Monday, August 17News That Matters

Breaking News 1

३ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

३ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि, १५ जेष्ठ । गाईघाटमा भैरहेको ३ दिने आधारभुत पत्रकारिता तालिम सोमवार सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय गाईघाटको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग माहासंघ उदयपुरको समन्वयमा संञ्चालन भएका थिए । उद्योग क्षेत्रलाई पनि लेख्ने र देख्ने संञ्चारको आवश्यक रहेको भन्दै पत्रकारिता तालिम आयोजना गरिएको माहासंघले जनाएको । घरेलु उद्योगले यस कार्यक्रम पहिलो चोटी परिक्षणको रुपमा गरिएको जनाए । यसले सफलता पाए अर्को पटक थप बजेटका साथ कार्यक्रम संञ्चालन गर्ने प्रयास रहेको जनाए । तालिम समापनको प्रमुख अतिथि घरेलु तथा साना उद्योग माहासंघ कोशी प्रदेशको बरिष्ठ उपाध्यक्ष प्रदिप गिरीले स्थानीय उद्योगलाई प्रचार गर्नु पर्ने जनाए । स्थानीय उद्योगलाई संञ्चार माध्यमले नलेख्ने हो भने धरासाय बन्दै जाने जनाए । उनले तालिममा सहभागीहरुलाई अब उद्योग क्षेत्रमा कलम चलाउन सुरु गर्न समेत आह्वान गर...
चौदण्डीगढीको १० ओटै वडामा सकियो हेफर आधारशिल तालिम

चौदण्डीगढीको १० ओटै वडामा सकियो हेफर आधारशिल तालिम

Breaking News 1, समाचार
पूर्णपुष्टि, १५ जेष्ठ । चौदण्डीगढी नगरपालिकामा ४ दिने हेफर आधारशिल तालिम १० ओटै वडामा सम्पन्न भएको छ । करिब ३५ ओटा समुह रहेको चौदण्डीगढीमा ८७५ जना महिलाहरुलाई तालिम प्रदान गरिएको हो । चौदण्डीगढी नगरपालिका र हेफर नेपालको आर्थिक तथा प्राविधिक सहयोग र विकास सहजीकरण संञ्जाल उदयपुरको आयोजनामा केहि समय अघि देखी चौदण्डीको बिभिन्न वडामा तालिम संञ्चालन गरिएका थिए । अन्तिम तालिमको समापन चौदण्डी ६ बेल्टारमा गरिएको संञ्जालका अध्यक्ष चन्द्रमणी गुराईले बताए । गुरागाईका अनुसार बृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता विकास साझेदारी परियोजना सदस्यहरुलाई उक्त तालिम उपलब्ध गराईएको जनाए । उनले यस कार्यक्रमबाट मुख्य तिन ओटा माछामासु, तरकारी र दुग्ध उत्पादनलाई जोड गर्दै नगरको स्वास्थ्य, शिक्षा र रोजगार जस्ता कुराहरुलाई उकास्ने जनाए । उत्पादनले समुदायमा आर्थिक भित्राउने र सोही आर्थिकले नगर...
स्थानीय उत्पादनलाई बजारीकरणमा मद्दत पुराउन सहजकर्ता र कर्मचारीलाई ४ दिने तालिम

