Friday, August 21News That Matters

Breaking News 1

मानव बेचविखनमा संलग्न फरार प्रतिवादी पक्राउ

मानव बेचविखनमा संलग्न फरार प्रतिवादी पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार २६ मानब बेचबिखन तथा ओसार(पसार मुद्धाका फरार प्रतिवादी २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका ९ बस्ने ३० बर्षीय सुमन श्रेष्ठ र सुन्दरहरैचा नगरपालिका १० बस्ने २३ बर्षीया झक्कु उराव रहेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर समुहबाट खटिएको प्रहरी टोलीले हिजो उनीहरुलाई खोजतलासको क्रममा पक्राउ गरेको हो । उनिहरु गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा प्रहरीले फेला पारेका थिए । पक्राउ परेका दुवैलाई सुनसरी जिल्ला अदालतमा दाखिला गरेकोमा सम्मानित अदालतले कैद भुक्तानको लागी झुम्का कारागार पठाइएको छ । पक्राउ परेका सुमनको मानब बेचबिखन तथा ओसार(पसार मुद्धामा मिति २०७६।१०।२९ गतेको सजाय निर्धारण फैसला आदेशले लगत नं। ९४३७ मा क्रमशः ५ बर्ष ८ महिना २९ दिन कैद भुक्तान गर्न बाँकी रहेको थियो भने झक्कु उरावको १ बर्ष ८ महिना १९ दिन कैद भुक्तान गर्न बाँकी रही फ...
घाँटीबाटै सुनको सिक्री थुतेर भाग्ने युवा पक्राउ

घाँटीबाटै सुनको सिक्री थुतेर भाग्ने युवा पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार २६ झापाको मेचिनगर नगरपालिका १० धुलाबारी बजारमा घाटीमा लगाएको सुनको सिक्री थुती भाग्ने एक जनालाई प्रहरीले तुरुन्त पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर नगरपालिका ९ बस्ने २० बर्षीय निरज राय रहेका छन् । रायले हिजो बेलुका साढे ६ बजे बजारमा किनमेल गरिरहेकी धुलाबारी नगरपालिका ९ बस्ने ५० बर्षीया गिता अधिकारीले घाटीमा लगाएको डेढ तोलाको सुनको सिक्री थुतेर भागेका थिए । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले तत्कालै सिक्री सहित रायलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका रायलाई ईलाका प्रहरी कार्यालय धुलाबारीले थप अनुसन्धान गरिरहेको छ।...
लडेर प्रशिक्षार्थी प्रहरीको मृत्यु

लडेर प्रशिक्षार्थी प्रहरीको मृत्यु

Breaking News 1, समाचार
आछाम, असार २६ सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा लामो दौडका क्रममा लडेर बेहोस भएका अछामको मेल्लेख गाउँपालिका–६ झाडीगाउँका २१ वर्षीय प्रशिक्षार्थी प्रहरी जवान भरत बोहराको मृत्यु भएको छ । तालिम केन्द्रका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार निज बोहरा यही असार २२ गते १० किलोमिटर लामो दौडका क्रममा लडेर बेहोस भएका र उपचारका क्रममा उनको मृत्यु भएको हो । घाइते बोहराको लामो समयसम्म होस नआएपछि हेलिकोप्टरमार्फत उपचारका लागि कोहलपुर सिफारिस गरिएकामा उपचारकै क्रममा कोहलपुरस्थित शिक्षण असपतालमा मृत्यु भएको सूचना अधिकारी बोहराले बताउनुभयो । उहाँको मृत्युको अन्य कारण नखुलेको र शव परीक्षणपछि थाहा हुने सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले जनाएको छ । रासस...
५० किलोमिटरको उदयपुर कोरा साइक्लिङ च्यालेन्ज -२०२२ हुने

५० किलोमिटरको उदयपुर कोरा साइक्लिङ च्यालेन्ज -२०२२ हुने

Breaking News 1, पर्यटन, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २५ । जुलाई १६ अर्थात असार ३२ मा गाईघाट कोरा साईक्लिङ च्यालेन्ज २०२२ हुने भएको छ । उदयपुर जिल्ला साईक्लिङ संघले चौथो संस्करणको कोरा च्यालेन्ज गर्न लागेको हो । कोरा भन्नाले साईक्लिङको भाषामा निश्चित क्षेत्रको परिक्रमा हो । घडिको शैलीमा घुम्नु हो । साईक्लिष्टहरुले कोरामा विभिन्न स्थानको भिजिट गर्ने र प्रचार/प्रसार गर्दछन् । यसबाट पर्यटकीय सम्भावनाको खोजी, प्रचार प्रसारसंगै प्रबर्धनमा टेवा पुग्नेछ । संघका अध्यक्ष जितेन्द्र रोईलाका अनुसार यसपटक ५० किलोमिटरको यात्रा तय भएको छ । गाईघाटदेखि सुरु गरि जलजले-चुहाडे-मुर्कुची-सुकौरा-भान्टाबारी-राजाबासहुदै गाईघाटमै आईपुगेर कोरा टुङ्ग्याउनेछ । चुहाडेमा खाजा र सुकौरामा खानाको ब्यवस्था छ । कोरामा ५५/६० जना सहभागी हुने छन् । त्रियुगावाहेक चौदण्डिगडी र धरानसम्मको साईक्लिष्टहरुको सहभागिता रहनेछ । स्वस्थ साइक्लिङ समुदाय निर्माणको लक्षसहित ...
उदयपुरमा नापतौल विभाग र प्रशासन विरुद्ध बजार बन्द

