Thursday, July 9News That Matters

समाचार

अर्गानिक खानपिन गर्दै बाघखोर–लिम्चुङबुङ पदयात्रा गर्ने तयारी

अर्गानिक खानपिन गर्दै बाघखोर–लिम्चुङबुङ पदयात्रा गर्ने तयारी

Breaking News 1, पर्यटन, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २ । उदयपुरको पर्यटन प्रवद्र्धनको उद्देश्यले बाघखोर–लिम्चुङबुङ–हलेसी ट्रेइल (पदमार्ग) अन्तर्गत लिम्चुङबुङसम्म दुईदिने यात्राको तयारी भएको छ । आगामी बैशाख ६ गते उदयपुरगडी गाउँपालिका ७ बाघखोरदेखि यात्रा सुरु गरी ७ गते लिम्चुङबुङको एभरेष्ट भ्युटप पुग्ने योजना छ । नेपाली सेनाको बोक्सेस्थित पशुपतीप्रसाद गण र लिम्चुङबुङ गाउँपालिकाको पहलमा पत्ता लागेको नयाँ पदमार्गको प्रचार प्रसार तथा पर्यटन प्रवद्र्धनको उद्देश्यले पदयात्राको तयारी गरिएको हो । गणपती शिवप्रशाद वाग्लेका अनुसार पदयात्रामा जिल्लाको प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा प्रमुखहरु, विभिन्न पर्यटन, खेलकुद, पत्रकार क्षेत्रका प्रतिनिधिमुलक टिमले पदयात्रा गर्ने तयारी भएको हो । गाउँघरको जनजीवनसंग साक्षेत्कार गर्दै, बनपाखा, खोली–पधेरीहरु तर्दै स्थानीय उत्पादन, साग, सिस्नु, मकैभटमास जस्ता अर्गानिक खानपीन गर्दै यात्रा गरिने...
युट्युवमा रुचाईयो दयाहाङको घर ‘घरज्वाइँ’, युट्युव ट्रेनिङको ११ औँ स्थानमा

युट्युवमा रुचाईयो दयाहाङको घर ‘घरज्वाइँ’, युट्युव ट्रेनिङको ११ औँ स्थानमा

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, बैशाख २ । उसो त दयाहाङ राई अभिनित फिल्म सँधै युट्युव ट्रेनिङमै पर्ने गरेको छ । यहि क्रममा नेपाली फिल्म घर ज्वाईलाई पनि युट्युवमा अत्याधिक रुचाईएको छ । ०८१ सालमा सबैभन्दा धेरै कमाउने मध्ये सातौं नेपाली फिल्म ‘घरज्वाइँ’ युट्युव ट्रेनिङको ११ औँ स्थानमा छ । इन्टरनेट प्लाटफर्म मार्फत नयाँ बर्षको अवसर पारेर सार्वजानिक गरिएको सुपर स्टार दयाहाङ राई र मिरुना मगर अभिनित फिल्म घरज्वाई यो समचार तयार पार्दा सम्म युट्युव ट्रेनिङको ११ औँ स्थानमा देखिएको हो । अनिल बुढामगर निर्देशित र जनक घर्तीमगरको निर्माण रहेको यो फिल्मले घरेलु बक्सअफिसमा ५ करोड ९ लाख रुपैयाँ ग्रस कमाइ गरेको थियो ।...
लिम्चुङबुङ गाउँपालिकाको कर्मचारीले हप्तामा दुई दिन जातिय भेषभुषा लगाउने लगाउनुपर्ने

लिम्चुङबुङ गाउँपालिकाको कर्मचारीले हप्तामा दुई दिन जातिय भेषभुषा लगाउने लगाउनुपर्ने

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख १ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका कर्मचारीले हप्तामा दुई दिन जातिय भेषभुषा लगाउनुपर्ने भएको छ । लिम्चुङबुङका प्रमुख प्रशासकिय अधिकृत तारा किरण राईले आईतबार एक सुचना जारी गर्दै सम्पूर्ण कर्मचारीले हप्ताको आईतबार र सोमबार आ–आफ्नो जातीय भेषभुषा लगाउनु पर्ने जानकारी गराएका हुन् । गत चैत्र १ गते पालिका अध्यक्ष मेजर कुमार राईको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको सुचनामा उल्लेख छ । सुचनामा भनिएको छ ‘लिम्च्ङबुङ गाउँपालिकालाई पर्यटन विकासबाट आर्थिक विकास गर्ने लक्ष्य अनुसार पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले आगामी २०८२ सालको बैशाख १ गतेदेखी गाउँपालिकामा कार्यरत राष्ट्र सेवक कर्मचारीहरुले हप्तामा २ पटक आ–आफ्नो जातीय भेषभूषा अनिवार्य लगाएर कार्यालयबाट सेवा उपलब्ध गराउनु पर्ने छ  । उक्त्त कार्यपालिका निर्णय बमोजिम कर्मचारीहरुले आ–आफ्नो जातीय भेषभूषा आईतबार र...
उदयपुरमा प्रहरीद्धारा १ सय ८० केजी गाँजा बरामद

