Monday, August 17News That Matters

Breaking News 1

बाह्रय पर्यटनको पर्खाईमा ताप्ली पोखरी

बाह्रय पर्यटनको पर्खाईमा ताप्ली पोखरी

Breaking News 1, समाचार
पूर्णपुष्टि, २ असार । अग्लो ठाउँ चौरैचौरले भरिएका चिल्लो अनि हरियो डाँडाँ” चिसो मौसम, स्वच्छ वातावरण र चारैतिर हेर्न अनि देख्न सकिने पहाड र मधेशको रमणीय दृश्य । बिकट ठाउँ सडकको असहजता, जोखिमपूर्ण यात्रा, यी अनेकौँ समस्याहरु झेल्दै उक्लिन सकिने उदयपुरको ताप्ली पोखरी पर्यटकको नजरमा निकै आकर्षक ठाउँ हो । दुई हजार फिट भन्दा माथी उचाईमा रहेको यो पोखरी उदयपुर जिल्लाको ताप्ली गाउँपालिका स्थित २ नं वडामा पर्छ । जिल्लामा रहेको मुख्य धार्मिक पर्यटकीय स्थलहरुको लिस्टमा पर्दै आएको ताप्ली पोखरी बिषेश गरी प्रचार प्रसारले भने ओझेलमा परेको जानकारहरु बताउँछन् । सरकारले उदयपुरगढीलाई पर्यटनको गन्तव्यमा पहिलो प्राथामिकता दिएपनि जिल्लामा रौता पोखरी सबैभन्दा बढी पर्यटकीय क्षेत्रले आकर्षक बनेको ठाउँ हो । यस ठाउँ सदरमुकामबाट नजिक र सुविधाका कारण पनि बाह्रय तथा आन्तरिक पर्यटकीय गन्तव्यले अगाडी छ । यो सँगै उदयप...
करमगाछी–बावरी–बेल्दोभान सडकको ग्राभेल निर्माणमा गुनस्तरहिन समाग्री प्रयोग भएको आरोप

करमगाछी–बावरी–बेल्दोभान सडकको ग्राभेल निर्माणमा गुनस्तरहिन समाग्री प्रयोग भएको आरोप

Breaking News 1, समाचार
पूर्णपुष्टि, १ असार । बाबरी बेल्दोभान सडकको ग्राभेल निर्माणमा गुणस्तरहिन सामाग्रीको प्रयोग भएको भन्दै स्थानीयहरुले बिरोध गरेको छ । लामो समयदेखी जिर्ण अवस्थामा रहेको त्रिनपा १०, १६ र १५ मा पर्ने करमगाछी, बावरी बेल्दोभान सडक बर्षौदेखी सहजतामा दिगो हुन सकेको छैन् । महत्वपूर्ण सडकको रुपमा परेपनि यस सडक लामो समयदेखी मर्मत संभारले पछि परेको सडक हो । पछिल्लो समय मर्मत संभारको भागेदार बनेका यस सडकमा अहिले धमाधम ग्राभेल भैरहेको छ । प्रदेश सरकारको करिब २४ लाख बराबरको बजेटमा यस सडकमा ग्राभेल लगायतका अन्य मर्मत कार्य चलिरहेको छ । स्तरउन्नती अन्तर्गत सडकको २५ सय मिटर ग्राभेल, आरसीसी ढलान र जाली भर्ने भनिएको छ । तर ग्राभेलको सामाग्री गुणस्तरहिन भएको भन्दै स्थानीयहरुले निर्माण कम्पनीमाथी प्रश्न उठाएको छ । त्रियुगा नगरपालिका १६ निवासी पेशल राईले आफु बर्षौदेखी यस सडकलाई प्रयोग गर्दै आएको भन्दै सडक राम...
बेमौसमी तरकारी उत्पादन बारे कृषकहरुलाई ६५ दिने अभिमुखीकरण तालिम

