Monday, August 24News That Matters

Breaking News 1

साहित्यकार ताना शर्माको निधन

साहित्यकार ताना शर्माको निधन

Breaking News 1, समाचार, साहित्य
काठमाडौँ, फागुन ३ वरिष्ठ साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा आज निधन भएको छ । उहाँ ताना शर्माका नामशबाट लोकप्रिय हुनुहुन्थ्यो । विसं १९९१ असार ९ गते इलामको बरबोटमा जन्मनुभएका उहाँले ‘झर्रोवादी आन्दोलन’का एक अगुवा हुनाका साथै नियात्रा, निबन्ध, कथा, उपन्यास, समालोचनालगायत विधामा दर्जनौँ कृति लेख्नुभएको छ । डा शर्माले ‘बेलायततिर बरालिँदा’ नियात्राका लागि विसं २०२६ मा मदन पुरस्कार र ‘सम र समका कृति’का लागि २०२९ मा साझा पुरस्कार प्राप्त गर्नुभएको थियो । उहाँलाई नेपाल प्रज्ञाप्रतिष्ठानले आजीवन सदस्यतासमेत दिएको थियो । उहाँ पाठ्यपुस्तक लेखक पनि हुनुहुन्थ्यो । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्यायले दिवङ्गत शर्माको निधनबाट नेपाली वाङ्यमयको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउनुभयो । शर्माको अन्त्येष्टि आज मध्यान्ह १२ बजे पशुपति आर्यघाटमा गरिने जनाइएको छ । (र...
विदेशमा मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग

विदेशमा मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग

Breaking News 1, समाचार
काठमाण्डौं, फागुन ३ वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगलमा ज्यान गुमाएकाको परिवारलाई आर्थिक सङ्कलन गरी हस्तान्तरण गरिएको छ । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति युरोप क्षेत्रको विशेष पहलमा रु नौ लाख ८० हजार रकम भिरकोट–५ सिम्लेका अङ्कितसिंह ठकुरीको परिवारलाई सोमबार साँझ घरमै पुगेर हस्तान्तरण गरिएको हो । स्याङ्जा सहयोग समाज पोर्चुगलका अध्यक्ष अर्जुन अर्याललगायतको सक्रियता तथा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति युरोप क्षेत्रले अगुवाइमा रकम सङ्कलन गरी हस्तान्तरण गरेको हो । स्याङ्जा सहयोग समाज स्पेनबाट ६८०, फ्रान्सबाट ६००, बेल्जियमबाट ५००, नेदरल्याण्डबाट ३६०, एनआरएनए पोर्चुगलबाट दुई हजार ३०५, पोर्चुगलबाट तीन हजार ४१७ यूरो र थप केही सङ्घसंस्था तथा व्यक्तिबाट रकम सङ्कलन गरी घर पठाइएको हो । सङ्कलित रकम भिरकोट नगरप्रमुख छायाराम खनालले परिवारलाई हस्तान्तरण गर्नुहुँद...
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा चार हजार १५७ विद्यालय छनोट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा चार हजार १५७ विद्यालय छनोट

Breaking News 1, समाचार
काठमाडौँ, फागुन ३ सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्राप्त आवेदनका आधारमा देशभरका चार हजार १५७ सार्वजनिक विद्यालय छनोट गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा सोमबार भएको बैठकले सो छनोट गरेको हो । छानिएकामध्ये चारकोठे भवन ९७६, दुईकोठे भवन ९६६, आइसिटी ल्याब व्यवस्थापन दुई हजार १०६, प्राविधिक ल्याब ८८ र नयाँ प्राविधिक विद्यालय स्थापना २१ निर्माण गरिने भएको छ । मन्त्री पौडेलका अनुसार चारकोठे भवन निर्माणका लागि प्रतिविद्यालय रु ३६ लाख, दुईकोठे भवन निर्माणका लागि रु १८ लाख, आइसिटी ल्याब व्यवस्थापनका लागि रु छ लाख ५० हजार, नयाँ प्राविधिक धार सञ्चालनका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान २१ विद्यालयलाई रु ७० करोड ५९ लाख छ हजार, गत आर्थिक वर्षमा ल्याब व्यवस्थापनका लागि छुट विद्यालयका लागि अनुदान १४ विद्यालयका लागि...
निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुने महामन्त्री थापाको भनाई

निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुने महामन्त्री थापाको भनाई

