Monday, August 24News That Matters

Breaking News 1

गाईघाट बोक्सेमा नाला खन्ने क्रममा  ढिस्कोले पुरिदा एक जनाको मृत्यु

गाईघाट बोक्सेमा नाला खन्ने क्रममा ढिस्कोले पुरिदा एक जनाको मृत्यु

Breaking News 1
पूर्णपुष्टि, माघ प१४ उदयपुर स्थित गाईघाट बोक्सेमा नाला खन्ने क्रममा माटोको ढिस्कोले पुरिदा एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका १० बोक्सेका ५६ बर्षिय झर्क बहादुर सार्कीको नाला खन्ने क्रममा माटोको ढिस्कोले पुरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ढिस्कोले पुरिएका सार्कीको शरिरको बिभिन्न भागमा घम्भीर चोट पटक लाग्नुका साथै सामान्य उपचारको लागि जिल्ला अस्पतालमा राखेर बाँकी उपचार गर्न बिराटनगर पठाईएको थियो । उनको उपचारकै क्रममा बिहिबार राती मृत्यु भएको प्रहरीले जनाएको छ । सार्कीलाई करिब ४ बजेको समयमा माटोको ढिस्कोले पुरेको थियो ।...
नेपालमा कोरोना बाट मृत्यु हुनेको संख्या डरलाग्दो, आज एकै दिन १५ जनाको मृत्यु

नेपालमा कोरोना बाट मृत्यु हुनेको संख्या डरलाग्दो, आज एकै दिन १५ जनाको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १३ नेपालमा आज एकै दिन १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज नेपालमा १५ जनाको मृत्यु सँगै ८,०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ५ हजार २९२ जना कोरोना संक्रमण मुक्त भएका छन् । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ६२ हजार १०५ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ भने ८ लाख ३७ हजार ०४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभरमा ९० हजार ५७६ सक्रिय संक्रमित छन् । जसमध्ये ८८ हजार ६४२ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ९३४ जना संस्थागत आइसो...
उदयपुरको जनसंख्या बढेर ३ लाख ४२ हजार ५१ पुग्यो, कतिले बढ्यो जिल्लाको जनसंख्या ?

उदयपुरको जनसंख्या बढेर ३ लाख ४२ हजार ५१ पुग्यो, कतिले बढ्यो जिल्लाको जनसंख्या ?

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १३ राष्ट्रिय जनगणना २०७८ को अनुसार १० बर्ष पछि उदयपुरको जनसंख्या बृद्धि भएको देखिएको छ । हालै केन्द्रीय तथ्याङ बिभागले देशकै जनसंख्या सार्वजानिक गरे सँगै उदयपुर जिल्लाको पनि ४ गाउँपालिका र ४ नगरपालिका गरी जिल्ला भरीकै जनसंख्या सार्वजानिक भएको हो । उदयपुरमा राष्ट्रिय जनगणना २०७८ को जनगणना अनुसार २४५१९ जनाले जनसंख्या बृद्धि भएको तथ्याङकमा उल्लेख भएको छ । यो संख्या दश बर्ष पछिको बृद्धि संख्या हो । यो संख्या सँगै उदयपुरको कुल जनसंख्या ३ लाख ४२ हजार ५१ जना पुगेको छ । १० बर्ष अघि जिल्लाको कुल जनसंख्या ३ लाख १७ हजार ५ सय ३२ जना रहेको तथ्याङकमा उल्लेख गरिएको छ । जिल्लामा जनसंख्या १ लाख ७७ हजार ६ सय ७२ जना रहेको छ भने पुरुषको जनसंख्या १ लाख ६४ हजार ३ सय ७९ जना रहेको छ । जिल्लामा पुरुषको भन्दा १३ हजार २ सय ९३ जनाले महिलाको जंनसंख्या बढी देखिएको छ । पहिलेको गणना तथ्याङ अनु...
लुटेराको कोर्ड भाषा नबुझ्दा काठमाण्डौँमा यसरी लुटिए उदयपुरका प्रविन राई

