Monday, August 17News That Matters

Breaking News 1

नक्कली विप्लब माओवादी पक्राउ

नक्कली विप्लब माओवादी पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ २९ । आफुलाई नेकपा माओवादी पार्टी (विप्लब समुह) को मान्छे बताउदै ठगी कार्य गरिहिड्ने एक ब्यक्ति आज गाइघाटमा पक्राउ परेका छन् । विभिन्न ठाउँमा पार्टीको नाम भजाएर पैसा असुल्ने र ठग्ने कार्य गर्दै आएका सिरहा घर बताउने रामऔतार यादव पक्राउ परेका हुन् । पार्टीको नाम अभिषेक प्रताप सिंह बताउने उनको साथबाट रामऔतार यादव नाम उल्लेख भएको एक परिचय पत्र फेला परेको हो । उनलाई उदयपुर अस्पतालमा पार्टीको नाम लिदै ठग्ने क्रममा वास्तविक पार्टीका कार्यकर्ताहरुले फेला पारी पक्रेर प्रहरीलाई जिम्मा लगाएको हो । निकै समय अघिदेखि उनले गठी गर्दै आएको र पैसा असुल्दै आएको पाइएको सो पार्टीका अमृत सिले जानकारी दिए । उनलाई कानुनी कारवाहीका लागि प्रहरीलाई जिम्मा लगाएको उनले बताए । त्रियुगा नगर प्रहरी इन्चार्ज कमल कार्कीका अनुसार विप्लब माओवादी कार्यालयबाट खबर आएपछि सो ब्यक्तिलाई नियन्त्रणमा लिइ जिल्ला...
अत्याधिक गर्मी बढेसँगै कटारी अस्पतालमा बिरामीको चाप

अत्याधिक गर्मी बढेसँगै कटारी अस्पतालमा बिरामीको चाप

Breaking News 1, समाचार
पूर्णपुष्टि,जेष्ठ २९ । केहि दिन यता अत्याधिक गर्मी बढेसँगै उदयपुरको कटारीमा अवस्थित कटारी अस्पतालमा बिरामीहरुको चाप बढ्दै गएको छ । प्रचण्ड गर्मीका कारण स्थानीयहरुमा ज्वरो,झाडापखाला,घाँटीमा र इन्फेक्सन जस्ता बिरामीहरु बढ्न थालेको हो । कटारी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. गौरव साहका अनुसार गर्मीले गर्दा अस्पतालमा अहिले दैनिक १ सय ५० देखि २ सय जना सम्म बिरामी आउने गरेको बताए । डा.साहले भन्नु भयो “अस्पतालको ओपिडी कक्षमा दैनिक १ सय देखि १ सय५० जना र आकस्मिक कक्षमा दैनिक ३० देखि ५० जना सम्म ज्वरो, झाडापखलाका बिरामी आउने गरेका छन्”। यस अस्पत्तालमा उदयपुरको कटारी नगरपालिका र पहाडी गाउँपालिका ताप्ली,उदयपुरगढी गाउँपालिकाका अलावा सिन्धुलीको दुधौली नगरपालिकाबाट समेत विरामीहरु आउने गरेका छन् । गर्मी बढेसँगै खानपानमा उचित ध्यान नदिएर बिरामीको संख्या बढ्ने गरेको डा.साहले जनाए । गर्मीबा...
महाप्रबन्धक न्यौपानेको राजिनामाको झुठो समाचार प्रति उदयपुर सिमेन्ट उद्योगको ध्यानाकर्षण

महाप्रबन्धक न्यौपानेको राजिनामाको झुठो समाचार प्रति उदयपुर सिमेन्ट उद्योगको ध्यानाकर्षण