उदयपुरमा नापतौल विभाग र प्रशासन विरुद्ध बजार बन्द

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, असार २४ गते । असार मसान्तको चटारोमा नियतबस् स्थानीय प्रशासन र नापतौल विभागले दुःख दिने काम भएको भन्दै ब्यापारी, ब्यवासयीहरु सोको विरुद्धमा उत्रिएका छन् । प्रशासन र नापतौल विभाग विरुद्धमा उनीहरुले आज उदयपुरको सदरमुकाम गाईघाट बजार बन्द गराएका छन् । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको अगुवाईमा स्वतस्फुर्त बजार उत्रिएको ब्यापारी, ब्यवसायीहरुले नाराबाजी सहित बजार घुम्दै बजार, पसल बन्द गराए । पसलहरु बन्द गराएर ब्यापारीहरुले आन्दोलनको समर्थन जनाएका थिए । नापतौल विभागले समयमा नविकरण नगरिदिने र उल्टै अहिले प्रशासनसंग मिलेर अनुगमनको नाममा नविकरण छैन भन्दै ब्यापारीहरुलाई दुख दिने काम भएपछि सोको विरुद्धमा आन्दोलित हुनु परेको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाईलीले बताए ।...
उदयपुरमा नदीजन्य पदार्थको दोहन बढ्दैँ : सरोकारवाला निकाय मौन

उदयपुरमा नदीजन्य पदार्थको दोहन बढ्दैँ : सरोकारवाला निकाय मौन

Breaking News 1, समाचार
काठमाडौं, असार २४ गते । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रको वडा नं ५, २ र १, तथा वडा नं १२ स्थित त्रियुगा नदी आसपासबाट हिजोआज दैनिक नदीजन्य पदार्थ दोहन गरी चोरी, निकासी बढ्दै गइरहेको छ । केही ट्र्याक्टर व्यवसायी र नदीजन्य पदार्थ गैरकानुनीरुपमा उत्खनन गर्ने गिरोहले अहिले वडा नं १ को जोगिदह क्षेत्रको त्रियुगा नदी किनार तथा वडा नं १२ को त्रिवेणी तथा आर्यघाटसहित त्रियुगा पुल आसपासका क्षेत्रबाट रात्रिको समयमा र केहीले दिनमै पनि नदीजन्य पदार्थ चोरी निकासी गर्ने कार्यलाई तीव्रता दिँदै आएका छन् । मनपरी नदीजन्य पदार्थ निकासी र दोहन हुँदा पनि यसका सरोकारवाला निकाय मौन बस्ने गरेको स्थानीयवासीको गुनासो छ ।वडा नं २ स्थित खैजनपुरका कृष्ण राजधामी भन्नुहुन्छ, “पन्ध्र दिनदेखियता आएर केही ट्र्याक्टर व्यवसायी र केही अन्य गिरोहको मिलेमतोमा स्थानीय लुहाले खोला आसपासबाट रात्रिको समयमा मनपरी ढङ्गले ढ...
उदयपुरका ८ उत्कृष्ठ स्वास्थ्य स्वयम्सेविका सम्मानित

उदयपुरका ८ उत्कृष्ठ स्वास्थ्य स्वयम्सेविका सम्मानित

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार २४ गते । स्वयम् सेवाको भावले स्वस्थ्य क्षेत्रमा योगदान दिदै आएका उदयपुरको हरेक स्थानीय तहको एक उत्कृष्ठ महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका आज (सुक्रबार) सम्मानित भएका छन् । चार गाउँपालिका र चार नगरपालिका गरी आठ स्थानीय तहका उत्कृष्ठ स्वयम्सेविकाहरु सम्मानित भएका हुन् । त्रियुगा नगरपालिकाकी सीता पोखरेल, कटारी नगरपालिकाकी कमला तामाङ, चौदण्डीगढी नगरपालिकाकी जयन्ती थापा, बेलका नगरपालिकाकी यशोखा खत्री सम्मानित भएका हुन् । त्यस्तै उदयपुरगढी गाउँपालिकाकी लक्ष्मी रेग्मी, लिम्चुङबुङ गाउँपालिकाकी सत्यकला राई, ताप्ली गाउँपालिकाकी गंगाकुमारी खड्का र रौतामाई गाउँपालिकाकी गीता के.सी सम्मानित भएका हुन् । त्यसैगरी स्वयम् सेवासंगै स्वयम्सेवीहरुको हकहितमा लड्दै आएकी टोटला दाहाललाई पनि सम्मान गरिएको थियो । सम्मानित स्वयम्सेवीहरुलाई जिल्ला समन्वय प्रमुख गौरबहादुर विश्वकर्मा, प्रमुख ज...
पछिल्लो समय आयुर्वेदिक उपचारमा बिरामीको आकर्षण