लुटेराको कोर्ड भाषा नबुझ्दा काठमाण्डौँमा यसरी लुटिए उदयपुरका प्रविन राई

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १३ उदयपुरको त्रियुगा नगरपालिका घर भएका प्रविन राई भर्खरै पठाऔमा संलग्न भएर काम थालेका थिए । २४ बर्षिय प्रविन करिब डेड महिना अघि काठमाण्डौँ आएर पठाओमा आफ्नो मोटरसाईकल दर्ता गरी यात्रु ओसार पसारमा लागेका थिए । माघ ८ मा उनी कोटेश्वर चोकमा यात्रु कुरिरहेका थिए । रात छिप्पिँदै थियो, करिब ११ बजेर ३० मिनेट गएको थियो । एकजना यात्रु आएर सोधे– पठाओ हो प्रविनले भने– हो । यसरी उनलाई सोध्ने यात्रु थिए सिन्धुलीको मरिण घर भएका २१ वर्षीय सुमन तामाङ । सुमनले उनलाई भने– गाडी पाइएन, मलाई अप्ठ्यारो परेको छ, धापाखेलसम्म छाडिदिनुस् न ।सुरुमा प्रविणले मानेका थिएनन् । सुमनले आफू ‘वायरिङको काम गर्ने मान्छे’ रहेको भन्दै धापाखेलसम्म लगिदिन आग्रह गरे । त्यसपछि राइडर ‘अफलाइन’मा धापाखेल जान राजी भए । त्यस रात आफुलाई लुटपाट हुन्छ भन्ने कुरा प्रविनलाई केहि थाहा थिएन् । तामाङ र उनको अर्का साथीको भने प...
उदयपुरमा भिरबाट लडेर एक महिलाको ज्यान गयो

उदयपुरमा भिरबाट लडेर एक महिलाको ज्यान गयो

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १३ उदयपुरमा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ । ताप्ली गाउँपालिका ३ बगले भिरबाट खसेर ५० बर्षिया लक्ष्मीमाया तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । रत्न बहादुर तामाङका श्रीमती लक्ष्मी घर नजिकैको बगले भिरमा घाँस काट्ने क्रममा लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी वेद प्रसाद गौतमले जानकारी दिए । लडेर मृत अवस्थामा आफन्तले फेला पारेपछि प्रहरीलाई खबर गरेको र प्रहरीचौकी रामपुर झिल्केको टोली घटना स्थलमा गई थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि ईलाका प्रहरी कार्यालयको प्रहरी निरिक्षक सहितको टोलीले घटना बारे बिस्तृत बुझिरहेको जनाएको छ ।...
उदयपुर मिनिरल्स सहित ९ उद्योगका संञ्चालक तथा कर्मचारी विरुद्ध अख्तियारमा भ्रष्टचारको मृद्धा

उदयपुर मिनिरल्स सहित ९ उद्योगका संञ्चालक तथा कर्मचारी विरुद्ध अख्तियारमा भ्रष्टचारको मृद्धा

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १२ उदयपुर मिनरल्स उद्योगका संञ्चालक तथा नेपाल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष सहित २७ जना विरुद्ध १ अर्ब २६ करोड १९ लाख बढी बिगो सहित अख्तियारमा मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व नतिरीनै उद्योग संञ्चालन गरेको र मापदण्ड भन्दा बढी चुन ढँुगा उत्खनन गरेको आरोपमा ९ ओटा उद्योगका संञ्चालक, ९ जना कर्मचारी र ९ उद्योगीहरु बिरुद्ध भ्रष्टचारी मृद्धा दर्ता भएको हो । अनुमतिपत्रमा तोकिएभन्दा बढी चुनढुंगा निकालेका सिमेन्ट उद्योगहरूसँग राजस्व असुल नगरेर भ्रष्टाचार गरेको आरोपमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकासहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । भ्रष्टाचार मुद्दामा महासंघका पूर्व अध्यक्ष मुरारकालाई सर्वाधिक बढी रकम दावीसहित भ्रष्टाचार मुद्दा लगाइएको छ। मुरारकाको सिद्धार्थ मिनरल्स प्रालिले ४...
लुम्वीनी प्रदेश राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन बिजयी

लुम्वीनी प्रदेश राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन बिजयी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, माघ १२ लुम्वीनी प्रदेशको राष्ट्रिय सभा निर्वाचन बाट गठबन्धनका उम्मेदवारीहरु विजयी भएका छन् । गठबन्धन बाट उम्मेदवारी दिएर चुनाव लडेका काँग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) विजयी भएका हुन् । उनीहरुले एमालेको रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनारलाई पराजित गरेका हुन् । बुधबार विहान ९ बजे दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान भएको थियो ।    ...
उदयपुरमा बालबालिकालाई “मोडना” खोप : आगामी दिनमा विद्यालय प्रवेश गर्न खोप कार्ड अनिर्वाय