स्थानीय उत्पादनलाई बजारीकरणमा मद्दत पुराउन सहजकर्ता र कर्मचारीलाई ४ दिने तालिम

Breaking News 1, समाचार
पूर्णपुष्टि, १५ जेष्ठ । स्थानीय उत्पादनलाई टाढाको बजार सम्म पुराई बिक्रि वितरणमा सहयोग पुराउने भन्दै हुरेण्डेक उदयपुरका कर्मचारी र त्यस माताहतका बिभिन्न समुहका अगुवाहरुलाई ४ दिने तालिम प्रदान गरेकोे छ । आईतबार बाट गाईघाटमा सुरु भएको उक्त तालिमको एकमात्रै उदेश्य भनेको स्थानीय बजार सहजकर्ता तथा कर्मचारीहरुलाई स्थानीय उत्पादनलाई कसरी बजारीकरण गर्ने भन्ने बिषयमा क्षमता अभिबृद्धि तथा पुनर्ताजगि गर्ने रहेको छ । हुरेण्डेक उदयपुरका जिविको पार्जन परियोजना अधिकृत नरेन्द्र महर्जनले २० जना स्थानीय बजार सहजकर्ता र ४ जर्ना कार्यालयको कर्मचारी गरी २४ जनालाई उक्त तालिम प्रदान गरिएको जनाए । तालिममा सहजकर्ता तथा कर्मचारीहरुलाई क्षमताको बिकास बृद्धि गर्दै स्थानीय उत्पादनलाई बजार सम्म पुराउनका लागि भरपुर सहजीकरण गर्ने महर्जनले जनाए । महर्जनका अनुसार उदयपुरको ६ पालिकाका १७ ओटा वडाहरुमा १८० ओटा सम...
उदयपुरका अग्रज पत्रकार श्याम राई एक लाख नगद राशि सहित सम्मानित

उदयपुरका अग्रज पत्रकार श्याम राई एक लाख नगद राशि सहित सम्मानित

Breaking News 1, समाचार
पूर्णपुष्टि, १५ जेष्ठ । उदयपुरका अग्रज पत्रकार श्याम राई सम्मानित भएको छ । सोमबार गणतन्त्र दिवसको अवसरमा राईलाई कोशी प्रदेश सरकारले एक लाख नगद राशि र सम्मान पत्रले सम्मान गरेको हो । राई लामो समयदेखी उदयपुरमा रहेर पत्रकारीता गर्दै आएका थिए । राई सहित सुनसरीका प्रदीप मियाङ्गो र मोहन भण्डारी पनि सम्मानित भएका छन् । राई द हिमालय टाईम्समा कार्यरत थिए भने मियाङ्गो कान्तिपुरमा कार्यरत पत्रकार हुन् यता भण्डारी उद्घोष दैनिकको सम्पादक हुन् । उनिहरु तिनै जनालाई कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले सम्मान गरेको हो ।...
अशिक्षाका कारण हिंसा : ओरेक उदयपुर

अशिक्षाका कारण हिंसा : ओरेक उदयपुर

Breaking News 1, समाचार
पूर्णपुष्टि, १४ जेष्ठ । अन्तराष्ट्रिय महिला स्वास्थ्य अधिकार दिवसको अवसरमा ओरक उदयपुर र पत्रकारहरुबीच छलफल भएको छ । नेपाल पत्रकार माहासंघ उदयपुरको आयोजना तथा ओरेक नेपालको समन्वयमा लैंगिक हिंसाको अवस्था चुनौती र हिंसाले महिलाको स्वास्थ्यमा पारेको असर, स्वास्थ्य अधिकार सम्बोधनमा पत्रकारहरुको भूमिका भन्ने बिषयमा छलफल भएको हो । ओरेक उदयपुरकी संयोजक बाला कार्कीका अनुसार हिंसाले महिलाहरुको स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउने जनाईन् । हिंसामा परेको महिलाहरुको जिवन शैली, वास स्थान, रहनसहन सबै कुरा बिग्रिन जाँदा उनिहरुलाई स्वास्थ्य असर हुने कार्कीले जनाईन् । कार्कीले ओरेक उदयपुरका सुरक्षा बासमा आएकी महिलाहरुमा स्वास्थ्य समस्याहरु प्रसस्तै रहेको बिषयमा चर्चा गरिन् । सुरक्षावासमा घरेलु, यौन, सामाजिक लगायतका हिंसा पिडितहरु रहेको उनले बताईन । कार्कीले लैंगिक हिसाको मुख्य जड अशिक्षाका कारण रहेको ...
साकेला नाच सहित गाईघाटमा उभौली भव्य सम्पन्न

