Monday, August 17News That Matters

Breaking News 1

उदयपुरमा प्रदेश मन्त्री भक्तीप्रसाद सिटौलालाई कालो झण्डा, गाडीमाथी ढुंगामुडा

उदयपुरमा प्रदेश मन्त्री भक्तीप्रसाद सिटौलालाई कालो झण्डा, गाडीमाथी ढुंगामुडा

Breaking News 1
पूर्णपुष्टि, २० जेष्ठ । प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाई उदयपुरमा कालो झण्डा देखाउने काम भएको छ । कालो झण्डा सँगै मन्त्री सिटौलाको सवारीमाथी ढंगामुढा पनि भएको छ । उनलाई पहिचानपक्षधरले त्रियुगा नगरपालिका ६ जलजलेमा रोकेर कालो झण्डा देखाएको हो । कालो झण्डा देखाउनुका साथै मन्त्री सिटौलाको गाडी पनि तोडफोडका प्रयास भएको छ । पहिचान पक्षधर नेताहरुका अनुसार मन्त्री सिटौलाको गाडीको सिसा क्षती पुग्नुका साथै झण्डा पनि बाँचिएको जनाए । यता जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिनन्दन चौधरीका अनुसार मन्त्रीलाई स्कटिङ गरी पठाईएको जनाए । त्यस्तो कुनै घटनाहरु नभएको कालो झण्डा देखाउने प्रयास मात्रै भएको जनाए । गाईघाटमा हुने रोजगार मेलालाई सम्बोधन र उद्घाटन गर्न शनिवार मन्त्री सिटौला गाईघाट आएका थिए । मन्त्री आउने हल्लाले पहिचान पक्षधरहरु पहिल्यै चलाखी अवस्थामा रहेका थ...
त्रिनपा १६ द्धारा वडावासीलाई जस्तापाता वितरण

त्रिनपा १६ द्धारा वडावासीलाई जस्तापाता वितरण

Breaking News 1
पूर्णपुष्टि, २० जेष्ठ । त्रियुगा नगरपालिका वडा नं १६ ले वडावासीहरुलाई जस्तापाता वितरण गरेको छ । शनिवार एक कार्यक्रमको आयोजना गरी सुरक्षित नागरिक आवास तथा फुसको छाना विस्थापित कार्यक्रम अन्तर्गत जस्तापाता वितरण गरिएको वडाअध्यक्ष मान वहादुर राईले जनाए । अध्यक्ष राईका अनुसार सुरक्षित आवास अन्तर्गत ५ घर र विपद व्यवस्थापन अन्तर्गत २ सहित जम्मा ७ घरलाई जस्तापाता वितरण गरिएको हो । सुरक्षित नागरिक आवास तथा फुसको छाना विस्थापित कार्यक्रम अन्तर्गत त्रियुगा नगरपालिकाको आर्थिक बर्ष २०७९÷०८० को नगरसभाबाट स्वीकृत त्रिनपा १६ को वडागत बजेटबाट जस्तापाता वितरण गरिएको हो । राईका अनुसार जस्तापाता किन्ने १५ लाख बिनियोजित बजेटको टेन्डरबाट बचेको दुईलाख ४७ हजार बजेटको पनि जस्तापाता खरिद गरी फुसको छाना भएका घर परिवारलाई वडाले जस्तापात वितरण गरेको जनाए । वडा कार्यालयका सचिव महेश खनालका अनुसार सुरक्ष...
लैंगिक हिंसा विरुद्धको सचेतना कार्यक्रममा पुरुषको सहभागिता शून्य

लैंगिक हिंसा विरुद्धको सचेतना कार्यक्रममा पुरुषको सहभागिता शून्य

Breaking News 1, समाचार
पूर्णपुष्टि,जेष्ठ १९ । कार्यक्रमको शिर्षकले नै महिला पुरुष दुबै लाई लक्षित गरे पनि त्रियुगा नगरपालिका वडा नम्बर-४, मा आयोजित लैंगिक हिंसा विरुद्ध सचेतना कार्यक्रममा पुरुषको सहभागिता शून्य भएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र त्रीयुगा नगरपालिकाको समन्वयमा मुलधार महिला सेवा केन्द्र ९मासबेस० को आयोजनामा सन्चालन भएको कार्यक्रममा जम्म ४९ सहभागी मध्य पुरुषको सहभागिता शून्य रहेको हो । लैंगिक समानता कायम गर्न तथा लैंगिक हिंसा अन्त्य गर्न बनेको ऐन २०७२ अनुसार लैंगिक हिंसालाई सार्वजनिक वा निजि जिवनमा लिङ्गको आधारमा कसैप्रती शारीरिक यौन जन्य वा मानसिक क्षती वा पीडा पुर्याउने कार्य भनेर स्पस्ट परिभाषित गरेको छ । पुरुषको तुलनामा बढी महिला, किशोरी, बालबालिकाहरु बढी हिंसा पिडित हुने भएपनी पुरुष बिनाको लैंगिक हिंसा विरुद्धको अभियान अपुरो हुनुको साथै पुरुषपनी हिंसा पिडित हुन सक्छन भन्न...
अत्यादिक गर्मी बढेपछि चौदण्डी र बेलकाका विद्यालयहरुले दिए विदा

