Monday, August 17News That Matters

Breaking News 1

बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि २ दिने तालिम सम्पन्न

बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि २ दिने तालिम सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि,जेष्ठ २३ । उदयपुरको रौतामाई गाउँपालिाकामा–१ नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ । गाउँपालिका वडा न–१ को विभिन्न बिद्यालयहरुमा रहेका बालक्लबका सदस्यलाई बालक्लब सक्रिय रुपमा सन्चालन गर्नको लागि तालिम सोमबार देखि सञ्चालन गरिएको हो । दुई दिने तालिममा वडा नं. १ भित्र रहेका ६ वटा बालक्लबको प्रतिनिधिहरुको उपस्तिथिमा बाल अधिकारको अबधारणा, बालक्लबको महत्त्व, दर्ता प्रक्रिया, सुचक बालक्लबमा रहने संरचना, बाल संरक्षणको सबालहरु, बालमैत्री स्थानीय शासन र बालक्लब बैठक माईन्युट लेखन जस्ता बिषयबस्तुहरुमा सहजीकरण गरिएको सहजकर्ता केशव राना मगरले बताए । तालिम आब २०७९र८० मा रौतामाई गाउँपालिका वडा न-१ को बालबालिका लक्षित कार्यक्रम अन्तर्गत संचालन गरिएको र तालिम सगै ६० जना बिपन्न बालबालिकाहरुलाई विद्यालय पोसाक र कापी डटपेन बितरण गरिएको वडा अध...
कोशी प्रदेश सरकार अल्पमतमा, अध्यादेशबाट बजेट ल्याउने तयारी

कोशी प्रदेश सरकार अल्पमतमा, अध्यादेशबाट बजेट ल्याउने तयारी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, २३ जेष्ठ । नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिने बित्तिकै अल्पमतमा परेको कोशी प्रदेश सरकारले अध्यादेशमार्फत् बजेट ल्याउने तयारी थालेको छ। मंगलबार माओवादीले सरकार छाड्दै समर्थन पनि फिर्ता लिएपछि एमाले नेता हिक्मत कार्की नेतृत्वको सरकार अल्पमतमा परेको हो। बुधबार प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने र असार १ मा बजेट ल्याउने तयारीमा सरकार थियो। तर, नीति कार्यक्रम संसदमा पेश हुनुभन्दा अघिल्लो दिन माओवादीले साथ छाडेपछि सरकारले अध्यादेशबाट बजेट ल्याउने भएको हो। एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले नयाँ परिस्थितिमा नयाँ ढंगले बजेट ल्याउने तयारी भएको बताएका छन्। ‘संसदमा पेश गरेर फेल हुने कुनै पनि कुरा अब सरकारले संसदमा ल्याउँदैन’, भण्डारीले भने, ‘...
सर्वोच्चको आदेश बिरुद्ध बिरोध प्रदर्शन

सर्वोच्चको आदेश बिरुद्ध बिरोध प्रदर्शन

Breaking News 1, समाचार
पूर्णपुष्टि, २३ जेष्ठ । सर्वोच्चको आदेशको विरोधमा नागरिकता विहिन युवाहरुले दुहवीको सुनसरीमा प्रदर्शन गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश दिएपछि विराटनगरमा युवाहरुले प्रदर्शन गरेका हुन् । आइतबार न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले अल्पकालीन आदेश दिंदै अन्तरिम आदेशबारे छलफलका लागि २६ जेठ (आगामी शुक्रबार) दुवै पक्षलाई झिकाएको छ । सर्वोच्चको आदेशको विरोधमा युवाहरूले आइतबार साँझ पनि टायर बालेर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । उक्त आन्दोलनको नेतृत्व समाजबादी बिद्यार्थी युनियनको प्रदेश न १ को सदस्य युबा नेता चन्दनकुमार बैठाले गर्नुभएको थियो । बैठाले भन्नुभयो हाम्रो समस्या सर्बोच्चले बुझ्ने कि हैन ।...
लैङ्गगिक हिंसा विरुद्धको सचेतना कार्यक्रममा पुरुषको सहभागिता बढ्दो

