उदयपुरका प्रविन राई मोटरसाईकल र मोवाईल सहित काठमाण्डौँमा लुटियो, २ युवा पक्राउ
पूर्णपुष्टि, माघ ९
पठाओ राईडर उदयपुर गाईघाटका प्रविन राई काठमाण्डौमा लुटिएको छ । उदयपुर गाईघाट घर भई हाल काठमाण्डौँमा पठाओ राईडरको काम गरिरहेको प्रविन राईलाई हात बाँधेर झाडीमा फाली मोवाईल र मोटरसाईकल लुटपाट गरेको आरोमा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त सातदोबाटोले लुटपाट गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्धिबिक्रम शाहले जानकारी दिए । पक्राउ पर्नेमा सिन्धुलीका २१ वर्षीय सुमन तामाङ र खोटाङको हलेसीका २६ वर्षीय मनराज राई छन्।
उनिहरुले राईलाई शनिवार राति एकान्त झाडीमा फालेर कुटपिट समेत गरी मोटरसाईकल र मोवाईल लुटेर भागेका थिए । घटना शनिबार राति ११ बजेको हो । प्रहरी उपरीक्षक शाहका अनुसार सुमन काठमाडौंको कोटेश्वरबाट धापाखेल जान खोज्दै थिए ।
उनले त्यसको लागि पठाओ राइडरलाई बोलाए । उनलाई लिन राति पठाओ राइडर प्...









