Saturday, August 22News That Matters

समाचार

सौर्य एयर दुर्घटना : शव पहिचान र हस्तान्तरणमा समय लाग्ने

सौर्य एयर दुर्घटना : शव पहिचान र हस्तान्तरणमा समय लाग्ने

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १० । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका यात्रुहरूको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याइएको छ। अस्पतालले आवश्यक कागजपत्र मिलाएर शवको पोस्टमार्टम सुरु गरिसकेको जनाएको छ। अस्पतालका निर्देशक डा. दिनेश काफ्लेका अनुसार पोस्टमार्टमका लागि फरेन्सिक विज्ञ डा. गोपाल चौधरीको नेतृत्वमा २५ भन्दा बढी डाक्टर र स्वास्थ्यकर्मी खटिएका छन्। एउटा शवको पोस्टमार्टम सक्न कम्तीमा ४ घण्टा लाग्ने बताइएको छ। डा. काफ्लेले भने, ‘मृत्युको कारण थाहा भइसकेको छ, तर शव पहिचान गर्नु चुनौतीपूर्ण छ। प्रायः यस्तो दुर्घटनामा शव जलेका हुन्छन्।’ नेपाल प्रहरीको महाराजगन्ज वृत्तका डीएसपी अमर थापाका अनुसार बुधबार साँझसम्ममा चारवटा शवको पोस्टमार्टम सकिएको छ। उनले भने, ‘१८ शवको पोस्टमार्टम र पहिचान गर्न समय लाग्छ। चाँडोमा पनि शुक्रबार मात्रै परिवारलाई शव हस्तान्तरण हुने अव...
निर्मला पन्त हत्याकाण्ड : ६ वर्षमा ६ समिति, तर न्याय अझै टाढा

निर्मला पन्त हत्याकाण्ड : ६ वर्षमा ६ समिति, तर न्याय अझै टाढा

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १० । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्या भएको ६ वर्ष पूरा भएको छ। यस अवधिमा ५ जना गृहमन्त्री र प्रहरी प्रमुख फेरिए, ६ वटा समिति बने, तर अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन। प्रहरीले १२४ जनाको डीएनए परीक्षण र ६५५ जनासँग सोधपुछ गरेको जनाएको छ। अनुसन्धानमा राज्यको ३२ लाख ९० हजार खर्च भइसकेको छ। तर यति ठूलो लगानी र प्रयास पछि पनि न्याय पाउन सकेको छैन। अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरू बीचमा नै मतभेद देखिएको छ। कोही सुरुमै पक्राउ परेका दिलीपसिंह बिष्ट नै दोषी भएको दाबी गर्छन् भने अरू डीएनए नमिलेकाले अन्य व्यक्ति पनि हुनसक्ने तर्क गर्छन्। पछिल्लो गृहमन्त्री रवि लामिछानेले हत्यारा पत्ता लगाउन नजिक पुगेको दाबी गरेका छन्। तर गृह प्रशासन अझै पनि ‘अनुसन्धान जारी छ’ भन्ने रेडिमेट जवाफमा सीमित छ। १० साउन २०७५ मा साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी पन्त...
प्रहरी ऐन संशोधनको तयारी : ३० वर्षे सेवा अवधि हट्दै, उमेरहद बढ्ने

प्रहरी ऐन संशोधनको तयारी : ३० वर्षे सेवा अवधि हट्दै, उमेरहद बढ्ने

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १० । नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ ऐन निर्माणको प्रक्रिया तीव्र गतिमा अघि बढेको छ। गृह मन्त्रालयले नेपाल प्रहरी ऐन २०१२ लाई प्रतिस्थापन गर्ने गरी नयाँ ऐनको मस्यौदा तयार गरेको छ। यस मस्यौदामा केही महत्वपूर्ण परिवर्तनहरू प्रस्तावित गरिएको छ। प्रस्तावित नयाँ ऐनमा हालको ३० वर्षे सेवा अवधि हटाएर उमेरहद लागू गर्ने योजना रहेको छ। यसैगरी प्रहरी महानिरीक्षक (आईजीपी) को उमेरहद ५८ बाट बढाएर ६० वर्ष बनाउन प्रस्ताव गरिएको छ। साथै, इन्स्पेक्टरमा भर्ना लिने उमेरहद पनि बढाउने प्रस्ताव गरिएको छ। गृहमन्त्री रमेश लेखकले यो मस्यौदा एक महिनाभित्र संसदमा दर्ता गर्ने लक्ष्य राखेका छन्। मस्यौदामा अर्थ मन्त्रालयको सहमति प्राप्त भइसकेको छ र अब कानुन मन्त्रालयमा पठाइने तयारी भइरहेको छ। यसैबीच, सशस्त्र प्रहरीको पनि नयाँ ऐन बनाउने प्रक्रिया सुरु भएको छ। सशस्त्र प्रहरी ऐन २०५८ लाई प्रतिस्...
कोशी प्रदेशमा मन्त्रिमण्डल पुनर्गठनको तयारी : माओवादी मन्त्रीहरू कायमै, कांग्रेस प्रवेशको चर्चा

