Saturday, May 2News That Matters

समाचार

जेन्जी आन्दोलन घाईते थप एकको मृत्यु

जेन्जी आन्दोलन घाईते थप एकको मृत्यु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, काठमाण्डौँ, असोज १३ । जेनजी आन्दोलनमा घाईते भएका थप एक जनाको मृत्यु भएको छ । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका नुवाकोटका लक्ष्मण राईको मृत्यु भएको हो । पञ्चकन्या गाउँपालिका–२ घर भएका राईको गएराति १२ बजे मृत्यु भएको पारिवारका सदस्यहरूले बताएका छन् । अहिले शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा लगिएको छ । उनी राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत थिए । दुई दिनसम्म घाइते अवस्थामा आईसीयूमै गुमनाम भएका उनी काठमाडौंका बालाजुमा मजदुरी गर्दै आएका थिए । तर, उनको सम्पर्क नियमित रूपमा परिवारसँग थिएन । उनको टाउको पछाडिको भागमा गोली लागेको थियो । उनी उपचारकै क्रममा कोमामा थिए ।...
दशैँको पहिलो दिन आज फुलपाती

दशैँको पहिलो दिन आज फुलपाती

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, उदयपुर, असोज १३ गते । दशैंको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवं दशमी तिथिको महत्त्व अधिक रहेको पाइन्छ । सप्तमी तिथिको दिन दशैंको लागि पूजा सामग्री स्वरूप फूलपाती आगममा प्रवेश गराउने कार्य हुन्छ । यस दिन सदर टुँडिखेलमा बढाइँ भएपछि फूलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ। ृ१े यी नौ पातमा क्रमशः ब्रह्माणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरी आवाहन गरेर सोह्र सामग्रीले पुजिन्छ । अर्का यहाँनेर यस तथ्यलाई पनि सम्झनु आवश्यक छ कि इन्द्र, शिव, विष्णु एवं श्रीरामले वृतासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावण वधको लागि क्रमैसँग नवरात्र व्रत गरेका थिए । यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि ...
जेन्जी सहिद पिडित परिवारलाई एमालेले अपमान गरेको भन्दै जेन्जी उदयपुरको आपत्ति

जेन्जी सहिद पिडित परिवारलाई एमालेले अपमान गरेको भन्दै जेन्जी उदयपुरको आपत्ति

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, गाईघाट असोज १२ गते । जेन्जी आन्दोलनको क्रममा सहिद भएका बेलका नगरपालिका वडा नं ४ का सन्तोष विश्वकर्मालाई एमालेले धम्की र अपमान गरेको भन्दै जेन्जी उदयपुरले आपत्ति जनाउको छ । आईतबार जिल्ला प्रशासन कार्यालय उदयपुरमा पिडित परिवार सहित ध्यानकार्षण बुझाउँदै यस्तो संवेदनशिल अवस्थामा अमानविय व्यवहार देखाउनु खेद जनका रहेको बिज्ञाप्तीमा उल्लेख गरिएको छ । जेन्जी संयोजक निमेश राईको नेतृत्वमा गएका युवाहरुले प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेललाई ज्ञापन पत्र बुझाएको हो । एमालेका सदस्यहरुले श्रदान्जली फोटोमा विश्वकर्मालाई असमायिक निधन भनेका छन् । तर सरकारले जेन्जी आन्दोलनका मृतकहरुलाई सहिद घोषणा गरेको छ । एमालेले भने बिनाकारण असामयिक निधन भनेर उल्लेख गर्दा जेन्जी आन्दोलनलाई अन्याय भएको र सहितको अपमान गरेको परिवारको आरोप छ । यता हत्यारा भनेर बनाईएको ब्यानर हटाउन लगाएको पिडित परिवारको...
रातो प्लेटलको सवारीले जथाभावी मान्छे बोकेको भन्दै कुटाकट

