Sunday, May 10News That Matters

समाचार

बाहिनिपति रनिङ शिल्डको उपाधि श्री रणभिम गण खोटाङलाई

बाहिनिपति रनिङ शिल्डको उपाधि श्री रणभिम गण खोटाङलाई

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ ३० । उदयपुरमा आयोजित वाहिनिपति रनिङ शिल्डको उपाधि श्री रणभिम गण खोटाङले जितेको छ । जिल्लाको त्रियुगा नगरपालिका–१३ स्थित थारुहट रंगशालामा विभिन्न विधामा भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै रणभिम गण खोटाङले रनिङ शिल्डको उपाधि हात पारेको हो । रणभिम गण खोटाङले रनिङ शिल्डमा २० वटा स्वर्ण, ६ वटा रजत र २ वटा कास्य गरी २८ वटा पदक जित्दै शिल्ड उठाउन सफल भएको हो । रणभिम गण खोटाङले ८ विधामध्ये ४ विधाको उपाधि जितेको छ । रणभिम गण खोटाङले भलिवल, बास्केटबल, स्विमिङ र ऐथ्लेटिक्सको उपाधि जितेको छ । त्यस्तै आज भएको बाहिनिपति ट्रफी फुटबल प्रतियोगिताको फाईनल खेलमा श्री दुर्गा बक्स गण ओखलढुङ्गाले श्री पशुपति प्रसाद गण बोक्सेलाई ४–१ गोलले पराजित गर्दै उपाधि जितेको छ । खेलको ७५ औं मिनेटमा श्री पशुपति गण बोक्सेका जर्सि नं. १ का गोल रक्षक राजहाङ राईले आत्मघाती गोल गरेका थिए । तर, खेलको ८९ ...
उदयपुरमा ६७ किलो बढी गाँजा सहित २ जना पक्राउ

उदयपुरमा ६७ किलो बढी गाँजा सहित २ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ २९ । उदयपुरमा ६७ किलो बढी गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरगढी गाउँपालिका–५ अजिग्रे बस्ने ६० बर्षीय लाल बहादुर तामाङ र वडा नं. ८ चुपुम्फा बस्ने ५२ बर्षीय दिल बहादुर तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार मंगलबार जिप्रकाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । उदयपुरगढी गा.पा–७ चियाबारी स्थितमा चुपुम्फाबाट दमाई कोटी तर्फ लैजादै गरेको अवस्थामा ६७ किलो २२ ग्राम अवैध गाँजा सहित उनिहरुलाई पक्राउ गरिएको डिएसपी चापागाईले बताए । पक्राउ परेका उनिहरुको सम्बन्धमा जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
मलेसियामा उदयपुरकी एक महिलाको निधन

मलेसियामा उदयपुरकी एक महिलाको निधन

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ २९ । वैदेशिक रोजगारको सिलशिलामा मलेसिया गएकी एक नेपाली महिलाको निधन भएको छ । मृत्यु हुनेमा चौदण्डीगढी–३ हात्तीसार बसाहा घर भई बेलका–५ सुफाडे बस्ने ३१ बर्षीय सिता राई रहेकी छन् । उनको आईतबार सामान्य विरामीकै कारणबाट मृत्यु भएको वडा अध्यक्ष सिताराम राईले बताए । सिताले केही महिना पहिले (एपेन्डिसाइड) रोगको सल्यक्रिया गरेको अध्यक्ष सिताराम राईले बताए । अचानक विरामी छ भन्ने खबर सुनेको र आईतबार मृत्यु भएको खबर आएको अध्यक्ष राईले बताए । उनको श्रीमान पनि वैदेशिक रोजारको सिलसिलामा युएइमा छन भने उनको ९ वर्षीय एक छोरा छन् । उनि मलेसियामा २ बर्षदेखी कार्यरत थिए ।  ...
कोशी प्रदेश स्तरिय दुई दिवसीय सुरक्षा गोष्ठी सम्पन्न

