Friday, July 10News That Matters

समाचार

अक्टुवरसम्म बेलायतको संसद निलम्बित

अक्टुवरसम्म बेलायतको संसद निलम्बित

समाचार, संसार
भदौ १२ गते । बेलायत सरकारले संसद निलम्बन गर्ने सिफारिस महारानी एलिजाबेथले स्वीकृत गरेकी छन् । आगामी १४ अक्टुबरसम्मका लागि संसद निलम्बन गर्ने निर्णय गर्दै स्वीकृतिका लागि प्रधानमन्त्री बोरिस जोन्सनले महारानी समक्ष पेश गरेको थियो । सेप्टेम्बर महिनाबाट बेलायतको संसद निलम्बन हुने छ । त्यसपछि कुनै सम्झौता विना बेलायत ३१ अक्टुबरमा युरोपेली युनियन (ईयू)बाट बाहिरिने छ । संसद नै निलम्बन हुने भएकाले त्यसबारे संदनमा कुनै प्रकारको बहस हुने छैन । सम्झौता ईयूबाट बेलायत बाहिरिने प्रक्रिया रोक्ने लगायतका विधेयकहरु अब निष्कृय हुनेछन् । सम्झौता विना ईयूबाट बेलायत बाहिरिने (ब्रेक्जिट) प्रक्रिया रोक्ने कानुन पारित हुन नदिन प्रधानमन्त्री जोनसनले संसद निलम्बनको निर्णय गरेको भन्दै विपक्षी र सत्तापक्षीय सांसदहरुले केहि आलोचना गरेका छन् । सरकारको यो कदमलाई सत्ताधारी टोरी पार्टीले समेत अपमानजनक भनेको छ ...
नयाँ सिकार आरक्ष थपिने

नयाँ सिकार आरक्ष थपिने

लिम्चुङबुङ डायरी, समाचार
भदौ १२ गते । जाजरकोटको कुशे गाउँपालिकाले दुई वटा वडालाई समेतटेर सिकार आरक्षण बनाउन अघि बढेको छ । पालिकाको ३ र ८ नम्बर वडाका वन क्षेत्रलाई समेटेर ‘कुशे पाटन सिकार आरक्ष’ बनाउने अघि बढाएको हो । आरक्षको लागि पालिकाले वडाको माथिल्लो भूभागमा रहेको जलजला पाटन वन क्षेत्र र वरिपरिको क्षेत्रको विस्तृत अध्ययन पनि गरेको छ । गाउँपालिकाले आर्किटेक्ट डिजाइन एन्ड सिभिल कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरी उक्त क्षेत्रको विस्तृत अध्ययन गरेको हो । सिकार आरक्ष प्रस्तावित ४३८८ उचाइमा कुशे पाटन क्षेत्र जुम्लासँग जोडिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।...

विप्लप समूहद्धारा जेसिवी आगजनी

समाचार
भोजपुर, भदौ ११ गते । भोजपुरको बेहेरे दोभानमा निर्माणाधिन हाईड्रोपावरका काममा प्रयोग गरिने जेसिवी विप्लप समूहले आगजनी गरेको छ । निर्माणाधिन ८ मेगाहर्जको पिखुवा खोला हाईड्रोपावरको कामा प्रयोग गरिने जेसिवी नेत्रविक्रम चन्द विप्लप समूहले आगजनी गरेको प्रहरीले जनाएको हो । निर्माणाधिन हाईड्रोपावरको काममा प्रयोग गरि राखेको अवस्थामा सिसा फुटाई डिजेल छर्केर आगजनी गरेपछि स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । भित्र शंखास्पद वस्तु राखेकाले सुरक्षा घेरा भित्र राखी सेनाको डिस्पोजल टोलीले डिस्पोज गरको प्रहरीले जनाएको छ । फष्ट राईफल गणबाट खटेका डिस्पोजल टोलीले उक्त शंखास्पद वस्तु हेर्दा दुईवटा पेप्सिको बोतलमा डिजेल रहेको प्रहरीले जनाएको छ ।...
बाढि पहिरो विस्थापितलाई रातो जस्तापाता