Breaking News 1
पूर्णपुष्टि, जेष्ठ २९ । सरकारी समित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले राजिनामा दिएको झुटो समाचार प्रसारण भएको भन्दै उदयपुर सिमेन्ट उद्योग व्यवस्थापन समितिकोे गम्भिर ध्यानाकर्षण भएको छ । उधोगका नायव महाप्रवन्धक महेश प्रसाद शाहले जेठ २८ गते निकालेको विज्ञप्ती भनिएको छ ‘जेष्ठ २२ मा कुल बजेट मध्ये हाल लाई १५ करोड रुपैया यही जेष्ठ मसान्तसम्म ऋण उपलब्ध गराउन माननीय उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालज्यू समक्ष अनुरोध गरिएको थियो । सो १५ पृष्ठको अनुरोध पत्रमा यदि उक्त समय भित्र न्यूनतम माग भएको रकम दिएर उत्पादन वृद्धि गर्न सहयोग नगर्ने हो भने म जस्तो प्रोफेसनल व्यक्तिलाई अल्मल्याएर नराख्न र आफू पनि मार्ग प्रशस्त गर्न तयार रहेको व्यहोरा महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले गराएको अनुरोध पत्रलाई राजीनामा मानी विभिन्न संचार माध्यमबाट गोपी कृष्ण न्यौपानेले मह...
मिस्टर कञ्चनजंगा (दोस्रो संस्करण)को बिजेता दिलिप कुमार चौधरीलाई बधाई तथा सम्मान

मिस्टर कञ्चनजंगा (दोस्रो संस्करण)को बिजेता दिलिप कुमार चौधरीलाई बधाई तथा सम्मान

Breaking News 1, समाचार
पूर्णपुष्टि,जेष्ठ २९ । झापाको विर्तामोडमा सम्पन्न प्रदेश स्तरिय दोस्रो मिस्टर कञ्चनजंगा बडिविल्डिङका बिजेता बनेका उदयपुरका दिलिप कुमार चौधरीलाई गृह जिल्लामा भव्यताका साथ बधाई तथा सम्मान गरिएको छ । सोमबार गाईघाटको डिएम गेट स्थितमा रहेको (DNB fitness club)ले एक कार्यक्रमको आयोजना गरी त्रियुगा नगरपालिका प्रमुख बसन्त कुमार बस्नेतद्धारा विजेता चौधरीलाई बधाई तथा सम्मान ज्ञापन गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बस्नेतले नगरको आगामी निति तथा बजेट कार्यक्रममा बडिविल्डिङ प्रतियोगितालाई पनि धेरै-थोरै रुपमा समेट्ने र नगरको पस्कमा पनि यो प्रतियोगितालाई समावेश गर्ने बताए । उनका अनुसार युवा लक्षति यस प्रतियोगिताले शारिरीक रुपमा ससक्त्र बन्न मद्त गर्ने बताए । कोशी प्रदेशमा सम्पन्न हाल सम्मकै ठुलो धनराशी भएको प्रतियोगिताको उपाधी चुम्न सफल चौधरीलाई उनका टिम म्यानेजर सिर्दाथ श्रेष्ट,उनी ...
गएराति बर्षात हुँदा किसानलाई राहत

गएराति बर्षात हुँदा किसानलाई राहत

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ २९ । गएराती बर्षात हुँदा किसानलाई राहत मिलेको छ । सुख्खा खडेरी लागि रहेको बेलामा शनिबार राती बर्षात भएपछि केहि राहत मिलेको किसानहरु बताउछन् । सुख्खा खडेरी लागेपछि उदयपुरमा मकैबाली सुक्दैजाँदा किसानहरु चिन्तित बनेका थिए । केहि दिन यताको सुख्खा खडेरीले उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा लगाईएको मकैबाली मर्न थालेको थियो । त्रियुगा नगरपालिका क्षेत्रका खैराहा, पोर्ताह, लक्ष्मीपुर, विसनपुर, जोगिदह, मोथ्याई, खैजनपुर भुल्के, मोतिगडासहित, बगाहा, श्रीपुर क्षेत्रका खेतमा लगार्ईएको मकैका बोट मर्न थालेको थियो । खैराहाका किसान विष्णु कार्कीले आफ्नो झण्डै एक बिघा रहेको खेतमा लगाएको मकैबाली खडेरी लागेपछि पातसहित मकैको बोट मर्न थालेको बताएका थिए भने यसपालिको मकैबाली खान नपाईने उनको गुनासो थियो । त्यस्तै पोर्ताहका किसान देवीलाल चौधरीले आफ्नो खेतमा लगाएको मकैबाली खडेरीका कारण अ...
तोकिएको मूल्य भन्दा बढीमा रासायनिक मल बिक्रि गरेमा कार्वाहि गर्ने बेलका नगरापालिकाको चेतावनी

