Saturday, May 2News That Matters

समाचार

बोक्सेमा पनि खुल्यो स्केट पार्क, ४ जना माथिका समूहलाई २५ प्रतिशत छुट

बोक्सेमा पनि खुल्यो स्केट पार्क, ४ जना माथिका समूहलाई २५ प्रतिशत छुट

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, उदयपुर, ११ गते । गाईघाटमा पछिल्लो समय स्केट पार्कका व्यवसाय उदाईरहेको छ । बिषेशगरी बालवालिकाहरुलाई मनोरञ्जन र स्किल देखाउने कलाकै कारण यसप्रति आकर्षण बढिरहेको हो । गाईघाट सहित आसापासका स्थानहरुमा ६ ओटा स्केट पार्क निर्माण भैसकेको छ । मोतिगडामा पनि स्केट पार्क निर्माण भएको छ भने बोक्सेमा पनि सुविधा सम्पन्न ब्रोदर्स युनिक स्केटिङ पार्कको भर्खरै उद्घाटन भएको छ । शुक्र राई र बिपिन मगरको संयुक्त लगानीमा निर्माण पार्क आकर्षित बनेको छ । उक्त पार्कको उद्घाटन शुक्रबार गरिएको हो । उद्घाटनकै दिन करिब ३ सय जनाले स्केट मनोरञ्जन लिएको संञ्चालक शुक्र राईले जनाए । राईले अन्य भन्दा फरक सेवा सुविधा सहित ब्रोदर्स स्केट निर्माण गरिएको जनाए । शान्त वातावरण एकान्त ठाउँ र आधुनिक प्रविधिको सामाग्री प्रयोग गरिएको राईको भनाई छ । ४ जना बढी समूहमा आउनेलाई २५ प्रतिशत छुट समेत गरिएको राईले जनाए । स...
नेपाल बाल संगठनलाई साझा बनाउन जेन्जी उदयपुरको माग

नेपाल बाल संगठनलाई साझा बनाउन जेन्जी उदयपुरको माग

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, उदयपुर, ११ असोज । उदयपुरका जेन्जी अभियान्ताहरुले एमालेमय नेपाल बाल संगठनलाई साझा बनाउन माग गरेका छन् । बिहिबार जेन्जी युवाहरुले जिल्ला प्रशासन कार्यालय उदयपुरमा ज्ञापन पत्र बुझाउँदै ध्यानाकषंण गराएको हो । बेतिथि, भ्रष्टचार बिरुद्ध जेन्जीहरुले आन्दोलन चलाईरहेकै बेला उदयपुरमा नेपाल सरकारको साझा संस्थालाई एमालेले कब्जा गरेको भन्दै बर्तमान कार्यसमिति तत्काल भंग गरी नयाँ कार्यसमिति निर्माण गर्न सुझाएका छन् । सुरेन्द्र साम्पाङ राई र निमेश राई सहितका जेन्जी अभियान्ताहरुले उक्त बेतिथि सहितको समति हटाउनु पर्ने माग गरेको हो । यसै बेतिथिको बिरुद्धमा जेन्जी आन्दोलन पछि देशले नयाँ रुपान्तरण खोजिरहेकै बेला फेरी पनि दलहरुले सझा संस्थालाई कब्जा गर्नु भनेको दुखद रहेको जनाएको छ । अब उप्रन्त जेन्जीहरुको मागलाई सम्बोधन हुनेगरी बेतिथि हटाउनु पर्ने भन्दै यस्ता भ्रष्ट र बेतिथि विरुद्ध आफुहरु सँध...
कटारीका मेयर श्रेष्ठको मुटु चेकजाँच गरियो

