Thursday, August 20News That Matters

Breaking News 1

देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ५ देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही पहाडी भू–भागका धेरै स्थानमा र अन्य भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम र प्रदेश नं १ का केही स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले आगामी २४ घण्टा देशको पहाडी भू–भागका धेरै स्थानमा र अन्य भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा सुदूरपश्चिम र प्रदेश नं १ का केही स्थानमा भारी वर्षाको सम्भावना छ । पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन÷यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ । हाल देशभर सामान्यदेखि पूर...
उदयपुर र सुनसरी सिमानाको शप्तकोशी नदीमा चादनी मोडेलको झोलुङगे पुल बन्ने

उदयपुर र सुनसरी सिमानाको शप्तकोशी नदीमा चादनी मोडेलको झोलुङगे पुल बन्ने

Breaking News 1, समाचार
पूर्णपुटि, साउन ४ गते । प्रदेश नं १ , सरकारको समन्वय र स्विस सरकारको आर्थिक सहयोगमा उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिका जोड्ने रणनैतिक साझेदारी अन्तर्गत झोलुङगे पुल निर्माण हुने भएको छ । सुनसरी जÞिल्लाको बराहक्षेत्र नगरपालिका र उदयपुरको बेलका नगरपालिकाको लागत साझेदारीमा सो पुल निर्माण हुने भएको हो । साउन ३ गते बराहक्षेत्र नगरको कार्यलयमा १ नं. प्रदेस योजना आयोगका सदस्य नारायण कोईराला ,प्रदेस १,मन्त्रिपरिषद सचिव कृष्ण प्रसाद सापकोटा , स्विस सरकार प्रतिनिधी बिनोद उपाध्याय लगायत प्राविधीकहरु सहितको छलफलमा सप्तकोशीको सिसौलीघाट क्षेत्रमा झोलुड०गेपुल निर्माण गर्ने सहमति भएको हो । दुई जिल्ला उदयपुर र सुनसरीको दुई स्थानीय तहहरु बेलका नगर र बराहक्षेत्र नगर बिचमा रहेको सप्तकोशी नदीमा रणनीतिक साझेदारीमा सो पुल निर्माण हुने भएको हो ।महाकाली नदी पारीका दुई नेपाली गा‘उ चा‘दनी र द...
विदेश भ्रमणमा जानेलाई अब २०० अमेरिकी डलरको मात्रै सटही सुविधा

विदेश भ्रमणमा जानेलाई अब २०० अमेरिकी डलरको मात्रै सटही सुविधा

Breaking News 1
काठमाण्डौँ, साउन ४ के तपाई विदेश यात्राको तयारीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईले आफूलाई आवश्यक पर्ने जति अमेरिकी डलरको सटही सुविधा पाउन सक्नुहुनेछैन । नेपाल राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानीबापत अधिकतम अमेरिकी डलर २०० सम्मको सटही सुविधा प्रधान गर्ने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंक मनिचेञ्चर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम ९ को उपविनियम ४ को खण्ड ३ को व्यवस्था बमोजिम परिवत्र्य विदेशी मुद्रा बिक्री गर्ने इजाजत प्राप्त मनिचेञ्जरले विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई तोकिएअनुसार मात्रै डलर सटही सुविधा दिन भनिएको छ । केन्द्रीय बैंकका कार्यकारी निर्देशक रामु पोडेलका अनुसार विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई यस खालको एकीकृत परिपत्र जारी गरिएको हो । (रासस...
त्रिनपा १५ कां वडाअध्यक्ष तिमिल्सिनालाई पत्नी सोक

त्रिनपा १५ कां वडाअध्यक्ष तिमिल्सिनालाई पत्नी सोक

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ४ त्रियुगा नगरपालिका वडा नं १५ का वडाअध्यक्ष गणेश प्रसाद तिमिल्सिनालाई पत्नी सोक परेको छ । मुटु रोगले पिडित पत्नी सिता तिमिल्सिना (वास्तोला) को काठमाण्डौँ काठमाण्डौँ शिक्षण अस्पतालमा उपचारको क्रममा गएराति निधन भएको परिवारले जनाएको छ । गत आईतवार हस्पिटल भर्ना गरेका उनिको मंगलवार मात्रै शल्यक्रिया गरिएका थिए । तर शल्यक्रिया पश्चात पनि उपचार सफल नहुँदा हस्टिलमै उनीको निधन भएको परिवारको भनाई छ । अहिले शव घर ल्याउने काम भैरहेको स्थानीयले जनाएको छ । तिमिल्सिना १५ नं वडाका तत्कालै नवनिर्वाचित वडाअध्यक्ष हुन् । उनले श्रीमती उपचारका लागि काठमाण्डौँ पुराएका थिए । तिमिल्सिनाको १ छोरा र २ छोरीहरु छन् ।...
स्व : लालशेर राई मेयर फुटवल प्रतियोगिताको उपाधी ११ नं वडाले जित्यो