रातो प्लेटलको सवारीले जथाभावी मान्छे बोकेको भन्दै कुटाकट

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, उदयपुर, असोज १२ गते । दशैँको मुखमा सवारीहरुले मान्छे बोक्नका लागि तछाडमछाड गरिरहेको छ । नम्वर प्लेट अनुसार सवारीले नियममा वसेर मान्छे ओसार पसार गर्नु पर्ने हुन्छ । तर गाईघाटमा रातो प्लेटले नियमविपरिद मान्छे बोकेको भन्दै यातायात व्यवसायीबीच लपडा हुँदा कुटाकुट भएको छ । आईतबार हिमाली टोल स्थित हिमाली यातायात संघको कार्यालय अगाडी झगडा हुँदा रातो प्लेटका यातायात व्यवसायी ओमनाथ खतिवडा घाईते भएको जनाईएको छ । रातो प्लेटको सवारीले बसले झै खुलेआम रुपमा भाडाको सवारी बोक्ने पाउँदैन । बोलेरो जिप लगायत रातो प्लेटका सवारीहरुले माल सामान बोक्न पाउने भनिएको छ । चर बस काउन्टर अगाडी बाटै बसले बोक्ने यात्रुहरु चढाउँदै ओसार पसार गर्न थालेपछि बस र बोलेरोका स्टाफ बीच लफडा भएको थियो । लफडा पछि कुटाकुट हुँदा खतिवडा घाईते भएको हो । उनलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा त्यहाँ उपचार नभ...
गाेलीले ढलेकाे ज्वाइलाइ उठाउनेसम्म अवस्था थिएन : जेनजी शहिद सन्ताेषका जेठान दिनेश गजमेयर

गाेलीले ढलेकाे ज्वाइलाइ उठाउनेसम्म अवस्था थिएन : जेनजी शहिद सन्ताेषका जेठान दिनेश गजमेयर

Breaking News 2, Breaking News Video, भिडियो, समाचार
https://youtu.be/iHyZZUy8o70 पूर्णपुष्टि/उदयपुर, असाेज १२ । उदयपुरकाे बेलका नगरपालिका ४ का जेनजी शहिद सन्ताेष विश्वकर्मा गत भदाै २३ गते जेनजी प्रदर्शनमा गाेली लाग्दै गर्दा उनका जेठान दिनेश गजमेयर स‌गै थिए । जेठान र ज्वाइ सल्लाह गर्दै देश परिवर्तनका लागि प्रदर्शनमा गएकाेमा एक्कासी गाेली लागेर ज्वाइ सन्ताेष ढले । ढलेकाे अवस्थामा उठाउन सक्ने अवस्थासम्म थिएन । प्रहरीकाे चरम दमनका कारण गाेलीकाे वर्षा र अस्रुग्याँसकाे धुँवाले तितरवितर थिए । पछि ढलेकाे ठाउँमा ज्वाइ थिएनन् । खाेज्दै जाँदा राती अबेर काठमाडाै‌काे ट्रमा सेन्टरमा सहादत भइसकेकाे अवस्थामा फेला परेकाे जेठान दिनेशकाे भनाइ छ । ज्वाइलाइ खाेज्न र शव पाउन ठुलाे स‌घर्ष गर्नु परेकाे उनले बताएका छन् । (सुन्नुहाेस् पूर्णपुष्टिकाे विशेष कुराकानी)...
जेनजी प्रदर्शनमा ६ हजारभन्दा बढी गोली प्रहार

जेनजी प्रदर्शनमा ६ हजारभन्दा बढी गोली प्रहार

Breaking News 3, समाचार
पूर्णपुष्टि÷गाईघाट, असोज १२ । गत भदौमा भएको जेनरेसन जेड प्रदर्शनका क्रममा प्रहरीले ६ हजार ५ सयभन्दा बढी गोली प्रहार गरेको खुलेको छ । प्रहरी प्रधान कार्यालयको आन्तरिक अध्ययन प्रतिवेदनमा यस्तो तथ्य सार्वजनिक भएको हो । प्रहरी प्रधान कार्यालयले विशेष समिति गठन गरेर प्रदर्शनका क्रममा प्रयोग भएका हतियार र गोलाबारुदको विस्तृत अध्ययन गरेको छ । अन्वेषण योजना तथा विकास निर्देशनालयका डीआईजी दीपक रेग्मीको नेतृत्वमा गठित समितिले तयार पारेको प्रतिवेदन प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङलाई पेश गरेको छ । प्रतिवेदन अनुसार भदौ २३ र २४ मा देशव्यापी रूपमा भएको प्रदर्शनमा प्रहरीले ४ हजार जङ्गी राउन्ड फायर गरेको छ । यसैगरी काठमाडौंको बानेश्वरसहित मुलुकभर २ हजार ५ सयभन्दा बढी रबर बुलेट प्रयोग गरिएको प्रतिवेदनमा उल्लेख छ । भीड नियन्त्रणका लागि प्रहरीले २ हजार ५ सयभन्दा बढी ब्ल्यांक राउन्ड फायर गरेको थियो...
पूर्व प्रधानमन्त्रीको घरमा भेटिएको जलेको पैसामाथि अनुसन्धान सुरु

