Tuesday, August 18News That Matters

स्वास्थ्य

नेपालमा थप ९० जना कोरोना संक्रमित उपचारपछि निको भए

नेपालमा थप ९० जना कोरोना संक्रमित उपचारपछि निको भए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २८ गते ।  आज नेपालमा थप ९० जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमित उपचारपछि निको संख्या ६ सय ७४ जना पुगेको हो । कोशी अस्पतालबाट ६, कोभिड १९ अस्पताल बलम्बुबाट १, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १, कोभिड १९ अस्पताल जनकपुरबाट ३७, महेन्द्र गेनाई आइसोलेसन सिराहाबाट २० र  कोरोना अस्पताल बेलझुण्डी दाङबाट ७ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म उपचारपछि डिस्चार्ज भएका मध्ये ५ सय ९५ जना पुरुष र ८९ जना महिला रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।...
आज कर्णाली प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

आज कर्णाली प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २८ गते ।  आज कर्णाली प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ८ पुगेको हो । प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोेगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका २५, सुर्खेतका ९ र जाजरकोटका ३ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको जनस्वास्थ्य सेवा महाशाखाले जनाएको छ । अहिलेसम्म कर्णालीमा कोरोना संक्रमित मध्ये उपचारपछि निको हुनेको संख्या २९ पुगको छ भने ३ जनाको मृत्यु भईसकेको छ ।...
१ न. प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय पुग्यो

१ न. प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय पुग्यो

समाचार, स्वास्थ्य
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३०० नजिक पूर्णपुष्टि, जेठ २८ गते ।  आज १ न. प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै १ न. प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय नजिक पुगेको हो । बुधबार थपिएका कोरोना संक्रमितहरु मोरङमा ८ जना, झापामा ५ जना र उदयपुरमा १ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ  । मोरङका संक्रमित रतुवामाई नगरपालिकाको सौठा र इटहरा क्वारेन्टाइनमा बसिरहेकाहरु हुन् । झापाको मेचिनगर नगरपालिकामा १ जना, कनकाई नगरपालिकामा ३ जना र गौरादह नगरपालिकामा १ जना संक्रमण देखिएको छ हो । गौरादहका संक्रमित महिला हुन् । त्यस्तै उदयपुरको उदयपुरगढी गाउँपालिकामा १ जना पुरुषमा संक्रमण देखिएको हो । उनीहरुको विराटनगरको कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको जनाईएको छ । १ न. प्रदेशमा उपचारपछि निको हुनेको संख्या १ सय २५...
नेपालमा थप २७९ जनामा कोरोना संक्रमण पष्टि

नेपालमा थप २७९ जनामा कोरोना संक्रमण पष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २८ गते ।  नेपालमा थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । आज थपिएका नयाँ संक्रमित मध्ये २ सय ५७ जना पुरुष र २२ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म ४ हजार ५५ पुरूष र ३ सय ९ जना महिला रहेको जनाईइएको छ । त्यस्तै आज थप ९० कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या ६ सय ७४ पुगेको छ ।...
स्याङ्जाका ३ जना कोरोना संक्रमित उपचारपछि निको भए

स्याङ्जाका ३ जना कोरोना संक्रमित उपचारपछि निको भए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २८ गते ।  स्याङ्जाका ३ जना  कोरोना संक्रमित उपचारपछि निको भएका छन् । जिल्ला अस्पतालको आइसोलेसनमा रहेका ६ जनामध्ये ३ जना कोरोना संक्रमितको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । वालिङ नगरपालिकाका २१ वर्षका पुरुष र गल्याङ् नगरपालिकाका २७ र ४० वर्षका पुरुष डिस्चार्ज भएको जनाईएको छ ।...
रौतहटमा थप ५३ जना कोरोना संक्रमण पुष्टि

रौतहटमा थप ५३ जना कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,जेठ २८ गते ।  आज रौतहटमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा गौरका २३, इशनाथका १४, राजपुरका १४ र कटहरियाका २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।
बारामा थप ८ जना कोरोना संक्रमण पुष्टि

