लुम्बिनी प्रदेशको राजधानी डुबानमा: मन्त्रालय र बस्तीहरू प्रभावित
पूर्णपुष्टि, असार २२ । अविरल वर्षाका कारण लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका मौरीघाटमा व्यापक डुबान भएको छ। प्रदेश सरकारका केही मन्त्रालयहरू समेत डुबानमा परेका छन्।
प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयमा एक फिटसम्म पानी पसेको छ। नालीभन्दा मन्त्रालयका भवनहरू तल हुँदा यस्तो समस्या आएको बताइएको छ। यसैबीच, दाङको देउखुरी क्षेत्रका विभिन्न बस्तीहरू पनि डुबानमा परेका छन्। राप्ती गाउँपालिका-५ का लठ्ठहवा, पहरूवा र कालापानी लगायतका गाउँहरूमा बाढी पसेको छ। सुरक्षा निकायहरूले उच्च जोखिममा परेका बस्तीका नागरिकहरूलाई सुरक्षित स्थानमा सार्ने काम सुरु गरेका छन्।
शुक्रबार रातिदेखि लगातार परिरहेको वर्षाका कारण यस्तो समस्या आएको हो। राजधानी स्थापना भएपछि निर्माण गरिएका संरचनाहरूमा पानीको सहज निकास नहुँदा यस्तो ...