अत्यादिक गर्मी बढेपछि चौदण्डी र बेलकाका विद्यालयहरुले दिए विदा

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, १९ जेष्ठ । तिन दिन यता अत्यादिक गर्मी बढे सँगै चौदण्डीगढी र बेलका नगरमा दुई दिन विद्यालय बन्द गर्ने निर्ण भएको छ । ४१ डिग्री सम्म तापक्रम बढेपछि विद्यालयमा विद्यार्थीहरुलाई पठनपाठनमा असहज भएको भन्दै दुई दिन विदा दिईएको हो । बेलका नगर संस्थागत विद्यालय संघ अध्यक्ष रविन कार्की र निजि तथा आवासिय विद्यालय अर्गनाईजेशन नेपाल चौदण्डीको सुनिल प्रधानले हस्ताक्षर गरेको पत्र सार्वजानिक गर्दै विदा भएको जनाईएको छ । चौदण्डीगढीमा २१ र २२ गते बेलकामा १९ र २१ गते गरी दुई दिनको विदा दिईएको हो । यता त्रियुगाले पनि विदाको निर्णय गरेको छ । शुक्रबारको निर्णय अनुसार २३ गते सम्म विद्यादा दिने पत्रमा उल्लेख गरेको छ ।...
बगाहमा लैंगिक हिंसा विरुद्ध सचेतना अभियान

बगाहमा लैंगिक हिंसा विरुद्ध सचेतना अभियान

Breaking News 1, समाचार
पूर्णपुष्टि,जेष्ठ १९ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं.४, बगाहा स्थित लैंगिक हिंसा विरुद्ध वडा स्तरिय सचेता अभियान भएको छ। शुक्रवार मुलधार महिला सेवा केन्द्र (मासवेस) उदयपुरको आयोजनामा गरिएको सचेतना अभियानमा स्थानीय विद्यार्थी तथा महिलाहरु गरी ४९ जनाको सहभागितामा कार्यक्रम सम्प्न्न भएको हो । कार्यक्रमलाई महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालय र त्रियुगा नगरपालिले सहयोग तथा सहकार्य गरेको छ । “लैङ्गिक,समानता, समावेसी र मानव अधिकारका लागि हुनै पर्छ” भन्ने मुल नाराका साथ हिंसालाई न्युनिकरण गर्ने उद्देश्यका साथ अभियान सञ्चालन गरीएको आभास राष्ट्रिय अभियानको केन्द्रिय संयोजक नजवुल खान ९निलम०ले बताईन् । खानका अनुसार एकल महिला, निम्न स्तरका महिला र किशोर कीशोरीहरुलाई राज्यको मुलधारमा ल्याउन र राज्यको सेवा सुविधा स्वस्थ्य शिक्षा, रोजगारीको क्षेत्रमा लैंगिक समान्ता के हो भन्ने विषयमा सचेत...
दुइतल्ला बार्दलीबाट बालिकाको मृत्यु

दुइतल्ला बार्दलीबाट बालिकाको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ १९ । खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्कस्थित सीताराम खत्रीको घरमा बार्दलीबाट लडेर एक बालिकाको ज्यान गएको छ । खेल्ने क्रममा बार्दलीबाट खसेर साकेला गाउँपालिका–१ बाँझेच्यानडाडाँका रविन गुरुङकी ५ वर्षीया छोरी रोशनी गुरुङको ज्यान गएको हो । गुरुङ परिवार सो घरमा डेरागरी बसेका थिए । बिहीबार साँझ घटना भएको हो । बेलुकी करिब ५ बजेतिर दुई तालामाथिको बार्दलीबाट खसेकी थिइन् । उनको स्थानीय फेमिली अस्पतालमा उपचारको क्रममा करिब साढे ६ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।...
ताप्ली गाउँपालिका नयाँ प्रशासकीय भवनमा

ताप्ली गाउँपालिका नयाँ प्रशासकीय भवनमा

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १९ । उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका नयाँ प्रशासकीय भवनमा सरेको छ । आधुनिक एवम् आकर्षक स्वरुपमा नवनिर्मित प्रशासकीय भवनमा सरेको हो । जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर नयाँ भवनमा सरको गाउँपालिकाले सोही ठाउँबाट सम्पूर्ण पालिकाको कामकाज गर्दै आएको छ । प्रमुख प्रशासकीय अधिकृत भक्त राइका अनुसार गणतन्त्रिक जनताको दरबारको रुपमा निर्माण भएको भवन सेवाग्राहीका लागि सहज र सुविधायुक्त रहेको छ । नेपाल सरकारको लागतमा भवन निर्माण भएको हो । पाँच वडा रहेको सो पालिका जिल्लाको आठ पालिका मध्ये दोस्रो सानो गाउँपालिका हो । तत्कालिन ओख्ले, लेखगाउँ, इनामे, ठानागाउँ र रुपाटार गाउँ विकास समिति गाभेर राज्य पुनसंरचनाको ताप्ली गाउँपालिका बनेको हो । ११९ दशमलब ११ बर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको पालिकामा १३ हजार ३४४ जनसंख्या रहेको छ ।...
गुणस्तरीय शिक्षामा प्रश्नै प्रश्न, निशुल्क की बढी शुल्क