तोकिएको मूल्य भन्दा बढीमा रासायनिक मल बिक्रि गरेमा कार्वाहि गर्ने बेलका नगरापालिकाको चेतावनी

Breaking News 1
पूर्णपुष्टि, जेष्ठ २८ । उदयपुरको बेलका नगरापालिकाले तोकिएको भन्दा बढी मुल्यमा रासायनिक मल विक्रि–वितरण गर्ने सहकारीमाथि कार्वाही गर्ने चेतावनी दिएको छ । स्थानिय तह ब्यबस्थापन समितिको २०७९÷८÷२६ गते बसेको बैठकले तोकेको मुल्यलाई कार्यान्वयन गर्न नगरपालिकाले जेष्ठ २८ गते सुचना जारी गर्दै शहकारीहरुलाई अनुरोध गरेको छ बेलका नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत रमेश गौतमले स्थानिय तह ब्यबस्थापन समितिको बैठकले युरीया प्रति के.जी रु २५ र डिएपी प्रति के.जी रु ५५ मा विक्रि वितरण गर्ने निर्णय गरेको जानकारी दिए । यदी नगरपालिका भित्र कृषी बालीमा प्रयोग हुने राायनिक मल तोकिएको मूल्य भन्दा बढीमा विक्रि वितरण गरेमा कानुनी कारर्वाही गर्ने सुचनामा उल्लेख छ ।...
वनको निगरानीको काठ रातारात हरायो

वनको निगरानीको काठ रातारात हरायो

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ २८ । डिभिजन वन कार्यालय, उदयपुरको निगरानीमा परिसकेको ठुलो मात्राको अबैध कटानी काठ रातारात हराएको छ । उदयपुरको बेलका नगरपालिका ७ स्थित दुधकोशी सामुदायिक वनको अबैधरुपमा काटिएको अन्दाजी ४०० क्युवि गोलिया र ३१ थन चिरान काठ रातारात हराएको उपभोक्ता कलाराज राईले जानकारी दिए । वडा न‌‍ ८ मा पर्ने आरंगामा  घाटगद्दी गरिएको काठ र चिरान काठ रातारात हराएको उनले बताए । अन्दाजी तीनदर्जन सालका रुखहरु अबैधानिकरुपले कटान गरी चिरान गरिएको र गोलीया घाटगद्दीसमेत गरेको उजुरी परेपछि वन अधिकारीको टोलीले तीनदिनदेखि स्थलगत अनुसन्धान गर्दै आएको थियो । काठ हराएको खबर स्थानीयले गरेको र टोली खटिगएको वन कार्यालयले जनाएको छ ।...
उदयपुरगढीमा खडेरीले पानीको मुहान सुकेपछि दमकलबाट ट्याँङकीमा पानी

