Monday, August 24News That Matters

Breaking News 1

राष्ट्रिय दलित आयोगका केन्द्रीय सदस्य पुर्कुटीलाई त्रियुगा उद्योग बाणिज्य संघको सम्मान

राष्ट्रिय दलित आयोगका केन्द्रीय सदस्य पुर्कुटीलाई त्रियुगा उद्योग बाणिज्य संघको सम्मान

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागनु १ त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले राष्ट्रिय दलित आयोगका केन्द्रीय सदस्य तथा प्रवक्ता सुन्दर पुर्कुटीलाई स्वागत तथा सम्मान गरेको छ । कार्यक्रमको शिलशिलामा शनिवार गाईघाट आईपुगेका पुर्कुटीलाई संघको कार्यालय परिसरमै आईतबार बिहान छलफल कार्यक्रम सहित सम्मान तथा स्वागत गरेको हो । संघका अध्यक्ष रमेश रसाईली, कांग्रेस नेता बस्नत वस्नेत, एमाले त्रियुगा नगर अध्यक्ष केशव घिमिरे तथा सम्पूर्ण पदाधिकारीहरुले मायाको चिनो प्रदान गर्दै पुर्कुटीलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा सदस्य पुर्कुटीले आफ्नो क्षेत्रगत र कार्यगतका बारेमा धारणाहरु समेत राखेका छन् । उनले राष्ट्रिय दलित आयोग दलित समुदायहरुको निति निर्माण गर्ने संवैधानिक निकाय रहेको जनाए । यस आयोगले दलितहरुको हक अधिकार सुनिश्चित गराउन पहल चाल्ने सुझाएको छ । समाजमा जातिय बिभेदकै कारण नेपालमा राष्ट्रिय दलित अयोग गठन...
गाईघाटमा गएराति आगलागिबाट ठुलाे क्षती

गाईघाटमा गएराति आगलागिबाट ठुलाे क्षती

Breaking News 1
पूर्णपुष्टि, फागुन १ गएराति उदयपुरकाे गाईघाटमा आगजनि भई लाखाै क्षति भएकाे छ । त्रियुगा नगरपालिका १२ स्थित त्रियुगा बसपार्क नजिकै उत्तरतर्फकाे  एक घर र तीन पसलमा विधुतसर्ट भई आगजनि हुँदा बाबुराजा प्रजापतिकाे टिनकाे सटर भएकाे एकतले घर र स्थानीय मदन साहकाे किराना पसल, जनक मगरकाे  स्टिकर पसल र सराेज रेग्मीकाे माेटर पार्टस पसल आगजनि भएकाे हाे । आगजनिबाट साहकाे ४० लाख, मगरकाे ११ लाख, रेग्मिकाे २५ लाख र प्रजापतिकाे ८ लाख बराबरकाे धनमा,रल, सामान जलेर क्षति भएकाे प्रहरीले जनाएकाे छ । राती १:३० बजेकाे समयमा आगलागि भएकाे खबर लगत्तै खटिएकाे सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयकाे सहगाेगमा करिव ३ घण्टापछि आगाे नियन्त्रण गरिएकाे थियाे ।  आगाे नियन्त्रणमा त्रियुगा, चाैदण्डिगढि नगरपालपका र राैतामाई गाउँपालिकाकाे दमकल प्रयाेग भएकाे थियाे ।...
मेयर चौधरीसंग मुसहर समुदायको खुल्ला अन्तरक्रिया

