वीर सहिद लाजेहाङ र पहिचानको आन्दोलन ।
ललित राई
गत चैत्र ५ गते प्रदेश नं। १ को राजधानी बिराटनगरमा लाजेहाङ लाई प्रहरीले यसरी पिट्यो कि लाजेहाङको शरीरबाट रगत नै ननिकाली ज्यान गुमाउनु पर्यो । प्रहरीको त्यो घाउ चोट नदेखिने कलात्मक कुटाई । फागुन १७ गते प्रदेश नं । १ को नामॉकन यसरी प्रस्तावितसंगै पारीत गराईयो कि कतिपय सॉसदहरुले यस्को भेउ समेत पाएनन् । दुबै घट्नामा खतबात नदेखिने ।
दलका मुख्य नेता तथा केही माननीयहरुले छर्लंग बुझेपनि केही माननीयहरुले धमिलोसंग मात्रै बुझेका थिए, भने कसैले त मतदान गर्ने केही समय अघिमात्र चाल पाए । यस्सै होला भन्ने हेक्का नै थिएनछ ।
आकस्मिक रुपमा २ अप्सन सहित कोशी रोज्ने वा घर जाने पक्कै भनिएको हुनुपर्छले चट्याङ परेका माननियहरु छदाखादाको जागिर गुमाउनु चाहेनन् र दुई तिहाई बहुमत सहित कोशीमा पौडिन बाध्य भए । भौतिक रुपमा पनि कोशीमा पानी यो मौसममा अहिले अलि घटेको छ ,सजिलै पौडिन सकिहालिन्छ कि भन्ने मनो...