उदयपुरगढीमा खडेरीले पानीको मुहान सुकेपछि दमकलबाट ट्याँङकीमा पानी

Breaking News 1, समाचार
पूर्णपुष्टि,जेष्ठ २८ । पछिल्लो समय खडेरी सहितको उच्च तापक्रमले पानीको मुहान सुख्न थालेको छ । उदयपुरगढीको–७, नं वडा बतासेमा पानीको मुहान सुकेपछि स्थानीयहरु काकाकुल भएको छ । मुहान सुक्ने बित्तिकै त्यस ठाउँमा खानेपानीको हाहाकार मचिएको अवस्था छ । मुख्य श्रोतको रुपमा रहेको बतासे खानेपानी ट्याङकीको मुहान सुक्न थाले पछि स्थानीयहरु काकाकुल अवस्था रहेको वडाअध्यक्ष भुवन मगरले जनाए। प्रदेश सभा सदस्य नारायण बहादुर बुर्जा मगर, संघिय सांसद अम्बर बहादुर रायमाझी तथा स्थानीय सरकारको पहलमा शनिवारदेखि दम्कल मार्फत खानेपानी पुर्याउने कार्य सुचारु गरिएको अध्यक्ष मगरले बताए । मगरका अनुसार पछिल्लो समयको खडेरीले पानीको मुहान सुक्न थालेपछि नेपालटारको बौदनाथ खोलाबाट दमकलको सहायतामा करिव ४० देखि ५० घरलाई पनि उपलव्ध गराएको जनाए । पालिकामा खानेपानी अभाव भएको क्षेत्रहरुमा स्थानीय सरकार मार्फत स्वच्छ खानेपान...
चौदण्डीगढीको उभौली साकेलामा कोशी प्रदेश नामाकरणको विरोध

चौदण्डीगढीको उभौली साकेलामा कोशी प्रदेश नामाकरणको विरोध

Breaking News 1, समाचार
पूर्णपुष्टि, २८ जेष्ठ । उदयपुरमा यो बर्ष उभौली साकेलालाई बिरोधको रुपमा मनाईएको छ । किरातीहरुको भाषा, संस्कार संस्कृति र रहन सहनमा आधारित साकेला चाँड झण्डै एक महिना सम्म मनाईन्छ । उदयपुरको आठ ओटै पालिकाहरुमा साकेला उभौली धुमधामका साथ मनाईएको छ । किरात राई यायोँख्खा उदयपुरका अनुसार यो बर्ष साकेला उभौलीलाई बिरोधको रुपमा मनाईएको जनाएको छ । सँधै उल्लासमय नाचगानका साथमा साकेला नाचिने गरिन्थ्यो भने यो बर्ष भने बिरोधलाई मुख्य प्रथामिकता दिईएर साकेला नाचिएको हो । साविक प्रदेश नं १ लाई सरकारले “कोशी” नामाकारण गरेपछि यतिवेला पहिचानवादीहरु बिरोधमा उत्रिएको छ । संविधानमै उल्लेख भएको पहिचानको मुद्धालाई दवाउन सरकार लागि परेको आरोप लगाउ उभौलीमा समेत यसको चर्को विरोध गरेको छ । कोशी प्रदेश खारेज गर भन्दै गाईघाटमा केहि समय अघी उभौली नाचेर ब्यापक प्रदेश नामाकरणको बिरोध गरेका थिए । शनिवार मात्रै जिल...
त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष रसाईली उधोग वाणिज्य परिषद्को सदस्यमा मनोनीत

त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष रसाईली उधोग वाणिज्य परिषद्को सदस्यमा मनोनीत

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ २८ । त्रियुगा उद्योग बाणिज्य माहासंघ गाईघाटका अध्यक्ष रमेश रसाईली उद्योग बाणिज्य माहासंघको उद्योग बाणिज्य परिषद्को सदस्यमा मनोनित भएका छन् । रसाईलीलाई माहासंघको विद्यानको दफा ३९.२.१ उद्योग बाणिज्य संघ समूहबाट सदस्यमा मनोनित गरिएको हो । यस परिषद्ले माहासंघलाई चलायमान बनाउन थप सहयोग पुग्ने र समूहलाई क्रियाशिल बनाउन सबै लागि पर्नु पर्ने माहासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले जनाए । ढकाल हस्ताक्षर पत्रमा रसाईलीलाई मनोनयन गरिएको जानकारी गराईएको छ ।...