स्व : लालशेर राई मेयर फुटवल प्रतियोगिताको उपाधी ११ नं वडाले जित्यो

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुुष्टि, साउन ३ गाईघाटमा जारी स्व : लालशेर राई २२ औँ मेयर फुटवल प्रतियोगिताको उपाधि ११ नं वडा गाईघाटले जितेको छ । मंगलवार भएको फाईनल खेलमा ५ नं वडालाई २/० को अन्तरले पराजित गर्दै उपाधी ११ नं वडाले आफ्नो पोल्टोमा पारेको हो । खेलको ३३ औँ मिनेटमा ११ नं वडाको तर्फबाट जर्सि नं ११ का दिवस श्रेष्ठले गोल गरी टिमलाई अगाडी बढाएका थिए । हाफ पछि पून : जर्सि नं १५ का डेविट चौधरीले ७७ मिनेटमा पून : गोल गर्दै टिमलाई थप अग्रता दिन सफल भएका थिए । खेल अबधिभर ५ नं वडाले भने कुनै पनि गोल फर्काउन सकेन । विजेता टिमले नगद ५० हजार सहित सिल्ड, प्रमाण पत्र प्राप्त गरेको छ भने, उपविजेता टिम ५ नं वडाले ३० हजार नगद सहित सिल्ड र प्रमाण पत्र प्राप्त गरेको छ ।...
त्रियुगामा करारका कर्मचारीहरुले थप आन्दोलन चर्कायो, सवैखाले सेवाहरु ठप्प

त्रियुगामा करारका कर्मचारीहरुले थप आन्दोलन चर्कायो, सवैखाले सेवाहरु ठप्प

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ३ त्रियुगा नगरपालिकामा मेयर वसन्त वस्नेतको एकल निर्णयले कर्मचारी हटाएको भन्दै करारमा रहेका ५९ जना कर्मचारीहरुले विरोध निरन्तर अगाडी बढाएको छ । उनिहरुले मंगलबार देखी थप आन्दोलन चर्काउँदै नगरपालिकाको सपूर्ण कामनै ठप्प पारेको छ । नगरको मेन गेटमै कालो व्यानर सहित धर्ना वसेर मेयर वस्नेतको निर्णय प्रति आफुहरुको आपत्ति रहेको जनाएको छ । मेयर वस्नेतले असार ३१ गते कुनै पनि समन्वउ जाकारी र हटाउनु पर्ने आधारविनै आफुहरुलाई सेवा बाट हटाईएको भन्दै आन्दोलन गर्नु परेको कर्मचारीहरुले जनाएको छ । आन्दोलन संघर्ष समितिले नगर प्रमुख स्तरीय निर्णय तत्काल ख्यारेज गर भन्ने व्यानर सहित मुख्य गेटमा धर्ना वसेर सेवा ठप्प पार्नुका साथै नगर प्रमुख, उप्रमुख र कुनै पनि कर्मचारी तथा सेवागा्रहीलाई कार्यालयमा प्रवेश गर्न दनिएको अवस्था छ । कार्यालय नखुल्दा यता सेवाग्राहीहरु भने ठुलो समस्यामा परेको छ । नग...
उदयपुरमा आजबाट गाउँव्लक जग्गाको लापुर्जा वितरण सुरु

उदयपुरमा आजबाट गाउँव्लक जग्गाको लापुर्जा वितरण सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २ उदयपुरमा आजबाट गाउँपालिका व्लक जग्गाको लालपुर्जा वितरण सुरु भएको छ । करिब ६ बर्ष अघि नापी भएको जग्गाको लालपुर्जा आज वितरण सुरु गरिएको छ । नापी कार्यालय १ नं टोलीका अनुसार यो पटक ९४९ ओटा लालपुर्जा वितरण गरिने छ । ७३ साल देखी सुरु गरिएको नापी पश्चात पटक पटक गरी झण्डै १५ सयको हाराहारीमा लालपुर्जा वितरण गरिसकेको कार्यालयले जनाएको छ । सोमवार देखी सुरु गरिएको लालपुर्जा वितरणको कार्य करिब २ हप्ता सम्म लाग्ने कर्यालयले जनाए । गाईघाट स्थित १३ नं वडा हवाईफिल्डमा रहेको नापी टोलीको कार्यालयबाट पुर्जा वितरण कार्य भैरहेको छ । आज त्रियुगाको ७ नं वडाका स्थानीयहरुलाई करिब ६० भन्दा बढी लालपुर्जा वितरण गरिएको नापी कार्यालय उदयपुरका प्रमुख लालवावु यादलले जानकारी दिनुभयो । यादवका अनुसार यसलाई चरणबद्ध रुपले कार्यालयमै व्यवस्थित तरिकाले वितरण गर्दै जाने बताउनुभयो । उक्त लालपुर्जा ज...
त्रियुगा करार कर्मचारी : म्याद थप गर्न माग सहित मेयर बस्नेतलाई ज्ञापन पत्र