बेमौसमी तरकारी उत्पादन बारे कृषकहरुलाई ६५ दिने अभिमुखीकरण तालिम

Breaking News 1, समाचार
पूर्णपुष्टि,जेष्ठ ३२ । समृद्ध नेपालको आयोजना र ओरेक नेपालको समन्वयमा कृषकहरुलाई बेमौसमी तरकारी उत्पादन तालिम प्रदान गरिएको छ । झण्डै दुई महिना अगाडीबाट सुरु भएको उक्त तालिम बुधबार सम्पन्न गरिएको हो । तालिमम सम्पन्न सँगै सहभागी कृषकहरुलाई कृषक विवरण समेत प्रदान गरेको छ । तालिममा त्रियुगा नगरपाकिला भरीका बिभिन्न वडाहरुका २० जना सकृया कृषक साथै विभिन्न कृषी समूहरु रहेको थियो । समापन कार्यक्रममा कृषी सम्बन्धी प्रयोगात्मक अभिभ्यास गराई कृषि सम्बन्धी विवरणको नोट बुक वितरण गरेको ओरेक एसोसियट कृषि अधिकृत प्रीयँका राईले बताईन् । उनका अनुसार तालिममा करिव ६५ दिन सम्म तालिम सञ्चालनमा रहेको जनाईन् । साथै तालिम लिएर योग्य बेनको स्थानीय कृषकहरुलाई (ओरेक)द्धारा वृक्षा रोपको लागि बकाइनो,निम, हर्रो, सुपारी जस्ता विरुवाहरु वितरण गरेको आयोजकले जनाएको छ । स्थानीय कृषहरुले आफुले उव्जनी गरको कृषि योग्य फलफ...
ताप्लीमा भएको अध्यक्ष कप भलिवलमा झापा बिजयी

ताप्लीमा भएको अध्यक्ष कप भलिवलमा झापा बिजयी

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, ३२ जेष्ठ । ताप्ली गाउँपालिकामा भएको अध्यक्ष कप पुरुष भलिवल प्रतियोगितामा झापा दमक बिजयी बनेको छ । ताप्ली गाउँपालिका ए लाई ३–१ को सेटमा पाराजित गर्दै दमक बजयी बनेको हो । आयोजक ताप्ली प्रतियोगिताको दोस्रो बन्न सफल भएको छ । यता हलेसी तुवाचुङ नगरपालिका तेस्रो बनेको छ । यस नगरपालिकाले त्रियुगा नगरपालिकालाई हराउँदै तेस्रो स्थान सुरक्षित गरेका थिए । प्रतियोगिताको बिजयी टिम दमक नरपालिकाले नगद १ लाख ५१ हजार १११ सँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै दोस्रो टिम ताप्लीले नगद १ लाख ११ हजार १११ सँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे यता तेस्रो हलेसी तुवाचुङ नगरपालिकाले ५१ हजार १५१ रुपैयाँ सहित शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरेको हो । ताप्ली युवा तथा खेलकुद बिकास समितीको आयोजना र ताप्ली गाउँपालिकाको सहयोगमा संचालन खेल सोमवार बाट सुरु भएका थिए । प्रतियोगितामा प्...
उदयपुरमा पहिचान पक्षधार सहित १० दलद्धारा ज्ञापन पत्र

उदयपुरमा पहिचान पक्षधार सहित १० दलद्धारा ज्ञापन पत्र

Breaking News 1
पूर्णपुष्टि,जेष्ठ ३१ । जिल्ला प्रशास कार्यालय उदयपुरलाई पहिचान पक्षधारले निस्पक्ष बार्ताको लागि ज्ञापन पत्र बुझाएको छ । बुधवार जिल्ला प्रशासन कार्यालयका प्रमुख जनार्धन गौतमलाई आन्दोलनकारी र पहिचान पक्षधार सहित बिभिन्न राजनैतिक दलहरुको संगठनले संयुक्त ज्ञापन पत्र बुझाएको हो । जसमा प्रदेश नं।१ पुनः नामाङकरन संयुक्त संघर्ष समिति उदयपुर, नागरिक उन्मुक्त पार्टी, नेपाली कांग्रेस, तामाङ्ग घेदुङ, मगर संघ, ज.स.पा. नेपाल उदयपुर, माओवादी केन्द्र, राष्ट्रिय जनमुक्ती पार्टी, ने.का.पा.यस र जनजनति महासंघ उदयपुरका संयुक्त हस्ताक्षर गरिएको छ । “हाल प्रदेश सरकारले आन्दोलनकारीहरुलाई औपचारिक रुपमा वार्ताको आह्वान पनि गरेको छ र यस अवस्थामा आन्दोलनको क्रममा घटेका घट्नाहरुलाई लिएर प्रहरी प्रशासनले धरपकड गरिरहँदा वार्ताको वातावरणलाई उदयपुर जिल्ला प्रशासनले सौहाद्र्ध ढंगले सफल बनाउन र उत्तम भुमिका खेल्ने छ” ...
ताप्लीमा हुरेण्डेकद्धारा बाल बिकास केन्द्रलाई ५५ प्रकारको शैक्षिक सामाग्री वितरण