मेयर चौधरीसंग मुसहर समुदायको खुल्ला अन्तरक्रिया

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि (उदयपुर), माघ २९ गते । उदयपुरको त्रियुगा नगरपालिकाका मुसहर समुदायले जिविकोपार्जनका बारेमा मेयर बलदेव चौधरीसंग खुलेर अन्तरक्रिया गरेका छन् । अन्तरक्रियामा उनीहरुले ब्यवसायिक सीप र ज्ञानको माग राखेका छन् । मुसहर समुदायको पेशा परिवर्तन गरी शिक्षा, स्वास्थ्य लगायत जिविकोपार्जनमा सहजता ल्याउने उद्देश्यले नगरपालिकाले आयोजना गरेको अन्तरक्रियामा उनीहरुले मेयर चौधरीसंग खुलेर अन्तरक्रियासंगै सीपमुलक तालिम र जनचेतनामुलक कार्यक्रमको मा राखे । मेयरका स्वकीय सचिवसमेत रहेका अगुवा युवा विजली सदाका अनुसार मुसहर समुदायका अगुवाहरुले मेयर बलदेव चौधरीसंग अगरबत्ती बनाउने, सिलाईकटाई, दालमोठ भुजिया बनाउने, तरकारी तथा पशुपालन आदि सम्बन्धी तालिमको माग राखे । उनीहरुले आयआर्जन मुलक सीपका साथै शिक्षा, स्वास्थ्य सम्बन्धी जनचेतनामुलक कार्यक्रमको माग राखेको सदाले बताए । उनीहरु ज्याला, मजदुरी र बनिबुतोको भ...
उदयपुरको चौदण्डीगढी नगरपालिकामा एकमहिने खेलकुद महोत्सव

उदयपुरको चौदण्डीगढी नगरपालिकामा एकमहिने खेलकुद महोत्सव

Breaking News 1, खेलकुद, समाचार
काठमाण्डौं, माघ २९ कोभिड सङ्क्रमण विस्तारै ओरालो लाग्न थालेपछि उदयपुरको चौदण्डीगढी नगरपालिकाले फागुन १ गतेदेखि महिनाभरि खेलकुद महोत्सव सञ्चालन गर्ने तयारी गरेको छ । चौदण्डीगढी नगरपालिकाका अनुसार फागुन १ गतेदेखि फागुनको अन्तिम हप्तासम्म नगरका विभिन्न स्थानमा झण्डै दुई दर्जन खेलकुदका कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको नगरपालिकाका प्रमुख खगेन्द्र राईले बताउनुभयो । स्थानीय तहमा आन्तरिक पर्यटन विकाससँगै खेलकुद विकास प्रवद्र्धनका लागि फागुन अन्तिमसम्म महिनाभरि नै खेलकुद कार्यक्रम सञ्चालन गर्न लागिएको नगरप्रमुख राईले बताउनुभयो । फागुन १ देखि ४ गतेसम्म नगरको ऐतिहासिक चौदण्डीगढी क्षेत्रबाट दैनिक प्याराग्लाइडिङ उडान गर्ने र बेल्टार क्षेत्रमा भलिबल खेल सञ्चालन गर्ने उपप्रमुख राजकुमारी चौधरीले बताउनुभयो । यस्तै फागुनको ७ देखि १० सम्म नगरको सुन्दपुर सिवाई खेलमैदानमा नगरमेयर फुटबल कप खेल सञ्चालन ह...
दलितहरुको हक अधिकार समधानका लागि, राष्ट्रिय दलित अयोग : केन्द्रीय सदस्य पुर्कुटी