Breaking News 1, समाचार
काठमाण्डौँ, फागुन २ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुने बताउनुभएको छ । बनेपास्थित नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको जिल्ला कार्यालयमा सोमबार साँझ नेता, कार्यकर्तासँगको भेटघाटमा केन्द्रीय निर्देशनले स्थानीय तहको निर्वाचनमा कुनै असर नगर्नेसमेत दाबी गर्नुभयो । “कुन पालिकामा कुन दलसँग गठबन्धन गर्ने भन्ने कुरा पालिका समिति, जिल्ला कार्यसमितिलगायत जिल्ला तहबाटै निक्र्योल गर्ने हो, यसो गर्दा मात्रै उपलब्धि हासिल गर्न सकिन्छ”, थापाले भन्नुभयो । केन्द्र निर्देशित गठबन्धनले स्थानीय निर्वाचनमा अपेक्षित उपलब्धि प्राप्त गर्न निकै गाह्रो हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन सरकारले तोकिएकै समयमा हुन्छ, कसैले हुन्न भन्ने हल्ला गरेर नहुने होइन, ढुक्क हुनुस् सरकार निर्वाचन गर्न तत्पर छ ।” नेता थापाले टोल समितिले पार्टी बलियो हुन...
लिम्चुङबुङकाे विदाईमा प्रमुख प्रशासकीय अधिकृत लिम्बुकाे गलामा खादा, माला अटेन

लिम्चुङबुङकाे विदाईमा प्रमुख प्रशासकीय अधिकृत लिम्बुकाे गलामा खादा, माला अटेन

Breaking News 1, समाचार
  [contact-form][contact-field label="Name" type="name" required="true" /][contact-field label="Email" type="email" required="true" /][contact-field label="Website" type="url" /][contact-field label="Message" type="textarea" /][/contact-form] पूर्णपुष्टि, फागुन २ । उदयपुरकाे लिम्चुङबुङ गाउँपालिकाबाट सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत टार्जन लिम्बुकाे विदाई विशेष बनेकाे छ । पालिकाले आज आयाेजना गरेकाे प्रशासकीय अधिकृत लिम्बुकाे विदाई विशेष बनेकाे हाे । पालिकाकाे २ वर्ष एक महिना बसाईमा पालिकाबासी र जनप्रतिनिधिहरु सबैकाे मन जित्न सफल उनलाई पालिकाबासी सर्वसाधारणदेखि जनप्रतिनिधि, राजनितिक दल र कर्मचारीहरुले विशेषरुपले विदाई गरे । एक प्रशासककाेे हैसियतमा असल आचरण र काम, कर्तब्य पालनाका साथै पूर्ण जिम्मदारी, जवाफदेही बन्न सफल भएकाले लिम्बुले सबैकाे मन जितेका थिए । जनताकाे काममा ढिलास...
हलेसिमा ट्याक्टर दुर्घटना : एकको मृत्यु एक घाईते, घाईतेलाई उपचारको लागि हेली बाट काठमाण्डौँ लगियो

हलेसिमा ट्याक्टर दुर्घटना : एकको मृत्यु एक घाईते, घाईतेलाई उपचारको लागि हेली बाट काठमाण्डौँ लगियो

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १ खोटाङमा आज ट्याक्टर दुर्घटना हुँदा एक बालकको घटना स्थलमै मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका ७ गोर्दाखामा सोमवार भएको ट्याक्टर दुर्घटनामा परी सोहि नगरपालिका १० न वडा अर्खौले नौलापुरका १४ बर्षिय बालक सिटामोल भन्ने शेखर मगरको घटना स्थलमै मृत्यु भएको खोटाङ प्रहरीले जनाएको छ । यता ट्याक्टरमा सवार ७ नं वडा ऐसालुखर्कका ३२ बर्षिय नगेन्द्र राई भने घम्भीर घाईते भएका छन् । हलेसी बाट सुकोसी तर्फ बालुवा लिन गईरहेको अवस्थामा स १ त ७७३३ नं को ट्याक्टर दुर्घटना भएको थियो । घाईते राईको स्वास्थ्य अवस्था गम्भिर भएपछि हलेसीमा सामान्य उपचार पश्चात थप उपचारको लागि हेली बाट काठमाण्डौँ लगिएको छ । दुर्घटनामा मृत्यु भएका बालक मगरको पोष्टमार्टका लागि जिल्ला अस्पताल दिक्तेलमा सव राखिएको छ ।...
फनबोर्ड र पेसोकद्वारा बेलका नपालाई खानेपानी आयोजना हस्तान्तरण

