Monday, August 17News That Matters

Breaking News 1

गाईघाटमा रोजगार मेला आयोजना गरिने

गाईघाटमा रोजगार मेला आयोजना गरिने

Breaking News 1, समाचार
पूर्णपुष्टि, १८ जेष्ठ । गाईघाटमा शनिवार भव्य रोजगार मेलाको आयोजना गरिने भएको छ । त्रियुगा नगरपालिकाको आयोजना र त्रियुगा उद्योग बाणिज्य संघको सह आयोजनामा मेला आयोजना गरिने भएको हो । त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष रमेश रसाईलीले उक्त मेलाले बेरोजगारी र रोजगारी दिने निकायलाई जोडाउने काम गर्ने जनाए । यी दुवै क्षेत्रलाई जोडाउने गरी पुलको रुपमा भुमिका खेल्ने र एक अर्काको आवश्यकता पुरा गर्ने मेलाको मुख्य उदेश्य रहेको जनाए । रसाईलीका अनुसार मेलामा बढिभन्दा बढी मानिसहरुलाई रोजगारी सँग जोडाउने जनाए । त्यसका निम्ती बेरोजगारहरुको संख्याको तथ्याङक संकलन गर्ने, अनुगमनमा आउने सहभागीहरुको तथ्याङक र रोजगार दिने निकायको पनि तथ्याँङक संकलन गर्ने जनाए । मेलामा बृत्ति मार्गनिर्देशन तथा सम्बन्धी परामर्श सेवा बारे जानकारी, सीपमूलक तालिम दिने संस्थााहरुको प्रदर्शनी र तालिमबारे जानकारी, रोजगार सम्बन्ध...
उदयपुरलाई ३ अर्ब ९० करोड ७३ लाख बजेट

उदयपुरलाई ३ अर्ब ९० करोड ७३ लाख बजेट

Breaking News 1, समाचार
पूर्णपुष्टि, १६ जेष्ठ । सरकारले आगामी आर्थिक बर्षको लागि उदयपुरलाई ३ अर्ब ९० करोड ७३ लाख बजेट बिनियोजन गरेको छ । जिल्लाको ४ गाउँपालिका र ४ नगरपालिका गरी झण्डै ४ अर्वको हाराहारीमा बजेट पठाएको हो । सबैभन्दा बढी त्रियुगा नगरपालिकामा १ अर्व २ करोड ५ लाख बजेट विनियोजन भएको छ भने लिम्चुङबुङमा सबैभन्दा कम २२ करोड ५४ लाख बजेट बिनियोजन भएको छ । यता नगरपालिका मध्य सभै भन्दा कम बेलका नगरपालिकामा ४८ करोड २९ लाख बजेट विनियोजन भएको छ । त्रियुगामा बजेट बढेर आएको छ भने बेलकामा बजेट घटेर आएको छ । जिल्लामा उक्त बजेट चालु तर्फ ३ अर्व २८ करोड १९ लाख र पुँजीगत प्रकृति तर्फ ६२ करोड ५४ लाख गरी ३ अर्व ९० करोड ७३ लाख बजेट विनियोजन भएको हो । नगरपालिका तर्फ २ अर्ब ५७ करोड ७३ लाख र गाउँपालिका तर्फ १ अर्ब ३३ करोड विनियोजन भएको छ । चालु आर्थिक वर्षको तुलनामा आगामी आवमा गाउँपालिका तर्फको बजेट घटेर आएको छ । गाउँप...
त्रियुगा नगरपालिका १५ नं वडामा निशुल्क स्वास्थ्य सिविर संञ्चालन हुने

त्रियुगा नगरपालिका १५ नं वडामा निशुल्क स्वास्थ्य सिविर संञ्चालन हुने

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, १६ जेष्ठ । त्रियुगा नगरपालिका वडा नं १५ रानिवासमा एक दिने निशुल्क स्वास्थ्य सिविर आयोजना गरिने जनाईएको छ । यहि शनिवारका दिन त्रियुगा नगर स्वास्थ्य शाखाको आयोजना तथा वडा नं १५ स्वास्थ्य चौकीको प्राविधिक सहयोगमा शिविर संञ्चालन हुने जनाईएको छ । सिविरमा भिडियो एक्सरे ,ईको, ईसिजि, सुगर ,प्रेसर र महिला हरुमा देखापर्ने सबै प्रकार रोगहरुको निशुल्क चेकजाँच गरिने वडाअध्यक्ष गणेश तिमिल्सीनाले जनाए । अध्यक्ष तिमिल्सीनाका अनुसार वडावासीहरुलाई स्वास्थ्यमा पहुँच पुराउने भन्दै त्रियुगा नगरशाखाले उक्त सिविर १५ नं वडामा गर्न लागेको जनाए । उनले यस सिविरमा सम्पूर्ण वडावासीहरुले उपस्थिति जनाई आफ्नो रोगबारे सचेत हुन सबैमा अनुरोध गरे । उनले यस सिविरलाई स्वास्थ्य क्षेत्रको पहुँचमा महत्वपूर्ण अवसरको रुपमा लिन वडावासीहरुलाई आग्रह समेत गरेका छन् ।...
१५ नं वडाका १० घर दलित परिवारलाई बाख्रा वितरण

