Thursday, August 20News That Matters

Breaking News 1

उदयपुरमा गुडिरहेको म्याजिकमा आग्लागी

उदयपुरमा गुडिरहेको म्याजिकमा आग्लागी

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ९ गते । उदयपुरको चौदण्डीगढीमा आज ११ः४५ को समयमा गुडिरहेको म्याजिक भ्यानमा अचानक आग्लागी भएको छ । जिल्लाको सदुमुकाम गाईघाटदेखि इटहरी हिँहेको म्याजिक भ्यानमा अचानक आगलागी हुँदा भ्यान पूर्णरुपमा जलेर नष्ट भएको हो । आग्लागी हुँदा अन्दाजी १३ लाख ५० हजार बराबरको ५० कार्टुन थुप्पा जलेर नष्ट भएको छ जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरिक्षक तथा डिएसपी मोहन थापाले बताए । भ्यान धनी तथा चालक समेत आफै रहेका मोतिराम खड्का सानो ब्यापार गँर्दै सुनसरीबाट उदयपुर आएका थिए । म्याजिक भ्यानमा चालक खडकासंगै एकजना प्यासिन्जर समेत रहेको प्रहरी जनाएको छ । चौदण्डीगढी नगरपालिका–६ को अधिकारी होटल संगैको उकालोमा अचानक आगो उठ्दा ५ मिनेटमै भ्यान जलेर नष्ट भएको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी निरिक्षकको टोली खटी गई दमकल, नेपाल प्र...
दिलकुमारीको मृत्यु कुटपिटबाट भएको छोराछोरी र आफन्तको आरोप

दिलकुमारीको मृत्यु कुटपिटबाट भएको छोराछोरी र आफन्तको आरोप

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ९ गते । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ नागवेलीकी ३७ वर्षीया दिलकुमारी राईको मृत्यु श्रीमानको कुटाईबाटै भएको आफन्तले आरोप लगाएको छ । असार ४ गते आफ्नै घरमा दिलकुमारीको शव फेला परेको थियो । दिलकुमारीको हत्या उनकै श्रीमान खड्ग बहादुर राईलेनै गरेको आफन्त र छोरोछोरीले आरोप लगएको छ । उनीहरुका अनुसार लाशको विभिन्न ठाउँमा निलडाम रहेको थियो । अहिले उनको श्रीमानलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ । श्रीमान् राई स्थानीय एक विद्यालयका शिक्षक समेत हुन् ।...
ताप्लीमा सडक मर्मत संम्भारको काम तिव्र

ताप्लीमा सडक मर्मत संम्भारको काम तिव्र

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ९ ताप्ली गाउँपालिकामा बर्षातले बिगारेको सडकहरुको मर्मत संम्भार काम तिव्र भैरहेको छ । पालिकाको ४ र ५ नं वडा रुपाटार – ठानागाउँ सडकहरु अहिले धमाधम मर्मत भैरहेको अवस्था छ । उक्त सडकहरु पालिकाको ५ नं वडाले जेसिवी र ट्याक्टर लगाएर बाटो मर्मत भैरहेको हो । बर्षातमा सडकहरु हिलाम्मे र पानीले खोलीएको सडकहरुलाई मिलाउने र सम्याउने काम पछि अहिले बाटो हिड्न सहज भएको स्थानीयहरुले जनाएको छ । यस अघि पनि पालिकाले बिग्रेको सडकहरुको मर्मत गरेका थिए ।...
दिक्तेल – गाईघाट सडकखण्डको महुरे–फोक्सिङटार सडक कालोपत्रको काम अन्यौलमा

