्सले मेलम्चीमा धर्ना कार्यक्रमको घोषणा गरेका हुन् । पिडितहरुले समिति गठन गरी प्रतिवेदन दिएपनि सरकारले समाधानको पहल नगरेको भन्दै मेलम्ची आयोजनाको कार्यालयमा पीडितहरू धर्ना बस्ने भएको छ । समितिले गत साता जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा सात दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको थियो । सरकारले समाधान गर्छौं भन्ने प्रतिबद्धता गरेपनि अहिलेसम्म पहल समेत नभएकाले आन्दोलन गर्नुपरेको समितिले जनाएको छ ।...
भारतको दादागीरी विकास निर्माणमा अवरोध

भारतको दादागीरी विकास निर्माणमा अवरोध

समाचार
भदौ १८ गते । विकास निर्माणको काममा प्रति भारतीय पक्षले अवरोध गरेको हो । कञ्चनपुरको पश्चिमी, दक्षिणी तथा पूर्वी सीमारेखामा विकास निर्माणको भारतीय पक्षको अवरोधका कारण काम ठप्प भएको हो । भीमदत्त नगरपालिकाको गड्डाचौकी, जिमुवा, ब्रह्मदेव लगायतका दक्षिणी क्षेत्रका विभिन्न सीमामा विकासको प्रमुख आधार सडक निर्माणमा भारतीय पक्षले अवरोध गरेकाले ग्रावेल र कालोपत्रे गर्न नसकिएको छैन । नगरपालिका–१० को जिमुवा प्रहरी चौकी नजिकै सीमास्तम्भ ८०६ ९६ ए० को सडकमा ग्रावेल गर्दा भारतीय पक्षले रोकेकाले गड्डाचौकीबाट जिमुवा हुँदै जाने सडकका केही भागमा वर्षौं बित्दासम्म ग्रावेल तथा कालोपत्रे हुन सकेको छैन । सडक ग्राभेल गर्न दिइए पनि कालोपत्रे गर्न नदिइएको नगरपालिका– ११ का वडाध्यक्ष प्रेमप्रकाश जैसीले बताए । भारतीय पक्षले महाकाली, बेलौरी र पुनर्वास नगरपालिकाका भारतसँग सीमा जोडिएका भू–भागका वडा कार्यालयले न...
काबुलको आत्मघाती हमलामा २ नेपालीसहित १६ जनाको मृत्यु

काबुलको आत्मघाती हमलामा २ नेपालीसहित १६ जनाको मृत्यु

लिम्चुङबुङ डायरी, समाचार
भदौ १८ गते । अफगानिस्तानका काबुलको ग्रीन भिलेज क्याम्पसमा राती भएको आत्मघाती बम हमलामा दुई जना नेपाली सहति १६ जनाको ज्यान भएको छ । राजधानी काबुलमा सोमबार भएको बम हमलामा १६ जनाको मृत्यु छ भने एक सय १९ जना घाईते भएका हुन् । आत्मघाती बम हमलामा दुई जना नेपालीको मृत्यु भएको अनौपचारिक जानकारी आएको इस्लामावादको नेपाली दूतावास स्रोतले जनाएको छ । मृत्यु भएका दुवै नेपाली ग्रीन भिलेज क्याम्पको सुरक्षाको जिम्मा पाएको ‘गार्दा वल्र्ड’ नामक क्यानेडियन सुरक्षा कम्पनीमा कार्यरत थिए भने कोही पनि नेपाली घाईते नभएको स्रोतले जनाएको छ । उक्त ठाउँमा लामो समय काम गरेर करिब पाँच महिनाअघि फर्किएका एक नेपालीका अनुसार त्यति बेला त्यहाँ करिब एक सय १८ जना नेपाली र केही नेपाली भाषी भारतीय नागरिक सुरक्षा गार्डका रुपमा तैनाथ थिए । यो समाचार आजको कान्दिपुर दैनिकमा छापिएको छ ।...
किरात विद्यार्थीको स्थापना दिवसमा दिप प्रज्वलन

किरात विद्यार्थीको स्थापना दिवसमा दिप प्रज्वलन

Breaking News 1, समाचार
गाईघाट/भदौ, १७ किरात विद्यार्थी संघको स्थापना दिवसको अवसरमा उदयपुरमा पनि दिप प्रज्वलन गरी दिवस मानाइएको छ । किरात विद्यार्थी संघकोे २१ औँ स्थापना दिवसको अवसर पारी गाईघाटको पिपलचोकमा दिप प्रज्वलन गर्दै दिवस मानाइएको हो । देशै भरी रहेको सो संगठनले यो दिवसलाई बिभिन्न कार्यक्रम गरी मनाएको छ । दिप प्रज्वलन तथा रक्तदान कार्यक्रम गरी देशका बिभिन्न जिल्लाहरुमा दिवस सम्पन्न भएको किरात विद्यार्थी संघ उदयपुरले जनाएको छ । किरात विद्यार्थीहरुको हक अधिकार र संस्कार संस्कृतिको संरक्षणमा प्रतिवद्ध रहेर स्थापना भएको संघले जनयुद्धमा राज्यले बेपत्ता पारेको नविन  राईलाइ  सार्वजानिक गर्न र १ नं प्रदेश लाई किरात प्रदेशको नामकरणमा समेत माग गर्दै दिवस मानाइएको हो ।  ...