१५ नं वडाका १० घर दलित परिवारलाई बाख्रा वितरण

Breaking News 1, समाचार
पूर्णपुष्टि, १६ जेष्ठ । त्रियुगा नगरपालिका वडा नं १५ ले १० घर दलित परिवारलाई बाख्रा वितरण गरेको छ । आर्थिक बर्ष २०७९÷०८० को वडागत बजेट बाट वडामा रहेको दलित घर परिवारलाई बाख्रा वितरण गरिएको वडा अध्यक्ष गणेश तिमिल्सीनाले बताए । अध्यक्षका अनुसार त्रियुगा नगरपालिका १५ दलित नेटवर्कको समन्वयमा वडाले बाख्रा वितरण गरेको हो । नेटवर्कले नै छनोट गरी ल्याएका दलित परिवारलाई बाख्रा वितरण गरिएका अध्यक्ष तिमिल्सीनाले जनाए । वडामा दलित परिवारलाई आर्थिक स्तरउन्नती र आत्मानिर्भर उन्मुख गर्ने भन्दै बाख्रा वितरणको कार्यक्रम वडाले राखेका थिए । माओबच्चा गरी १५ ओटा बाख्रा वितरण गरिएको छ ।...
गाईघाटमा बजाज मोटरसाइकल खरिद गर्दा गिरीलाई १ किलो चाँदी

गाईघाटमा बजाज मोटरसाइकल खरिद गर्दा गिरीलाई १ किलो चाँदी

Breaking News 1, समाचार
पूर्णपुष्टि,जेष्ठ १७ । उदयपुरका संजीव गिरीले बजाज मोटरसाईकल खरिद गर्दा १ किलो चाँदी उपहार प्राप्त गरेका छन् । गिरीले बजाज कम्पनीको १५० सिसिको पल्सर मोटरसाईकल खरिद गरेका थिए । नयाँ वर्षको अफर अन्तर्गत गिरीले १ किलो चाँदी हात पारे । उनले लक्की ड्रमार्फत चाँदी जितेका हुन्। गाईघाट स्थित बजाज कम्पनीको विक्रेता कालिका अटो लिंकबाट गत बैशाखमा गिरीले मोटरसाईकल खरिद गरेका थिए । भाग्यशाली गरीलाई बुधबार कालिका अटो लिंक प्रा.लि.का सञ्चालक सुनिल ठाकुरले उपहार स्वरुप १ किलो चाँदी हस्तान्तरण गरेका हुन् । गिरी आफुलाई उपहार परेको खबर सुन्दा सुरुमा पत्यार नलागेको तर पछि शो रुपममै आए पछि भने सुनेको खबर बास्तविकता हुदाँ खुसी भएको बताए ।...
कोशी प्रदेशबाट बाहिरियो जसपा

कोशी प्रदेशबाट बाहिरियो जसपा

Breaking News 1, समाचार
पूर्णपुष्टि, १७ जेष्ठ । जनता समाजवादी पार्टी (जसपा) ले कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बुलाई फिर्ता बोलाएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिंदै मन्त्रीलाई फिर्ता बोलाइएको जसपा नेता रकम चेमजोङले जानकारी दिए । ‘यो सरकारले निकास दिएन, समस्यामात्र बल्झाउने काम गर्यो । नामकरणमा पनि समस्या ल्यायो,’ उनले भने, ‘त्यसैले यो सरकारमा बसिरहन आवश्यक छैन भन्ने निष्कर्ष निकालिएको हो ।’  ...
पहिचान पक्षधरलाई वार्तामा आउन कोशी प्रदेश सरकारको आह्वन

पहिचान पक्षधरलाई वार्तामा आउन कोशी प्रदेश सरकारको आह्वन

Breaking News 1, समाचार
पूर्णपुष्टि, १६ जेष्ठ । कोशी प्रदेश नामाकरण पश्चात असनतुष्ट रहेका पहिचान पक्षको आन्दोलनले कोशी प्रदेश तनावमै छ । यसको विरोध गर्दै पहिचान सहितको नामाकरण माग्ने क्रममा पहिचान पक्षका एकजनाले ज्यान पनि गुमाईसकेको अवस्था छ । बिराटनगरमा भएको प्रदेश पून ः नामाकंन संघर्ष समितिको आन्दोलनमा प्रहरी सँगको झडपमा परी लाजेहाङ लिम्वुको ज्यान गैसकेको अवस्था छ । आन्दोलनकै क्रममा कायौँ घाईते छन भने केही हिरासत र केहीलाई मुद्धा चलाएर अनुसन्धान भैरहेको छ । यता पहिचान पक्षधरले ठाउँठाउँमा कोशी प्रदेश नाम गरेको लेटरप्याड, बोर्ड र छापहरु समेत तोडफोड गरिरहेको छ । बिराटनगरलाई केन्द्र बनाएर धर्ना र आन्दोलन थप चर्काईरहेको अवस्था छ भने सांसदहरुलाई गाउँ छिर्न रोक लगाउने अभियान चलिरहेको छ । यस्तो समस्या र जनताहरुको अधिकारमा आधारित मागलाई वार्ता मार्फत टुंगो लगाउनु पर्ने माग सहित सांसदहरुले संसंद बैठकमै कुरा उठाएको छ ...
सप्तकोशीमा बिपद् उद्धारको अभ्यास

