Saturday, August 22News That Matters

Breaking News 1

ताप्लिकाे मतपरिणामले एमालेकाे अग्रता खतरामा

ताप्लिकाे मतपरिणामले एमालेकाे अग्रता खतरामा

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जृठ २ । ताप्ली गाउँपालिकाकाे मतगणना राेचक बन्दै गएकाे छ । गठबन्धन र एमालेबीचकाे फराकिलाे मतान्तर पुरिन अब मात्र १७ अङ्क बाँकी छ । अध्यक्षमा एमालेकाे बाबुराम राईकाे १५९९ मत हुँदा गठबन्धनकाे ढुङ्गराज वि.क.काे १५८२ मत रहेकाे छ । अझ करिव ५ सय मत गणना वाँकि हुँदाकाे याे परिणाम उल्टिएर गठबन्धनकाे अग्रता हुनसक्ने आकलन गर्नथालिएकाे छ । उपाध्यक्षमा भने सुरुदेखिनै गठबन्धन तर्फकी धना मगरकाे अग्रता छ । उनकाे २३८२ मत हुदा एमालेकी मानकुमारी थापाकाे १०७४ मत छ । थापा निबर्तमान पालिका अध्यक्ष उद्धव थापापत्नी हुन् ।...
उदयपुरमा गठबन्धनको अग्रता कायमै, त्रियुगा र कटारीको मत गणना अन्यौलमा दुई

उदयपुरमा गठबन्धनको अग्रता कायमै, त्रियुगा र कटारीको मत गणना अन्यौलमा दुई

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ २ उदयपुरमा गठबन्धनले अग्रता कायमै राखेको छ । आठ पालिका मध्ये छ वटामा मतगणना जारी रहदा गठबन्धनको अग्रता देखिएको छ । गठबन्धनको अग्रता देखिएको चार पालिका मध्ये एक लिम्चुङबुङ गाउँपालिकामा जीत भइसकेको छ । सो पालिकामा गठबन्धनतर्फको नेकपा (माओवादी केन्द्र) का मेजर राईले अध्यक्षमा विजयी हाँसिल गर्नुभयो भने उपाध्यक्षम गठबन्धनतर्फकै नेपाली काङ्ग्रेसका पुष्पलाल राईले विजय हाँसिल गर्नुभयो । विजयी अध्यक्ष र उपाधयक्षले क्रमशः २,०५१ र १,९७३ मत प्राप्त गरेका थिए । बेलका नगरपालिका, रौतामाई गाउँपालिका र उदयपुरगढी गाउँपालिकामा गठबन्धन अग्रता छ । बेलकामा गठबन्धनतर्फको अध्यक्ष उम्मेदवार नेपाली कांग्रेसका अशोक कार्की ४,५७० मत र उपाध्यक्ष नेकपा (माओवादी केन्द्र) का मनोज तामाङ ३,४७३ मतका साथ अग्रस्थानमा छन् । त्यहाँ एमालेको अध्यक्ष उम्मेदवार दुर्गाकुमार थापा फराकिलो मतान्तर १,६०७ मा रहेका छन्...
कटारीको मत गणना मृतकको शब पोष्टमार्टम पछि मात्र हुने

कटारीको मत गणना मृतकको शब पोष्टमार्टम पछि मात्र हुने

Breaking News 1, समाचार
उदयपुर, जेठ २ । कटारी –१० मा गोली लागी मृत्यु भएको युवाको शब पोष्टमार्टम र अन्तिम संस्कारपछि मात्र कटारी नगरपालिकाको मतगणना हुने भएको छ । विहान ७ः०० बजेदेखि गणनाको प्रयास भएपनि मृतकका आफन्तले पोष्टमार्टम गरी सद्गद् गरेपछि मात्र गणना सुरु गर्न माग राखेकाले सोही अनुसार गर्न भएको कटारी निर्वान अधिकृतको कार्यालयले जनाएको छ । मृतकको सब हिजो कटारी अस्पताल लगिएको छ । आज पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाउने र सद्गद् पछि मतगणनाको काम सुरु गर्ने जनाइएको छ ।...
ताप्लीमा गठबन्धनले मत बढायो

ताप्लीमा गठबन्धनले मत बढायो

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ २ पताप्ली गाउँपालिकामा पछिल्लो समय गठबन्धनले मत बढाएको छ । एमालेका बाबुरामलाई पछ्याउँदै गठबन्धनबाट माओवादीका ढुंगराज बिकले पछिल्लो समय मत बढाएर १३६२ पुराएको छ । हिजो सम्म दोब्रले पछाडी परेका बिकले आज भने प्रतद्धन्दीको नजिक पुगेको छ । यता एमालेका बाबुराम राईले १४४२ मत ल्याएर अग्रस्थानमा छ । उपमेयरमा नेपाली कांग्रेसकी धना मगरलाई कुनै पनि प्रतिस्पर्धीले नभ्याउने भएको छ । मगरको हाल सम्म २१५५ मत रहेको छ भने एमालेकी मान कुमारी थापाको ८६६ मात्र रहेको छ । मगरले उपाध्यक्षका लागि जित सुरक्षित गरिसकेको छ । अब ५ नं वडा रुपाटारको मात्र १२ सय मत गन्न बाँकी रहेको छ ।...
उदयपुरगढीमा गठबन्धनले जित नजिक बनाउँदै, ७२७ को अग्रता

