Tuesday, August 18News That Matters

स्वास्थ्य

गण्डकी प्रदेशमा २७ जनामा डेङ्गी संक्रमण

गण्डकी प्रदेशमा २७ जनामा डेङ्गी संक्रमण

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २९ गते ।  गण्डकी प्रदेशमा २७ जना डेङ्गी संक्रमित फेला परेको छ । प्रदेशको ६ जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोगका २७ जना संक्रमित फेला परेको हो । कोरोना भाइरसको जोखिमकाबीच डेङ्गी र स्क्रब टाइफसको संक्रमण समेत बढेको छ । म्याग्दीका ५ जनामा स्क्रब टाइफस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । म्याग्दी र कास्कीमा सबैभन्दा बढी डेङ्गी संक्रमित भेटिएका छन् । म्याग्दीमा १२ र कास्कीमा १० बिरामी फेला परेका जनाईएको छ । गण्डकीका पर्वतमा २ तथा बाग्लुङ, तनहुँ र नवलपुरमा १/१ जनामा डेङ्गी संक्रमण पुष्टि भएको जनाईएको छ । सबैभन्दा बढी डेङ्गी संक्रमण देखिएको म्याग्दीमा नियन्त्रण कार्ययोजना अनुसार लामखुट्टेको सर्भे गरिएको जनाईएको छ । बेनी नगरपालिका र मङ्गला गाउँपालिका क्षेत्रमा ‘एडिस’ जातको लामखुट्टे भेटिएकोले त्यो क्षेत्रलाई डेङ्गी रोगको जोखिमयुक्त क्...
आइसोलेशनमा अझै आएन संक्रमित

आइसोलेशनमा अझै आएन संक्रमित

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २९ गते ।  रोल्पामा बनेको आईसोलेशनमा अझै संक्रमित आएको छैन । सदरमुकाम लिवाङमा जिल्ला स्तरीय आइसोलेशन बनेपनि संक्रमित आएका छैनन् । गत जेठ २५ गते पहिलो पटक ३ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएको ४ दिन वितिसक्दा समेत संक्रमितहरु क्वरेन्टीनमै रहेका छन् । सदरमुकामको जलजला बहुमुखी क्याम्पसमा ५० शय्याको आइसोलेशन सेन्टर स्थापना गरिएको भएता पनि बिहीबार बिहानसम्म कोही संक्रमित नआएको आइसोलेशनको रोप्पा अस्पतालका डा. अनिल केसीले बताउनुभयो । उहाँले भन्नुभयो “हिजो ल्याउने भन्ने खबर आएको थियो तर पछि गाडीको समस्या भयो भन्ने खबर आयो । आज आउने सम्भावना छ ।”...
भारतमा लकडाउन खुकुलो पारेपछि कोरोना संक्रमित दर बढ्यो

भारतमा लकडाउन खुकुलो पारेपछि कोरोना संक्रमित दर बढ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २९ गते ।  लकडाउन खुकुलो पारेपछि भारतमा कोरोना संक्रमित र मृत्यु हुनेको दर बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ९ हजार ९ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएका छ भने ३ सय ५७ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमित थपिने र मृत्यु हुनेको संख्या अहिलेसम्म कै उच्च हो । योसँगै भारतमा कोरोना संक्रमितको संख्या २ लाख ८६ हजार नाघेको छ भने मृत्युय हुनेको संख्या ८ हजार नाघेको जनाईएको छ ।...
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार भन्दा बढी

