Monday, August 24News That Matters

Breaking News 1

गाईघाटमा स्कारपियाे र माेटरसाईकलमा आगजनि

गाईघाटमा स्कारपियाे र माेटरसाईकलमा आगजनि

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २० । उदयपुरकाे त्रियुगा नगरपालिका ११, गाईघाटमा एक स्कारपियाे गाडि र एक माेटरसाईकलमा गएराती आगजनी भएकाे छ । गाईघाट निवासी कालिदास राई (किसन राई)काे निजि गाडि र माेटरसाईकलमा आगजनि भएकाे हाे । प्रदेश १, ०२-००२ च ४३८५ नम्बरकाे स्कारपियाे र स ३ प २२८३ नम्बरकाे माेटरसाईकलमा आगजनि भएकाे हाे । आगजनिबाट गाडि र माेटरसाईकल पूर्णरुपमा क्षति भएकाे छ । घरकाे ग्यारेजमै पार्किङ गरि राखिएकाे अबस्थामा आगजनि भएकाे हाे । आगजनिकाे कारण थाहा हुन सकेकाे छैन । विद्युतसर्ट भई आगजनि भएकाे हुनसक्ने आशंका गरिएकाे छ ।  राईका अनुसार राती करिव १:०० बजेकाे समयमा आगजनि भएकाे हाे । आगजनि भएकाे करिव एक घण्टाकाे प्रयासमा प्रहरी, स्थानीय र नगरपालिकाकाे दमकलले आगाे नियन्त्रण गरेकाे थियाे । घटनाकाे छानविन भईरहेकाे जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बाेहराले बताउनुभयाे ।...
पूर्वमन्त्री हरिबहादुर बस्नेत चुनाव लड्ने तयारीमा

पूर्वमन्त्री हरिबहादुर बस्नेत चुनाव लड्ने तयारीमा

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, माघ १९ । आगामी संघीय चुनावमा पूर्वमन्त्री हरिबहादुर बस्नेत लड्ने तयारीमा रहेका छन् । आज पत्रकार भेटघाटमा कुरा गर्दै पूर्वमन्त्री बस्नेतले विगतमा चुनाव एकलरुपमै लड्दै आएकोले यस पटक पनि तयारी रहेको बताए । पार्टीले अन्य दलहरुसंग गठबन्धनको निर्णय गरेमा सोही निर्णयलाई मानेर जाने उनको भनाइ छ । भिडियो : https://youtu.be/fr0nl4ajCLU...
ताप्लीको वडा नं १ मा पनि बिजुली पुग्यो, स्थानीय खुसी

ताप्लीको वडा नं १ मा पनि बिजुली पुग्यो, स्थानीय खुसी

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १९ ताप्ली गाउँपालिकाको १ नं वडा मादलेमा बजुली पुगेपछि स्थानीयहरु हर्षित भएका छन् । लामो समयपछि जनताहरुको सपना पुरा भएको भन्दै स्थानीयहरु खुसी बनेको हो । स्थानीय सरकार पछि पहिलो पटक त्यस ठाउँमा बिजुली पुगेको स्थानीय समिप राईले बताए । पहाडी ठाउँमा बत्तिको समस्याले लामो समयदेखि अन्धकारमा गुज्रिएको जनताले स्थानीय सरकारको महसुस गरेको राईले बताए । राष्ट्रिय बिधुत प्रसारण लाईबाट बालिएको बत्तिको उद्घाट मंगलबार पालिका अध्यक्ष उदब सिहं थापा तथा उपाध्यक्ष कमलामा राईले संयुक्त रुपमा गरे । पालिकाको वाड नं १ मा समेत बत्ति पुगेपछि अध्यक्ष थापाले ताप्ली गाउँपालिका अब अध्याँरो मुक्त भएको समेत घोषाण गरे । यस्तै कार्यक्रममा बिभिन्न पार्टीका स्थानीय नेताहरु समेतको उपस्थितिमा बत्तिको उद्घाटन भएको हो । कार्यक्रममा एमाले जिल्ला कमिटि सदस्य बाबुराम राई, नेपाली काङ्ग्रेस वडा १ का सभाप...
स्वास्थ्य क्षेत्रमा पनि फड्को मार्दै लिम्चुङबुङ, थपियो डिजिटल एक्स–रे र भिडियो एक्स–रे सेवा