कटारीका मेयर श्रेष्ठको मुटु चेकजाँच गरियो

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि/कटारी, असोज १० । नेपाल हृदय रोग निवारण प्रतिष्ठान उदयपुर शाखाले “शरीरको तौल सन्तुलन राखौं, मुटु रोगबाट बचौं” भन्ने नारासहित आज शारीरिक मान अनुपात कार्यक्रम सम्पन्न गरेको छ । विश्व मुटु दिवसको उपलक्षमा आयोजित सो कार्यक्रममा कटारी नगरपालिका मेयर राजेशचन्द्र श्रेष्ठसहित १२० जनाको तौल, उचाई र प्रेसर चेकजाँच गरिएको थियो । कार्यक्रमका प्रमुख आतिथ्यमा मेयर श्रेष्ठले आप्mनो तौल, उचाई र प्रेसर चेक गरेर कार्यक्रमको उद्घाटन गर्नुभयो । कटारी प्रादेशिक अस्पतालको समन्वय, कटारी चेम्बर अफ कमर्श र ज्योति विकास बैंक कटारी शाखाको सहयोगमा कार्यक्रम भएको थियो । कार्यक्रममा कटारी अस्पतालका चिकित्सकहरुले असन्तुलन तौलले मुटु रोगको जोखिम हुने भएकोले त्यसप्रति सधै सचेत रहन सबैलाई सल्लाह, सुझाव दिएका थिए । अस्पतालका प्रमुख डाक्टर गौरव शाहले मुटु जोगाउन चिकित्सकीय सल्ला, सुझाव राख्नुभयो । कार्यक्रमको स...

जेनजी शहिद सन्ताेष विश्वकर्माकाे परिवारले विज्ञप्ती जारी गर्दै भन्याे – शहिदलाइ अपमान नगरियाेस्, उसकाे बलिदानी एमालेका लागि हाेइन

Breaking News 3, भिडियो, राजनीति, समाचार
https://youtu.be/9D2i-__1MOo पूर्णपुष्टि/उदयपुर, असाेज १० ।  उदयपुरकाे बेलका नगरपालिका ४ का जेनजी शहिद सन्ताेष विश्वकर्माका दाजु भाेलबहादुर वि‍क‍ले विज्ञप्ती जारी गर्दै शहिद भइसकेकाे भाइलाइ एमालेकरण गर्ने खाेजेकाेमा भत्सर्ना गरेका छन् । एमालेकरण गर्न खाेजेर शाेकमा डुबेकाे परिवारलाइ पिडा थप्ने काम गरेकाे बताएका छन् ।...
ट्राफिक र प्रशासनको नियमलाई धज्जी उडाउदै यात्रु ओसार पसार

ट्राफिक र प्रशासनको नियमलाई धज्जी उडाउदै यात्रु ओसार पसार

Breaking News 2, समाचार
https://youtu.be/w5EDttJYHcQ पूर्णपुष्टि/उदयपुर, असोज १० । प्र. १–०१–००१ ज ३६१७ नम्बरको सुमो जिप आज यात्रु ओसार्ने हेतुले तिब्रगतिमा कुदाउदा सगरमाथा राजमार्ग अन्तर्गत गाईघाट–फोक्सिन्टार सडकखण्डको अधेँरीमा नालीमा खस्यो । गाईघाटतर्फ आएको सो गाडीले अबैंधरुपमा यात्रु ओसारपसार गरिरहेको पाएपछि ट्राफिकले आजै विहान जरिवाना काटेर सञ्चालन नगर्न चेतावनी दिएको थियो । चेचिस भाँचिएको सो गाडी वेल्डिङ गरेर चलाएको पाएपछि ट्राफिक कारवाहीमा परेको हो । चेचिस जोडेर चलाइएको गाडी बाङ्गो कुद्ने र दुर्घटनाको उच्च जोखिम हुनेगर्छ । यसैकारण ट्राफिक नियमले चलाउन दिदैन । अर्कोतिर ९ सिटको यात्रु क्षमता रहेकोमा १८ जनासम्म बोकेको पाइएको थियो । ट्राफिकको चेतावनीको वेवास्ता गर्दै पछि यात्रु कोचेर गाईघाटदेखि फोक्सिन्टारतर्फ गएको पाइएको छ । अर्को एउटा रातो नम्बर प्लेटको बोलेरोले पछाडि गाँसिएको ट्रलीमा कोचाकोच यात्रु उभ्य...
दशैमा कृतिम अभाव, कालाबजारी, तस्करी गर्नेलाई कडा कारवाही हुने प्रशासनको चेतावनी