कोशी प्रदेशमा मन्त्रिमण्डल पुनर्गठनको तयारी : माओवादी मन्त्रीहरू कायमै, कांग्रेस प्रवेशको चर्चा

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, साउन १० । कोशी प्रदेशमा मन्त्रिमण्डल पुनर्गठनको तयारी भइरहेको छ। केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै प्रदेशमा पनि त्यसको प्रभाव देखिन थालेको हो। हालका माओवादी मन्त्रीहरू अझै सरकारमा कायम रहेका छन् भने कांग्रेस सरकारमा प्रवेश गर्ने तयारीमा रहेको देखिन्छ। बुधवार बसेको मन्त्रिपरिषद् बैठकमा माओवादी मन्त्रीहरूले आफ्नो भविष्यबारे चासो राखेका थिए। तर मुख्यमन्त्री हिक्मत कार्कीले उनीहरूलाई हतार नगर्न र आ–आफ्नो काममा लाग्न निर्देशन दिएका छन्। भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेतीका अनुसार ‘हामीले राजीनामाको प्रेसर बढेको छ भनेको उहाँले प्रेसरको औषधि खानुहोस् भन्नुभयो।’ मुख्यमन्त्री कार्कीले कांग्रेसलाई चार मन्त्रालय दिने तयारी गरेका छन्। तर कांग्रेस भित्रै मन्त्री छनोटमा सहमति जुट्न नसक्दा सरकारमा प्रवेश गर्न ढिलाइ भएको कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बताए। कांग्रेस...
बोक्सेमा भोलीदेखी फुटबल प्रतियोगिता हुँदै

बोक्सेमा भोलीदेखी फुटबल प्रतियोगिता हुँदै

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, साउन ९ । त्रियुगा नगरपालिकाको बोक्सेमा भोलीदेखी दोस्रो 7A साइड फुटबल प्रतियोगिता शुरु हुँदैछ। दाजुभाई समुह फुटबल क्लब र दाजुभाई समुह (दोहा कतार) को आयोजनामा हुन लागेको यो प्रतियोगिता गंगा खेल मैदानमा असार १० गतेदेखि १९ गतेसम्म चल्नेछ। “सम्बन्ध हाम्रो सबैभन्दा राम्रो, समाजिक कार्यलाई अगाडी बढाउने जिम्मेवारी हाम्रो’’ भन्ने मूल नाराका साथ आयोजना गरिएको यस प्रतियोगितामा १२ टिमले भाग लिनेछन्। उद्घाटन खेल भोलि दिउँसो २ बजे ईलाभेन स्टार फुटबल क्लब बाबरी र दमौटि फुटबल क्लबबीच हुनेछ। प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल र ४० हजार नगद पुरस्कार प्राप्त गर्नेछ। त्यसैगरी उपविजेता टिमले शिल्ड, मेडल र २० हजार नगद पुरस्कार हात पार्नेछ। यस प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै समुदायमा खेलकूदको विकासमा योगदान पुर्‍याउने आशा गरिएको छ। ...
महिला अपहरण आरोपी कुर्मी लुम्बिनी प्रदेशको मन्त्री नियुक्त, विरोध र आलोचना चुलिँदै

महिला अपहरण आरोपी कुर्मी लुम्बिनी प्रदेशको मन्त्री नियुक्त, विरोध र आलोचना चुलिँदै

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एकल महिला अपहरण र बेपत्ता पारेको आरोप लागेका बाँकेका बादशाह कुर्मीलाई मन्त्रिपरिषदमा नियुक्त गरेका छन्। यो नियुक्तिले व्यापक विरोध र आलोचना निम्त्याएको छ। बाँकेकी निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप कुर्मीमाथि छ। महिला अधिकार मञ्चले मन्त्री कुर्मीलाई तत्काल निलम्बन गर्न माग गरेको छ। मञ्चकी इन्चार्ज रुवी खानले गम्भीर अपराधका अभियुक्तलाई मन्त्री बनाउँदा पीडित पक्षलाई थप पीडा हुने बताइन्। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले मन्त्री कुर्मीमाथि अनुसन्धान जारी रहेको बताए। २०७५ सालमा हराएकी निर्मलाको जग्गा हत्याउन कुटपिट गर्ने र अपहरण गरी बेपत्ता पार्ने काममा मन्त्री कुर्मीको संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको छ। गृह मन्त्रालयको छानबिन समित...
सौर्य एयर विमान दुर्घटना : एकै परिवारको तीन जनाको मृत्यु

