Monday, August 17News That Matters

Breaking News 1

योगेश भट्टराईलाई ताप्लेजुङ्मा प्रवेश निषेश

योगेश भट्टराईलाई ताप्लेजुङ्मा प्रवेश निषेश

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, ३ असार । संघिय सांसद समेत रहेका नेकपा एमालेका सचिव योगेश भट्टराईलाई जिल्लामा निषेश गर्ने निर्णय गरेको छ । भट्टराईलाई ताप्लेजुङका पहिचानवादीहरुले जिल्ला प्रवेशमा निषेध गरेका हुन् । ताप्लेजुङका आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोख्खा, किरात धर्म साहित्य उत्थान संघ, सुनुवार सेवा समाज, खस क्षेत्री एकता समाज, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र लिम्बू विद्यार्थी संघले प्रेस विज्ञप्ति जारी गर्दै निषेध घोषणा गरेका हुन् । उनीहरुले जारी गरेको विज्ञप्तिमा आदिवासी जनजाति समुदायहरुलाई कानून विपरीत हिंसा गर्ने, पहिचानवादी समुदायहरुको न्यायिक आन्दोलनलाई जबरजस्त दबाउने क्रम जारी रहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव योगेश भट्टराईले गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिएका उल्लेख छ । ‘ताप्लेजुङ जिल्लाबा...
प्रदेश स्तरीय मुख्यमत्री नाँकआउट प्रतियोगितामा उदयपुरको सहभागिता

प्रदेश स्तरीय मुख्यमत्री नाँकआउट प्रतियोगितामा उदयपुरको सहभागिता

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि,असार ३ । ओखलढुङ्गको सिद्धि चरण नगरपालिकामा भोली देखि सञ्चालन हुँने प्रदेश स्तरिय मुख्यमन्त्री नाँकआउट प्रतियोगितामा सहभागिताको लागि जिल्ला फुटबल संघ उदयपुरका टिम तयार गरीको पढाईएको छ । आईतवार त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिले थरुहट संगशालामा प्रतियोगिताको लागि १५ जना खेलाडि तयार गरी विदाई कार्यक्रम गरेको हो । कार्यक्रममा त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतको प्रमुख आतित्थ्यमा खेलाडिहरुलाई बधाई तथा शुभकामना प्रदोन कार्यक्रम गरिएको त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिका सचिव किरण कार्कीले बताए । उनका अनुसार भोली सोमबार देखि सञ्चालन हुने प्रतियोगिता आउँने शनिवार ९ गते सम्पन्न हुने बताए । छनेट गरीएको खेलाडिहरु क्रमस सुनिल खड्का, टिप्सन राई, प्रविन श्रेष्ठ, नर्बु तामाङ, बिशाल कुमार चौधरी, रोशन श्रेष्ठ, अनिस राई, सारद राई, आबेश मगर, अनिश कट्वाल, दि...
फाँचथर पहिरो : ६ घण्टा पछि सकुसल बालिकाको उद्धार

फाँचथर पहिरो : ६ घण्टा पछि सकुसल बालिकाको उद्धार

Breaking News 1, समाचार
पूर्णपुष्टि, ३ असार । पाँचथरमा पहिरोले बेपत्ता पारेकी एक बालिकालाई ६ घण्टा पछि सकुशल उद्धार गरेको छ । जिल्लाको फालेलुङ गाउँपालिका(३ पहिरोले पुरेर बेपत्ता भएकी ८ वर्षीय बालिकाको ६ घन्टा पछि सकुशल उद्धार गरिएको जिल्ल प्रहरी कार्यालय पाँचथरले जनाएको छ। गएराति हजुरबुबा मनप्रसादसँगै सुतेकी जुना घरमाथिबाट खसेको पहिरोमा परी बेपत्ता भएकी थिइन्। उनलाई आज बिहान स्थानीयले घाइते अवस्थामा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पाँचथर पुर्‍याएका प्रहरीले जानकारी दिए । पहिरो आउँदा मनप्रसाद भने घरबाहिर थिए। ‘म पिसाब गर्न घरबाहिर निस्केको थिएँ । त्यहिबेला पहिरोले म संगै सुतेकी नातिनी सहित घर पुर्‍यो,’ मनप्रसादको भनाइ उदृध गर्दै एक प्रहरीले भने।  ...
रौतामाइमा पहिलो पटक पालिका स्तरिय वाल भेला सम्पन्न,१५ सदस्यिय सन्जाल समिति