स्वास्थ्य क्षेत्रमा पनि फड्को मार्दै लिम्चुङबुङ, थपियो डिजिटल एक्स–रे र भिडियो एक्स–रे सेवा

Breaking News 1, लिम्चुङबुङ डायरी, समाचार
पूर्णपुष्टि, माघ १८ लिम्चुङबुङ गाउँपालिकाले बिकट अवस्थालाई बदल्दै प्रबिधि तर्फ छलाङ मारेको दावी गरेको छ । स्थानीय सरकार अगाडीको अवस्था र हालको अवस्थालाई तुलना गर्दै लिम्चुङबुङ गाउँपालिकाले सेवा सुविधाले निकै फड्को मारेको दावी गरेको छ । पछिल्लो समय स्वास्थ्य क्षेत्रमा अगाडी बढेको पालिकाले केहि दिन बाट डिजिटल एक्स–रे सहितको उपचार सेवा संञ्चालन गर्ने जनाएको छ । पालिकामा रहेको ए.ल.वी कार्की स्मृति लिम्चुङबुङ अस्पतालमा केहि दिनमै डिजिटल एक्स–रे भिडियो एक्स–रे को सेवा संञ्चालन हुने पालिका अध्यक्ष मेजर कुमार राईले बताए । सामान्य उपचारहरुले मात्रै पालिकामा स्वास्य क्षेत्र पुरा नहुने भन्दै डिजिटलको माध्यम बाट गर्न सकिने उपचारहरलाई समेत ध्यानमा राखी यो व्यवस्था गरेको अध्यक्ष राईले बताए । राईले अब साना देखी ठुलो उपचारहरु समेत जनताहरुले पालिका बाटै पाउने राईको भनाई छ । पालिकामै डिजिटलको माध्यम...
ताप्लीमा राष्ट्रिय युवा संघ नेपालको अधिवेशन सम्पन्न, अध्यक्षमा सईन्द्र राई

ताप्लीमा राष्ट्रिय युवा संघ नेपालको अधिवेशन सम्पन्न, अध्यक्षमा सईन्द्र राई

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, माघ १८ राष्ट्रिय युवा संघ नेपाल ताप्ली गाउँपालिकाको अधिवेशन सोमवार सम्पन्न भएको छ । अधिवेशनले सईन्द्र राईको अध्यक्षतामा ५३ सदस्यीय कमिटिी समेत गठन गरेको छ । संघका ताप्ली गाउँपालिका इन्चार्ज समिप राईका अनुसार अध्यक्ष राई सहित उपाध्यक्षमा ओम बहादुर मगर, कोषअध्यक्षमा मनिसा मगर, सचीब तिलक बाहादुर मगर, उपसचिव छबिराज राई, र उपसचिव डेनि बुढाथोकी लगायत पदाधिकारी सहित ५३ सदस्यीय कमिटि गठन भएको छ । कार्यक्रम अखिल नेपाल महिला संघ र राष्ट्रिय युवा संघको गरी संयुक्त रुपमा गरिएको थियो । नेकपा एमाले केन्द्रीय सदस्य अम्विका थापाको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको थियो । अधिवेशनमा एमाले जिल्ला नेताहरु गंगा राई, महेश्वरी राई मन्दीप राई, उद्धव सिंह थापा, कमलामाया राई, सुवास ज्यु ठकुरी तथा संघका प्रदेश कमिटी उप सचीव समीर चौलागाई, जिल्ला अध्यक्ष बिमल भण्डारी साथै जिल्ला कमिटी पार्टी सदस्यह...
उदयपुरमा राष्ट्रिय भूमि आयोगको कार्यालय स्थापना