बारामा थप ८ जना कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २८ गते । आज बारामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सिम्रौनगढ नगरपालिका स्थित कंकाली मावि र श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका ८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा सिम्रौनगढ नगरपालिका–७ का १९ र २७ वर्षीय पुरुष, ५ न. वडाका ४५ र २७ वर्षीय पुरुष, ६ न. वडाका २३ र ३८ वर्षीय पुरुष, ३ न. वडाका १२ र २ का ४० वर्षीय पुरुष रहेका छन् । संक्रमित सबै जनालाई गंगापुरस्थित शैक्षिक तालिम केन्द्रको आइसोलनमा ल्याउने तयारी भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमण पुष्टि भएका सबै जना भारतबाट आई क्वारेन्टिनमा बस्दै आएका थिए ।...
उदयपुरमा फेरी थपियो कोरोना संक्रमित, उदयपुरगढी गाउँपालिकामा १ जनामा पुष्टि

उदयपुरमा फेरी थपियो कोरोना संक्रमित, उदयपुरगढी गाउँपालिकामा १ जनामा पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २८ । उदयपुरमा कोरोना संक्रमित आज फेरी १ जना थपिएको छ । जिल्लाको उदयपुरगढी गाउँपालिकामा १ जना कोरोना संक्रमित पुष्टि भएको हो । सो पालिकाको विभिन्न क्वारेन्टाइनमा रहेका ७९ जनाको पिसिआर प्रविधिबाट स्वाव नमुना परिक्षण हुदा एकजनाको पोजेटिभ देखिएको हो । भारतबाट आइ क्वारेन्टइनमा बसेका २३ वर्षिय पुरुष हुन् । गत २२ गते स्वाव नमुना संकलन गरी परिक्षणको लागि विराटनगर पठाइएको थियो । सोको अन्तिम रिपोर्ट आज आएको हो । योसंगै उदयपुरमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । जिल्लाको हकमा उदयपुरगढी गाउँपालिकामा पहिलोपटक संक्रमित देखिएको हो । जिल्लामा तीन नगरपालिकामा यसअघि नै देखिएको थियो । अव चार पालिकामा कोरोना संक्रमण देखिएको हो ।...
क्वरेण्टीनमा बसेका १ जनाको मृत्यु

क्वरेण्टीनमा बसेका १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २८ गते ।  अर्घाखाँचीको एक वारेन्टीनमा बसेका एक जनाको मृत्यु भएको छ । मालारानी गाउँपालिका–४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वरेण्टीनमा बसेका ५७ वर्षीय पुरुषको उपचार गरी फर्कँर्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ । भारतबाट आएर क्वारेण्टीनमा बस्दै आएको थियो । घाटीको शल्यक्रियासमेत गरेका पुरुषलाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारको लागि मङ्गलबार जिल्ला अस्पताल सन्धिखर्क गएको थियो । सन्धिखर्कमा सामान्य उपचारपछि थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबल रिफर गरिएको थियो । लुम्बिनी प्रादेसिक अस्पतालमा उपचारपछि घर फर्कँदै गर्दा उनको गोरुसिङ्गे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको जनाईएको छ । उनको स्वाब परीक्षणको लागि पठाइएको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ ।...
साउदी : २४ घण्टे निःशुल्क कोरोना जाँच केन्द्र संचालन

साउदी : २४ घण्टे निःशुल्क कोरोना जाँच केन्द्र संचालन

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २८ गते ।  साउदी सरकारले कोरोना जाँच गराउन २४ घण्टे निःशुल्क स्वास्थ्य परिक्षण सेवा सुरु गरेको छ । साउदीको स्वास्थ्य मन्त्रालयले कोरोनाको लक्षण देखिएकालाई जाँच गराउन निःशुल्क स्वास्थ्य परीक्षण सेवा सुरु गरेको हो । तोकेको ठाउँमा गएर कोरोना जाँच गराउन सकिने भएकाले जाँच गराउन साउदीमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ । जाँच गराउने ठाउँको तालिक तल हेर्नुस्  :...