रौतामाइमा पहिलो पटक पालिका स्तरिय वाल भेला सम्पन्न,१५ सदस्यिय सन्जाल समिति

Breaking News 1, समाचार
शंकर रिखाम मगर पूर्णपुष्टि,असार ३ । उदयपुरको रौतामाइ–६, चिसापानीमा पालिका सतरिय ३६ बालबालिकाहरुको सहभागितामा पालिका स्तरीय बाल भेला सम्पन्न गर्दै १५ सदस्यिय समिती चयन गरिएकोछ । दुई दिन देखि संचालनमा आएको बाल भेला रौतामाई गाउँपालिकाको १ देखि ८ वटै वडाहरुका बाल क्लव सन्जालका प्रतिनिधिहरु ८ वालक र २८ वालिका गरि ३६ वालवालिकाहरुले सहभागिता जनाएकाथिए । उक्त वाल भेला रौतामाइ,६ का वडा बाल सन्जालकि अध्यक्ष विनिता वि।क।को अध्यक्षता र रौतामाइ,६ का अध्यक्ष पृथ्वीकुमार राइको प्रमुख अतिथीमा सन्चालन गरिएकोथियो । बाल भेलाको उद्देश्य, कानुनी मान्यता, आवश्यकता र महत्त्व, सवाल र पहिचान, प्राथमिकिकरण र योजना तर्जुमा जस्ता बिषयबस्तुहरुमा जाल्पा एकीकृत विकास समाजका रुद्र प्रसाद पोखरेलले तालिम सहजीकरण गरेकाथिए । वालभेलाले सवै वडालाइ समेटेर पालिका स्तरिय बाल सन्जाल गठन गरेकोछ जसमा अध्यक्ष तेजनारायण श्रेष्...
प्रेस युनियन उदयपुरको छैटौ जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः पर्शुराम थापा निर्वाचित

प्रेस युनियन उदयपुरको छैटौ जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः पर्शुराम थापा निर्वाचित

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,असार २ । नेपाल प्रेस युनियन उदयपुरको छैटौ जिल्ला अधिवेसन सम्पन्न भएको छ । शनिवार त्रियुगा नगरपालिका १५,डहरमा अवस्थित रमिते डाँडामा सम्पन्न अधिवेशनले पर्शुराम थापाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति समेत सर्व सहमति चयन गरेको हो । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा विश्वराज तामाङ, उपाध्यक्ष यमुना आलेमगर, सचिव अस्मिता पौडेल, सह–सचिव किरण प्रसाद ढुंगाना र कोषाध्यक्षमा मनोज श्रेष्ठलाई सर्वसहमत चयन गरिएको छ । यस्तै खुल्ला सदस्यमा दिपक राउत, भरत बोहोरा, सुमन सागर खतिवडा र संजिव कुमार चौधरीलाई चयन गरिएको छ । आदिवासी जनजाती सदस्य अमित तामाङ, कुसुम लामा तामाङ, खुल्ला महिला सदस्य यसोधा पोखरेल, अनिता कार्की, मधेश सदस्य मिथुन ठाकुर, र अन्य सदस्यहरु बिज्ञान पराजुली, खेमराज दाहाल, सन्जिब कुमार चौधरी, पुस्प दनुवार र सन्तोस रौनियार रहेको आयोजकले जनाएको छ । कार्यक्रममा पूर्व भौतिक प...
त्रिनपा १५ मा बाँदरबाट बाली जोगाउन किसानलाई मुस्किल, बारीमै खाना

त्रिनपा १५ मा बाँदरबाट बाली जोगाउन किसानलाई मुस्किल, बारीमै खाना

Breaking News 1, समाचार
बिक्रम राई पूर्णपुष्टि, २ असार । आ... ! अर्को साल देखी त बाली पनि लगाउँदिन होला । बाली रुग्ने पनि कोही हुँदैन बाँदर बाट बाली जोगाउन सक्ने अवस्था पनि छैन् । दुख गरी लगाएको बाली बाँदरलाई नै ठिक्क हुन्छ, यो पिडा त्रियुगा नगरपालिका १५ गहतेका ७३ बर्षिय दल वहादुर राईको हो । पछिल्लो समय बाँदरमा बुद्धि पलाएको छ । पहिले भन्दा बढी चलाखीका साथ बाली सक्याउन बाँदर बारिमा आउँछ” उनले भने, । उनि बालिको समयमा बाँदरबाट सँधै चिन्तित हुने गर्छ, घरमा परिवारहरु पनि नहुँदा बाँदर गोठाला गर्न आफै बारिमा पुग्ने गरेको छ । बिहान झिसमिसमै बारी पुगिसकेको हुनु पर्छ,’ आँखा देख्न थालिसकेपछि बाँदर बारिमा भरिभराउ भैहाल्छ, बाँदरलाई नखेदाए केहि खान पाईन्न राई भन्छन्, । बाली नाली लगाएको समय दल बहादुरको काम दिनभर बारीमा बाँदर पर्खने हो । उनि बिहानै ५ बजेपछि बारिमा पुगि सकेको हुन्छ । बाँदरलाई तह लगाउन कस्ले सक्ला र कसरी...
खाँण र रायमाझीसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

खाँण र रायमाझीसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, ३ असार भुटानी शरनार्थी प्रकरण ः खाँण र रायमाझी सँगै १६ जनालाई पूर्पक्षको लागि थुनामा राख्न आदेश १ असार, काठमाडौं । भुटानी शरनार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री समेत रहेका बाल कृष्ण खान र निलम्वीत सांसद टोप बहादुर रायमाझी सहित १६ जनालाई जिल्ला अदालत, काठमाडौंले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको हो । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि लक्ष्मी महर्जनसहित दुई जनालाइै भने धरौटीमा छाड्ने आदेश गरेको छ ।...
जनप्रतिनिधिको सहभागितामा वडा सफार्य अभियान