पूर्व प्रधानमन्त्रीको घरमा भेटिएको जलेको पैसामाथि अनुसन्धान सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि÷गाईघाट, असोज १२ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डसहित पूर्वमन्त्री दीपक खड्काविरुद्ध औपचारिक अनुसन्धान शुरु गरेको छ । गत भदौ २४ गते प्रदर्शनकारीहरूले यी नेताहरूको घरमा आगजनी गर्दा ठूलो मात्रामा नेपाली र विदेशी मुद्रा जलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । यी भिडियोहरूमा घरभित्रबाट निकालिएको र पछि जलेको नगदको दृश्य देखिएको थियो । विभागको टोली असोज ५ मा बूढानीलकण्ठस्थित देउवा र खड्काको निवास पुगेको थियो । दाहालको खुमलटारस्थित निवासमा भने असोज ७ मा पुगेर भग्नावशेषबाट जलेका नोटका टुक्रा र अन्य प्रमाण संकलन गरेको थियो । संकलित नमुनाहरू परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको विभागका एक अधिकारीले जानकारी दिए । प्रारम्भिक स्क्रिनिङमा कैफियत देखिएपछि आवश्यक अनुसन्धान सुरु गरिएको उनले बताए । ...
उदयपुरमा गाँजा सहित २ महिला पक्राउ

उदयपुरमा गाँजा सहित २ महिला पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि÷गाईघाट, असोज १२ । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ कमान स्थितमा दुई महिलालाई प्रहरीले लागुऔषध गाँजा सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका १७ कि ४५ बर्षीया लिला देबि राम र बर्ष ४० की अस्मिता राम रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार बिहान कमान स्थित प्रहरी चेकपोस्ट नजीक चेकजाँचको क्रममा उनिहरुलाई १२ केजी गाजा सहित पक्राउ गरिएको हो । पक्राउ परेका उनिहरुले सम्बन्धमा आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
चाँडबाँडको मुखमा अति विपन्न परिवारलाई राहत उपहार

चाँडबाँडको मुखमा अति विपन्न परिवारलाई राहत उपहार

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, रौता, असोज १२ गते । चाँड सबैको एउटै हो । तर मनाउने परिस्थिति भने बिल्कुलै फरक हुन्छ । चाँडबाँडमा हुँदा खाने र हुने खानेबीच बिभेद् छ । तर पनि बेलाबेलाको मनाउनै पर्ने चाँडबाँडले दिन दुखीलाई असाध्यै सताउँछ । यही समस्याको हल गर्न रौतामाई ६ का सक्रिय युवाहरुले गरिब दुखीहरुलाई राहत प्याकेज प्रदान गरेको छ । शनिवार रौता स्थित शुक्रराज राईको नेतृत्वमा १० घर अति विपन्न परिवारलाई राहत प्रदान गरिएको हो । राई सहित वडा नं ६ का सक्रिय युवाहरुको उपस्थितिमा वडा अध्यक्ष पृथ्वी राई सहित जनतप्रतिनिधिहरुले राहत प्रदान गरेका थिए । युवाहरुको सामाजिक अभियान अन्तर्गत आफ्नो गाउ आफै बनाउ भन्ने उदेश्य सहित वडा भित्रका अति विपन्न परिवारलाई २ बोरा चामल, दुई लिटर तेल, दुई केजी दाल सहितको राहत प्रदान गरेको हो । युवा अभियान्ता शुक्रराज राईले चाँडबाँडमा बिपन्नहरुले पनि खुसी साटोस र अरुले झैँ दशैँ मनाओस...
स्वरका धनि विशाल उदयपुर आईडलको भोटिङ राउण्डमा

स्वरका धनि विशाल उदयपुर आईडलको भोटिङ राउण्डमा

Breaking News 1, Breaking News 2, Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, उदयपुर, असोज ११ गते । आवाजको जादु छर्दै बिशाल राई जारी उदयपुर आईडलको भोटिङ राउण्डमा पुगेको छ । अडिसन, थ्रियटर, डुएट, पर्फमेन्स जस्ता स्टेपहरु पार गरी टप ट्वान्टी भित्र परेका राईले भोटिङ राउण्ड सम्मको यात्रा तय गरेको हो । प्रतिस्पर्धामध्ये संम्भावना बोकेका राईले दोस्रो उदयपुर आईडलको उपाधि जित्ने लक्ष राखेका छन् । राईको स्वरलाई दर्शकहरुले पनि रुचाएको छ । गायनमा रुची राख्ने विशाल बिभिन्न सांगितिक कार्यक्रमहरुमा पनि सहभागी हुन्छन् । आउँदो राउण्डका लागि राईले दर्शकहरु सँग भोट पनि अपिल गरेका छन् ।...