उदयपुरगढीमा गठबन्धनले जित नजिक बनाउँदै, ७२७ को अग्रता

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ २ मतगणना देखी नै अग्रता जमाउँदै आएका उदयपुरगढी गठबन्धनले आफ्नो जित सुरक्षित गर्दै आईरहेको छ । हाल सम्म त्यस पालिकाको वडा न १,२,३,४,र ५,६ नम्बर सम्मको मतगणना गर्दा गरिसकेको छ । पछिल्लो मत परिणाम अनुसार गठबन्धनको कलम बाट मान वहादुर केप्छाकी मगरले ३५३३ मत ल्याएर अग्र स्थान कायमै राखेको छ । यस्तैगरी मगरका प्रतिद्धन्दी नेकपा एमालेका गोपाल खत्री भने २८०६ मत ल्याएको अवस्था छ । यस्तैगरी उपाध्यक्षमा पनि गठबन्धननै अग्रस्थानमा रहेको छ । गठबन्धनका उम्मेदवार जित बहादुर खड्काको ३४०४ मत आउँदा एमालेकी उपाध्यक्ष शोभा कुमारी मगरले २६३४ मात ल्याउन सफल भएको छ । त्यसैगरी कुखुराको भाले अध्यक्ष १८५, कुखुराको भाले उपाध्यक्ष २०६, हलो अध्यक्ष ५३, हलो उपाध्यक्ष ४४, स्वतन्त्र पुतली अध्यक्ष २०५, स्वतन्त्र भुइकटर अध्यक्ष ६, खानेपानी धारा अध्यक्ष ३७, खानेपानी धारा उपाध्यक्ष ७९ रहेको छ । अब ७ र ८ ग...
कांग्रेस एमालेले १२ नं वडाका जनताहरुको मतदान गर्ने अधिकारको हत्या गर्यो,  त्रियुगा गठबन्धन

कांग्रेस एमालेले १२ नं वडाका जनताहरुको मतदान गर्ने अधिकारको हत्या गर्यो, त्रियुगा गठबन्धन

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ १ त्रियुगा नगरपालिकामा संयुक्त गठबन्धन रहेको नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले कुनै हालतमा पनि फेरी चुनाव गराउनु पर्ने माग राखेका छन् । एमाले र कांग्रेसका कर्मचारीहरुलाई खटाएर आफ्नो स्वतन्त्र जिम्मेदवारी विसर्न बाध्य बनाउँदै सरकारी कर्मचारीहरु बाटै जनताको मतदान गर्ने हक अधिकारलाई बन्चित गर्न खोजेको भन्दै यो कुनै पनि हालतमा स्वीकार्य नहुने जनाए । बरु आफुहरु गोली खान तयार रहने तर जनताको अधिकारको चिरहरण हुन नदिनेमा आफुहरु अडिक रहेको भन्दै तत्काल चुनाव गाराउनु पर्ने माग राखेका छन् । १२ नं वडाका जनताहरुलाई कांग्रेस एमालेका साथीहरुले आफ्नो स्वतन्त्र मतदानको अधिकार लाई हत्या गर्दै गठबन्धन र १२ नं वडालाई निशाना बनाएको जनाए । गठबन्धन निर्वाचन समितिका संयोजक किरण राईले कयौँ जनताहरुले ५ घण्टा भन्दा बढी लाईनमा बसेर गरेको मतदान खत्तम पार्नुका साथै कयौँ जनताहरुलाई मतदान ग...
लिम्चुङबुङमा एमालेका एक वडा सदस्य बाहेक सबैमा गठबन्धन बिजयी, एक स्वतन्त्र

लिम्चुङबुङमा एमालेका एक वडा सदस्य बाहेक सबैमा गठबन्धन बिजयी, एक स्वतन्त्र

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ, १ लिम्चुङबुङ गाउँपालिकामा गठबन्धन बिजयी भएका छन् । संयुक्त गठबन्धनको तर्फ बाट उम्मेदवारी दिएका माओवादी केन्द्रका मेजर कुमार राई अध्यक्षमा विजयी बनेका छन् भने गठबन्धन बाटै उम्मेदवारी दिएका पुष्पलाल राई उपाध्यक्षमा बिजयी बनेका छन् । अध्यक्षमा राई २०५१ मत ल्याएर बिजयी बनेका हुन् । यता पुष्पलाल राईले उपाध्यक्षमा १९३३ मत ल्याएर बिजयी बने । अध्यक्षमा एमाले बाट उम्मेदवार दिएका प्रतिद्धन्दी राजकुमार राईले १५९९ मत मात्र प्राप्त गरे । यस्तै एमालेका उपाध्यक्ष बेद कुमारी कार्कीले १०७३ मत मात्र प्राप्त गरे । यसैगरी माओवादी बाट बागी उम्मेदवार दिएका होम किराँतीले ६१९ मत ल्याए । यस्तैगरी कांग्रेस बाटै बागी उम्मेदवारी दिएकी रमिला राईले ९१८ मत ल्याईन् । सो पालिकामा एमाले बाट एक वडा सदस्य र एक स्वतन्त्र बाहेक सबै वडाहरुमा गठबन्धनले बिजयी हाँसिल गरेको छ । वडाअध्यक्षहरुमा पालिकाको ५ नं ...
पुन निर्वाचन गराउन माग