गुणस्तरीय शिक्षामा प्रश्नै प्रश्न, निशुल्क की बढी शुल्क

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, १९ जेष्ठ । शिक्षा प्रदान गर्ने राज्यको दायित्व अन्तर्गत प्रत्येक नागरिकलाई आधारभूत तथा माध्यमिक तहसम्म निशुल्क शिक्षा प्रदान गर्ने जिम्मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको हुनेछ भनि नेपालको संविद्यानमा उल्लेख गरिएको छ । त्यो सँगै सरकारले गुणस्तरीय र प्रभावकारी शिक्षामा पनि समान अधिकारको पहुँच हुने उल्लेख गरेको छ । गुणस्तरीय शिक्षाका लागि विद्यालय, अविभावक, विद्यार्थी र सरकारको आ–आफ्नै जिम्मेवारी पनि होला तर पनि नेपालमा गुणस्तरीय शिक्षामा भने अझै पनि पश्नै प्रश्नहरु उब्जीरहेको अवस्था छ । तर फेरी यसबीचमा पनि प्रश्नै खडा हुन्छ । सबैभन्दा बढी महत्वको क्षेत्रसमेत रहेको शिक्षालाई प्रभावकारी र गुणस्तर बनाउने कुरापनि बाराम्वार भैरहेपनि कुरामा मात्रै सिमित व्यवाहरमा खासै प्रगति नभएको एक कार्यक्रमले देखाएको छ । शुक्रबार गाईघाटमा शिक्षाको लागि राष्ट्रिय अभियान नेपालले आयोजन...
उदयपुरको जल्जलेमा एक महिला मृत्त फेला

उदयपुरको जल्जलेमा एक महिला मृत्त फेला

Breaking News 1, समाचार
पूर्णपुष्टि,जेष्ठ १८ । जिल्लाको त्रियुगा नगरपालिका वडा नं। ६ जलजले स्थित तित्रीगाछीमा एक महिला मृत्त अवस्थामा फेला परेको छ । बिहिवार घरबाट सुङगुरलाई चारो लाउँन भनि हिडेकी अन्दाजी ४० वर्षकी तँकी माया मगरको मृत्यु अवस्थामा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख ज्ञानेन्द्र प्रसाद फुयालका अनुसार घर देखि करिव १ सय मिटर पर रहेको माछा पोखरीमा डुवीरहेको अवस्थामा उनका श्रीमान लक्ष्मन मगरले देखि तत्कार उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याएको जनाएको छ । उपचार पछि डाक्टरले मगरको मृत्यु भएको घोषणा गरे । यस विषयमा थम अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिए ।...
वडा नं.१५मा अति विपन्न बर्गको समुदायहरुलाई जस्तापाता वितरण

वडा नं.१५मा अति विपन्न बर्गको समुदायहरुलाई जस्तापाता वितरण

Breaking News 1, समाचार
पूर्णपुष्टि,जेष्ठ १८ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं.१५मा अवस्थित रानीवासका अति विपन्न वर्गका समुदायहरुलाई जस्तापाता वितरण गरेको छ । विहिवार वडाले आर्थिक अवस्था कमजोर भएका नागरिकलाई लक्षित गरेर ८ घरलाई जस्तापाता वितरण गरेको हो । वडा कार्यालयद्धारा सञ्चलित कार्यक्रम अन्तरगत वर्षौँदेखि फुसको चुहिने छानोमा बस्दै आएका परिवारलाई लक्षित गरेर जस्तापाता छानो वितरण अभियान सुरु गरेको वडा अध्यक्ष गणेश तिमिल्सीनाले जनाए । उनका अनुसार समृद्ध वडा निर्माण गर्ने लक्ष्यका साथ जस्तापाता वितरण गरिएको जनाए । वडाले थोरै बजेटमा भए पनि स्थानीयवासीको औचित्य र आवश्यकताको आधारमा योजना तथा कार्यक्रम सञ्चालन गरेको वडा सदस्य डम्बर राईले बताए । उनका अनुसार आर्थिक अवस्था कमजोर भएका कारण वर्षौँदेखि चुहिने फुसको छानोमा बस्दै आएका घरपरिवारका लागि अभियान सञ्चालनमा ल्याइएको बताए । वडाले स्थानीय स्तर मै यस्तो अभ...