‘चुप लागेर बस्न मन लागेन’
काठमाडौं, साउन २ गते ।
बुद्धशान्ति गाउँपालिका–१ मा सरकारी सेवाबाट निवृत्त एक दम्पतीको समय फलफूल खेतीमा वित्न थालेको छ । उपसचिव पदबाट कृष्णप्रसाद पोखरेल र नायब सुब्बा पदबाट सेवा निवृत्त प्रतिमा सिलवालको अधिकांश समय आफ्नै बारीको फलफूल खेतीमा बित्ने गरेको हो । उहाँहरूले आफ्नै पुख्र्यौली सम्पत्तिको रुपमा रहेको दुई बिघा जमिनमा ‘बह्मकमल बगैँचा’ नामक फार्म नै सञ्चालन गरेर ४१ प्रकारका प्रजातिका फलफूलका विरुवा हुर्काउनुभएको छ । यसमा ड्रागन फुड, सुपारी र कागतीबाट आम्दानीसमेत हुन थालेको छ । “चुप लागेर बस्न मन लागेन”, पोखरले भन्नुहुन्छ, “हामी किसानका छोराछोरी जानेको पेसा पनि यही हो । मेरो सम्पूर्ण सेवा निवृत्त जीवन यसमा रमाइलो गरेर अरुलाई पनि सिकाउँदै बिताउने हो ।” उहाँले आफूलाई खाना लगाउनको दुःखले फलफूल खेती नगरेको बताउनुभयो । छोराछोरी भने काठमाडौँको घरमा बस्ने गरे पनि आफूहरू तनावमुक्त जीवन जि...









