Thursday, August 20News That Matters

Breaking News 1

पुस्तक सामाग्री वितरणमा ढिलाई गरेको भन्दै गाईघाटमा शिक्षा मन्त्रीको पुत्ला दहन

पुस्तक सामाग्री वितरणमा ढिलाई गरेको भन्दै गाईघाटमा शिक्षा मन्त्रीको पुत्ला दहन

Breaking News 1
पूर्णपुष्टि, असार २९ गाईघाटमा शिक्षामन्त्रीको पुत्ला दहन गरेको छ । अहिले सम्म पनि शिक्षा मन्त्रालयले विद्यालय तथा वद्यार्थीहरुलाई पुस्तक लगायत अन्य सामाग्रीहरु वितरणमा ढिलाई गरेको भन्दै पुत्ला दोहन गरेको हो । माओवादी मजदुर पार्टी र विप्लवको संयुक्त आयोजनामा गाईघाट स्थित टेम्पो चोकमा बुधबार पुत्ला दोहन गरेको हो । पुत्ला दोहन कार्यक्रममा शिक्षामा चरम भ्रष्टाचार भएको र यसको जनताहरुले भण्डाफोर गर्नु पर्ने जनाएको छ । शिक्षा अतिनै आवश्यक र अरु भन्दा महत्वपूर्ण क्षेत्र रहेको भन्दै यसलाई ढिलाई गर्नुमा सरकारको चरम लापर्वाहरी रहेको उनिहरुले निष्कर्ष निकालेको छ । सरकारले शिक्षा सामाग्रीहरु तत्काल प्रदान गर्नु पर्ने माग समेत राखेको छ । यस कार्यमा ढिलाई गर्नाले विद्यार्थीहरुको पढ्न पाउने अधिकार बन्चित भएको बक्ताहरुले जनाएको छ ।...
उदयपुरमा ४४ प्रतिशत धान रोपाई सकियो

उदयपुरमा ४४ प्रतिशत धान रोपाई सकियो

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार २९ गते । उदयपुरमा विगको वर्ष भन्दा यो वर्ष मनसुन अगाडी नै भित्रीए पनि धान रोपाई भने ४४.१३ प्रतिशत मात्रै सकिएको छ । कृषि ज्ञान केन्द्र उदयपुरले दिएको तथ्याक अनुसार वर्षे धान १३ हजार ३ सय ८० हेक्टर जमिनमा रोपाई गरिन्छ । जसमध्ये ५ हजार ९ सय ४.५६ हेक्टरमा जमितमा रोपाई सकिएको छ । यता जिल्लामा चैते धान १ हजार ५ सय ५४ हेक्टर जमिनमा रोपाई गरिएको छ । त्रियुगा नगरपालिकामा हालसम्म ४८ प्रतिशत धान राई सकिएको कृषि ज्ञान केन्द्र उदयपुरका निमित प्रमुख महेश कुमार चौधरीले बताए । यता खेतीको लागि सबैभन्दा बढी उत्तम मानिएको बेलकामा ४० प्रतिश धान रोपाई भएको छ । चौदण्डीगढीमा ४३ र कटारीमा ४२ प्रतिशत धान रोपी सकिएको चौधरीले बताए । उदयपुरगढी गाउँपालिकामा ५० प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ । यता, लिम्चुङबुङमा अरु पालिकाको तुलनामा सबै भन्दा बढी ५७ प्रतिशत धान रोपेर सकिएको छ । यस्तैगर...
सातदिनदेखी सुनकोशीमा हराएका बालिका अझै भेटिएनन्