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार भन्दा बढी

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २९ गते । कोरोना भाइरस (कोभिड–१९) बाट भारतमा मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ । अहिलेसम्म भारतमा कोरोनाबाट ८ हजार १ सय २ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको हो । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि भारतमा २ लाख ८५ हजार ५ सय ७९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ९ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाईएको छ । अहिलेसम्म भारतमा कोरोना संक्रमित मध्ये १ लाख ४१ हजार २९ जना उपचारपछि निको भएरका छन् । सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म ९४ हजार ४१ संक्रमित फेला परेको मध्ये ३ हजार ४ सय ३८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै तामिलनाडुमा अहिलेसम्म ३६ हजार ८ सय ४१ संक्रमित फेला परेको छ भने ३ सय २६ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा ३२ हजार ८ सय १० जनामा संक्रमण भेटिएको मध्ये ९ सय ८४ जनाको मृत्यु भइसकेको छ । त्यस्तै गुजरा...
मौसम परिवर्तनमा कोरोना भाइरसको प्रभाव स्पष्ट छैन : डब्लूएचओ

मौसम परिवर्तनमा कोरोना भाइरसको प्रभाव स्पष्ट छैन : डब्लूएचओ

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २९ गते । मौसम परिवर्तनमा कोरोना भाइरसको प्रभाव कस्तो पर्छ भन्ने स्पष्ट नरहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ । पृथ्वीको दक्षिण धु्रवमा जाडो मौसम आउँदा कोरोना भाइरसको प्रभाव कस्तो पर्छ भन्ने स्पष्ट नरहेको डब्लूएचओका आपतकालीन कार्यक्रम प्रमुख माइक रायनले नियमित प्रेस ब्रिफिङमा बताउनुभएको हो । कोरोना भाइरसको सङ्क्रमण जाडो याममा थप तीव्र गतिमा हुन्छ वा सङ्क्रमणको जोखिम कम हुन्छ भन्ने अहिले भन्न सक्ने अवस्था नरहेको बताउनुभयो । यस्तै पृथ्वीको उत्तरी ध्रुवमा गर्मीयामको आगमनसँगै कोरोना भाइरसमा कस्तो प्रभाव पर्छ भन्ने पनि स्पष्ट नरहेको उहाँको भनाइ छ । मौसमले कोरोना भाइरसको प्रभाव कम वा बढी हुन्छ भन्ने भ्रममा नपरी सावधानी अपनाउन उहाँले सुझाव दिनुभएको छ ।...
पूर्वखोला गाउँपालिकाद्वारा पीसीआर किट खरिद

पूर्वखोला गाउँपालिकाद्वारा पीसीआर किट खरिद

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २९ गते ।  पाल्पाको एक गाउँपालिकाले आफ्नै खर्चमा पीसिआर किद खरिद गरेको छ । पूर्वखोला गाउँपालिकाले कोरोना परीक्षणका लागि पीसीआर किट खरिद गरेको हो  । पालिकाले निर्माण गरेको क्वारेन्टाईनमा बस्नेको संख्या बढ्दै गएपछि कोरोना परीक्षणका लागि पालिकाले आफ्नै खर्चमा किट खरिद गरिएको जनाएको छ । क्वरेन्टीनमा रहेका सबैको स्वास्थ्य परीक्षणको तयारी भैरहेको पालिकाले जनाएको छ । सरकारबाट किट उपलब्ध नहुँदा लामो समयसम्म क्वरेन्टीनमा राख्नु परेपछि उनीहरुमा सङ्क्रमण देखिए अरुलाइसमेत जोखिम हुने भएकाले किट खरिद गरेको जनाएको छ । गाउँपालिकाले घर फर्किएका लगायत अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको कोरोना परीक्षण गर्ने तयारी गरेको जनाएको छ । पाल्पामा अहिलेसम्म २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।...
उदयपुरमा थप २ जनामा कोरोना संक्रमण पुष्टि