उदयपुरमा बालबालिकालाई “मोडना” खोप : आगामी दिनमा विद्यालय प्रवेश गर्न खोप कार्ड अनिर्वाय

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ १० जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले कोरोना भाइरस विरुद्धको मोडना खोप माघ १६ गतेबाट बालबालिकालाई लगाईने सूचना जारी गरेको छ । पुष महिनामा मोडनाको पहिलो मात्रा लगाएका १२ देखि १७ वर्षउमेर समुहका बालबालिकालाई दोस्रो डोज खोप लगाउन लागिएको हो । पहिलो मात्रको खोप नलगाएका विद्यार्थीलाई समेत मोडना खोप उपलब्ध भएको स्वास्थ्य कार्यालयले जनाएको छ । अधिकांश खोप केन्द्र विद्यालयमा सञ्चालन हुने छ । आगामी दिनहरुमा विद्यालय प्रवेश गर्नका निम्ती खोप कार्ड अनिर्वाय भएकोले सवै विद्यार्थीहरुलाई खोप लगाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । त्रियुगा, चौदण्डीगढी, बेलका, रौतामाई र लिम्चुङबुङमा यही माघ १६ देखि १९ गतेसम्म खोप लगाईने स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख गरिएको छ । त्यसैगरी कटारी, ताप्ली र उदयपुरगढीमा २० गते देखि २३ गतेसम्म खोप सञ्चालन गरिने छ । दोस्रो मात्राको खोप लगाउन आउदा अ...
गाउँपालिकाद्धारा किसानलाई पेन्सनको व्यवस्था

गाउँपालिकाद्धारा किसानलाई पेन्सनको व्यवस्था

Breaking News 1, राजनीति
पूर्णपुष्टि, माघ १० बाँकेका एक गाउँपालिकाले किसानको सम्मान हौसाला स्वरुप पेन्सनको व्यवस्था गरेको छ । कृषि र किसान राष्ट्रकै पहिलो महत्वपूर्ण क्षेत्र रहेको भन्दै उनिहरुको पेसाको सम्मान स्वरुप गाउँपालिकाले पेन्सनको व्यवस्था गरेको हो । बाँकेका नैनपुर गाउँपालिकाले उत्कृष्ट किसानहरुलाई जनही २ हजारको दरले पेन्सन उपलब्ध गराएको जनाएको छ । पालिकाले किसानहरुलाई मासिक २ हजारको दरले पेन्सन उपलब्ध गराएको छ । गाउँपालिकाको उत्कृष्ट किसानलाई पेन्सन दिने नीति तथा कार्यक्रम अन्तर्गत माघबाट कार्यान्वयनमा आएको जनाएको छ। यो आर्थिक वर्षमा १२ किसान उत्कृष्ट भएका छन् । उनीहरूले जनही २ हजार किसान पेन्सन पाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए । उनीहरूलाई मासिक दुई हजारका दरले वार्षिक २४ हजार पेन्सनबापत रकम दिइनेछ। पेशाबाट अलग भएमा पेन्सन रकम नदिइने पनि गाउँपालिकाले जनाएको छ...
राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेद्वारलाई मतदान गर्न अपिल

राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेद्वारलाई मतदान गर्न अपिल

Breaking News 1, राजनीति, समाचार
अर्जुन आचार्य पूर्णपुष्टि, माघ १० नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेद्वारलाई मतदान गर्न अपिल गरेको छ । माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) र सचिव गणेश उप्रेती (शुशिल) ले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन् । ‘स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष एवम् सम्पूर्ण प्रदेशसभा सदस्यहरुलाई माघ १२ मा हुने निर्वाचनमा गठबन्धनतर्फका उम्मेद्वारहरुः गोपालकुमार बस्नेतलाई रुख चिन्हमा, जयन्ती राईलाई कलम चिन्हमा र हेमराज राईलाई छाता चिन्हमा मतदान गर्न हार्दिक अपिल गर्दछौं,’ उक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन अगावै गठबन्धनका उम्मेद्वारहरुको पक्षमा सम्पूर्ण शक्ति लगाएर परिचालित हुन पनि पार्टी प्रदेश कमिटी हार्दिक आग्रह गर्दै यो विज्ञप्ति जारी गरिएको छ...