कोशी प्रदेश स्तरिय दुई दिवसीय सुरक्षा गोष्ठी सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ २९ गते । कोशी प्रदेश स्तरिय दुई दिवसीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा सोमबार मोरङको बिराटनगर स्थित बिग होटलमा प्रदेश स्तरिय सुरक्षा गोष्ठी सम्पन्न भएको हो । कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यता तथा गृह सचिव एक नारायण अर्यालको अध्यक्षतामा जेष्ठ २७ गतेबाट संचालन भएको गोष्ठीको उपप्रधान तथा गृह मन्त्री रवी लामिछानेले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै माननीय उप–प्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले शान्ती सुरक्षा तथा अपराध नियन्त्रणका लागी भावी रणनिती बनाएर काम गर्नु पर्ने साथै शान्ति सुरक्षा तथा बिकास निर्माण कार्यको लागि तीनवटै सरकार आपसमा समन्वय र सहकार्य गरी अगाडि बढनु पर्ने बताएका छन् । बैदे...
आमाको हत्या आरोपमा छोरा पक्राउ

आमाको हत्या आरोपमा छोरा पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ २८ । भोजपुरमा आफ्नै आमाको हत्या आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आमा ६८ बर्षीया निर कुमारी तामाङको हत्या आरोपमा अरुण गाउँपालिका वडा नं. ४ ल्याङडाँडा चरम्बीका ३४ बर्षीय मिलन तामाङ पक्राउ परेका छन् । हिजो बेलुका पौने ६ बजे उनले आमालाई धारिलो हतियार सिक्कलले टाउकोमा प्रहार गरि हत्या गरेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । घटनाको जानकारी पाऊन साथ अस्थाई प्रहरी पोष्ट चरम्बी र इलाका प्रहरी कार्यालय तिवारीभंज्याङबाट प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनको समबन्धमा आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
त्रियुगाका  शिक्षकहरुलाई तिन दिने क्षमता अभिवृद्धि तालिम

त्रियुगाका शिक्षकहरुलाई तिन दिने क्षमता अभिवृद्धि तालिम

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, जेठ २८ । उदयपुरको त्रियुगा नगरपालिकामा शिक्षकहरुलाई STEAM Educaion मा आधारित तिन दिने क्षमता अभिवृद्धि तालिम दिईएको छ । त्रिनपा शिक्षा शाखा र काठमाण्डौँ विश्वबिद्यालय स्कुल अफ एजुकेशनको सहकार्यमा वडा नं १ र २ का सामुदायिक तथा संस्थागत विद्यालयका २५ जना शिक्षकलाई तालिम दिईएको हो । प्रशिक्षक तुलाराज अधिकारीले शिक्षा नवप्रबर्तक धारणालाई जोड दिने, खोज मुलक शिक्षण सिकाई क्रियाकलाप संचालन गर्ने 5e lesson plan , desingn thinking lesson plan project based learning, शिक्षमा आई siti लगाएतका बिषय वस्तुहरु समावेश गर्ने उदेश्य सहित तालिम संचालन गरिएको बताएका छन् । काठमाण्डौँ युनिभर्सिटी स्कुल अफ एकजुकेसन steam department कि प्रोफेसर रोशनी राजवंशीले तालिमले शिक्षकहरुको शिक्षण शैलिमा थप सुधान ल्याउनले बताएकी छन् । त्यस्तै तालिमको उदेश्य माथी प्रकाश पार्दै काठमाडौं बिश्वबिद्धालयका assis...
जबरजस्ती करणीको आरोपी उपसचिव साहले गरे आत्मसमर्पण

जबरजस्ती करणीको आरोपी उपसचिव साहले गरे आत्मसमर्पण

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ २८ । मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव रुपेशकुमार साहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । जबर्जस्ती करणी अभियोगमा फरार भएका सिराहाको बरियारपटी गाउँपालिका–४ तेनुवापट्टी निवासी साहले गत शनिबार प्रहरीसमक्ष आत्मसमर्पण गरेको प्रहरी स्रोतले जनाएको छ । साहमाथि नशालु पदार्थ मिसाएर खान दिएर बेहोस बनाई महिलालाई बलात्कार गरेको आरोप छ । गत माघ १८ गते साहले मधेश भवनभित्र रहेको सरकारी कर्मचारी क्वाटरमा राति साढे १० बजेतिर ‘भगवानको प्रसाद’ भन्दै पेडामा नशालु पदार्थ मिसाएर खान दिएर बेहोस बनाई महिलालाई बलात्कार गरेको आरोप छ । पीडित महिलाले श्रीमान् नभएको मौका पारेर राति कोठामा आएर आफूलाई बेहोस बनाएर बलात्कार गरेको भन्दै साहविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीपछि धनुषा जिल्ला अदालतबाट साहविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । त्यसयता उनि फ...
नेकपा एमाले कटारी नगरको अध्यक्षमा नेत्रबहादुर श्रेष्ठ