बाढि पहिरो विस्थापितलाई रातो जस्तापाता

समाचार
उदयपुर, भदौ ११ गते । उदयपुरको रौतामाई गाउँपालिकाले बाढीपहिरोले पूर्ण प्रभावितलाई रातो रंगको जस्तापाता वितरण गर्ने भएको छ । पालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काका अनुसार गाउँ कार्यपालिकाले मंगलबार यस्तो निर्णय गरेको हो । पूर्णरुपले क्षती भई घर पुन निर्माण गर्नुपर्ने अवस्थाका परिवारलाई रातो रंगको जस्तापाता वितरण गरिने भएको हो । पालिकामा ८० घर बाढीपहिरोले पूर्णरुपले क्षती भई पुन निर्माण गर्नुपर्ने अवस्था रहेको छ । उनीहरु सबैलाई एकै किसिमको रातो रंगको जस्तापाता वितरण गरिने भएको छ । जस्तापाताको रातो रंगलाई २०७६ सालको बाढीपहिरो प्रभावित घरपरिवारको संकेतकै रुपमा राखिएकाले सबैलाई एकै किसिमको वितरण गरिने अध्यक्ष खड्काले बताए । “कुन वडामा कति प्रभावित थिए भन्ने कुराको सूचक रातो जस्तापाता नै हुनेछ ।” अध्यक्ष खड्काले भन्नुभयो “आठै वडामा एकै किसिमको जस्तापाता वितरण हुनेछ ।” पालिकाका व...
डेंगु नियन्त्रणका लागि जनचेतना पैmलाउन आवश्यक

डेंगु नियन्त्रणका लागि जनचेतना पैmलाउन आवश्यक

समाचार, स्वास्थ्य
ऋषि राई कटारी/भदौ ११ गते । उदयपुरको कटारीमा फैलिएको डेंगु नियन्त्रण गर्नका लागि जनचेतना पैmलाउनु पर्ने चिकित्सकले जनाएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ को आयोजना र कटारी नगरपालिकाको समन्वयमा सम्पन्न डेंगु र ज्वरो नियन्त्रण सम्बन्धि अन्र्तकृयामा सहभागी चिकित्सकहरुले यस्तो बताएका हुन् । कार्यक्रमको सहजिकरण गर्दै मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा.शुरेस मेहताले डेंगु लाग्नुका कारण र रोकथामका उपायहरु बताउँदै यो रोग सफा पानी जम्नेस्थानहरुमा हुने लार्भाकै कारण पैmलिने भएकाले यसको नियन्त्रण गर्न जनचेतना पैmलाउनु पर्ने बताए । दिउँसो टोक्ने लामखुट्टेको टोकाईबाट सर्ने भएकाले हरेक घर घर सम्म लामखुट्टे उत्पादन हुने घर वरपर सरसफाई गर्ने, पानी जम्न नदिने चेतना पैmलाउन सकेमात्र डेंगु नियन्त्रण हुने पनि डा. मेहेताले बताए । कार्यक्रममा बोल्दै कटारी अस्पत्तालका प्रमुख मेडिकल सु...
प्रदेश १ को नाम किरात राख्न नेकपा मोर्चाको सक्रियता

प्रदेश १ को नाम किरात राख्न नेकपा मोर्चाको सक्रियता

समाचार
भदौ ११ गते । प्रदेश न. १ को नाम किरात खाख्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध सामुदायिक मोर्चा किराती राष्ट्रिय मुक्ति मोर्चाले दबाब मुलक कार्यक्रम गर्ने भएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिषडाँडामा बसेको मोर्चा केन्द्रीय पदाधिकारीको बैठकले १ नम्बर प्रदेशको नाम किरात राख्न क्रियाशीलहुने निर्णय गरेको हो । प्रदेश संसदमा दवाव दिने उदेश्यले भेटघाट, अन्तरक्रिया, सांस्कृतिक तथा सभाहरु गर्ने निर्णय भएको मोर्चाको अध्यक्ष राजन किराती (बासु)ले बताए । मोर्चाले यस अघि पनि नेकपा अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यमा बृहत अन्तरक्रिया गर्नुको साथै प्रदेश प्रमुख गोविन्द लिम्बू, मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदिपकुमार भण्डारी, प्रतिपक्ष दलका नेता र सांसदहरुलाई ज्ञापनपत्र बुझाएको थियो । प्रदेशको नाम किरात राख्न छलफल तथा दवाव दिने उदेश्यले संविधान दिवसको अवसर पारेर अशोज ४ गते काठमाडौं र...
भोजपुरमा अज्ञात समूहद्वारा एक्जाभेटरमा आगजनी