सप्तकोशीमा बिपद् उद्धारको अभ्यास

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ १६ । सप्तकोशीमा बिपद् उद्धारको संयुक्त अभ्यास गरिएको छ । कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रस सोसाईटीको सहकार्यमा प्रदेश स्तरिय बिपद् प्रतिकार्य संयुक्त उद्धारको अभ्यास सम्पन्न गरिएको हो । मंगलबार बिहान सप्तकोशीमा भएको संयुक्त अभ्यासमा बाढीको समयमा हुन सक्ने मानविय जोखिम न्युनिकरण तथा उद्धार सम्बन्धी अभ्यासहरु गरिएको थियो । उक्त प्रदेश स्तरिय बिपद् प्रतिकार्य संयुक्त अभ्यास मनसुन ३ को प्रमुख अतिथिमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की रहेका थिए । मुख्यमन्त्री कार्की सहित अभ्यास कार्यक्रममा मोरङ, सुनसरी र उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले विपद् अभ्यासको अवलोकन गरेका थिए ।...
कार्यकर्ता नछाडे हडतालमा उत्रने संयुक्त संघर्ष समितिको चेतावनी

कार्यकर्ता नछाडे हडतालमा उत्रने संयुक्त संघर्ष समितिको चेतावनी

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ १६ । प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले आन्दोलनको क्रममा पक्राउ परेका कार्यकर्ता नछाडे अनिश्चित कालिन प्रदेश व्यापी हडतालमा उत्रने चेतावनी दिएको छ । विराटनगरमा आईतबार आन्दोलनको क्रममा पहिचान पक्षधरका ८६ जना नेता तथा कार्यकर्ता पक्राउ परेका थिए । पक्राउ परेका मध्येबाट ६० जनालाई सोही दिन छाडेका थिए भने २७ जना प्रहरी हिरासतमा रहेका छन् । प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले विज्ञप्ती निकाल्दै पक्राउ परेका २७ जनालाई रिहाई नगरेकोले मंगलबार कार्यालय समय भित्र विना सर्त तत्काल रिहाई गर्न माग गरेको छ । यदी रिहाई नगरेमा जेष्ठ १७ गते बिहानदेखी अनिश्चित कालिन प्रदेश व्यापी आमहडतालमा उत्रिन बाध्य हुने विज्ञप्तीमा उल्लख गरिएको छ । प्रहरी नियन्त्रणमा रहेको २६ जनालाई मुद्दा चलाउने वा नचलाउने भन्ने निर्णय भईनसकेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक ...
त्रियुगा नगरपालिकाद्धारा अपाङ्गता भएका व्यक्तीहरुलाई ह्वीलचियर वितरण

त्रियुगा नगरपालिकाद्धारा अपाङ्गता भएका व्यक्तीहरुलाई ह्वीलचियर वितरण

Breaking News 1, समाचार
पूर्णपुष्टि,जेष्ठ १५ । त्रियुगा नगरपालिकाले गणतन्त्र दिवसको अवसर पारी शारिरीक रुपमा अपाङ्गता भएका व्यक्तीहरुलाई ह्वीलचियर वितरण गरेको छ । मंगलवार नगरले एक कार्यक्रमको आयोजना गरी नगर क्षेत्र भित्र रहेका २० जनााई ह्वीलचिय वितरण कार्यक्रम राखीएको थियो । जस मध्य कार्यक्रमको दिन ८ जनालाई मात्र नगर प्रमुख बशन्त कुमार बस्नेत साथै नगर उप–प्रमुख महेश्वरी राईले संयुक्त हस्तान्तरण गरिएको हो । अन्य उपस्थित हुन सकेकाहरुलाई घरमै लगेर वितरण गर्ने जनाएको छ । नगरले गत ०७९ असोजको २९ गते नगर भरी रहेका ६६ जनाको शारिरीक परिक्षण गरी २० जनामा अपाङ्गता भएको पाएपछि उनीहरुलाई नगरले बिभिन्न चरण गरी ह्वीलचियर वितरण गरिरहेको जनाएको छ । कार्यक्रममा नगर प्रमुख बसन्त बस्नेतले शारिरीक रुपमा अशक्तहरुलाई ह्वीलचियर लिन आउँन नसक्नेहरुलाई घरमै लगेर हस्तान्तरण गर्ने बताए । गणतन्त्र दिवसको अवसरमा सबैले आत्मा बोध गर्ने हिसा...