लैङ्गगिक हिंसा विरुद्धको सचेतना कार्यक्रममा पुरुषको सहभागिता बढ्दो

Breaking News 1, समाचार
पूर्णपुष्टि,जेष्ठ २३ । उदयपुरमा लैङ्गगिक हिँसा विरुद्धको सचेतना मुलक कार्यक्रममा महिला किशोरी सँगसगै पुरुषको पनि सहभागित बढ्दै गएको छ । मुलधार महिला सेवा केन्द्र (मासवेस) उदयपुरद्धारा आयोजित त्रियुगा नगरपालिका वडा नं.६, स्थित लालपत्तामा वडा स्तरिय सचेतना कार्यक्रम अन्तरगत ४५ सहभागितहरु मध्य १३ जना पुरुषको सहभागिता रहेको थियो । यस अघि समुदाय स्तरमा गरिने विभिन्न सचेतना कार्यक्रममा पुरुषको सहभागिता न्युन रहेको थियो । सोहि अनुरुप लैङ्गगिक हिंसा भएका मुद्दाहरुमा अधिकांस महिला, किशोरिहरु पिडित हुने गरेकोले पुरुषको सहभागितालाई वास्ता गरिएको थिएन । तर सोमबारको कार्यक्रममा पुरुषहरूको उत्साह सहभागिता देखेर खुसी लागेको आयोजक सस्थाकी अध्यक्ष नजबुल खान (निलम) बताईन् । अध्यक्ष खानका अनुसार हिंसा के हो, कहाँ कहाँ हुन सक्छ, हिंसा भएमा पिडितलाई कसरी सहयोग गर्नेरु हिंसाको रिपोर्ट कहाँ गर्ने, हिंसामा ...
त्रिनपा १५ खाँवुमा बिरुवा रोपेर विश्व वातावरण दिवस मनाईयो

त्रिनपा १५ खाँवुमा बिरुवा रोपेर विश्व वातावरण दिवस मनाईयो

Breaking News 1, समाचार
पूर्णपुष्टि, २२ जेष्ठ । त्रियुगा नगरपालिका वडा नं १५ खाँवुमा विश्व बातावरण दिवस मे ५ को अवसरमा बृक्षारोपन कार्यक्रम गरिएको छ । सोमवार वडाकै महत्वपूर्ण विद्यालयको रुपमा परिचित पुरानो विद्यालय सिद्धवती उच्च मावि खाँवुको प्राङ्गनमा बृक्षा रोपन गरिएको हो । डिभिजन वन कार्यालय गाईघाट उदयपुरको आयोजना तथा सिद्धवती सामुदायीक वन उपभोक्त समूह र जनकल्याण सामुदायीक वन उपभोक्ता समूहको संयुक्त सहयोगमा बृक्षारोपन गरिएको हो । दिवसमा बृक्षा रोपन कार्यक्रम सहित प्रदुषण रहित वातावारमा जोड दिईएको छ । स्वच्छ र स्वास्थ्य वातावारण्को परिकल्पनाका लागि प्लाष्टिक जन्य पदार्थलाई निर्मुल पार्नु पर्ने जनाईएको हो । “प्लाष्टिक जन्य प्रदुषण निर्मुल पारौँ, प्राकृतिमैत्री बिकल्पको उपायोग गरौ”ँ भन्ने मुल नाराका साथ दिवस मनाईएको हो । पछिल्लो समय प्लाष्टिक प्रदुषण प्रमुख कारक बन्दै गएको भन्दै यसका निर्मुलतामा...
उदयपुरमा तीन दिनदेखि १३ बर्षीय बालक बेपत्ता

उदयपुरमा तीन दिनदेखि १३ बर्षीय बालक बेपत्ता

Breaking News 1, समाचार
पूर्णपुष्टि,जेष्ठ २२ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं.१३, अल्मीपुरका रोहित कटुवालका १३ वर्षीय छोरा रविन कटुवाल तीन दिन देखि बेपत्ता भएको छ । लक्ष्मीपुर माविमा कक्षा ८ मा अध्यायनरत कटुवाल स्कुलबाट घर फर्कना साथ स्कुलकै पोशाकमा आफ्ना कपडाहरु बोकेर घरबाट निस्किएको उनका दिदी उर्मिला कटुवाल(खड्का)ले बताईन् । उनले भाई घरबाट निस्किएपछि बेपत्ता भएको भन्दै जिल्ला प्रहरी कार्यालय उदयपुरमा जाहेरी दिएकी हुन् । स्थानीयको सहयोगमा रविनको खोजी भइरहेको भए पनि हालसम्म फेला पार्न नसकिएको बालकका बुवा रोहितले जानकारी दिए।...
बेरोजगारको मुख्य समस्या हामि राजनितिक कर्मीहरुनै हौ : मन्त्री सिटौला