भोजपुरमा अज्ञात समूहद्वारा एक्जाभेटरमा आगजनी

समाचार
भदौ ११ गते । भोजपुरको पिखुवा खोलाको पक्कि पुल निर्माणस्थलमा राखिएको एक्जाभेटर अज्ञात समूहले आगजनी गरेको छ । भोजपुर नगरपालिका–१२ र रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने पुलको काममा प्रयोगका लागि राखीएको एक्जाभेटरमा अज्ञात समूहले आगजनी गरेको हो । मार्सेली निर्माण सेवाले निर्माण गर्दै गरेको पुलको कामका लागि राखिएको एक्जाभेटरमा पेट्रोल छर्केर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । उक्त स्थानमा शंकास्पद वस्तु समेत फेला परेकाले नेपाल प्रहरीले सुरक्षा घेरा भित्र राखी नेपाली सेनाको विज्ञ टोली बोलाईएको प्रहरीले जनाएको छ । स्थानको पिखुला खोलामा प्रदेश सरकारको ६ करोड ५३ लाख रुपैयाँको लागतमा करीब एक हप्ता अगाडि पुल निर्माण शुरु गरिएको थियो । थप अनुसन्धान भईरहेको र अज्ञात समूहको खोजी कार्य भईरहको प्रहरीले जनाएको छ ।...
रुखबाट लडेर १ जनाको मृत्यु

रुखबाट लडेर १ जनाको मृत्यु

समाचार
मोरङ, भाद्र ११ गते । मोरङको बेलवारीमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । बेलारी नगरपालिका–२ निबासी ३२ बर्षीय जिवन श्रेष्ठको रुखबाट लडेर बुधबार मृत्यु भएको हो । घर नजिकै रहेको सामुदायिक बनमा घाँस काट्न रुख चढ्ने क्रममा दिउँसो १२ बजे रुखबाट लडेर गम्भीर घाईते भएका श्रेष्ठको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा दिउँसो १ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।...
घरघरमा राष्ट्रिय झण्डा

घरघरमा राष्ट्रिय झण्डा

समाचार
भदौ ११ गते । संविधान दिवसको दिन नयाँ पुस्तालाई जागरण पैदा गर्ने उद्देश्यले घरघरमा राष्ट्रिय झण्डा फहराईने भएको छ । राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक आन्दोलन र संविधानप्रति वन पिढीलाई जागरण गर्ने उद्देश्यले संविधान दिवसमा झण्डा फहराइने भएको हो । नेपालको संविधान जारी भएपछि प्रत्येक वर्ष असोज ३ गते संविधान दिवस मनाउँदै आएको छ । दिवसको मूल समारोह समिति अन्तर्गत गठित प्रचार प्रसार उपसमितिको बुधबार बसेको बैठकले राष्ट्रिय झण्डा र राष्ट्रियतालाई केन्द्रमा राखीएको समितिले जनाएको छ । राष्टिय झण्डा र राष्ट्रियतासँगै संविधानको महत्व झल्काउनको लागि घरघरमा झण्डा राख्ने तयारी भएको समितिले जनाएको छ । सरकारले राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि, २०६९ परिवर्तन गरी राष्ट्रिय झण्डालाई निजी घरमा पनि राख्न पाइने गरी निदेर्शिका समेत परिवर्तन गरेको छ । २०७२ असोज ३ गते संविधा...
पाकिस्तानले भारतसँग हवाई मार्ग बन्द गर्ने तयारी

पाकिस्तानले भारतसँग हवाई मार्ग बन्द गर्ने तयारी

समाचार, संसार
भदौ ११ गते । भारतसँग पाकिस्तानले पुन एक पटक हवाई मार्ग बन्दको भएको छ । पाकिस्तानले भारतसँग पूर्ण रुपमा हवाई मार्ग बन्द गर्नेबारे सोचिरहेको विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । भारतले अफगानिस्तानसँगको कारोबारमा पाकिस्तानको भूमि प्रयोग गर्ने गरेको छ । त्यसमा पनि प्रतिबन्ध लगाउने मन्त्रालयले जनाएको छ । त्यसका लागि कानुनी प्रक्रियाहरु पूरा गर्ने काम भइरहेको र छिट्टै कार्यान्वयन गर्ने जनाएको छ । उक्त कुराको केहि खण्डन समेत भएको छ । यसअघि पनि भारतले पाकिस्तानको बालाकोटमा हवाई हमला गरेपछि हवाई क्षेत्रको प्रयोग गर्नबाट भारतलाई प्रतिबन्ध लगाएको थियो । भारते जम्मू–कश्मीरको संवैधानिक स्वायत्तता अन्त्य गर्ने निर्णय प्रति पाकिस्तानले असन्तुष्टि जनाउँदै त्यसविरुद्ध अन्तर्रा्ष्ट्रिय मञ्चमा विरोधका स्वरहरू उठाइरहेको छ ।...