सातदिनदेखी सुनकोशीमा हराएका बालिका अझै भेटिएनन्

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार २८ गते । विगत सात दिनदेखि सुनकोशीमा हराएका दुई बालिका अझै भेटिएका छैनन् । उदयपुरको त्रियुगा नगरपालिका–१४ धाप्लाङ्गस्थीत सुनकोशी नदी पौडी खेल्ने क्रममा बेपत्ता भएका १३ वर्षीया विपना राई र १२ वर्षीया विना राई अझै फेला परेको छैननन् । उनीहरुको खोजी कार्य भैरहेपनि फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरको सूचना अधिकारी सन्तोष आर्चायले बताएका छन् । उनीहरु अषार २२ गतेदेखि हराएका हुन् । बाख्रा चराउन गएका उनीहरु गर्मी भएसँगै कोशीमा नुहाउन पसेका थिए ।...
उदयपुरमा गुणस्तरहीन कार्य गरेर ठेकेदार बेपत्ता

उदयपुरमा गुणस्तरहीन कार्य गरेर ठेकेदार बेपत्ता

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार २७ गते । उदयपुरको त्रियुगा नगरपालिका–५ श्रीपुरमा ठेकेदारले गुणस्तरहीन काम गरेका छन् । सडक डिभिजन कार्यालय लहानको ठेक्का अन्तरगको नाला बनाउने क्रममा चरम लापरवाही भएको भेटिएको छ । नाला बनाउने सम्झौतामा १० मिटर बेरा ढलान गर्ने भएपनि २ देखी ३ सेन्टिमिटर मात्र ढलान गरिएको छ । यस्तै ढलान गर्नुअघीको सोलिङ्ग पनि खहरे खोलाको कमसल ढुङ्गा प्रयोग गरिएको छ । बालुवा पनि खहरे खोलाको माटो मिसिएको प्रयोग गरेको भनेर स्थानीयले विरोध भएपछि ठेक्का पएको कम्पनी रभरङ्ग कन्स्ट्रक्सनले हतारहतार ५० मिटरजतिको ढलान भएको थियो । अघिल्लो वर्षनै सम्झौता जारी ०७९ असार मसान्तसम्म सम्पन्न गर्ने गरी ठेक्का पाएको भए पनि जेष्ठ अन्तिमबाट काम सुरु भएको थियो । उक्त कम्पनीले स्थानीयले कति रकमको ठेक्क हो भनि सोध्दा स्थानीयलाई धम्काउने गरेको स्थानीयले बताएका छन् । निर्माण कार्य भैरहेको स्थानमा ठेक्का सम्बन्धी सम्प...
बाहिर बाट खेलाडी ल्याएको भन्दै पराजित टिम १० नं वडाले १२ नं वडालाई हाल्यो दावी विरोध

बाहिर बाट खेलाडी ल्याएको भन्दै पराजित टिम १० नं वडाले १२ नं वडालाई हाल्यो दावी विरोध

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, असार २७ स्व : लालशेर राई स्मृति मेयर गोल्डकपको २२ औँ फुटवल प्रतियोगितामा १२ नं वडालाई बाहिर बाट खेलाडी ल्याएर खेलाएको आरोप लागेको छ । आईतबार खेलको दोस्रा दिन १० नं वडालाई १२ ले १ गोल गरी पराजित गरेका थिए । खेल सकेर करिब १ घण्टापछि १० नं वडाले मापदण्ड विपरिद खेलाडी ल्याईको आपत्ति जाउँदै दावी विरोध गरेका थिए । टोलीले यसवारे संघले सत्यतथ्य छानविन गरी खेललाई नियममा राखी अगाडी बढाउनु पर्ने जनाए । मेयर गोल्डकप भएका कारण यहाँ त्रियुगा नगरपालिका भित्रको मात्रै खेलाईनु पर्नेमा भोजपुर बाट खेलाडी ल्याईएको १० नं वडाको आरोप छ । संघका जिल्ला माहासचिव मदन भुजेलले सोमवार संघमा यसबारे छलफल चलाईने र यदि गलत भेटे १२ नं को गोल स्वत्त ख्यारेज हुने जनाए । यसबारे बेलुका ५ बजे सम्म निष्कर्श निकालि सकिने समेत भुजेलले जनाए ।...
उदयपुरमा अजिंगारले निल्यो ज्युँदै बाख्रा