दशैमा कृतिम अभाव, कालाबजारी, तस्करी गर्नेलाई कडा कारवाही हुने प्रशासनको चेतावनी

Breaking News 2, समाचार
पूर्णपुष्टि÷उदयपुर, असोज ८ । जिल्ला प्रशासन कार्यालय उदयपुरले चाँडपर्वमा हुने अत्याधिक मूल्यबृद्धि, कृत्रिम अभाव, कालाबजारी, तस्करी, म्याद गुज्रेका खाद्य पदार्थ तथा मासुजन्य बस्तुहरुको विक्री वितरण नगर्न सचेत गराएको छ । प्रशासनले आज सर्बपक्षीय बैंठक बसी उपभोक्ताहरुलाई सचेत गराएको हो । दशैं र त्यस लगत्तैको तिहार, छठ पर्व जस्ता चाँडपर्वमा ब्यापार, ब्यवसायको नाममा यसरी उपभोक्तालाई मार्का पार्ने र उनीहरुको स्वास्थ्यसमेतमा प्रतिकुल असर पार्ने गरेको पाइएकोले यसवर्षको चाँडवाड पूर्वनै सचेत गराइएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले बताउनुभयो । उहाँले आज जिल्लाका सबैजसो सरोकारवाला निकाय, सुरक्षा निकाय, पत्रकार, उद्योग वाणिज्य संघ, विभिन्न ब्यवसायीहरुका प्रतिनिधिलाई सर्बपक्षीय बैंठक गराई उपभोक्तामाथि यस्तो अवस्था आउन नदिन सचेत गराउनुभएको हो । बैंठकले पहिलो निर्णयकै रुपमा यस कुरालाई प्र...
यातायातमा अबैधरुपले चलाउन नपाउने, चर्को भाडा र टिकट विना यात्रु बोके कडा कारवाही

यातायातमा अबैधरुपले चलाउन नपाउने, चर्को भाडा र टिकट विना यात्रु बोके कडा कारवाही

Breaking News 1, समाचार
पूर्णपुष्टि÷उदयपुर, असोज ८ । स्थानीय प्रशासनले नियमविपरित सवारी सञ्चालन गरी यात्रुसंग चर्को भाडा असुल्ने र विना टिकट यात्रु बोक्नेलाई कडा कारवाही गर्ने जनाएको छ । स्थानीय प्रशासनले आज सर्बपक्षिय बैंठक बसी सबै क्षेत्रले यसको निगरानी गर्नुपर्ने जनाएको छ । त्यस्ता नियम विपरित चलेका सवारी साधनलाई कारवाही हुने र चर्को भाडा लिएर विना टिकट यात्रु चढाएको पाएमा कारवाही हुने जनाएको हो । दशैंको मुुखमा यात्रुसंग जबरजस्ती चर्को भाडा लिने र भनेको ठाउँसम्म नपुर्याउने, धेरै कुराउने र कोचाकोच गरेर क्षमताभन्दा बढि बोकेर सास्ती दिने गरेको पाइएमा कारवाही हुने बताइएको छ । चाँडबाडको बेला केही यातायात ब्यवसायीले मौकाको फाइदा उठाउन यस्तो गर्ने गरेको पाइएपछि स्थानीय प्रशासनले कडा कदम चाल्ने भएको हो । रातो नम्बर प्लेटका निजी तथा अन्य मालवाहक सवारी साधनसमेतले चर्को भाडामा यात्रु बोक्ने गरेको गुनासो आएको छ । वि...
फागुनको चुनावका लागि ५ अर्ब रुपैयाँ खर्च हुने आयोगको अनुमान