फनबोर्ड र पेसोकद्वारा बेलका नपालाई खानेपानी आयोजना हस्तान्तरण

Breaking News 1, समाचार
गाईघाट, फागुन २ । खोपानीको जटिल समस्या झेल्दै आएका उदयपुरको बेलका नगरपालिका–४ का विभिन्न आठ ओटा बस्तिका दुई सय ७४ परिवारलाई स्वच्छ खानेपानीको व्यवस्था भएको आयोजना बेलका नगरपालिकालाई हस्तान्तरण गरिएको छ । ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास समिति (फनबोर्ड) सँगको साझेदारीमा शान्ति समाज केन्द्र नेपाल (पेसोक) उदयपुरले एक हजार चार सय जनसंख्यालाई पुग्ने गरी स्थानीय कोक्सिला–कटारी खानेपानी आयोजना सम्पन्न गरी शनिबार नगरपालिकालाई हस्तान्तरण गरिएको हो । आयोजनाको पुर्ण जिम्मेवारी समित्व ग्रहण गर्ने गरी मेयर दुर्गा थापालाई पेसोककी अध्यक्ष सिर्जना दनुवारले प्रमाण पत्र हस्तान्तरण गरिन । दूई दशकअघि युनिसेफ नेपालको सहयोगमा सञ्चालनमा आएको त्यहाँको खानेपानी आयोजना पुरानो भई जीर्ण भएपछि पानीको चरम अभाव खेपेर जिवन बिताईरहेका त्यस क्षेत्रका दुई सय ७४ घर परिवारलाई लक्षित गरी खानेपानीको योजना पुनः सञ्चालन ग...
चौदण्डीमा खेलकुद महोत्सव सुरु

चौदण्डीमा खेलकुद महोत्सव सुरु

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २ चौदण्डीगढी नगरपालिकामा आईतबार बाट खेलकुद महोत्सव सुरु भएको छ । पालिकाको वाड नं १ स्थित एक महिने खेलकुद मोत्सवको उद्घाटन नगर प्रमुख खगेन्द्र राई र उप मेयर रिता कुमारी चौधरीले संयुक्त गरे । खेलकुद महोत्सवमा पहिलो चरणको खेलमा भलिवल बाट सुरु गरिएको छ । चौदण्डिगढी नगरपालिका र नगर खेलकुद बिकास समितिको संयुक्त आयोजनामा खेल सुरु भएको छ । महोत्सवको पहिलो दिन आईतबार प्याराग्लाईडिङ सहित भलिबल खेल सम्पन्न भएको हो । फ्ल्याईङ ओन्डर्स प्याराग्याईडिङ नेपालको समुहले चौदण्डीगढी डाँडाबाट नगरपालिकाको वडा नंम्बर ३ अन्तरगत भोर्लेनी सम्म १५ किलोमिटर दुरी प्याराग्लाईडिङ उडान समेत हो । महोत्सवको उद्घाटन गर्दै नगर प्रमुख राईले सर्वसाधारण सबैले सुख, शान्ति र समृद्ध चाहेको बताए । खेलकुदबाट समग्र चौदण्डीगढीको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उदेश्यले महोत्सवको आयोजना गरिएको बताए । लामो स...
गाईघाट भगवती मन्दिर गुम्वा पछाडी झुण्डीएको अवस्थामा एक पुरुषको शव फेला

गाईघाट भगवती मन्दिर गुम्वा पछाडी झुण्डीएको अवस्थामा एक पुरुषको शव फेला

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १ उदयपुर गाईघाटमा एक पुरुषको शव झुण्डीएको अवस्थामा फेला परेको छ । त्रियुगा नगरपालिका ११ भगवती मन्दिर पछाडी आईतवार अपरान्ह दिउँसो पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ति पुरुष रौतामाई गाउँपालिका ४ पोखरीका ३४ बर्षिय उद्धप राउत रहेको जनाएको छ । उनि टिफर चालक रहेको प्रहरीको भनाई छ । उनको हत्या वा आत्महत्या के हो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।...
एकीकृत समाजवादी निकट युवा संघ नेपाले गर्यो गाईघाटमा एमसीसीको बिरोध

एकीकृत समाजवादी निकट युवा संघ नेपाले गर्यो गाईघाटमा एमसीसीको बिरोध

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन १ नेकपा एकीकृत समाजवादी पार्टी निकट युवा संघ नेपाल उदयपुरले गाईघाटमा एमसीसीको चर्को बिरोध गरेको छ । सबै पार्टीहरुले आफ्नो स्वार्थको लागि बोलिरहेको अवस्थामा एकीकृत समाजवादी पार्टी युवा संघ नेपालले भने यसको चर्को बिरोध गरेको जनाएको छ । पिपलचोकमा भएको बिरोध कार्यक्रमा युवा नेताहरुले एमसीसीको बारेमा एमाले केही नबोल्ने र कांग्रेस भने राष्ट्रघाती एमसीसी पास गर्नमा लागि परिरहेको आरोप लगाए । नेकपा एस त्रियुगा नगर अध्यक्ष जनार्दन रेग्मीले एमसीसी अनुदान नभई यो स्वार्थ पुर्ण सहयोग रहेको स्पट पारेको छ । यदि अनुदान हो भने किन संसद बाट पास गर्नु पर्ने कारण उनले कारण सोधे । अमेरीकाले देशका सबै नेताहरुलाई एमसीसी पास गर्न धम्की दिरहेको अवस्थामा आफुहरुले भने यसलाई कुनै हिसावले धम्की नसहने र यसको बिरोधमा उत्रिने जनाएको छ । रेग्मीले कांग्रसले एमसीसी बारे प्रष्ट अध्यान गरेको ...