बेरोजगारको मुख्य समस्या हामि राजनितिक कर्मीहरुनै हौ : मन्त्री सिटौला

Breaking News 1
पूर्णपुष्टि, २० जेष्ठ । कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री भक्ति प्रसाद सिटौलाले नेपालीहरु बिदेश जान बाध्य भएको कारण राजनितिक अस्थितरता मुख्य रहेको जनाए । उनले हिजो भएको गलत राजनितिक निर्णयका कारण बेरोजगारको स्थिति सिर्जना भएको जनाए । उनले जव सम्म नेपालमा राजनिति स्थिरता हुँदैन त्यो बेला सम्म नेपालमा समृद्धी नआउने जनाए । राजनितिक अस्थिरता भैरहे नेपालीहरु गुलामी गर्न अर्का देश गैराख्नु पर्ने उनले जनाए । आज शासनमा बस्ने मानिसहरुनै गलत भएका छन्” प्रशासनमा वस्ने मानिसहरु चुस्तदुरुस्त छैनन् काम ढिला सुस्ती छ उनले भने, । यीनै बिबिध कारणवस जनताहरुको काम सहज नभएको पनि उलने जनाए । उनले देश सुधार्न राजनितिक र शासक सुध्रिनु पर्ने जनाए । सिटौलाले प्रदेश सरकारले युवाहरुलाई रोजगार बनाउने १० बर्षे उद्योग निति समेत लिएर आएको जनाए ।...
ताप्लीमा आगालगी हुँदा एक घर जलेर नष्ट

ताप्लीमा आगालगी हुँदा एक घर जलेर नष्ट

Breaking News 1
पूर्णपुष्टि, २० जेष्ठ । ताप्ली गाउँपालिका ३ इनामेमा आग्लागी हुँदा एक घर जलेर नष्ट भएको छ । शनिवार करिब १२ बजेको समयमा सन्त बहादुर तामाङको घरमा सोलारको तार सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिनन्द चौधरीले जनाए । आगलागी हुँदा करिब ७ लाख बढीको क्षती भएको डिएसपी चौधरीले जनाए । घर सँगै लत्ताकपडा, भाँडा बर्तन र खाद्यन्न पूर्ण रुपमा क्षती भएको छ । पशुचौपाया र मानविय क्षती भने नभएको प्रहरीले जनाएको छ ।...
गाईघाट रोजगार मेला : रोजगारी र तालिमका लागि १२३ जनाले भरे फर्म

गाईघाट रोजगार मेला : रोजगारी र तालिमका लागि १२३ जनाले भरे फर्म

Breaking News 1, समाचार
पूर्णपुष्टि, २० जेष्ठ । गाईघाटमा भएको एक दिने रोजगार मेलामा १२३ जनाले रोजगार तथा सिप तालिमका लागि फर्म भरेको छ । त्रियुगा नगरपालिकाको आयोजना तथा त्रियुगा उद्योग बाणिज्य संघको सह–आयोजनामा शनिवार भएको रोजगार मेलामा दुई हजार बढी मानिसहरु सहभागी भएको आयोजकले जनाए । संघका अध्यक्ष रमेश रसाईलीले मेलामा तालिम प्रदायक, रोजगारदाता र साना लघुउद्यमीहरु सँग नजिक रहेर सहभागीहरुले मेलाको अनुगमन गरेको जनाए । जसमा रोजगारका लागि ६५ जना तालिमका लागि ३९ जना र कार्यरत अभ्यास सहित १० महिने तालिमका लागि १९ जनाले फर्म भरेको रसाईलीको भनाई छ । फर्म भर्ने सबैलाई आवश्यक अनुसार रोजगारदाताहरुले काम उपलब्ध गर्ने जनाईएको छ ।...
गाईघाटमा रोजगार मेला सम्पन्न : तस्विर सहित

गाईघाटमा रोजगार मेला सम्पन्न : तस्विर सहित

Breaking News 1
पूर्णपुष्टि, २० जेष्ठ । गाईघाटमा भएको एकदिने रोजगार मेला सफलता पूर्वक सम्पन्न भएको छ । बढ्दो बेरोजगारको अवस्थालाई रोजगारी तर्फ उन्मुख गर्ने भन्दै त्रियुगा नगरपालिकाको आयोजना तथा त्रियुगा उद्योग बाणिज्य संघको सह–आयोजनामा मेला संञ्चालन गरिएको हो । शनिवार त्रियुगा नमुना माविमा भएको एक दिने रोजगार मेलाले बेरोजगारी ब्यक्ती र रोजगारदाताहरुबीच सम्बन्ध गराउने पुलको काम गरेको आयोजकले जनाएको छ । सह–आयोजक बाणिज्य संघका अध्यक्ष रमेश रसाईलीले मेलामा तालिम प्रदायक, रोजगारदाता र साना लघुउद्यमीहरु सँग नजिक रहेर सहभागीहरुले मेलाको अनुगमन गरेको जनाए । जसमा रोजगारका लागि ६५ जना तालिमका लागि ३९ जना र कार्यरत अभ्यास सहित १० महिने तालिमका लागि १९ जनाले फर्म भरेको रसाईलीको भनाई छ । फर्म भर्ने सबैलाई आवश्यक अनुसार रोजगारदाताहरुले काम उपलब्ध गर्ने जनाईएको छ । रोजगारदाताहरुले आफुलाई आवश्यक भएको अनुसार...