पूर्वमन्त्री डा. नारायण खड्काको पहलमा जोगिदहका विद्यार्थीलाई झोला वितरण
गाईघाट÷पूणपुष्टि, मंसिर २८ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व परराष्ट्र मन्त्री डा. नारायण खड्काले त्रियुगा नगरपालिका–१ जोगिदहमा अध्ययनरत अतिविपन्न परिवारका विद्यार्थीहरुलाई झोला वितरण गरेका छन् ।
आईतबार पूर्वमन्त्री तथा संघिय संसद खड्काको विशेष पहलमा हिमालयन लाईफ इन्सुरेन्स लिमिटेड काठमाण्डौँसँगको सहकार्यमा विद्यार्थीहरुलाई झोला वितरण गरिएको त्रिनपा–१ का वडा अध्यक्ष मनोज कुमार चौधरीले जनाकारी दिए । पूर्व मन्त्रि खड्काको उपस्थितिमा श्री आधारभुत विद्यालय जोगिदहका ५७ जना विद्यार्थीलाई झोला वितरण गरिएको हो ।
त्यस्तै श्री जनज्योति आधारभुत विद्यायल मैनहाका ३४ जना विद्यार्थी, श्री जनता मा.वि. जोगिदहका ४० जना विद्यार्थी र श्री जनाता मा.वि. जोगिदह वालविकासका ३५ जना विद्यार्थी र वैकल्पिक शिक्षा विद्यालय छाडेर घरमा बसेका ३४ जना विद्यार्थी गरी जम्मा २ सय जना विद्यार्थीलाई झोला वितरण ...