उदयपुरमा राष्ट्रिय भूमि आयोगको कार्यालय स्थापना

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १७ उदयपुरमा राष्ट्रिय भूमि आयोगको कार्यालयको सोमवार उद्घाटन भएको छ । उदयपुरको सदरमुकाम गाईघाट स्थित जिल्ला समन्वय समितिको कार्यलय आयोगको कार्यालय स्थापना भएको हो । जिल्ला समन्वय समितिको भवनमा स्थापित कार्यलयको उदघाटन आयोगका केन्द्रीय अध्यक्ष केशव पौडेलले गर्नु भएको हो ।कार्यलय उदघाटन गर्दै आयोगका अध्यक्ष पौडेलले उदयपुरमा सुकुम्बासी समस्या समाधान , अव्यवस्थित बसोबास र पुराना अधुरो कार्यहरू सम्पन्न गर्दै छोटो समयमा लालपुर्जा वितरण गरेर इतिहास रच्ने दाबी गर्नुभयो । उहाँले माघभित्रै आयोगको खाली सदस्यहरूको पदपूर्ति गरिने दाबीसमेत गर्नु भएको छ । हिजोको आयोगले गरेका सम्पूर्ण कामको अपनत्व ग्रहण गर्ने बताउँदै लालपुर्जा वितरण गर्न ढिलाइ नगर्ने बताउनु भयो ।समितिमा जिल्लास्थित नापी , मालपोत र बन डिभिजनका सरकारी कार्यलयका प्रमुख पदेन सदस्य रहेको छ । आयोगका जिल्लास्थित कार्यलयको रूपम...
सोमवार बाट त्रियुगा नगरपालिका भित्रका सबै विद्यालयहरु खुल्ने

सोमवार बाट त्रियुगा नगरपालिका भित्रका सबै विद्यालयहरु खुल्ने

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १७ कोरोना भाईरसका कारण बन्द अवस्थामा रहेको त्रियुगा नगरपालिकाका विद्यालयहरु आज (सोमवार) बाट खुल्ने भएको छ । कोभिड–१९ को ओमिक्रोन भेरियन्टको संक्रमण जोखिमका कारणका पुस २९ गतेको नगर प्रमुख स्तरीय बैठकको निर्णय अनुसार माघ २ गतेदेखि १५ गतेसम्म भौतिक रुपमा पठनपाठन स्थगन गर्ने निर्णय भएको थियो । त्रियुगा नगरपालिकामा आइतबार बसेको नगर प्रमुख स्तरीय बैठकले आज सोमबार सामुदायिक र संस्थागत विद्यालयहरुलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर भौतिक रुपमा पठन पाठन संचालन गर्न निर्णय गरेको छ । हाल कोरोना संक्रमण दर न्यून हुँदै गईरहेको परिस्थिति रहेकोले विद्यालयहरु संचालन गर्न निर्णय गरेको त्रियुगा नगर शिक्षा शाखा प्रमुख एक बहादुर राउतले जानकारी दिए । नगरमा कोरोना न्युन र विद्यार्थीहरुलाई खोपको व्यवस्था सँगै विद्यालयहरु संञ्चालनमा ल्याईने राउतले जनाए । त्रियुगा नगरपालिका अन्तर्गतका १२ ह...
उदयपुरमा ट्याक्टर दुर्घटना  : एकको मृत्यु, दुई जना घाईते,