ताप्लीमा हुरेण्डेकद्धारा बाल बिकास केन्द्रलाई ५५ प्रकारको शैक्षिक सामाग्री वितरण

Breaking News 1, समाचार
पूर्णपुष्टि,जेष्ठ ३१ । उदयपुरको ताप्ली गाउँपालिकाका बाल बिकास केन्द्रहरुलाई मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक)ले सिकाइ तथा खेल सामाग्री वितरण गरेको छ । मंगलबार एक कार्यक्रम बिच गाउँपालिकाका ७ ओटा बाल विकास केन्द्रहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो । ताप्ली गाउँपालिकाको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि लेगो फाउन्डेसन र वल्र्ड भिजनको सहयोगमा प्रत्येक बालबिकास केन्द्रलाइ ४१ हजार बराबरको ५५ प्रकारका सामाग्री वितरण गरिएको आइपिपीफोबिसि परियोजनाका अधिकृत तुलाराज अधिकारीले बताउनुभयो । उक्त सहयोग प्रति हुरेण्डेकलाइ पालिका अध्यक्ष ढुङ्गराज विश्वकर्माले धन्यवाद व्यक्त गरे । सस्थाले जिल्लाका रौतामाइ, ताप्ली, उदयपुरगढी गाउँपालिका र त्रियुगा नगरपालिका गरि २० ओटा बाल बिकास केन्द्रलाई सामाग्री वितरण गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।...
कोशी प्रदेश लेखिएको बोर्ड हटाउन र छाप, लेटर प्याड नचलाउन बेलका नगरलाई ज्ञापन पत्र

कोशी प्रदेश लेखिएको बोर्ड हटाउन र छाप, लेटर प्याड नचलाउन बेलका नगरलाई ज्ञापन पत्र

Breaking News 1, समाचार
पूर्णपुष्टि, ३१ । किरात राई यायोख्खा बेलका नगर कार्यसमितिले पहिचानको आन्दोलनलाई सहयोग गर्न बेलका सरकारलाई अनुरोध गरेको छ । समितिले उदयपुरको बेलका नगरपालिकालाई मंगलबार कोशी लेखेको बोर्ड हटाउन र छाप लेटर प्याड प्रयोग नगर्न भन्दै ज्ञापन पत्र बुझाएको हो । पहिचान पक्षधर सहित बिभिन्न राजनितिक दलहरु समेतले ज्ञापन पत्र बुझाएको हो । प्रदेशको नाम राख्दा ७२ घन्टा अगाडि नै सुचना हुनु पर्ने तर प्रदेश नं। १ को नाम सुटुक्क कोशी राखिएको भन्दै अहिले विभिन्न चरणको आन्दोलन भइरहेको छ। आन्दोलनको क्रममा एकजना पदम कुमार लिम्बु ूलाजेहाङ्गू सहिद भइसक्नु भएको छ भने कैयौं घाइते भइ केही अझै उपचाररत नै हुनुहुन्छ। अर्को तर्फ सुरक्षा निकायका पनि धेरैजना घाइते हुनु भएको छ। हिजोका दिनमा १ नं। प्रदेशको नाम कोशी प्रदेश राख्दा समर्थन जनाएता पनि अहिले गल्ती महसुस गरिरहनु भएको छ र जनताको मर्म, चाहाना र भावना बिपरि...
आज कुन कुन प्रदेशमा पर्दैछ पानी ?

