Thursday, August 20News That Matters

स्वास्थ्य

विदेशमा मात्रै १९५ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु

विदेशमा मात्रै १९५ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १४ कोरोना संक्रमणबाट गत साता विदेशमा कार्यरत थप तीन जना नेपालीको मृत्यु भएको छ । गत साता बेलायतमा १ र यूएईमा २ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिले जनाएको हो । यो सँँगै शनिबार साँझसम्ममा विश्वका १६ देशमा एक सय ९५ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना भाइरसका कारण बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, साउथ अफ्रिका लगायतका देशमा रहेका नेपालीहरुको मृत्यु भएको हो । अहिलेसम्म विश्वका ३८ देशमा रहेका ३४ हजार ७ सय १ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भईसकेको जनाईएको छ । उक्त संक्रमित मध्ये उपचारपछि ३२ हजार ५ सय ११ जना कोरोना मुक्त भएको जनाएको छ । दक्षिण अफ्रिका, पोर्चुगल, स्पेन, कतार साउदी अरब लगायतका देशमा कोरोना सङ्क्रमण सामान्य बढेको छ । अष्ट्रेलिया र ...
सप्तरीमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु

सप्तरीमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १४ सप्तरीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । राजविराज नगरपालिका–२ तेतरीगाछी निवासी ६५ बर्षीया महिलाको गतराति गजेन्द्रनारायण सिंह अस्पतालबाट थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । गत शुक्रवार अस्पताल भर्ना भएकी महिलाको हिजो बेलुकी मात्र कोरोना संक्रमण पुष्टिको अस्पतालले जनाएको छ । स्वाव परिक्षणको रिपोर्ट हिजो आएको थियोे । योसँगै सप्तरीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या छ पुगेको छ ।...
विश्वमा कोरोना संक्रमित साढे दुई करोड भन्दा बढी

विश्वमा कोरोना संक्रमित साढे दुई करोड भन्दा बढी

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १४ विश्वमा कोरोना सङ्क्रमितको संख्या साढे दुई करोड नाघेको छ । विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म दुई करोड ५१ लाख ६२ हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भईसकेको छ । उक्त संक्रमितमध्ये आठ लाख ४६ हजार छ सयभन्दा बढीको मृत्यु भईसकेको छ भने एक करोड ७५ लाख पाँच सयभन्दा धेरै उपचारपछि निको भइसकेका वल्र्डमिटरले जनाएको छ । अमेरिकामा अहिलेसम्म ६१ लाख ३९ हजारभन्दा धेरैमा सङ्क्रमण हुँदा एक लाख ४६ हजार आठ सयभन्दा धेरैको मृत्यु भईसकेको छ । ३४ लाख आठ हजारभन्दा धेरै निको भएका छन् । ब्राजिलमा ३८ लाख ४७ हजारभन्दा धेरैमा सङ्क्रमण हुँदा एक लाख २० हजार पाँच सयभन्दा धेरैको मृत्यु भएको छ भने ३० लाख छ हजारभन्दा धेरै निको भएका छन् । त्यस्तै भारतमा ३५ लाख ३९ हजार सात सयभन्दा धेरैमा सङ्क्रमण भएकोमा ६३ हजार छ सय ५० भन्दा धेरैको मृत्यु भएको छ भने २७ लाख १२ हजार पाँच स...
कोरोनाको उपचारमा आयुर्वेदिक औषधिको अनुसन्धान