उदयपुरमा ट्याक्टर दुर्घटना : एकको मृत्यु, दुई जना घाईते,

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १६ त्रियुगा नगरपालिका १ रुपनीमा भएको ट्याक्टर दुर्घटनामा परी एकको मृत्यु भएको छ । चालक बाबु दुई छोरा सहित ३ जना घाईते भएकोमा एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । शनिवार खोला छेउमा खेत जोतेर फर्कने क्रममा स १ त ४२९३ नं को ट्याक्टर आफै दुर्घटना भई ३ एकै परिवारको बाबु र दुई छोरा गरी ३ जना घाईते भएको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरले अनुसार घाईते मध्ये त्रियुगा नगरपालिका १ का १० बर्षिय नितेष चौधरीको भने उपचारको क्रममा मृत्यु भएको जनाएको छ । सोहि ठाउँका अन्य दुईजना ट्याक्टर चालक अन्दाजी ४० बर्षिय सत्य नारायण चौधरी र उनकै छोरा १२ बर्षका निमिष चौधरी भने सामान्य घाईते भएको छ । घाईते मध्ये बाबुको दाहिने हातमा चोट लागेको छ भने, निमिष चौधरीको बाया कम्वर र दुवै खुट्टामा चोट लागेको छ । अर्का छोराको भने उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा राति झण्डै ९ बज्न लाग्दा ज्य...
स्थानीय चुनावको मिति घोषणा गर्न दवाव दिँदै एमालेले गर्यो आन्दोलनको तयारी

स्थानीय चुनावको मिति घोषणा गर्न दवाव दिँदै एमालेले गर्यो आन्दोलनको तयारी

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १५ नेकपा एमालेले स्थानीय चुनावको मिति तय बारे आन्दोलनको तयारी थालेको छ । सरकारलाई तत्काल उचित समयमा स्थानीय तहको निर्वाचन बारे मिति तोक्न दवाद दिँदै आन्दोलनको तयारी गरेको जनाईएको छ । आन्दोलनमा एमालेले जनवर्गीय संगठनहरुमार्फत दबाबमूलक कार्यक्रम आयोजना गर्न लागेको हो । ‘स्थानीय तहको चुनाव ढिलो गर्न खोजेको भन्दै त्यसका लागि दबाबमूलक कार्यक्रमहरू गर्न तयारी रहेको नेकपा एमाललेले जनाएको छ । चुनाव घोषणाका लागि दबाब दिन गर्न लागिएको आन्दोलनको तयारीका लागि बैठकको आयोजना गर्न लागिएको हो एमाले प्रचार बिभाग उपप्रमुख बिष्णु रिजालले बताए । रिजालले भने ‘परिस्थिति हेरर कार्यकर्ता परिचालनदेखि अन्य दबाबमूलक कार्यक्रमहरू आयोजना गर्न विषयमा छलफल हुनेछ । आन्दोलनका लागि आफ्नो पंक्तिलाई तयार गर्ने, जुम बैठकहरु आयोजना गर्ने र सरकारले तोकेको मापदण्डअनुसार साना(साना भेलाहरु गर्न सहमत...
गाईघाटमा १४ दिने बित्तिय साक्षरता तथा सुरक्षा आवास तालिम सम्पन्न

गाईघाटमा १४ दिने बित्तिय साक्षरता तथा सुरक्षा आवास तालिम सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १४ गाईघाटमा महिलाहरुलाई लक्षित गरी संञ्चालन गरिएको १४ दिने बित्तिय साक्षरता तथा सुरक्षा आवास तालिम शुक्रवार सम्पन्न भएको छ । तालिमको समापन गाईघाट स्थित जगत भवनमा रहेको नेपाल कपडा तथा सिलाई व्यवसायी संघको कार्यालयमा गरिएको हो । साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था उदयपुर शाखाद्धारा आयोजित १४ दिने तालिमले महिलाहरुलाई बित्तिय साक्षरता सम्बन्धि धेरै ज्ञान सिकाएको आयोजकले जनाएको छ । साहारा नेपाल उदयपुरका प्रमुख प्रदिप कुमार पुरीले कुनै पनि आर्थिक क्षेत्रमा विज्ञ र सफल हुन बित्तिय साक्षरताको सिप अति नै महत्वपूर्ण रहेको जनाएको । पुरीले यसै कुरालाई मध्यनजर गर्दै गाईघट स्थित त्रियुगा नगरपालिका भित्र रहेको महिलाहरुलाई सिकाईएको यस १४ दिने तालिमले ठुलो सहयोग गर्ने जनाए । मानिसहरु सँग जति नै धेरै पैसा भएपनि त्यस्लाई प्रयोग गर्ने वित्तिय साक्षर ज्ञान नभए उचित प्रतिफल लिन नसकिने पुर...