दिक्तेल – गाईघाट सडकखण्डको महुरे–फोक्सिङटार सडक कालोपत्रको काम अन्यौलमा

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ९ सगरमाथा राष्ट्रिय राजमार्गमा पर्ने दिक्तेल–गाईघाट सडकखण्डको महुरे–फोक्सिङटार ९४९ किलोमिटर० सडक कालोपत्रको काम अलपत्र परेको छ । दिक्तेलबाट तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने उक्त सडक कालोपत्र ठेकेदार कम्पनीको लापर्बाहीले अलपत्र परेको हो । मध्यपाडी लोकमार्गबाट छुट्टिने महुरेदेखि राजापानीको सिम्पानी ९२२ किलोमिटर० सडक कालोपत्रको काम भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभी तथा सिम्पानी भञ्ज्याङदेखि फोक्सिङटार ९२७ किलोमिटर० सडकखण्डको काम देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीले जिम्मा लिएको थियो । कालोपत्रको काम सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरिसक्नुपर्ने उक्त सडक अहिले हिलो र खाल्डाखुल्डीका कारण अवरुद्ध छ । भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभीले विसं २०७७ असार २९ गते सम्पन्न गर्ने शर्तमा विसं २०७३ असार–३० गते उक्त सडक कालोपत्र गर्न सडक विभागसँग योजनाको सम्झौ...
उदयपुरमा जिप दुर्घटना : गाउँपालिका अध्यक्षसहित दुईजना घाईते

उदयपुरमा जिप दुर्घटना : गाउँपालिका अध्यक्षसहित दुईजना घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ८ गते । उदयपुरमा आज जिप दुर्घटना हुँदा दुईजना घाईते भएका छन् । सोलुखुम्बु नेचासल्यान गाउँपालिका–१ का ३२ वर्षीय झमक विक र ५४ वर्षीय धनजन राई घाईते भएका हुन् । घाईते राई सोही गाउँपालिकाका अध्यक्ष हुन्, भने विक जिपचालक हुन् । मदन भण्डारी लोकमार्गको त्रियुगा नगरपालिका–७ चिसापानी खण्डमा बोलेरो जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत इन्सपेक्टर मोहन थापाले बताए । थापाका अनुसार झापाबाट सोलुखुम्बुतर्फ जाँदै गरेको प्रदेश ३–०१–०१०२३ च ५८ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको हो । घाईते दुवैको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।...
प्रदेश नं १ सभाको बैठक बस्दै

प्रदेश नं १ सभाको बैठक बस्दै

Breaking News 1, समाचार
काठमाण्डौँ, असार ८ प्रदेश नं १ प्रदेशसभाको बैठक आज दिनको १ बजे बस्ने भएको छ । प्रदेशसभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेशसभाको बजेट अधिवेशन जारी छ । (रासस)
एक हप्तादेखि त्रियुगा नगरपालिकाको कामकाज ठप्प

एक हप्तादेखि त्रियुगा नगरपालिकाको कामकाज ठप्प

Breaking News 1, समाचार
काठमाण्डौँ, असार ७ उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा रहेको त्रियुगा नगरपालिकामा करार तथा अस्थायी कर्मचारीहरुको म्याद थप नगरी एक हप्ता अगाडि मात्र निष्कासन गरिएकामा आन्दोलनरत कर्मचारीहरुले आफूहरु पुनः बहाली हुनुपर्ने माग गर्दै पाँच दिनदेखि नगरपालिकाको मूलगेटमा ताला लगाई धर्ना बसेर कामकाज ठप्प पारेका छन् । बिहीबार र शुक्रबार आन्दोलनकारी कर्मचारीहरुले नगरपालिकाको मूलगेटमै ताला लगाएपछि नगरपालिकाका कुनै जनप्रतिनिधिहरु पनि नगपालिकाभित्र प्रवेश गर्न सकेनन्, केही सेवा लिन आएका सेवाग्राही पनि रित्तै घर फर्कनु परेको थियो। एक हप्तादेखि आफूहरुले नगर प्रमुख वसन्तकुमार बस्नेतको ध्यानाकर्षण गराएको र आफूहरु विनाकारण निष्कासन हुन परेकाले पुनः बहाली नभएसम्म आन्दोलन नरोकिने आन्दोलनकारी कर्मचारीका तर्फबाट संयोजक कृपाराम चौधरीले बताउनुभयो । यसै आर्थिक वर्षको साउन १ गतेदेखि नगरपालिकाका ६० अस्थायी, ज्या...
उदयपुरमा चौथो लहरको कोरोना सुरु, स्वास्थ्यकर्मी सहित २ जनामा पुष्टी