त्रियुगा करार कर्मचारी : म्याद थप गर्न माग सहित मेयर बस्नेतलाई ज्ञापन पत्र

Breaking News 1, समाचार
पूर्णपुष्टि साउन, २ त्रियुगा नगरपालिकामा ५९ जना कर्मचारीहरुको म्याद थप नहुने भएपछि आन्दोलित करारका कर्मचारीहरुले नगर प्रमुख वसन्त वस्नेतलाई ध्यानाकर्षण गराएको छ । उनिहरुले संघर्ष समितिनै बनाई म्याद थप नहुने कुरालाई तत्काल फिर्ता गर्न भन्दै सोमवार नगरप्रमुख वस्नेतलाई ज्ञापन पत्र बुझाएको हो । अचानक नगर प्रमुखको यो निर्णयले आफुहरुलाई अन्याय भएको र आफुहरुको रोजिरोटीनै खोसिएको कुरा ज्ञापन पत्रमा उल्लेख गरी प्रमुख वस्नेतलाई ध्यानाकर्षण गराएको उल्लेख गरिएको छ । उनिहरुले मेयरको एक निर्णयले राजनितिक इसुको आधारमा आफुहरुलाई बिचल्ली बनाउने काम गरेको कुरा बताएको छ । अरु थुप्रै करारका कर्मचारीहरु सेवामै खटिरहेको भएपनि ५९ जनालाई मात्रै म्याद थप गर्न नहुने कुराहरु संकास्पद र अन्यायपूर्ण रहेको आन्दोलनकारी कर्मचारीहरुको भनाई छ । यता मेयर वस्नेतले भने नगरपालिकाको आर्थिक बोजलाई कम गर्न अनावश्यकीय क...
उदयपुरको आठ पालिका मध्ये कटारीमा सबैभन्दा बढी बेरुजु

उदयपुरको आठ पालिका मध्ये कटारीमा सबैभन्दा बढी बेरुजु

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, साउन २ गते । उदयपुरको आठ वटै स्थानीय तहमा बेरुजु देखिएको छ । जिल्लाको कटारी नगरपालिकामा सबै भन्दा बढी बेरुजु रहेको महालेखा परिक्षकले देखाएको छ । सार्वजनिक महालेखा परिक्षकको ५९ औं वार्षिक प्रतिवेदन २०७९ का अनुसार जिल्लाका ८ स्थानीय तहमा २९ करोड ८२ लाख २० हजार बेरुजु रहेको छ । आर्थिक वर्ष २०७७/०७८ को प्रतिवेदनमा सबै भन्दा बढी बेरुजु कटारीमा र कम उदयपुरगढी गाउँपालिकामा रहेको छ । महालेखाका अनुसार कटारी नगरपालिकामा १ अर्व ८५ करोड २७ लाख ७४ हजार मध्ये ९ करोड ५५ लाख ५६ हजार अर्थात ५.१६ प्रतिशत पुगेको छ । यस अघि कटारी नगरपालिकाको बेरुजु ५ करोड ४३ लाख २७ हजार रहेको थियो । त्रियुगा नगरपालिकामा २ अर्व ४२ करोड ६२ लाख १६ हजार मध्ये बेरुजु ६ करोड ८२ लाख ९९ हजार अर्थात २.८२ प्रतिशत देखिएको छ । यस अघि त्रियुगा नगरपालिकाको बेरुजु ५ करोड ४ लाख ८६ हजार रहेको थियो । यता बेलकामा यस अघि ४ करोड १...
ज्यानमार्ने उधोग मुद्दाका फरार प्रतिवादी पक्राउ

ज्यानमार्ने उधोग मुद्दाका फरार प्रतिवादी पक्राउ

Breaking News 1
पूर्णपुष्टि, साउन २ गते । १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर अनुसन्धान समुह (आर.आई.टी ) बाट खटिएको प्रहरी टोलीले ज्यानमार्ने उधोग मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । मोरङ जिल्ला अदालतको मिति २०७८।०८।२५ गतेको फैसलाले ५ वर्ष कैद सजाय भई फरार रहेका सुन्दरहरैचा नगरपालिका–५ का २७ वर्षीय तिखे भन्ने सुरज शाक्यलाई खोज तलासको क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा पक्राउ गरेको हो । पक्राउ परेका शाक्यलाई आजै कैद भुक्तानको लागि जिल्ला कारागार मोरङमा बुझाएको छ । रासस...