Thursday, August 20News That Matters

Breaking News 1

उदयपुरमा सम्बन्धविच्छेद बढ्दै

उदयपुरमा सम्बन्धविच्छेद बढ्दै

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन १४ उदयपुरमा सम्बन्ध बिच्छेदका घटना बढ्न थालेको छ । आर्थिक बर्ष ०७८÷०७९ मा मात्र ४१४ वटा सम्बन्धविच्छेदका घटना अदालतमा दर्ता भएका छन् । सो मध्ये अधिकाशं फैसला भैसकेका छन् ।पछिल्लो समय स्वच्छन्दता बढ्नु, बैदेशिक रोजगारी लगायतका कारणले सम्बन्धविच्छेदका घटना बढ्न थालेका छन् । सम्बन्धविच्छेदका घटना बढ्दै जादा नाबालक छोराछोरीको भबिष्यमाथी नकारात्मक असर पर्दै गएको छ ।...
मन्त्री रामकुमार राईले गरे उदयपुरका दुई ठुला सिँचाई योजनाको उद्घाटन

मन्त्री रामकुमार राईले गरे उदयपुरका दुई ठुला सिँचाई योजनाको उद्घाटन

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन १३ उदयपुरमा कार्य सम्पन्न दुई ठुलो सिँचाई योजनाको शुक्रबार उदुघाटन भएको छ । उक्त योजनाको उद्घाटन प्रदेश नं १ का खानेपानी सिँचाई तथा उर्जा मन्त्री राम कुमार राई (पासाङ) ले गर्नुभयो । मन्त्री राईले जिल्लाका बेलका नगरपालिका र कटारी नगरपालिकामा रहेको दुई योजनालाई एकै दिन उद्घाटन गर्नुभएको हो । राईले कटारी ५ का उत्राई तावा सिँचाई योजना र बेलकाका मुर्तिखोला सिँचाई उपयोजनाको उद्घाटन गर्नुभएको हो । बेलकामा रहेको मुर्तिखोला सिंचाई उपयोजनाले ३,६ र ९ नं वडाका किसानहरुलाई सुविधा दिएको छ । उत्राई तावा सिँचाई योजनाले भने ५ नं वडाका किसानहरुलाई सुविधा दिएको छ । बेलका मुर्तिखोलाको ठेक्का रौता कन्ट्रक्सनले २०७६ सालमै लिएका थिए । संघिय सरकार र जनश्रमदान गरी ४ करोड बढीमा योजना तयार भएको यस सिँचाई योजना अन्तरर्गत २ वटा मुख्य कुलो र ८ वटा शाखा कुलोहरु निर्माण भएको जलस्रोत तथा सिँचाई डिभिज...
मेजर राईद्धारा नगर विकास कोष खारेज गर्न माग

मेजर राईद्धारा नगर विकास कोष खारेज गर्न माग

Breaking News 1, राजनीति, रोचक, समाचार
पूर्णपुष्टि, साउन १३ गते । उदयपुर जिल्लाको बिकट पालिकाको रुपमा चिनिएको लिम्च्ुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राईले नगर विकास कोष खारेजीको माग गरेको छ । अध्यक्ष राइले नगरपालिकालाई मात्र समेट्ने नगर विकास कोष खारेजी गर्न माग गरेको हो । गाउँपालिकालाई पनि समेटिनु पर्ने छ , होइन भने नगरहरुलाई मात्र संबोधन हुने, कथित विभेदकारी कोष, नगर विकास कोष खारेज गर्नु पर्छ भन्ने राईको भनाई रहेको छ । राईले भने “मेरो विचारमा अहिलेको परिवर्तित समयमा नगर विकास कोषलाई “स्थानीय तह विकास कोष”को नाम दिएर उक्त कार्यक्रमलाई कार्यान्वयन गर्दा सबैलाई न्यायोचित र व्यवहारिक हुने तर्फ नेपाल सरकार र शहरि विकास मन्त्रालयको गम्भिर ध्यानाकर्षण गराउन चाहान्छौ” भन्दै नगर विकास कोषको खारेजीको माग गरेका हुन् । नगर विकास कोष नेपालमा नगरहरुको निर्माण, विकास र विस्तार एवं नगरहरुमा आधारभूत सामाजिक सेवा र आयमूलक आयोजना सञ्चालन गर...
उदयपुरमा लागुऔषध सहित एक युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित एक युवक पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन १३ उदयपुरको बेलका नगरपालिका १ आम्बासि स्थितबाट लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी नगरपालिका ७ मदन चौक बेल्टार बस्ने ३४ बर्षीय निर्मल घिसिङ रहेका छन् । हिजो अपरान्ह साढे ४ बजे अस्थाई प्रहरी बिट आम्बासीबाट खटिएको प्रहरी टोलीले पैदल आउदै गरेका घिसिङको साथबाट प्रतिबन्धित लागुऔषध फेनारगन २८ एम्पुल, डाईजोपाम २८ एम्पुल, लुपिजेसिक २८ एम्पुल बरामद गरेको हो । पक्राउ परेका घिसिङको ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट थप अनुसन्धान भईरहेको छ ।...
दुर्घटनामा मृत्यु चौधरीलाई एसियन लाईफ गाईघाटले दियो बिमा भुक्तानी