उदयपुरमा प्रहरीद्धारा १ सय ८० केजी गाँजा बरामद

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख १ । उदयपुरको बेलका नगरपालिका–८ स्थित सप्तकोशी किनारबाट प्रहरीले बेवारिसे १ सय ८० केजी गाँजा बरामद गरेको छ । सोमबार बिहान करिब १ ५० बजेको समयमा ६ वटा प्लास्टिकको बोरामा प्याक गरेर लुखाई राखेको अबस्थामा गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (एसपी) हरिहर नाथ योगीका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थायी प्रहरी पोस्ट कोठुबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो । बरामद गरिएको गाँजा हाल इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा सुरक्षित रूपमा राखिएको छ भने घटनासँग संलग्न व्यक्तिहरुको खोजीलाई अगाडि बढाइएको एसपी योगिले बताए ।...
नयाँ वर्षमा नयाँ सरकार बन्न सक्ने प्रचण्डको संकेत

नयाँ वर्षमा नयाँ सरकार बन्न सक्ने प्रचण्डको संकेत

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत्र ३१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षमा नयाँ सरकार गठन हुनसक्ने संकेत दिएका छन् । आफ्नो गृहजिल्ला चितवनमा पत्रकारहरूसँगको कुराकानीमा प्रचण्डले वर्तमान सरकार अगाडि बढ्न ‘सहज नभएको’ स्थिति देखिएको बताए । ‘परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ । त्यसकारण कुनै पनि सम्भावना छ,’ प्रचण्डले भने। उनले वर्तमान सरकारप्रति जनआक्रोश बढेको र सरकारमा रहेका दलहरू पनि ‘झण्डै झण्डै सडकमा’ रहेको दाबी गरे । प्रचण्डले यसअघि एक टेलिभिजन अन्तर्वार्तामा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्नसक्ने संकेत गरेका थिए । तर यसबारे थप बोल्न पत्रकारहरूलाई अनुरोध गर्दै उनले केही नयाँ अनुभव र नयाँ घटनाक्रमका आधारमा आफूले यो कुरा गरेको बताए । ठूलो दलको नेतृत्वमा सरकार बन्दा नै सही हुने बताउँदै प्रचण्डले आफूल...
नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको अध्यक्षमा बिना राई

नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको अध्यक्षमा बिना राई

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, ३१ चैत्र । नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको अध्यक्षमा बिना राई चयन भएकी छिन् । महासंघको ११ औँ जिल्ला अधिवेशनबाट राईको नेतृत्वमा ११ जिल्ला कार्यसमिति चयन भएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा उद्यमी समेत रहेकी ज्ञानु प्रदान चयन भएकी छिन् भने अर्को उपाध्यक्षमा नेत्र हिमाली चयन भएको छ । यसैगरी महासचिवमा भुपध्वज बस्नेत, सचिवमा तारा नेपाली र कोषाध्यक्षमा प्रमिला दनुवार चयन भएकी छिन् । यता सदस्यहरुमा धन बहादुर कटुवाल, गौरीनारायण चौधरी, चन्द्र वहादुर बिक, सुरेश कुमार शर्मा र खड्ग बहादुर सिंह रहेका छन् । यस्तै महिला उद्यमी समिति तर्फ बिनु राउत अध्यक्ष, फुल कुमारी आले उपाध्यक्ष र सरिता गेलाल महासचिवमा चयन भएकी छिन् । शुक्रबार गाईघाट स्थित राम जानकी पार्टी प्यालेर्समा आयोजित महासंघको अधिवेशनले नयाँ कार्यसमित चयन गरेको हो । यस कार्य समितिले आउँदो दिनमा उद्यमी र उद्योगी...
रास्वपा चौदण्डीगढी नगर सचिव राई एमाले प्रवेश

रास्वपा चौदण्डीगढी नगर सचिव राई एमाले प्रवेश

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र ३१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको चौदण्डीगढी नगरपालिकाकाकी सचिव प्रियाकुमारी राई (नेकपा) एमाले प्रवेश गरेकी छिन् । शनिबार एमाले झापा जिल्ला कमिटिले दमकमा आयोजना गरेको जागरणसभामा राई एमाले प्रवेश गरेकी हुन् । भूपु सैनिक आवासीय माध्यामिक विद्यालयकी प्रिन्सिपल समेत रहेकी राईलाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।...
खोटाङ – उदयपुर जोड्ने फोक्सिन्टार पुलका लागि बजेट शुनिश्चित