जनप्रतिनिधिको सहभागितामा वडा सफार्य अभियान

Breaking News 1, समाचार
पूर्णपुष्टि,असार १ । गाईघाटको त्रियुगा नगरपालिका वडा नं.१२,मा प्रत्यस महिना जनप्रतिनिधिको सहभागितामा वडा सफाई अभियान सञ्चालन सुरु गरिएको छ । वडा भित्ररहेका विभिन्न टोल बिकास संस्था र स्थानीय सरकारको सहभागितामा आज असारको पहिलो हप्ताको पहिलो दिनबाट हरेक महिनामा एक पटक वडा सफाई कार्यक्रमको सुरु गरिएको हो । वडा कार्यालयका कार्यवाहक अध्यक्ष अनिता थापाका अनुसार यस अभियानमा जनप्रतिनिधि ४ जना र अन्य टोल बिकास संस्थाका ३ गरी ७ जनाको उपस्थितिमा आफ्नो र नजिकको टोलमा गएर महिनाको एक पटक २–४ घण्टा सफाई गर्दा आफ्नो टोल सफा रहने बताईन । उनका अनुसार वडा भित्र २२ वटा टोल बिकास संस्थाहरु रहेका छन् । यस अभियानलाई थप व्यवस्थित बनाउँनको निमित ५ वटा फोहोर फाल्ने डस्टविन, १० वटा सफाई गर्ने झाडु, १० जोर सफाइमा प्रयोग गरिने ग्ल्वस र ५ बक्स माक्स बितरण गरिएको वडा नं १२ कि सचिव निरु कार्कीले जानकारी दिइन ।...
रास्वपाको पहिलो स्थापना दिवसको अवसरमा देशव्यापी वृक्षारोपन कार्यक्रम

रास्वपाको पहिलो स्थापना दिवसको अवसरमा देशव्यापी वृक्षारोपन कार्यक्रम

Breaking News 1, समाचार
पूर्णपुष्टि,असार १ । रवि लामिछने नेतृत्वको पार्टि राष्ट्रिय स्वतन्तत्र पाटीको पहिलो स्थापना दिवसको उपलक्ष्यमा वार्षिक सप्ताहव्यापी कार्यक्रमको अन्तरगत वृक्षारोपन कार्यक्रम सुरु गरिएको छ । रास्वपाका ७४ वटै जिल्लामा पार्टी विस्तार गरिसके पछि पहिलो पल्ट सबै जिल्लाहरुमा आजकै दिनबाट उदयपुरका विभिन्न सहरहरुमा एकै दिनबाट सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको हो । जिलला समिति उदयपर, १ नं.क्षेत्रीय समिति उदयपुर र त्रियुगा नगर समिति उदयपुरको आयोजनामा जिल्लाका विभिन्न ठाउँका विद्यालय, मठमन्दी लगाएत सामुदायीक भवनहरुमा हरित वर्षधनका लागि साथै दिर्गकालीन विद्यालयको आयश्रोत बढाउँने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको रास्वपाका जिल्ला संयोजक तथा कोशी प्रदेश सदस्य चित्र कुमार कार्कीले बताए । उनका अनुसार आज त्रियुगा नगरपालिका–३, मोतिगडा अवस्थित राम जानकी माध्यमिक विद्यालयहरुमा १५० जातका बिभिन्न विर...
रौतामाईमा किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा बारे सीप विकास तालिम

रौतामाईमा किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा बारे सीप विकास तालिम

Breaking News 1, समाचार
पूर्णपुष्टि,असार १ । उदयपुरको रौतामाई गाउँपालिका ६ का विभिन्न किशोरकिशोरीहरुलाई सुरक्षा र आत्मरक्षा सीप विकासका लागि तीन दिने तालिम प्रदान गरिएको छ । वडाकार्यालयको आयोजना र जाल्पा एकिकृत विकास समाज उदयपुरको सहकार्यस र सहजीकरणमा चिसापानीका ३८ जना किशोर किशोरीहरुलाई आत्मरक्षा तालिम प्रदान गरिएको हो। उक्त तालिम संगै बाल बिबाह न्युनिकरणकालागि २ दिने अभिमुखिकरण कार्यक्रम समेत गरिएको वडा अध्यक्ष पृथ्बी कुमार राईले बताए । राईले अनुसार आगामी बर्षमा समेत बालबालिकाको माग र कार्य योजनाको आधारमा बजेट बिनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे । उपेक्षा , दुर्व्यवहार, हिंसा विरुद्ध किशोरकिशोरीको सशक्तीकरणका लागि संचालित आत्मरक्षा तालिमले किशोरी हिंसा कम गर्ने, शारीरिक , मानसिक , सामाजिक , लैङ्गिक दुर्व्यवहार विरुद्ध आवाज उठाउन सक्ने हुनु, आफ्नो सीपमा आत्मनिर्भर बनाउने ,किशोरकिशोरीको आत्म विश्वास र सक्...