पछिल्लो समय आयुर्वेदिक उपचारमा बिरामीको आकर्षण

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २४ धामीझाँक्री र एलोपेथिक औषधिमा निर्भर हुँदै आएका स्थानीयवासी पछिल्लो समय आयुर्वेदिक उपचारमा अकर्षित भएका छन् । नियमित हेल्थपोष्ट जाने बानी परेका बिरामीमा जडीबुटी मिश्रण औषधिले राम्रो लक्षण देखाएपछि सामान्य उपचारका लागि पछिल्लो समय आयुर्वेदिक स्वास्थ्य केन्द्रतर्फ जान थालेका हुन्। आयुर्वेदिक उपचार सेवाका लागि आयुर्वेद विभागले रसुवाको पारच्याङ, भोर्ले, लहरेपौवा, स्याफ्रु तथा धुञ्चेसमेतको स्थानबाट सेवा प्रदान गरिरहेको छ । जिल्ला आयुर्वेद केन्द्र प्रमुख डा अमूल दाहालका अनुसार आयुर्वेदिक उपचारबाट चालु आर्थिक वर्षमा जिल्लाभर नौ हजार ९३३ पुरुष र तीन हजार २५२ महिला गरी कूल १३ हजार १८५ नागरिकले सेवा लिइसकेका छन् । जिल्लावासीलाई पहिला एउटा सिटामोलसमेत पाउन गारो हुने गरेकामा अहिले दुईवटा अस्पताल, गाउँगाउँमा स्वास्थ्यचौकी, गाउँघर क्लिनिक, महिला स्वयसेविकाको व्यवस्थाका साथै ठाउँ...
६१ वर्षीय रिमबहादुर कक्षा ५ मा पढ्दै

६१ वर्षीय रिमबहादुर कक्षा ५ मा पढ्दै

Breaking News 1
तुलसीपुर, २४ असार कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल सेताम्य भएका ती व्यक्ति कक्षा कहिल्यै छुटाउँदैनन् । अरु विद्यार्थी सरह उहाँको पनि पढाइमै ध्यान केन्द्रित हुन्छ । दाङको बबई गाउँपालिका–५ स्थित जनज्योति आधारभूत विद्यालयको कक्षा ५ मा दिनहुँ देखिने दृश्य हो यो । उक्त दृश्यले हिजोआज सबैलाई आश्चार्यचकित बनाएको छ । यसले सबैलाई खुसी तुल्याएको छ । बबई गाउँपालिका–५ सिमगैराका ६१ वर्षीय रिमबहादुर खड्का कक्षा ५ मा अध्ययन गर्दैहुनुहुन्छ । पढ्न उमेरले छेक्दैन भन्ने चरितार्थ उहाँले सत्य सावित गर्नुभएको छ । रिमबहादुर सानोमा विद्यालय जान पाउनु भएन । विद्यालय जाने उमेरमा उहाँलाई घरको कामले फुर्सद भएन । उहाँले विद्यालयको अनुभूति गर्न पाउनु भएन । कक्षा १ पनि नपढेका रिमबहादुर यस वर्ष सोझै कक्षा ५ मा भर्ना भएर नियमित विद्यालय...
हर्क साम्पाङको उद्घोष : मेयरलाई भनेर किनिएको स्कार्पियो बेचेर बाटो टाल्ने रोलर मेसिन किन्ने

हर्क साम्पाङको उद्घोष : मेयरलाई भनेर किनिएको स्कार्पियो बेचेर बाटो टाल्ने रोलर मेसिन किन्ने

Breaking News 1
पूर्णपुष्टि, असार २४ धरानका मेयर हर्क साम्पाङले मेयरको सुविधाका लागि किनिएको स्कार्पियो बेचेर सडकको खाल्डोहरु टाल्ने रोलर मेसिन किन्ने जनाएको छ । उनले आफ्नो आधिकारिक फेसबुक पेजमा उक्त कुरा उल्लेख गरेका छन् । मेयरको सुविधाको अधिकार भित्र पर्ने उक्त गाडीको पैसाबाट साम्पाङले धरानको खाल्डाखुल्डी टाल्ने मेसिन किन्न उल्लेख गरेका छन् । उनले यो कुरा कार्यापालिकाको बैठकले पनि ताली बजाएर अनुमोदन गरिसकेको जनाए । साम्पाङ अझैपनि आप्mनै व्यक्तिगत मोटर साईकल चढेर जनताको काम गरिरहेको छ । उनले फेसवुकमा यस्तो लेखेका छन्” मेयरलाई भनेर किनिएको स्कोर्पियो गाडी बेचेर धरानको बाटो भरिका खाल्डा टाल्न यो रोलर मेसिन किन्ने बिचार छ मेरो आज कार्यपालिकाले ताली बजाएर अनुमोदन समेत गरिदेको छ जय धरान...