पुन निर्वाचन गराउन माग

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ १ माओवादी केन्द्र र एकिकृत समाजवादीको दुई दलीय गठबन्धनले त्रियुगा नगर पालिका वडा नं. १२ को जनपे्रमी आधारभुत विद्यालयको स्थगित मतदान पून सुरु गर्न माग गरेको छ । गाईघाटको टाउन होटलमा गरिएको पत्रकार सम्मेलन गर्दै गठबन्धनले स्थगित मतदान चाडोभन्दा चाडो मतदानको मिति तोक्न माग गरेको छ । आज जेष्ठ १ गतेभित्र मतदानको मिति नतोके आन्दोलनमा जाने उद्घोष गरेको छ । गठबन्धनको तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिएका बलदेव चौधरीले वडा नं. १२ मा पुन मतदान नगराए आन्दोलनको आधिवेरी ल्याउने चेतावनी दिएका थिए । पुन मतदान हुनुपर्ने भन्दै गठबन्धनका प्रमुख र उपप्रमुखका सहित जनता समाजवादी पार्टी र रा.प्र.पा. ले समेत पुन मतदान गर्नुपर्ने माग राख्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गराईएको निवेदनमा जनप्रेमी आधारभुत विद्यालयमा खटिएका मतदान...
बर्षमान पुन र प्रचण्ड पुत्री गंगादाहालले दिए मेजर राईलाई बधाई

बर्षमान पुन र प्रचण्ड पुत्री गंगादाहालले दिए मेजर राईलाई बधाई

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ १ पूर्व उर्जामन्त्री तथा माओवादी नेता बर्षमान पुनले उदयपुरको लिम्चुङबुँङ गाउँपालिकामा बिजयी भएका मेजर कुमार राईलाई बधाई दिएका छन् । उनले उदयपुर,लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका मेजर राई दोस्रो पटक विजयी हुनु भएकोमा हार्दिक बधाई भनेर फेसबुकमा पोस्ट गर्दै बधाई दिएका हुन् । यस्तै माओवादीका अध्यक्ष पुष्प कमल दाहालका कान्छी पुत्री गंगा दाहालले पनि राईलाई बधाई दिएकी छिन् । दाहालले फेसबुकमा उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्षमा मेजर राई विजयी हुनु भएकोमा हार्दिक बधाई तथा कार्यसफलताको शुभकामना छ। भन्दै बधाई तथा सफलताको शुभकामना व्यक्त गरिन् । राई नेकपा माओवादी बाट दोस्रो पटक अध्यक्षमा निर्वाचित बनेका हुन् । राईले आफ्नो प्रमुख प्रतिपक्षि नेकपा एमालेका राज कुमार राईलाई फराकिलो मतान्तरले हराउँदै बिजयी हाँसिल गरेका थिए । राईले अन्तिम म...
लिम्चुङबुङ गाउँपालिका २ मा माओवादीका  जितेन राई र ३ मा स्वतन्त्र उम्मेदवार कुमाई बिजयी

लिम्चुङबुङ गाउँपालिका २ मा माओवादीका जितेन राई र ३ मा स्वतन्त्र उम्मेदवार कुमाई बिजयी

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ १ लिम्चुङबुङ गाउँपालिकामा २ ताम्लीछामा माओवादी केन्द्रका जितेन राईले बिजयी हाँसिल गरेका छन् । राईले ४७४ मात ल्याई वडाअध्यक्षमा जित हाँसिल गरेका हुन् । राई गठबन्धन बाट २ नं वडाका उम्मेदवार थिए । उनले त्यस वडामा सहज जित हाँसिल गरेका हुन् । राई वाईसेलका केन्द्रीय सदस्य तथा किरात राई विद्यार्थी संघका केन्द्रीय अध्यक्ष समेत हुन् । यस्तै गरी पालिकाकै ३ नं बारामा स्वतन्त्र उम्मेदवार गुरुमणी कुमाईले जित हाँसिल गरेको छ । उनि स्वतन्त्र उम्मेदवारी बाटै वडाअध्यक्षमा निर्वाचित बए । युवा पुस्तामा छाएको कुमाईले जनताको मन जितेकै कारण निर्वाचित बनेका हुन् ।...