दलितहरुको हक अधिकार समधानका लागि, राष्ट्रिय दलित अयोग : केन्द्रीय सदस्य पुर्कुटी

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २९ राष्ट्रिय दलित आयोगका केन्द्रीय सदस्य तथा प्रवक्ता सुन्दर पुर्कुटीले दलित समुदायको समस्या समधान गर्न राष्ट्रिय दलित आयोग गठन भएको जनाएको छ । समाजमा दलित प्रति हुने अनेकौँ बिभेत र असाहयहरु प्रति सजक रहँदै यस्ता समस्या समधान गर्न नै यस आयोग गठन भएको पुर्कुटीले जनाए । दलितहरु नेपाली समाजकै व्यक्ति, परिवार, समुदाय हुँदै राष्ट्र सम्म बाटनै बिभेद् खेपिरहेको हुँदा दलित समुदाय अत्यादिक समाजमा समस्याको सिकार भैरहेको पुर्कुटीले जनाए । यसै समस्याको समधान र उनिहरुको हक अधिकार, नितिगत कार्यविधिलाई समानन्तर गर्ने प्रयत्ननै आयोगको मुख्य काम रहेको उनिले जनाए । पुर्कुटीले आयोग गठन भएको एक बर्ष कार्यकाल पुरा भैरहँदा दलितहरुको थुप्रै समस्या समधानका कुराहरुलाई एजेन्डाको रुपमा समावेश गरिएको जनाएको छ । शनिवार गाईघाटमा पत्रकारहरु सँग भेटघाट गर्दै आफ्नो कार्यकाल १ बर्ष पुरा भईरहँदा ...
तीनपाङ्ग्रे सवारीको लाइसेन्स उदयपुरमै पाउदा चालकहरु खुसी

तीनपाङ्ग्रे सवारीको लाइसेन्स उदयपुरमै पाउदा चालकहरु खुसी

Breaking News 1, आर्थिक, समाचार
https://youtu.be/PTo804DQFH0 पूर्णपुष्टि, माघ २८ । यातायात व्यवस्था सेवा कार्यालय, गाईघाटबाट उदयपुरमै धमाधम सवारी अनुमती पत्र (लाइसेन्स) बन्न थालेपछि सबैभन्दा बढि खुसी तीनपाङ्ग्रे सवारी चालकहरु देखिएका छन् । विना लाइसेन्स टेम्पो, अटो रिक्सा चलाउन दुःख पाएका उनीहरु आप्mनै ठाउँमा लाइसेन्स पाउदा खुसी मात्र छैनन् ढुक्क पनि भएका छन् । जिविकोपार्जनका लागि विना लाइसेन्स नै तीनपाङ्ग्रे सवारी चलाउदै आएकाहरुले धमाधम लाइसेन्स लिन थालेको सिटि सवारी यातायात सञ्चालक समितिका अध्यक्ष जयप्रसाद आचार्यले बताए । यहाँबाट लाइसेन्स पाउने ब्यवस्था नहुँदा सुनसरीको इटहरी, सिरहाको लहान जानुपर्ने बाध्यता थियो । ती ठाउँहरुमा धाउन सजिलो थिएन । पटक पटक धाउनु पर्ने हुँदा समय र पैसाको ठूलो खर्च हुने गरेको थियो । यातायात ब्यवस्था सेवा कार्यालय उदयपुरका सुचना प्रविधि अधिकृत सुवास अधिकारीका अनुसार हालसम्म ६० जनाले तीनप...
भालुको पित्तसहित एक पक्राउ   

भालुको पित्तसहित एक पक्राउ   

Breaking News 1, समाचार
काठमाडौँ, माघ, २८   प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्तसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको दोर्दी गाँउपालिका–८ खिन्चोकका ३५ वर्षीय मनबहादुर सिलवाल क्षेत्री रहेका छन् ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले टोखा नगरपालिका–९ आनन्द टोलबाट क्षेत्रीलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले भालुको आखेटोपहार अवैध रुपमा ओसारपसार गरेर बेचबिखन गर्न लागेको अवस्थामा क्षेत्रीलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका क्षेत्रीको साथबाट २४० ग्राम पित्त बरामद गरिएको छ । उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसारको जिम्मा लगाइएको महतोले बताउनुभयो । (रासस) :...
उदयपुरमा थपियो ५१ हजार भन्दा बढी मतदाता