दुर्घटनामा मृत्यु चौधरीलाई एसियन लाईफ गाईघाटले दियो बिमा भुक्तानी

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, साउन १२ गते । मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएका मृतक परिवारलाई एसियान लाईफ कम्पनी गाईघाट शाखाले बिमा वापतको भुक्तानी प्रदान गरेको छ । बुधवार एक कार्यक्रम गरी लाहान नगरपालिका–१५ घर भएका भोजनी थरुनीकी २५ बर्षिय मृतक छोरा सजन कुमार चौधरीको परिवारलाई शाखाले बीमा भुक्तानी गरको हो । कम्पनीले मृतकको आमा भोजनी थरुनीलाई घरमै गएर रकम प्रदान गरेको शाखा प्रबन्धन बालकुमार राईले बताउनुभयो । चौधरीले २०७७ साउन ३२ गते सुखि जीवन सावधिक र आजिवन बिमाको योजना अन्तर्गत जीवन बिमा गरेको थियो । बिमा वापत इन्स्योरेन्स कम्पनीले पाँच लाख २५ हजार १ सय ६४ रुपैयाँ प्रादान गरेको प्रबन्धक राईले बताउनुभयो । १५ वर्षे अवधिको जीवन बिमा गरिएकोमा चौधरीले पहिलो किस्ता मात्र बुझाएको थियो । उनले पहिलो एक किस्तामा ३१ हजार ५ सय ६ रुपैयाँ मात्रै बुझाएको थियो । बाँकी किस्ता बुझाउन नपाई चौधरीको दुर्घटनामा ज्यान गएको...
उदयपुरमा नावालिका विद्यार्थि बलत्कृत : आरोपी शिक्षक फरार

उदयपुरमा नावालिका विद्यार्थि बलत्कृत : आरोपी शिक्षक फरार

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार १२ उदयपुरको लिम्चुङ्गबुङ्ग गाउँपालिका स्थीत महेन्द्र मा.वि. मा अध्यन्नरत नावालिकलाई शिक्षकले बलत्कार गरेका छन् । सोहि विद्यालयका शिक्षक अमित यादवले नावालिक विद्यार्थिलाई बलत्कार गरेका हुन् । नावालिककी दिदिले बहिनी माथि जबरजस्ती करणी भएको भनी उजुरी दिएपनी आरोपित शिक्षक पक्राउ परेका छैन । आरोपित शिक्षक फरार रहेका छन ।...
द्धन्द्ध पीडितलाई सामाजिकरुपमा स्थापित गर्न कार्यक्रमनै संञ्चालन गरिने

द्धन्द्ध पीडितलाई सामाजिकरुपमा स्थापित गर्न कार्यक्रमनै संञ्चालन गरिने

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ११ द्धन्द्ध पीडित परिवारलाई सामाजिकरुपमा स्थापित गर्न उदयपुरमा एक कार्यक्रम सञ्चालन गरिने भएको छ । दश बर्षे सशस्त्र जनयुद्धकाक्रममा परिवार गुमाएका, अङ्गभङ्ग, विस्थापित र वेपत्ता भएकाहरुलाई सामाजिकरुपमा स्थापित गर्दै न्यायमा पहुँच पुर्याउन द्धन्द्ध पीडित महिला राष्ट्रिय संजालले कार्यक्रमको तय गरेको हो । गत पुस महिनादेखि सदरमुकाम गाईघाटमा कार्यलय सञ्चालन गरी न्यायमा पहुँच सवलीकरण परियोजना सञ्चालन गर्दै आएको संजालले मंगलबार जिल्लाका सरोकारवाला निकायलाई परियोजना बारे जानकारी दिएको हो । कार्यक्रममा द्धन्द्धपीडितका समस्यामा केन्द्रित रही परियोजना जिल्लाभरी संचालन गरिने कार्यक्रम संयोजक दुर्गा कार्कीले बताईन् । द्धन्द्ध पीडितलाई मनोपरामर्श सेवासमेत सञ्चालन गर्दै आएको संजालले द्धन्द्धपीडितको तथ्यांक संकलन, समाजमा स्थापित गर्ने गरी मेलमिलाप कार्यक्रम, वहस, पैरवी, कानुनी सहायता ...
उदयपुरको सुनिल भारतको टेङ्गा युनाईटेडमा अनुवन्धित