साकेला नाच सहित गाईघाटमा उभौली भव्य सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि, १३ जेष्ठ । गाईघाटका किरात राईहरुले उभौली पर्व साकेला धुमधामका साथ सम्पन्न गरेको छ । बैशाख पूर्णिमा देखी सुरु भएको उक्त चाँड शनिवार गाईघाट स्थित साकेला थानमा सम्पन्न भएको हो । १६ ओटै वडावाट उपस्थित रहेको प्राकाशहरुले धुमधाम साकेला नाचेर यस वर्षको उभौलीको बिट मारेहको हो । राईहरुको संस्कार संस्कृतिमा आधरित यो चाँडको निकै महत्व रहेको समुदायको अगुवाहरु बताउँछन । उभौँली र उधौली गरी बर्षमा दुई पटक पुजा आजा सहित मनाईने यो चाँड उभौली भने अझै बिषेश रुपमा मनाईने गरेको पाईन्छ । यस चाँडमा राई समुदायका नलनाता, परिवार र बिच एक आपसमा आवत जावत गरी मछामा पुजा गर्ने चलन छ । गाईघाटको १६ ओटै प्रारम्भीक समितिले छुट्टा छुट्टै समयमा साकेला नाचगान सहित गाईघाटमा अन्तिम नाचेर सम्पन्न गरेको हो । त्यस बाहेकका अन्य स्थानबाट समेत सहभागी राई समुदायहरु भव्य रुपमा यस बर्षको साकेला उभौली सम्पन्न गरेको हो...
गाईघाटमा ३ दिने आधारभुत पत्रकारिता तालिम सुरु

गाईघाटमा ३ दिने आधारभुत पत्रकारिता तालिम सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, १३ जेष्ठ । गाईघाटमा ३ दिने आधारमुत पत्रकारिता तालिम शनिवार बाट सुरु भएको छ । उपभोक्ता हित संरक्षण सम्बन्धि सचेतना कार्यक्रम अन्तर्गत तीन दिने आधारभुत पत्रकारिता तथा सिप लेखन तालिम संञ्चालन गरिएको आयोजकले जनाएको छ । नेपाल घरेलु तथा साना उद्योग माहासंघको समन्वयमा घरेलु तथा साना उद्योग गाईघाटले तालिमको आयोजना आयोजना गरेको हो । तालिममा १२ देखी १५ जना सम्म सहभागी रहने जनाईएको छ । घरेलु तथा साना उद्योग माहासंघ उदयपुरका अध्यक्ष मधुकर थापाले संञ्चार उद्योगलाई बढाउँदै जाने उदेश्यले तालिमको आयोजना गरेको जनाए । आज हरेक क्षेत्र संञ्चार सँग जोडिँदै गर्दा उद्योगलाई पनि संञ्चार सँग जोड्ने र संञ्चार उद्योगलाई पनि विस्तार गर्दै जाने थापाले जनाए । उनले सानो बजेटका कारण बृहत तालिम गर्न नसके पनि आउँदो दिनमा एडभान्स तालिम समेतको व्यवस्थापन हुने गरी घरेलु उद्योगलाई बजेट व्यवस्थापनका लागि अ...
उदयपुरगढीको तावाश्रीमा बालमैत्री वडा घोषणाका लागि जाल्पाको अनुगमन

उदयपुरगढीको तावाश्रीमा बालमैत्री वडा घोषणाका लागि जाल्पाको अनुगमन

Breaking News 1, समाचार
पूर्णपुष्टि,जेठ १३ । उदयपुरगढी गाउँपालिका १ तावाश्रीमा बालमैत्री वडा घोषणाको लागि अन्तिम तयारी भैरहेको छ । वडा नं १ तावाश्री तथा वडा वाल अधिकार समितिले बालमैत्री वडाका लागि ५१ सूचकको निर्माण र त्यसको कार्यन्वयन पक्षमा लागि परिरेहको अवस्था थियो । ५१ ओटा सूचकहरु पुरा गर्दै बालमैत्री वडाको लागि वडा नं १ तावाश्रीले पुर्ण रुपमा घोषणा गर्न अन्तिम तयारीमा जुटी रहेको छ । बालमैत्री वडाका लागि वालवालिकाहरु सँग सम्बन्धीत आवश्यक ५१ ओटा सूचकहरुको निर्माण र कार्यन्वयन गर्नु पर्ने हुन्छ । जाल्पा एकिकृत विकास समाज उदयपुरका अध्यक्ष पुष्प पोखरेलले उदयपुरगढीको १ नं वडा तवाश्री बालमैत्री वडा उन्मुख पाईएको जनाए । उक्त वडामा वल्र्ड भिजन नेपालको सहयोगमा जाल्पाले पनि बिभिन्न काम गरेको भन्दै शुक्रबार अनुगमन गरेका थिए । अध्यक्ष पोखरेलले अनुगमनका क्रममा वडाले आवश्यक काम कार्वाहीहरु पुरा गरेको हुनाले वडालाई बालमैत...
कर सहयोगी श्रमिक सङ्गठन उदयपुरको प्रथम साधारणसभा तथा अधिवेशन सम्पन्न