सौर्य एयर विमान दुर्घटना : एकै परिवारको तीन जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ९ । काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एकै परिवारको तिन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सौर्य एयरलाइन्सका प्राविधिक मनुराज शर्मा, उनकी श्रीमती प्रिजा खतिवडा र ४ वर्षीय छोरा अधिराज शर्मा रहेका छन्। प्रिजा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सहायक कम्प्युटर अपरेटर पदमा कार्यरत थिइन्। सौर्य एयरलाइन्सले जारी गरेको विवरणमा खतिवडा र उनका छोरालाई कम्पनीकै कर्मचारीको रूपमा उल्लेख गरिए पनि उनीहरू यात्रु रहेको खुलेको छ। नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनामा बालक अधिराज शर्माको मृत्यु भएको पुष्टि गरेको छ।...
पूर्वराज्यमन्त्री रायको हत्या घरमै काम गर्ने युवकले गरेको खुलसा

पूर्वराज्यमन्त्री रायको हत्या घरमै काम गर्ने युवकले गरेको खुलसा

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ९ । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणमा प्रहरी अनुसन्धानबाट घरमै काम गर्ने युवकको संलग्नता खुलेको छ। रायको हत्या २१ वर्षीय रामउजैन रायले गरेको पाइएको हो। प्रहरी स्रोतका अनुसार अनुसन्धान लगभग सकिएको छ र युवकले हत्या गरेको पुष्टि भएको छ। प्रहरीका अनुसार हत्या गर्दा युवकले लगाएका कपडाहरू रगत लागेको अवस्थामा लुकाएको पाइएको छ। यसअघि प्रहरीको तालिम प्राप्त कुकुरको सहायताले हत्यामा प्रयोग गरिएको घरेलु हतियार पनि बरामद गरिएको थियो। हत्या भएको आइतबार राति साढे ९ बजेतिर तीन जना व्यक्ति जग्गाको विवाद मिलाइदिन भन्दै रायको घरमा आएको बयान रामउजैनले प्रहरीलाई दिएका थिए। तर, ती तीन जना व्यक्ति नआएको र रामउजैनले नै हत्या गरेको अनुसन्धानबाट खुलेको छ। हत्या व्यक्तिगत रिसइबीका कारण भएको बताइए पनि थप अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ। ८० वर्षीय राय राष्ट्रिय प्रज...
महिला हिंसा न्युनिकरणका लागि खडा भएका यी मुख्य चुनौतीहरु

महिला हिंसा न्युनिकरणका लागि खडा भएका यी मुख्य चुनौतीहरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, ८ साउन । नेपाली समाजमा हिंसा, अपराध, अन्याया र अत्याचार जस्ता घटनाहरु निरन्तर बढ्दो छ । त्यसमा पनि महिलाहरु घटनाको मुख्य भागेदार हुन् । यौन हिंसा, घरेलु हिंसा, सामाजिक हिंसा र अन्य बिभिन्न प्रकारको हिंसामा महिलाहरु बढी पिडित छन् । महिला शशक्तिकरण स्रोत केन्द ९ओरेक० उदयपुरका तथ्याङ्क अनुसार यस आर्थिक बर्ष मात्रै ६६ जना महिलाहरु हिंसा पिडितको रुपमा थपिएको छ । २४१ ओटा घटनाहरु मध्ये यस आर्थिक बर्ष मात्रै ६६ ओटा नयाँ घटनाहरु थप भएको हो । ति महिलाहरु बिभिन्न प्रकारका हिंसाबाट पिडित भै ओरेक आवासमा सुरक्षित हुन आएको हो । संस्थाकी संयोजक बाला कार्कीका अनुसार सबैभन्दा बढी यौनि हिंसाका पिडितहरु रहेको जनाईन् । पछिल्लो आर्थिक बर्ष अन्यको तुलनामा यौनि हिंसा फस्टाएको छ भने बाँकी सामाजिक, घरेलुहरु हिंसाहरु छन् । ओरेक उदयपुरले बुधबार महिला हिंसा न्युनिकरणका लागि संञ्चारमाध्यमको भुमिका बिषय...
सौर्य एयरलाइन्सको जहाज दुर्घटना : १९ जना सवारको विवरण सार्वजनिक

सौर्य एयरलाइन्सको जहाज दुर्घटना : १९ जना सवारको विवरण सार्वजनिक

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ९ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा सवार १९ जनाको विवरण सार्वजनिक भएको छ। एयरलाइन्सका चिफ अफ सेल्स एण्ड मार्केटिङ मुकेश खनालका अनुसार विमानमा चालक दलका सदस्य र कर्मचारी मात्र सवार थिए, अन्य सर्वसाधारण यात्रु थिएनन्। दुर्घटनामा २२ जनाको मृत्यु भएको छ भने जसमध्ये १८ जना विमानमा सवार र ४ जना बाहिरका व्यक्ति हुनसक्ने अनुमान गरिएको छ। विमानमा क्याप्टेन मनिषरत्न शाक्य र को–पाइलट संजित कटुवाल रहेका थिए । विमानमा सवार कर्मचारीहरूमा अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले,राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा रहेका छन् । आरिफ भने विदेशी नागरिक हुन् ।...