उदयपुरमा चौथो लहरको कोरोना सुरु, स्वास्थ्यकर्मी सहित २ जनामा पुष्टी

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन ६ उदयपुरमा पनि चौथो लहरको कोरोना सुरु भएको छ । जिल्ला हस्पिटल उदपुरका अनुसार आज दुईजनामा कोरोना पुष्टि भएको जनाएको छ । त्रियुगा नगरपालिका १० बोक्सेकी २० बर्षिया महिला र जिल्ला हस्पिटल उदयपुरमै कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हस्पिटलले जनाए । उनिहरुलाइ ज्वरो आएपछि कोरोना चेक गरिएको थियो । हस्पिटलका अनुसार  एन्टीजेन्ट टेष्ट गर्दा कोरोना फेला परहेको जनाईएको छ । केहि समय शान्त रहेको कोरोना नेपालमा फेरी सुरु भएको छ । भर्खरै नेपाललमा कोरोना संक्रमण बाट लामो समय पश्चात एक व्यक्तिले ज्यान समेत गुमाएको छ । पहिलो पटक चौथो लहरको कोरोना पुष्टि भएको छ । पहिलो चोटी यसरी अचानक  चौथो लहरको कोरोना फेला परे सँगै सम्पूर्ण जिल्लावासीहरुमा सचेत रहन हस्पिटलले आग्रह समेत गरेको छ । स्वास्थ्यका मापदण्ड अनुसार हिड्डुल गर्न र अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गरेको छ ।...
चट्याङले ५० ओटा बाख्रा सखाप

चट्याङले ५० ओटा बाख्रा सखाप

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ६ हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको रिपगाउँमा चट्याङ लागेर ठूलो सङ्ख्यामा बाख्रा मरेका छन् । चट्याङले सर्केगाडको वडा नं २ का ५० भन्दा बढी बाख्रा मरेका छन् भने एक जना घाइते भएका छन् । रिपको खानी भन्ने स्थानको खर्कमा बाख्रा लगेका बेला परेको चट्याङमा परेर दुई जनाका ५० बढी बाख्रा मरेको सर्केगाड वडा नं २ का वडाध्यक्ष सिद्ध कार्कीले जानकारी दिनुभयो । वडाध्यक्ष कार्कीका अनुसार चट्याङले घाइते भएका छक्का कार्कीको अवस्था अहिले सामान्य हँुदै गएको छ । चट्याङ लागेर घाइते हुनेबित्तिकै पिठ्युँमा बोकर रिपस्थित मूलघरमा ल्याइएका कार्कीको अवस्था अहिले सामान्य हुँदै गएको हो । खर्कमा अचानक परेको चट्याङमा परी स्थानीय कार्की र लुड्प्या महताराका ५० बढी बाख्रा तथा दुई गाईगोरु मरेका छन् । चट्याङ परेको स्थान गाउँबाट टाढा भएकाले क्षतिको विस्तृत विवरण नआएको वडाध्यक्ष कार्कीले बताउ...
मेयरले आलटाल गरेको भन्दै कर्मचारीले त्रियुगामा फेरी चर्कायो अन्दोलन, सेवा ठप्प

मेयरले आलटाल गरेको भन्दै कर्मचारीले त्रियुगामा फेरी चर्कायो अन्दोलन, सेवा ठप्प

Breaking News 1, समाचार
पूर्णपुष्टि साउन ५ त्रियुगा नगरपालिकामा करारका कर्मचारीहरुले फेरी गेटमा ताला लगाएको छ । विना कारण आफुहरुलाई मेयरले सेवा वाट हटाएको भन्दै आन्दोलनमा उत्रिएका करारका कर्मचारीहरुले बुधबार थप आन्दोलन चर्काउँदै सेवा नै ठप्प बनाएका हुन् । उनिहरुले आज बाट नगरपालिकाको मेन गेटमा तालानै लगाएर धर्ना बसिरहेको छ । आफुहरुले वाराम्वार ध्यानाकर्षण र ज्ञापन पत्र बुझाउँदै आईरहेको अवस्थामा यसवारे निर्णय गर्ने र कार्यपालिकाको बैठक बाट सामाधान निकाल्ने भन्दै मेयरले आश्वासन मात्रै दिएको तर कार्यपालिकाको बैठक नै नवसी अहिले सम्म झुलाएको उनिहरुले आरोप लगाएको छ । १ बजे वस्ने भनिएको कार्यापालिका बैठक बारे कुनै पनि कार्यापालिका सदस्यहरुलाई हाल सम्म थाहा नदिएको कुरा जानकारी आएको भन्दै थप आन्दोलनमा होमिएको संघर्ष समितिका अध्यक्ष मिन वहादुर थापाले जनाउनुभयो । थापाका अनुसार आफुहरुलाई मेयर वसन्त वस्नेतले आश्वासन मात...