उदयपुरमा अजिंगारले निल्यो ज्युँदै बाख्रा

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार २६ उदयपुर स्थित जंगलमा अजिँगारले ज्युँदै बाख्रा निलेको छ । आईतबार चौदण्डीगढी नगरपालिका ५ मा करिब १२ केजी बराबरको स्थानीयको बोका अजिंगरले निलेको हो । सुन्दरपुरमा रहेको सगरमाथा सामुदायीक वनमा अजिगरले निलेको स्थानीयले जनाए । अजिगरले चरिरहेको अवस्थामा स्थानिय कृष्ण दाहालको बोका अजिंगरले खाए पछी स्थानियले प्रहरीलाई खबर गरेका थिए । खबर पायलगत्तै प्रहरीले घटना स्थल पुगी उद्दार गरेको छ । प्रहरीले उक्त अजिगरलाई सुरक्षित तरिकाले बोरामा हाली सवडिभिजन वन कार्यालय हडिया सुन्दरपुरलाई जिम्मा लगाएको छ । वन कार्यालयको जिम्मामा रहेको उक्त अजिगरलाई अजिगरको प्राकृतिक वासस्थानमा लगेर सुरक्षित तरिकाले छोडिने जिल्ला वन कार्यालय उदयपुरका रेन्जर पुन्य पौडेलले जानकारी दिनु भएको छ।...
विद्युत समस्याका कारण १७ दिन देखी उदयपुर सिमेन्ट उद्योग वन्द, दैनिक १ करोड घाटा

विद्युत समस्याका कारण १७ दिन देखी उदयपुर सिमेन्ट उद्योग वन्द, दैनिक १ करोड घाटा

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार २६ नेपाल सरकारको स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग १७ दिनदेखी बन्द अवस्थमा रहेको छ । असार ९ गते राती नेपाल विद्युत प्राधिकरणको लाहानमा रहेको सव–स्टेसनको ट्रान्सफर्मर बिग्रिएर पूर्ण विद्युत आपूर्ति नहुँदा उद्योग वन्द भएको हो । उदयपुर सिमेन् उद्योग सञ्चालन हुन ६ मेघावट विद्युत आवश्यक पर्ने भएपनि विद्युत विद्युत प्राधिकरणले सोलु करिडोर बाट २ मेघावाट विद्युत पठाएको अवस्था छ । यसरी अचानक उद्योग वन्द हुँदा प्रतिदिन एककरोड घाटा हुने उद्योगका नायव माहाप्रवन्धक बिजय ठाकुरले जानकारी दिए । विद्युत आपूर्तिको समय उद्योगले दैनिक ८ हजार बोरा सिमेन्ट बिक्रि गर्दै आएको पनि ठाकुरले जनाए । विद्युत समस्याले १७ दिन देखी वन्द रहेको उद्योगले उत्पादन गर्ने गैँडा छाप सिमेन्ट बजारमा पाउन छाडिएको अवस्था छ ।...
स्व : लालशेर राई स्मृति गोल्डकपको दोस्रो दिन १० नं वडा बोक्से पराजित

स्व : लालशेर राई स्मृति गोल्डकपको दोस्रो दिन १० नं वडा बोक्से पराजित

Breaking News 1
पूर्णपुष्टि, असार २६ स्व : लालशेर राई स्मृति २२ औँ मेयर गोल्डकप फुटवल प्रतियोगिताको दोस्रो दिन बोक्से पराजित भएको छ । गत बर्षको बिजेता समेत रहेका १० नं वडा बोक्से १२ नं वडा सँग १÷० को विरुद्धले पराजित भएको हो । दिउँसो २ बजे देखी सुरु भएको उक्त खेलको हाफ पछिको ७ औँ मिनेटमा १३ नं वडाले १ गोल गर्दै खाता खोलेका थिए । अन्तिममा खेल अबधिभर सोही गोल निर्णयक बन्न पुगेका थिए । बोक्सेलाई १३ नं वडाको तर्फबाट रबीसंकर चौधरीले १ गोल गर्न सफल भएको हो । खेल समयभरी बोक्सेले भने कुनै पनि गोल गर्न सकेनन् । निकै आक्रमक प्रदर्शन गर्दै आएका बोक्से १२ नं सँग सुन्यमै सिमित बने । शनिवार बाट जारी खेलको दोस्रो दिन ४ टिमले खेल्ने अयोजक तथा उदयपुर जिल्ला फुटवल संघका माहासचिव मदन भुजेलले जनाए । भुजेलका अनुसार खेलमा जम्मा १४ ओटा टिमले सहभागी जनाएको छ ।...
सुनकोशीमा वेपत्ता उदयपुरकी दुई बालिका अझै फेला परेनन्

