आन्तरिक पर्यटकको गर्मी छल्ने गन्तव्य बन्दै रमिते डाँडा
पूर्णपुष्टि,जेष्ठ २७ । त्रियुगा नगरपालिका–१५, डहर रमिते डाँडा अहिले भरिभराउ छ । यो सँगै रौतामा पनि मानवीय चहलपहल ब्यापक बढेको छ । केहि दिन देखी देशभर अप्रत्यासित रुपमा बढेको गर्मिसँग उदयपुर पनि अछुतो छैन् । बिषेशगरी सदमुकाम गाईघाटमा तापक्रमले तिव्र गति लिएको छ ।
४१ डिग्री सम्म तापक्रम बढेपछि त्यहाँ मानव जनजिवन कष्ट बनेको छ । गर्मीका कारण मानिसहरु चिसोको खोजी गर्दै डाँडाकाँडा उक्लीने क्रम जारी छ । त्रियुगा नगरपालिका गाईघाटबाट चिसो ठाउँका लागि रौता पोखरी लगायतका ठाउँलाई हेरिन्छ । रौता पोखरी भन्दा नजिक रहेको डहर रमिते डाँडाँ पछिल्लो समय भरिभराउ छन् । युवा व्यवसायी तथा रमिते भ्यु रिसोर्टका संञ्चालक प्रयास बान्ताव राईका अनुसार हप्ताको शुक्रबार र शनिवार मानवीय चहलपहल ब्यापक रहेको जनाउँछन् । गर्मी छल्दै रौता सम्म पुग्ने पर्यटकहरु आफ्नो होटलमा बस्ने गरेको उनले जनाए । गर्मिको समयमा विशेष गरी शुक...