कर सहयोगी श्रमिक सङ्गठन उदयपुरको प्रथम साधारणसभा तथा अधिवेशन सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि,जेष्ठ १२ । गाईघाटमा कर सहयोगी श्रमिक संगठन नेपाल जिल्ला कार्य समिति उदयपुरको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । शुक्रबार त्रियुगा नगरपालिका–३, मा अवस्थित जे एण्ड एल फुटल्याण्ड एण्ड पार्टी भेन्युको सभाहलमा साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले नारायण थापाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति समेत गठन गरेको छ । संगठनको वरिष्ठ उपाध्यक्षमा बासु थापा, उपाध्यक्ष गोमा श्रेष्ठ, उपाध्यक्ष टेकराज निरौला, सचिब बादल खतिवडा, सहसचिब दिनेश अधिकारी र कोषाध्यक्षमा युबराज लयालु रहेको छ । यस्तै सदस्यहरुमा अपिल राउत, कमल कार्की, गोबिन्द भट्टराई र स्मृति मगर रहेकी छिन् । कर सहयोगी श्रमिक संगठन नेपालका केन्द्रिय अध्यक्ष तारानाथ दाहालले कर सहयोगीहरुको क्षमता अविवृद्धि गर्नु पर्ने र कर सम्बन्धी उच्चीत तालिमको व्यवस्तापन प्रत्येक जिल्ला–जिल्लाहरुमा गराउँनु पर्नेमा जोड दिए । दा...
समुदायिक मनोसामाजिक कार्यकर्ताहरुको लागि गाईघाटमा १० दिने आधारभुत तालिम सुरु

समुदायिक मनोसामाजिक कार्यकर्ताहरुको लागि गाईघाटमा १० दिने आधारभुत तालिम सुरु

Breaking News 1
पूर्णपुष्टि, १२ जेष्ठ । गाईघाटमा मनोसामाजिक सहयोग तथा लैंगिक रुपान्तरण सम्बन्धी १० दिने आधारभुत तालिम शुक्रबारबाट सुरु भएको छ । उक्त तालिम समुदायिक मनोसामाजिक कार्यकर्ताहरुको लागि संञ्चालन भएको हो । लैंगिकतामा आधारीत हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाको दोस्रो चरण अन्तर्गत तालिम आयोजना गरिएको आयोजक ओसीएमसी नेपालकी सिनियर काउन्सिलर रन्जना ताजपुरियाले बताईन् । ताजपुरियाका अनुसार तालिममा उदयपुर र ओखलढुङ्गा गरी १३ जना सहभागी रहेको छ । समुदायमा रहेको हिंसा पिडित, दवाव परेहको व्यक्ति तथा मानिस, मानसिक चिन्ता जस्ता समस्याहरुको पहिचान गर्ने र आवश्यक सहयोग गर्न मनोसामाजिक कार्यकर्ताहरुलाई यस तालिम प्रदान गरिएको ताजपुरियाले बताईन् । मनोसामाजिक कार्यकर्ताहरुले समुदायमा बिभेद भोगिरहेको मानिस र मानसिक सन्तुलनमा समसया भएको व्यक्तिहरुका लागि तत्काल आवश्यक सहयोग, उद्धार, उपचार, रेफर छलफल, मेलमिला...