फागुनको चुनावका लागि ५ अर्ब रुपैयाँ खर्च हुने आयोगको अनुमान

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज ८ । जेनजी आन्दोलनपछि केपी शर्मा ओली सरकार ढलेको र पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा बनेको नयाँ सरकारले संसद् विघटन गरेर फागुन २१ गते प्रतिनिधिसभा चुनावको मिति घोषणा गरिसकेको छ । प्रधानमन्त्री कार्कीले शपथ लिएलगत्तै ६ महिनाभित्र जसरी पनि प्रतिनिधिसभाको निर्वाचन गराउने प्रतिबद्धता जनाएकी छिन् । समयमै चुनाव गराउन निर्वाचन आयोग पनि सक्रिय भइसकेको छ र आयोगले चुनावको आन्तरिक तयारीलाई तीव्रता दिएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ गते चुनाव सम्पन्न गराउन चाहिने सामग्री पहिचान गर्ने काम भइरहेको र थप कस्ता व्यवस्थाहरू गर्नुपर्छ, त्यसको लेखाजोखा भइरहेको बताएका छन् । आयोगले चुनावको तयारीबारे भदौ ३१ गते गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफल गरेको थियो । गृहमन्त्री अर्यालले निर्वाचन सम्पन्न गराउन आउने कानुनी जटिलता अध्यादेशमार्फत समाधान गर्न...
अनावश्यक विदेश भ्रमणमा रोक, तोकियो भ्रमण टोलीको संख्या

अनावश्यक विदेश भ्रमणमा रोक, तोकियो भ्रमण टोलीको संख्या

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज ८ । अन्तरिम सरकारले सरकारी खर्च कटौतीको नयाँ नीति अनुसार अनावश्यक विदेश भ्रमणमा पूर्ण रोक लगाएको छ । असोज ५ गते बसेको मन्त्रिपरिषद बैठकले यस्तो महत्वपूर्ण निर्णय गरेको अर्थ मन्त्रालयले जनाएको छ । यो निर्णयअनुसार नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, संस्थान, प्रतिष्ठान र नियामक निकायहरूको खर्चमा हुने विदेश भ्रमणमा कडा नियन्त्रण लगाइएको छ । अत्यावश्यक अवस्थामा मात्र यस्तो भ्रमणलाई अनुमति दिइनेछ । अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार सरकारले चालु खर्च घटाउनका लागि यो कडा कदम चालेको हो । "नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, संस्थान, प्रतिष्ठान र नियामक निकायको खर्चमा अत्यावश्यक अवस्थामा बाहेक विदेश भ्रमणमा रोक लगाइएको छ," विज्ञप्तिमा उल्लेख छ । विशेष अवस्थामा नेपाल सरकारको प्रतिनिधित्व आवश्यक भएमा सम्बन्धित नियोगबाट यस्तो काम गराउने व्यवस्था मिलाइएको छ । "नेपाल स...
युक्रेनको पक्षमा मोडिए ट्रम्प, रुसलाई भने ‘कागजी बाघ’

युक्रेनको पक्षमा मोडिए ट्रम्प, रुसलाई भने ‘कागजी बाघ’

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज ८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसलाई 'कागजी बाघ'को संज्ञा दिँदै युक्रेनले युद्धमा गुमाएको आफ्नो भूमि फिर्ता लिन सक्ने बताएका छन् । यस भनाइलाई रूस-युक्रेन युद्धको विषयमा उनको धारणामा आएको ठूलो परिवर्तनको रूपमा अर्थ्याइएको छ । सामाजिक सञ्जाल 'ट्रुथ सोसल'मा गरिएको एक पोस्टमार्फत ट्रम्पले यो महत्वपूर्ण अभिव्यक्ति दिएका हुन् । उनले युरोप र नेटोको समर्थन तथा रूसको अर्थतन्त्रमाथि बढ्दो दबाबका कारण युक्रेनले युद्ध सुरु भएको बेलाको मुख्य सीमा फिर्ता पाउन सक्ने विश्वास व्यक्त गरे । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटपछि ट्रम्पको यो टिप्पणी आएको हो । न्यूयोर्कमा संयुक्त राष्ट्र महासभालाई सम्बोधन गरेपछि मंगलबार उनीहरूबीच भेट भएको थियो । "युक्रेन र रूसको सैन्य तथा आर्थिक स्थिति पूर्ण रूपमा बुझिसकेपछि मेरो सोच बदलिएको छ," ट्रम्पले भने । रूसलाई 'कागजी बाघ' भन्...