सुनकोशीमा वेपत्ता उदयपुरकी दुई बालिका अझै फेला परेनन्

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार २६ सुनकोशीमा बेपत्ता भएकी दुई बालिका अझै पत्ता लाग्न नसेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उनिहरुको खोजी कार्य भने जारी रहेको जनाए । त्रियुगा नगरपालिका–१४ साउनेकी १३ वर्षीया विपना राई र १२ वर्षीया विना राई बेपत्ता भएको वडाध्यक्ष होमबहादुर मगरले बताउनुभयो । उनिहरुलाई बुधवार सुनकोशीले बेपत्ता पारेका थिए । वडाध्यक्ष मगरका अनुसार सिसाखोला दोभान धाप्लाङघाटबाट दिउँसो करिब २ बजेको समयमा उनीहरुलाई बगाएको हो । दिउसो पौडी खेल्ने क्रममा उनीहरुलाई कोशीले बगाएको थियो । बालिकाहरु गाईवस्तु चराउन गएको बेला गर्मीले पौडि खेल्न कोशी पसेका थिए । जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराका अनुसार कोशीमा बेपत्ता उनीहरुको खोजी कार्य भइरहेको छ । परिवार, गाउँले र प्रहरीले खोजी कार्य गरेपनि अझै ती बालिकाहरु फेला परेको छैन । हिजो रात परेपछि खोजी स्थगित गरी आज पनि ख...
श्रीपुरमा निर्माण कार्य गुनस्तरहिन भएपछि स्थानीयको बिरोध, ठेकेदार बेपत्ता

श्रीपुरमा निर्माण कार्य गुनस्तरहिन भएपछि स्थानीयको बिरोध, ठेकेदार बेपत्ता

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार २६ त्रियुगा नगरपालिका ५ श्रीपुरमा ठेकेदारको गुनस्तरहिन कार्य प्रति स्थानीयहरुले आपत्ति जनाएको छ । उनिहरुले नाला बनाउने क्रममा ठेकेदारको मनपरीका कारण निर्माण गुनस्तरहिन भएको भन्दै प्रश्न उठाएको छ । सडब डिभिजन कार्यालय लाहानले लगाएको ठक्का अन्तरगत नाला बनाउने क्रममा ठेकेदारले चरम लापर्वाही गरेको भेटिएको हो । नाला बनाउने सम्झौतामा १० cm बेश ढलान गर्ने भनिएता पनि २ देखि ३ सेन्टीमिटर सम्म मात्रै ढलान गरिएको छ । यस्तै ढलान गर्नु अघिको सोलिङमा पनि खहरे खोलको कंमसल ढुँगा प्रयोग गरिएको पाईएको स्थानीयहरुले जनाए । बालुवा पनि खहरे खोलाको माटो मिसिएको प्रयोग गरेको र स्थानीयको विरोध पछि ठेक्का कम्पनी रभरङ कन्ट्रक्सनले हतार हतार ५० मिटर बराबरको ढलान भत्काएको थियो । अघिल्लो समयनै सम्झौता गरी ०७९ असार मसान्त सम्म काम सम्पन्न गर्ने गरी ठेक्का पाएको थियो । तर जेष्ठ अन्तिमताका काम सुरु भएक...