कोरोनाको उपचारमा आयुर्वेदिक औषधिको अनुसन्धान

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १४ कीर्तिपुरको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले कोरोना संक्रमित व्यक्तिको उपचारका लागी आयुर्वेदिक औषधिको अनुसन्धान गरिरहेको छ । कोरोना संक्रमित बिरामीको चाँडो स्वास्थ्य लाभमा उपयोगी हुुने औषधिको अनुुसन्धान गरिरहेको हो । त्यसक्रममा अनुुसन्धान भइरहेको एक औषधिले बिरामीलाई लाभ भइरहेको छ । सो औषधिको प्रयोगले दुुई साता भन्दा कम समयमै सङ्क्रमित बिरामीले स्वास्थ्य लाभ गरी घर फर्कन थालेको चिकित्सकले दाबी गरेका छन् । आयुर्वेदिक उपचारबाट अरू रोग भएका कोरोना सङ्क्रमित व्यक्तिलाई पनि धेरै फाइदा भएको केन्दले जनाएको छ । पहिलेदेखि नै विभिन्न रोग भएका व्यक्तिलाई कोरोना सङ्क्रमण भएपछि डर थिपीएको छ । तर आयुर्वेदिक पद्धतिले त्यस्ता व्यक्तिलाई निको पारेपछि चिकित्सक र बिरामीमा उत्साह देखिएको छ । त्यहाँ भर्ना भएका कोरोना सङ्क्रमितहरूमध्ये दुई १३ जना बिरामी निको भएर घर...
कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १३ नेपालमा आज थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु  हुनेको संख्या दुई सय सात जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीन जना महिला र नौ जना पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पर्सा, काठमाण्डौ, भक्तपुर र ललितपुरमा दुई÷दुई जनाको मृत्यु भएको छ । त्यस्तै पाल्पा, सिरहा, गोरखा र कास्कीमा एक÷एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३७ हजार दुई सय ८० पुगेको छ भने निको भएर डिस्चार्ज हुनेको संख्या २० हजार पाँच सय ५५ जना पुगेको मन्त्रालयले जनाएको छ ।...
नेपालमा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १३ नेपालमा आज थप आठ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ३७ हजार दुई सय ८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ सय १३ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै निको भएर डिस्चार्ज हुनेको संख्या २० हजार पाँच सय ५५ जना पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय सात पुगेको मन्त्रालयले जनाएको छ ।...
पोखरामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु

पोखरामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १३ पोखरामा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका–१४ का ५८ वर्षीय पुरुषको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । यहि भदौ १० गते कोरोना पोजेटिभ भएर कोभिड १९ उपचार केन्द्रका आईसीयूमा उपचाररत उनको आज बिहान उपचारकै क्रममा मृत्यु भएको जनाएको छ । योसँगै गण्डकी प्रदेशमा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।...
कोरोना संक्रमणबाट पाटन अस्पतालमा थप २ जनाको मृत्यु

कोरोना संक्रमणबाट पाटन अस्पतालमा थप २ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १३ ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको छ । गत साउन ३० गतेदेखि उपचाररत काठमाण्डौकी ५१ वर्षीया कोरोना सङ्क्रमित महिलाको गतराति मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । त्यस्तै यहि भदौ ८ गतेदेखि उपचाररत भक्तपुरका ६२ वर्षीया महिला सङ्क्रमितको पनि आज बिहान मृत्यु भएको कार्यालयले जनाएको छ ।...
धरानमा कोरोना सङ्क्रमणबाट १ जनाको मृत्यु

धरानमा कोरोना सङ्क्रमणबाट १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १३ सुनसरी धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक पुरुषको मृत्यु भएको छ । सिरहाको भदैयाका ८४ वर्षीय पुरुषको उपचारका क्रममा गतराति मृत्यु भएको हो । ती पुरुषमा खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या रहेको प्रतिष्ठानले जनाएको छ । स्वास्थ्यमा समस्या भएपछि ती वृद्धलाई उपचारका लागि भदौ ६ गते धरान ल्याइएको थियो । स्वाबको पीसीआर परीक्षण गराउँदा ७ गते रिपोर्ट पोजेटिभ आएको थियो । ती वृद्धको मृगौलासम्बन्धी समस्या रहेको पनि अस्पतालले जनाएको छ ।...
वीरगञ्जमा कोरोना सङ्क्रमणबाट थप ३ जनाकोे मृत्यु

वीरगञ्जमा कोरोना सङ्क्रमणबाट थप ३ जनाकोे मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १३ कोरोना संक्रमणबाट वीरगञ्जमा थप तीनको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका मनियारीका ३७ वर्षीय पुरुष, वीरगञ्ज महानगरपालिका–१२ मुर्लीका ४३ वर्षीय पुरुष र वीरगञ्ज–१२ की ६५ वर्षीया महिलाको उपचारका क्रममा कोरोना अस्पतालमा मृत्यु भएकोे हो । मुर्लीका पुरुषको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा र मनियारीका पुरुषको थप उपचारका लागि काठमाण्डौ लैजाँदै गर्दा चितवनमा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । हेपाटाइटिस बी र एचआईभी सङ्क्रमित ३७ वर्षीय पुरुषको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा रिफर गरिएको थियो । त्यस्तै गतराति नै उपचारको क्रममा वीरगञ्ज–१२ की ६५ वर्षीया महिलाको मृत्यु भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि हिजो दिउँसो नारायणी अस्पतालमा भर्ना भएकी महिलामा कोरोना सङ्क्रमण पुष...