डीएसपी गौतमको २९ औं पटक रक्तदान
पूर्णपुष्टि, फागुन ७ ।
जिल्ला प्रहरी कार्यालय उदयपुुरका प्रहरी नायव उपरिक्षक बेदप्रसाद गौतमले २९ औं पटक रक्तदान गरेका छन् । उनले गाईघाटमा २९ औं पटक रक्तदान गरेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा त्रियुगा उद्योग वाणिज्य संघले शनिबार गाईघाटमा आयोजना गरेको रक्तदान कार्यक्रममा जागिरको सिलसिलामा विभिन्न ठाउँमा २८ औं पटक रक्तदान गरिसकेका प्रनाउ गौतमले २९ औं पटक रक्तदान गरेका हुन् ।
कार्यक्रमको सुरुवातमै डिएसपी गौतमले रक्तदान गरेका थिए । उनीसंगै सिनियर तथा जुनियर प्रहरी अधिकृत, प्रहरी हवल्दार तथा जवानहरुले रक्तदान गरेका थिए । साथै कार्यक्रममा सशस्त्र प्रहरी, साईकिलिष्ट खेलाडी, पत्रकार, नागरिक अगुवा तथा ब्यापारी, ब्यवसायीहरुले रक्तदानमा भाग लिएका थिए ।
शरिरबाट निश्चित समयमा खेर जाने रगत दान गरेमा त्यसले धेरैको ज्यान बचाउन सक्ने भएकाले रक्तदान पुन्यको काम भएकोले प्रजातन्त्र दिवस जस्तो...