उदयपुरमा थप २ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २९ गते । उदयपुरमा फेरी थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्रियुगा नगरपालिकाको मोतिगडा क्वारेन्टाईनमा रहेका २४ वर्षीया महिला र १९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । गत १९ गते ५३ जनाको नमुना स्वाव संकलन गरी परिक्षणको लागी काठमाण्डौँ पठाएको थियो । उक्त नमुना स्वाव परिक्षणमा यस अघि नै ४८ जनाको रिपार्ट नेगेटिभ आएपछि उनीहरुलाइ घर पठाई सकेको थियो । परिक्षणको रिपोर्ट आउँन बाँकी रहेका ५ जना मध्ये २ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । उनीहरु सवै भारतबाट आई क्वारेन्टाईनमा बसेका हुन् । योसंगै उदयपुरमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ । जिल्लाको हकमा हिजो मात्रै उदयपुरगढी गाउँपालिका र कटारी नगरपालिकामा पहिलोपटक संक्रमित देखिएको हो ।...
कटारी नपामा पनि एकजनामा कोरोना पुष्टि

कटारी नपामा पनि एकजनामा कोरोना पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २८ । उदयपुरको कटारी नगरपालिकामा पनि एकजना कोरोना संक्रमित पुष्टि भएको छ । नगरपालिकाको वडा नं. १ बेलस्रोत स्थित नेपाली सेनाको रणसार्दुल गणको व्यवस्थापनमा रहेको क्वारेन्टाइनमा रहेका एक २६ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको होे । यो संगै उदयपुरमा कोरोना संक्रमितको संख्या ३८ पुगेको छ । संक्रमितको पुष्टी काठमाडौं टेकुको प्रयोगशालाले गरेको हो । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार आजै उदयपुरगढीमा पनि १ जना २३ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको छ । कटारी र उदयपुरगढीमा एक/एक जनामा कोरोना संक्रमण भएको आधिकारिक जानकारी आएको हो । कटारीसमेतमा कोरोना देखिएपछि उदयपुरमा चार नगरपालिका र एक गाउँपालिका गरी पाँचवटा पालिकामा संक्रमण देखिएको छ । पछिल्लो समय भारतबाट आएकाहरुलाई क्वारेन्टाईनमा राखेर परिक्षण गरिदा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प...
सुदूरपश्चिम प्रदेशमा थप ६ जनामा संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप ६ जनामा संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २८ गते । आज सुदूरपश्चिम प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका ५ र कञ्चनपुरका १ जनामा कोरोना पुष्टि भएको हो । कैलालीको टीकापुर नगरपालिका १९, २३, २५, २६ र ३५ बर्षीय पुरुष र कञ्चनपुरको बेलौरी नगरपालिकामा २२ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको सङख्या १ सय ६४ पुगेको छ । अहिले सम्म कैलालीका ६०, कञ्चनपुरमा ३४, अछामका १६, डडेल्धुरामा १५, दार्चुलामा १२, डोटीका १०, बझाङमा ७, बैतडीमा ६ र बाजुराका तीन जनामा कोरोना पुष्टि भएको छ ।...
२ न. प्रदेशमा थप २०४ जनामा कोरोना संक्रमण पुष्टि

२ न. प्रदेशमा थप २०४ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २८ गते ।  आज २ न. प्रदेशमा थप २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै २ न. प्रदेशमा कोरोना संक्रमितको संख्या १ हाजार ५ सय ९२ पुगेको छ । सप्तरीमा ६, सिराहामा १३, धनुषामा २२, महोत्तरीमा ४४, सर्लाहीमा ४३, रौतहटमा ६८ र बारामा ८ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश–२ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । सप्तरीको छिपरमाई गाउँपालिकाको क्वारेन्टिनमा १ जना महिलासहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सिराहाको सिराहा नगरपालिकास्थित सत्यनारायण सूर्य नारायण मरबैता यादव क्याम्पसको क्वारेन्टिनका ११ जना, बरियारपट्टी माध्यमिक विद्यालयमा १ जना र खुशीपुरमा १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । महोत्तरीको जलेश्वर नगरपालिकामा सञ्चालित क्वारेन्टिनका ६ जना महिलासहित ३१ जना र मनरा सिसवा नगरपालिकामा सञ्चालित क्वारेन्टिनका १३ जनामा संक्रमण देखिएक...