मेयर साम्पाङ्गको अख्तियारलाई जवाफ: “एनसेल र वाइडबडी तिर नलागेर श्रमदानको खेदो नखन्नुस्”
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले खानेपानी योजनामा आर्थिक अनियमितता भएको भन्ने उजुरीका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीलाई आक्रामक शैलीमा जवाफ पठाएका छन् । मेयर साम्पाङले आफूविरुद्ध परेको उजुरीको सन्दर्भमा मेलम्ची, दमक टावर, एनसेल र वाइडबडी घोटालाजस्ता कुरातिर नलागेर श्रमदानको खेदो नखन्न आग्रह गरेका छन् ।
यसअघि अख्तियारले उनीविरुद्ध परेको उजुरीका सम्बन्धमा सोधपुछका लागि पत्राचार गरेको थियो । मेयर साम्पाङले गत माघ ११ गते नै यस विषयमा जवाफ दिएको र पुनः पढ्नका लागि स्पष्टीकरण पठाइएको बताएका छन् ।
आफ्नो स्पष्टीकरण पत्रमा साम्पाङले धरान खानेपानी बोर्ड स्वायत्त निकाय भएको उल्लेख गर्दै नगरवासीहरुलाई सुलभ र अटुट रुपमा खानेपानी वितरण गर्नु यसको एक मात्र उद्देश्य रहेको जनाएका छन् । उनले दैनिक जीवनमा पानीको महत्त्व विस्तृत रुपमा व्याख्या गरेका छन् ।
"बिहान उठ्ने बित्तिकै ट...