आज कुन कुन प्रदेशमा पर्दैछ पानी ?

Breaking News 1, समाचार
पूर्णपुष्टि, ३१ जेष्ठ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। अन्य भूभागमा मौसम सामान्यतया सफा छ। दिउँसो पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र मधेश प्रदेश लगायत बाँकी पहाडी भू(भागका थोरै स्थानहरुमा मेघ(गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले राती कोशी र गण्डकी प्रदेशका पहाडी भूभागको केही स्थानहरूमा कोशी प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने जानकारी दिएको छ। रातिपनि कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागका केही स्थानहरूमा मेघ(गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मध...
साउँनेको भैसेट्याम्केमा ४१ जना विद्यार्थीहरुलाई विद्यालय पोसाक वितरण

साउँनेको भैसेट्याम्केमा ४१ जना विद्यार्थीहरुलाई विद्यालय पोसाक वितरण

Breaking News 1, समाचार
पूर्णपुष्टि,जेष्ठ ३० । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका १४, भौसेट्याम्केकामा रहेको शिवशक्ति आधारभूत विद्यालय भिमसेनटोलका विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको छ । मङ्गलबार वडा कार्यालय साउनेको आर्थिक सहयोगमा उक्त विद्यालयका ४१ जना विद्यार्थीहरुलाई पोसाक वितरण गरिएको हो । भौगोलिक हिसावले विकट मानिएको यस क्षेत्रका विद्यार्थीहरुलाई एक रुपता देखियोस भन्ने उद्देश्यका साथ वडाले निशूल्क रुपमा कपडा वितरण गरेको वडा अध्यक्ष हेमराज मगरले बताए । यस विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्यापन हुने गरेको छ । वडाअध्यक्ष मगरका अनुसार कपडा वितरण कार्यक्रमले शैक्षिक क्षेत्रमा ठूलो टेवा पु¥याउने अपेक्षाका साथ सामुदायिक विद्यालयको पोसाक वितरण सुरु गरिएको बताएको छ । विद्यालय गाउँ देखि जङ्गल विचमा रहेको कारण विद्यार्थीहरुलाई विद्यालय सम्म पुग्न कठिनाई साथै असुरक्षित र विद्यालय व्यवस्थापनका लागि वडा का...
डान्स च्याम्पियन उदयपुरको ग्राण्डफिनाले शनिबार हुने

डान्स च्याम्पियन उदयपुरको ग्राण्डफिनाले शनिबार हुने

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, जेष्ठ ३० । डान्स च्याम्पियन उदयपुरको ग्राण्डफिनाले यही असार २ गते शनिबार हुने भएको छ । उदयपुर जिल्लामै पहिलो पटक कला सस्कृतीलाई जोगाउ भन्ने अभियानको साथ “डान्स च्यम्पियन उदयपुर रियालिटी सो कार्यक्रम” सुरु गरिएको हो । गत २०७९ फाल्गुन १ गते जिल्लाको कटारी नगरपालिकामा पहिलो अडिसन गरेर सुरु गरिएको यस रियालिटी सो ले विभिन्न राउण्ड पार गर्दै ग्राण्ड फाइनलसम्म आईपुगेको हो । ग्राण्ड फाईनलमा गाईघाट, रामपुर र बेल्टारका १० जना पाटिसिपेन्टहरुले प्रतिस्पर्धा गर्नेछ । कलाको खोजी र कलाकारको सम्मान स्वरुप यस डान्स च्यम्पियन उदयपुर सुरु गरेको आयोजक उदयपुर मिडिया हबका सन्चालक प्रेम जङ्ग किराँतीले बताए । यस प्रतियोगिताको विजेताले पचास हजार नगद, ट्रफी प्रमाण सहित पत्र र म्युजिक भिडियो खेल्ने अवसर प्राप्त गर्ने छन् । त्यस्तै फस्टरनरपले २५ हजार नगद, ट्रफी सहित प्रमाण पत्र प्राप्त गर्नेछ भने...