उदयपुरको सुनिल भारतको टेङ्गा युनाईटेडमा अनुवन्धित

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, साउन ११ उदयपुरका सुनिल खड्का भारतको एक क्लवमा अनुवन्धित भएको छ । उनलाई भारतको अरुन्चल स्टेटडको टेङ्गा युनाईटेड नामक क्लवले १ महिनाको लागि अनुवन्धित गरेको हो । नेपालको बिभिन्न क्लवहरुमा ए डिभिजन बाट खेलीरहेको सुनिललाई भारतले १ महिनाको लागि खेल्ने अवसर दिलाएको छ । उनले गत सिजनको (ए) डिभिजन लिग जाउलाखेल युथ क्लबबाट खेलि सक्नुका साथै विराटनगर फुटवल क्लव बाट नेपाल सुपर लिग समेत खेलिसकेका छन् । गाईघाटका सुनिलले लामो समय देखि विभिन्न क्लवहरुमा आफ्नो राम्रो प्रदर्शन देखाईरहेको छ ।...
स्टार बढी फिटनेश क्लवकाे दशाै‌‌ वर्ष, स्वास्थ्य समाजका लागि याेगदान

स्टार बढी फिटनेश क्लवकाे दशाै‌‌ वर्ष, स्वास्थ्य समाजका लागि याेगदान

Breaking News 1, समाचार, स्वास्थ्य
विक्रम राई/गाईघाट पूर्णपुष्टि, साउन ८ । १० वर्षअघि गाईघाटमा स्थापना भएको स्टार बढी फिटनेश क्लव (जिमहल) युवाहरुको आकर्षणको केन्द्र बन्न सफल भएको छ । असार ३ गते १० औं बार्षिकोत्सव मनाउदासम्ममा क्लवले हजारौं युवालाई बढि फिटनेशको अवसर दिएको छ । क्लवमा शारीरिक अभ्यासका अत्याधुनिक मेशिन तथा सामग्री छन् । सञ्चालक हरि राई आफै पनि बडिबिल्टर हुन् । लामो अध्ययन, तालिम र अनुभवका साथ यस क्षेत्रमा पाइला टेकेका राईले अहिले आप्mनो जीवनको खास लगानी र समय यसैमा लगाएका छन् । “यसले स्वास्थ्य समाज निर्माणमा टेवा पुर्याउदछ ।” राईले भने “यसैबाट देशमा केही गर्न चाहन्छु ।” काठमाठौंमा तालिम लिई राईले आप्mनै ठाउँमा सुरुवात गरेका हुन् । गाईघाटमा  २०६९ सालमा पहिलो पटक स्टार वडी फिटनेस क्लव स्थापना भएको थियो । जिल्लाकै पुरानो र पहिलो फिटनेस क्लवको इतिहास बनाएको छ । यस अवधीमा क्लवले दुई पटक शारीरिक सुगठन प्रतिय...
बुढ्यौलीलाई जितेका १०५ वर्षीय पुर्जा

बुढ्यौलीलाई जितेका १०५ वर्षीय पुर्जा

Breaking News 1, समाचार
गलेश्वर साउन १० दार्शनिक रुसोले ‘प्रकृतिमा आश्रित मानिस कहिल्यै बुढो हुँदैन, प्रकृतिले मानिसलाई सधैँ जवान बनाइरहन्छ’ भनेका थिए । नभन्दै उनको यो उक्तिलाई म्याग्दीको धवलागिरि गाउँपालिका–४ को दुर्गम गाउँ बगरा गाउँका १०५ वर्षीय पनाजु पुर्जाको दैनिकीले पनि सत्य साबित गरिदिनुभएको छ । मानिसले भौतिक क्षेत्रमा जति नै ठूलो उन्नति गरेको भए पनि मानसिक शान्ति र शारीरिक स्फुर्तिलाई भने गुमाउँदै गएको वर्तमान समयमा कुनै रोग नलागी ६० वर्ष पार गर्न सक्यो भने ‘धन्य’ मान्नुपर्ने अवस्था छ । तर बगरा गाउँमा धवलागिरि हिमालको जस्तै आभा लिएर बिहान ५ बजे नै घरको आँगनमा निस्केर हिमाल हेर्दै मुसुक्क मुस्कुराउनुहुन्छ पनाजु । शौचादी नित्यकर्मपछि घर नजिकै छङ्छङ् गर्दै बगेको अर्जे खोलामा गएर चिसो पानीले मुख धोई घरमा आएर बुहारीले दिएको तातोपानी र चिया पिएपछि एउटा हँसिया खुर्पेटोमा भिरेर जङ्गलतर्फ लाग्नुहुन्छ उहाँ । ...