उदयपुरमा थपियो ५१ हजार भन्दा बढी मतदाता

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २८ जिल्ला निर्वाचन कार्यालय उदयपुरका अनुसार जिल्लामा ५१ हजार ६ सय ७९ जना नयाँ मतदाता थपिएको छ । जिल्लामा रहेको आठ वटै स्थानिय तहको मतदाता नामावली संकलन गर्दै कार्यालयले जिल्लामा ५१ हजार बढी नयाँ मतदाता थपिएको जनाएको छ । आउदो वैशाख ३० गतेको स्थानीय निर्वाचनमा सहभागी हुने उद्देश्यले मतदाता थपिएको हो । आउदो निर्वाचनका लागि यी मतदाताहरुले आफुलाई मनपरेको पार्टी र व्यक्तिलाई भोट हाल्न पाउने छ । जिल्लामा पुरुष मतदाताको संख्या १ लाख १५ हजार नौ सय ५१ जना र महिला मतदाताको संख्या १ लाख ६ हजार दुई सय १९ जना गरी २ लाख २७ हजार १ सय ७० मतदाता रहेको निवार्चन कार्यालय उदयपुरका प्रमुख हिमालय बरालले जानकारी दिनुभयो । २०७४ सालको निर्वाचनमा १ लाख ७५ हजार ४ सय ९१ जना मतदाता रहेको थियो । निर्वाचन कार्यालयका अनुसार त्रियुगा नगरपालिका सबैभन्दा बढी मतदाता थपिएको छ । त्रियुगा नगरपालिकामा १३ हजा...
तुलसीपुरमा आगलागीबाट पाँच जनाको मृत्यु

तुलसीपुरमा आगलागीबाट पाँच जनाको मृत्यु

Breaking News 1, समाचार
काठमाण्डौं, माघ २८ तुलसीपुरको एक घरमा गए राति भएको आगलागीबाट निसास्सिएर पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–उपमहानगरपालिका–५ का १४ वर्षीया साजिता खातुन, १४ वर्षीय हसन बकस, १६ वर्षीय मसिन बकस, ४० वर्षीय नअरदिन अली र ६ वर्षीय आविददिन अलि रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । तुलसीपुर–५ ‘ङ’ लाइनस्थित चप्पल गोदाममा आज बिहान २ बजे आगलागी भएको हो । आगलागीलगत्तै उद्धार गरिएता पनि आगो नियन्त्रण बाहिर गएकाले निसास्सिएर मृत्यु भएको हो । आगो कम भएपछि बिहान साढे ७ बजेतिर शव निकालिएको हो । तीमध्ये घरको तेस्रो तलाबाट तीन र चौथो तलाबाट दुई जनालाई निकालिएको हो । पाँचै जनाको निसास्सिएर मृत्यु भएको प्रहरीले बताएको छ । इरम फुटवेयर चप्पल गोदाममा आगलागी भएको थियो । विद्युत्को मिटर पड्किँदा आगलागी भएको प्रहरीले जनाएको छ । पहिलो ...
विप्लवका पूर्व उदयपुर जिल्ला ईन्चार्ज केदार राई नेकपा एसमा प्रवेश

विप्लवका पूर्व उदयपुर जिल्ला ईन्चार्ज केदार राई नेकपा एसमा प्रवेश

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २७ विप्लव माओवादीका पूर्व उदयपुर जिल्ला इृन्चार्ज केदार राईले पार्टी परित्याग गरी नेकापा एकिकृत समाजवादी पार्टीमो प्रवेश गरेको छ । राईले मंगलबार एक प्रेस विज्ञाप्ती सार्वजानिक गर्दै आफुले लामो समय देखी आबद्ध रहेको विप्लव पार्टी परित्याग गरेको र नेकपा एस पार्टीमा प्रवेश गरेको जनाएको छ । उनले पछिल्लो समय देशमा राजनितिक अस्थिरताको बावजुत नेपालमा बिभिन्न स्वार्थी पार्टी रहेको समेत बिज्ञाप्तीमा उल्लेख गरेको छ । राईले पछिल्लो समय नेपाल र नेपालीको हितमा काम गर्ने पार्टीको अध्यान अनुसन्धानको क्रममा दक्षीण बामपन्थी, अवसरवाद र उग्रदक्षिण बामपन्थिहरुलाई परास्त गर्ने पार्टीको रुपमा नेकपा एकिकृत समाजवादी पार्टीलाई पाएको भन्दै यसैमा आफु आवद्ध भएर देश र जनताको लागि काम गर्ने जनाएको छ ।...