चौथो पत्र
गोठकृष्ण ठकुरी
निक्कै सताई रहेछ अचेल तिम्रो यादले । यदि तिम्रो यादहरुको यो सम्पति बेच्न कुनै बजार पाए तिम्रो बालबच्चा र तिम्रो बुढो संसारकै धनी परिवारमा गनिने थियो । बुढि पत्र लेख्दा पीडा त कम नहुँदो रहेछ मात्र सहने बानीको विकास चाहिँ हुँदो रहेछ । बुढि मलाई त के छ र हिजो पनि एक्लै थिएँ । आज पनि एक्लै छु । चिन्ता यति मात्र हो, तिमीले आफ्नो जीवन पुरा जिउन पाएनौ । मेरो मन साँघुरो भएर होला तिमीले आकाश रोज्यौ । प्रयास त गरेकै हो हामीले तिमीलाई निको बनाउन भाग्यमा आएर अड्कीनु प¥यो । तिमीले नै भनेकी थियौ । मन दरो बनाउनु, मैले मन यति दरो बनाएको छु कि अब तिमी बाहेक कसैले तोड्न सक्दैन । तिमीले भनेको होईन हिम्मत नहार्न, हारेको छैन बुढी मैले हिम्मत । हिम्मत गरेरै तिमीले छाड्दा पनि बाँचीरहेको छु र हेरिरहेको छु सबै कुरा ।
उस्तै छ
मोतिगडा चोक
अनि चोकमा
तिमीले खाने
चाउमिन पसल
उस्तै छ
चौधरी...