नेकपा एमाले कटारी नगरको अध्यक्षमा नेत्रबहादुर श्रेष्ठ

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ २८ । नेकपा एमाले कटारी नगरपालिका कमिटिको अध्यक्षमा नेत्रबहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । आईतबार नेकपा एमाले कटारीको दोस्रो नगर अधिवेसनको बन्द सत्रबाट श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् । अधिवेसनले नेत्रबहादुर श्रेष्ठको अध्यक्षतामा ७५ सदस्यिय नगर कमिटी चयन गरेको छ । समितिको उपाध्यक्षमा शुसिला राउत कार्की , सचिवमा राजकुमार थापा क्षेत्री ,उपसचिवमा तेजबहादुर आले मगर र महिला उपसचिवमा तारा ब्लोन तामाङ्ग चयन भएकी छिन् । यस अघि नै ७० जना सदस्यहरु सर्वसम्मत चयन भईसकेका थिए । तीनदिन देखि जारी वन्द सत्रले समिति चयन गर्न नसकेपछी निर्वाचनको मिति तोकिएको थियो । निर्वाचन मण्डलले आईतबार विहान ७ बजे निर्वाचन गर्ने गरी उमेद्वारहरुको अन्तिम नामावली समेत प्रकाशन गरेको थियो । जसमा अध्यक्षका लागी नेत्रबहादुर खड्का सहित जिवनाथ दाहाल र मोहनबहादुर खड्काको उम्मेदवारी रहेको थियो भने उपाध्य...
उदयपुरमा वन र कुटपिट मुद्धाका दुई फरार प्रतिवादी पक्राउ

उदयपुरमा वन र कुटपिट मुद्धाका दुई फरार प्रतिवादी पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ २८ । उदयपुरमा वन र कुटपिट मुद्धाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका–५ बस्ने ६५ बर्षीय गोपाल आले र सोही स्थान बस्ने ३१ बर्षीय बिशाल तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजना चापागाईका अनुसार आईतबार ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र प्रहरी चौकी लालबजारबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेका हुन् । जिल्ला अदालतको लागत नं.२५६३ मिति २०७५।०३।३२ गतेको फैसलाले वन मुद्धामा आलेलाई रु १,६५,४६४ जरिबाना र लागत नं.२७६४ मिति २०७६।०३।२४ गतेको फैसलाले कुटपिट मुद्धामा तामाङलाई रु १०,००० जरिबाना तोकेको डिएसपी चापागाईले बताए । पक्राउ परेका दुबैजनालाई फैसला कार्यान्वयनको लागी अदालत पठाइएको प्रहरीले जनाएको छ ।...
मलेसियामा ट्रकको ठक्करबाट एक नेपाली युवकको मृत्यु

मलेसियामा ट्रकको ठक्करबाट एक नेपाली युवकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ २७ । मेलेसियामा ट्रकको ठक्करबाट एक नेपाली युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको कटहरिया नगरपालिका ३ बड़का बरेडवा गाउँका २६ वर्षीय राकेश कुमार सोनार रहेका छन् । गत जेठ १६ गते कम्पनीबाट काम सकेर कोठामा फर्किने क्रममा ट्रकले ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको पीडित परिवारले जनाएको छ। मृतकको को शव १० दिनपछि शनिबार साँझ नेपाल ल्याइ अन्त्येष्टि गरिएको छ। कटहरिया ३ का वडाअध्यक्ष श्यामान्त यादवले हिन्दु परम्परा अनुसार लाल बैकया नदी किनारमा उनको दाहसंस्कार गरिएको बताएका छन् । मलेसिया स्थित नेपाली राजदूतावासले उनी काम गर्ने कम्पनीबाट क्षतिपूर्तिका लागि पहल गरिदिन मृतक राकेशको परिवारले आग्रह गरेको छ। वैदेशिक रोजगारको शिलसिलामा पछिल्लो एकवर्ष देखि उनी मलेसियामा कार्यरत थिए।...