खोटाङ – उदयपुर जोड्ने फोक्सिन्टार पुलका लागि बजेट शुनिश्चित

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ३० चेत्र । गएको बर्षयामको बाढीले भत्किएको उदयपुर खोटाङ जोड्ने फोक्सिन्टार पुलका लागि सरकारले बजेट सुनिश्चित गरेको छ ।सगरमाथा लोकमार्गको फोक्सिन्टारस्थित सुन नदीमा भत्केको पुलको ठाउँमा नयाँ पुल बनाउन अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेको हो । नयाँ पुल बनाउन ३५ करोड बजेट सुनिश्चित भएको गाईघाट दिक्तेल सडक योजना कार्यालय प्रमुख ९डिई० पशुपति ज्ञवालीले पुष्टि गरेका छन् । पुल भत्केको स्थलगत अनुगमन निरीषणपछि नयाँ निर्माण गर्नेगरी प्राविधिक इस्टीमेट गरी पठाइएको फाईल सदर गर्दै अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेको ज्ञवालीले बताए । बजेट सुनिश्चित भए पनि ठेक्का लगाउने अवस्था भने अहिले नै नभएको डिई ज्ञवालीको भनाई छ । पुसमा निर्मित बेलिब्रीज वर्षायाम सुरु भएसँगै यही वैशाखभित्र भत्काउने बेला भईसकेको छ । बेलिब्रीज निकालेपछि पुनः यातायात सम्पर्क टुट्ने अवस्थामा अर्थ मन्त्रालयले नयाँ प...
शिक्षक आन्दोलनको बीचमा त्रियुगा नगरपालिकाद्वारा ठुलो संख्यामा शिक्षक सरुवा

शिक्षक आन्दोलनको बीचमा त्रियुगा नगरपालिकाद्वारा ठुलो संख्यामा शिक्षक सरुवा

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत्र ३० । उदयपुरको त्रियुगा नगरपालिकाको शिक्षा समितिले ८१ जना शिक्षक तथा प्रधानाध्यापकहरूको सरुवा गरेको छ । स्थानीय शिक्षकहरू काठमाडौंमा आन्दोलनमा व्यस्त रहेको बेला नगरपालिकाले यो निर्णय गरेको हो । शुक्रबार बसेको कार्यपालिका बैठकले शिक्षक दरबन्दी मिलान समितिको २०८१ साल पौष १२ र १३ गतेको बैठकले प्रस्तुत गरेको सिफारिसलाई स्वीकृत गरेको हो । यस निर्णय अनुसार केही शिक्षकहरूलाई सहज स्थानबाट दुर्गम विद्यालयमा सरुवा गरिएको छ भने केहीलाई दुर्गम क्षेत्रबाट पायक पर्ने ठाउँमा ल्याइएको छ । जिल्लाकै उत्कृष्ट शिक्षकको रूपमा परिचित बालमन्दिर माविका प्रधानाध्यापक जंगबहादुर खड्का र रामजानकी माविका प्रधानाध्यापक पुन्य कार्कीलाई पनि अन्यत्र सरुवा गरिएको छ । यी दुवै शिक्षकहरूले आफ्ना विद्यालयहरूमा उल्लेखनीय शैक्षिक सुधार गरेका थिए र हाल काठमाडौंमा आन्दोलन कार्यक्रममा सहभागी छन् । एक शिक्...
मदन भण्डारी राजमार्ग : करोडौं खर्च गरेर बाटोविनै बनाइए ९ वटा पुल

मदन भण्डारी राजमार्ग : करोडौं खर्च गरेर बाटोविनै बनाइए ९ वटा पुल

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत्र ३० । मोरङको केराबारी–९ बाट लेटाङ जाने मदन भण्डारी राजमार्गअन्तर्गत भलुवा खोलामा पुल बनेको छ तर पुलसम्म पुग्ने बाटो भने छैन । निर्माण सम्पन्न भइसक्न लागेको पुलको पूर्वतर्फ भीर छ भने पश्चिमतर्फ हिँडेर मात्र जान मिल्ने गोरेटो रहेको छ । २०७७ साल जेठमा निर्माण सुरु भएको यो पुलको ८८ प्रतिशत काम सम्पन्न भइसकेको छ । कुल ४३ करोड ६७ लाख १५ हजार लागतमा निर्माण सम्झौता भएको पुलका लागि हालसम्म झण्डै ८३ प्रतिशत अर्थात् ३६ करोड १० लाख ४१ हजार रुपैयाँ भुक्तानी भइसकेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत झापा, मोरङ र सुनसरी क्षेत्रमा बाटोको ट्र्याकविना नै यस्ता खालका ९ वटा पुल निर्माण भएका छन् । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा आर्थिक वर्ष २०७६÷७७ सालबाट मदन भण्डारी राजमार्गको निर्माण कार्य सुरु भएको हो । राजमार्ग योजना कार्यालय दमकका सूचना अधिकारी इन्जिनियर सुवास क...